Showing posts with label humla. Show all posts
Showing posts with label humla. Show all posts

Tuesday, August 11, 2015

In The News (15)



पहाडी बाहुन–क्षेत्रीले यसरी गर्ने छन् शासन (तथ्याकंसहित)
कसरी कायम राखेका छन् त पहाडी बाहुन–क्षेत्रीले शासन?
नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । देशभरिमा १ सय २५ जाति र १ सय २३ भाषा बोलिन्छन् । ...... नेपालमा ३०.३६ प्रतिशत पहाडी बाहुन–क्षेत्री र ठकुरीको (खस आर्य) जनसंख्या रहेको छ । २०४७ सालदेखि हालसम्म २४ बर्षमा २१ वटा प्रधानमन्त्रीमा २१ सै पल्ट खस आर्य (बाहुन क्षेत्री र ठकुरी) सत्तासिन भएका छन् र नेपालको कार्यपालिका, न्यायपालिका, ब्यवस्थापिकालगायत गैरसरकारी निकायमा समेत ९० प्रतिशत कुर्सी पनि खस आर्यले नै ओगटेका छन् । ...... अहिले खस आर्यका प्रतिनिध सुशील कोईराला, केपी शर्मा ओली, पुष्प कमल दहाल, कृष्ण प्रसाद सिटौला, माधव कुमार नेपाल, बाबुराम भट्टराई, भिम रावल, शेर बहादु देउवा, अग्नि खरेल, लेख राज भट्टलगायतले कोरेको ६ प्रदेशको सिमाँकन हेर्दा आ–आफ्नो बियक्तीगत स्वार्थ र हालसम्म नेपालमा रहिआएको एकात्मक राज्यलाई नै प्रदेशहरूमा निरन्तरता दिन खोजेका छन् ।

सिमाँकन गर्दा केवल खस आर्यको शासनलाई निरन्तरता दिने उदेश्य देखिन्छ ।

............ प्रदेशको सिमाँकन गर्दा पहिचान र सामर्थभन्दा पनि खस आर्य नेताहरूको पहुँच र सामर्थको आधारमा गरेको छ । पूर्वमा केपी ओली, कृष्ण सिटौलाजस्ता नेताको स्वार्थ हुँदा थारु, राजवंशीहरुको मुख्य बासस्थान रहेका झापा, मोरङ, सुनसरीलाई पूर्वी पहाडी जिल्लासँग जोडिएको छ । त्यस्तै पश्चिमा देउवा, रावल र भट्टको स्वार्थ हुँदा थारूहरूको बाहुल्यता रहेको कैलाली र कंचनपुरलाई पनि पश्चिम पहाडी जिल्लासँग जोडिएको छ । .......

प्रदेश नं २ सप्तरीदेखी पर्सा बाहेकको हरेक प्रदेशमा हालसम्म देशमा एकलैटी शासन गर्दै आएका पहाडी बाहुन–क्षेत्री (खस आर्य) कै बाहुल्यता हुने गरि सिमाँकन गरिएको छ ।

मधेशी र थारूहरूले स्वायत मधेश थरूहट एक प्रदेश वा झापादेखी कंचनपुरसम्म बढीमा दुई प्रदेश मागं गर्दा देशै टुक्रिन्छ भन्ने शासकहरुले कोरेको सिमाँकन हेर्दा सप्तरीदेखी पर्सासम्मको प्रदेश नं २ लाई अब नेपालमा चाँहीदैन अलग भए हुन्छ भनेर सिमाँकन गरेको बुझिन्छ ।

प्रदेश नं १ मा बाहुन क्षेत्री २६.८५ प्रतिशत त्यस पछि ११.३२ प्रतिशत राई
प्रदेश नं २ मा मधेशी बाहुल्यता
प्रदेश नं ३ मा बाहुन क्षेत्री ३५.५६ प्रतिशत त्यस पछि २०.४२ प्रतिशत तामाङ्ग
प्रदेश नं ४ मा बाहुन क्षेत्री ३२.६१ प्रतिशत त्यस पछि १७.४३ प्रतिशत मगर
प्रदेश नं ५ मा बाहुन क्षेत्री २८.२० प्रतिशत त्यस पछि १४.७७ प्रतिशत मगर र १५.४३ प्रतिशत थारू
प्रदेश नं ६ मा बाहुन क्षेत्री ६२.७२ प्रतिशत त्यस पछि ११.३७ प्रतिशत थारू

तराईका बाइस जिल्लामा ६ दिने आमहडतालको घोषणा
थारु संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ । साउन २७ गते बुधवारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो । ...... कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने ..... थारुका अनुसार आमहडतालमा यातायात, शिक्षणसंस्था, व्यापार–व्यवसाय, कलकारखाना सबै बन्द रहने छ ।
यि हुन् आफ्नो स्वार्थका लागी सिमांकन बिग्राने नेता, जसबाट जलिरहेछ देश
भोटको राजनीतिलाई हेर्दै साधन स्रोतको कब्जा र राज्यशक्तिमा पनि आफ्नै एकाधिकार राख्ने नेताको कोशिसले सुदुर र मध्यपश्चिम तथा पूर्वमा सीमाकंनमा लफडा र तनाव सिर्जना भएको छ । नेताहरुले नै रोपेको बिउपछि उनीहरुकै घर, कार्यालय जल्न थालेका छन् । ...... सोमबार मात्रै सुर्खेतमा भएको आन्दोलनमा तीन जनाले अनाहकमा ज्यान गुमाउन पुगे । दलहरुले सो क्षेत्रमा जनताको माग के हो र भौगोलिक रुपमा कसरी विभाजन गर्ने, आदिवासी, थारुहरुको के हुने भन्ने विषयमा ख्याल नगरी काठमाडौंमा बसेर कोठाभित्रै राजनीतिक दाउपेच र भोलिको सत्ता र शक्ति हेरेपछि यस्तो अवस्था आएको हो । ....... सुर्खेतमा आन्दोलन हिंसात्मक बन्नुका पछाडि एमालेको हात रहेको आरोप कांग्रेस सहमहामन्त्री एवं सुर्खेतका सभासद् पूर्णबहादुर खड्काले लगाएका छन् । आफ्नो घर जलाउने प्रयास एमालेको निर्देशनमा भएको भएको उनको दाबी छ । ....... दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर जस्ता क्षेत्र थारुहरुको आदिभूमि हो । यो क्षेत्रमा थारुहरुकै बाहुल्य पनि छ । तर, पहाडका हुनेखानेहरु बसाइसराईका क्रममा यही क्षेत्रमा बस्दै राजनीतिक र प्रशासनिक क्षेत्रको उच्च ओहदामा पुगे । सुगमता, पूर्वाधारको हिसाबले पनि पश्चिम तराईको क्षेत्र पहाडको तुलनामा निक्कै राम्रो मानिन्छ । सोही कारणले पनि पहाड र तराई दुवै तर्फ पकड बनाउन र राजनीतिमा सधैं स्थापित हुन र शासन गर्न ठूला दल लागेका छन् । ....... सुदुरका पहुँचवाला नेताहरु देउवा, रावल र भट्टहरुले अब कैलाली वा कञ्चनपुर मध्ये एकलाई राजधानी बनाउने त्रासले सुर्खेत त्रसित भएको छ । ........ मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, थरुहट तराई पार्टी नेपालले बन्द आह्वान गरेका हुन् । यसैगरी पर्सादेखि धनुषासम्म तराईको मात्र छुट्टै प्रदेश र सिरहादेखि झापासम्म पूर्वी थरुहट प्रदेश बनाउन माग गर्दै अनिश्चितकालीन बन्द गरिएको छ । ...... सुदुर र मध्यपश्चिममा नेताको चासो र स्वार्थ जोडिएजस्तै अब पूर्वी जिल्लामा पनि ओली र सिटौलाको स्वार्थविरुद्ध आन्दोलनको उद्घोष भइसकेको छ । मस्यौदा लेखनमा सहभागी नभएका संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रि पार्टी, सद्भावना पार्टी सहितले तराईमा आन्दोलन गर्ने बताइसकेका छन् । यसमा कांग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिककै मधेसी नेताहरुको समेत साथ र सहयोग रहेपछि अब पूर्वतिर पनि आन्दोलनले फैलने देखिन्छ । पूर्वमा पनि पहाडेहरुको फेरि शासन हुने भन्दै थारुहरु वास्तविक मधेसीहरु तराईको मात्रै प्रदेश बनाउनुपर्ने पक्षमा छन् । ...... उनीहरुले कर्णालीको समूचित विकासको लागि ‘स्वायत्त कर्णाली’को माग गरेका छन् । कहिले मध्य पश्चिम र कहिले सुदरका नेताबाट शासित हुनुपर्ने भन्दै उनीहरुले स्वायत्त कर्णालीको माग गरेका हुन् ।

हुम्लामा स्थिति नियन्त्रण लिन नसकेपछि सेना नै सडकमा आउनुपरेको थियो ।

सीमाङ्कनमा सामान्य सुधार मात्र हुनसक्छः ओली

केपी शर्मा ओलीले भइसकेको ६ प्रदेश सीमाङ्कनमा ठूलो फेरबदल नहुने स्पष्ट पारेका छन्।

.... 'शक्ति सन्तुलनले निर्धारण गरेअनुसार संविधान बन्ने हो', उनले भने, 'अहिलेको शक्ति सन्तुलनअनुसार यो आएको हो। पछि शक्ति सन्तुलन फेरि त्यो पनि परिवर्तन हुन्छ।' अहिले को देशको संरचना गलत भयो भनेर नयाँ गर्न लागिएको उल्लेख गर्दै उनले कसैलाई अखण्ड चाहिने कसैलाई सखण्ड चाहिने अवस्थाले सहमतिमा नपुर्‍याउने बताए। 'यस्तो अवस्थामा सहमति हुन सक्दैन', उनले भनेर।
तराईका बाइस जिल्लामा ६ दिने आमहडतालको घोषणा
सिमाङ्कनको क्रममा थारुहरुको अस्तित्व नै समाप्त हुनेगरी प्रदेशहरुको विभाजन गरिएको भन्दै थारुहरुले आमहडतालको घोषणा गरेको
फोरम लोकतान्त्रिकका नेताले दिए गच्छदारसँग सम्बन्ध तोड्ने चेतावनी फोरम लोकतान्त्रिकका असन्तुष्ट नेताहरु भैरहवामा पत्रकार सम्मेलन गर्दै
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका असन्तुष्ट केन्द्रीय नेताहरुले पार्टी अध्यक्ष विजयकुमार गच्छदार एकलौटीरुपमा अघि बढेको भन्दै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । ...... तीन केन्द्रीय नेताहरुले पत्रकार सम्मेलन गरी पार्टी फुटाउने संकेत गरे । ...... म गच्छदारसँग बस्न सक्दैन : थारु ...... मंगलवार रुपन्देहीको भैरहवामा केन्द्रीय सदस्यहरु वकिल मुसलमान, देवीप्रसाद चौधरी र लक्ष्मण थारुले संयुक्तरुपमा पत्रकार सम्मेलन गरे । ........ लक्ष्मण थारु ...... पत्रकार सम्मेलनमा थारुले पार्टीका ९९ प्रतिशत नेता कार्यकर्ता अध्यक्ष गच्छदारसँग रुष्ट भएको दाबी गरे । कतै यो पार्टी फुट्ने संकेत त होइन भन्ने संचारकर्मीको जिज्ञासामा उनले भने, ‘पार्टीसँग भएको ८ प्रदेशको सहमति विपरीत नै अध्यक्ष अगाडि बढ्नुहुन्छ भने अध्यक्षलाई छाडेर अगाडि बढ्न सकिन्छ । व्यक्तिगत रुपमा भन्ने हो भने म गच्छदारसँग अब बस्न सक्दैन ।’ ........ पूर्व वनमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य वकिल मुसलमानले केही नेताको व्यक्तिगत सोच र फाइदाको कारण सीमांकन सहितको ६ प्रदेशको खाका तयार गरिएको भन्दै अब आन्दोलन बाहेक अन्य विकल्प नरहेको बताए । ...... केन्द्रीय सदस्य देवीप्रसाद चौधरीले २३ गते राति ६ प्रदेशको सीमांकन सहितको सहमतिमा ४ दल गरेको हस्ताक्षर संघियता, मधेसी, थारु, मुस्लिम लगायतले गरेको आन्दोलन र बलिदान विरुद्ध रहेको बताए । उनले सीमांकन सहितको प्रदेशमा गरिएको समहति खारेज गरेर

चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको एउटा र झापादेखि पर्सासम्म अर्को प्रदेश मधेसमा बनाउनु पर्ने

बताए ।
जुम्लामा प्रहरीद्वारा दर्जनौ गोली प्रहार

खलंगा बजार, जुम्ला । साउन २६ । आज बन्दकर्ताहरुले नेपाली कांग्रेस, एमाले, एमाओवादीसँगै नेकपा–माओवादीलगायतका पार्टी कार्यालयहरु जलाएका छन ।

..... बन्दकर्ताहरुलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौ हवाई फायर गरेको दाबी गरेका छन् । तर बन्दकर्ताहरुले प्रहरीद्वारा गोली नै प्रहार गरिएको दाबी गरेका छन । ......... तर पनि बन्दकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । ...... नेपाली कांग्रेसके पाटी कार्यालय जलाइँदा प्रहरीले हस्तक्षेप गरेका थिए । तर उनीहरुलाई ढुङ्गामुढा गरेर लखटेपछि फायरिङ्ग गरिएको थियो। ....... पछिल्लो खबरअनुसार कार्यालय तोडफोड गर्ने काममा एकले अर्को पार्टीलाई दोष दिँदैछन् । एमाले र माओवादीले स‌युक्त रुपमा वक्तव्य निकाल्दै कांग्रेसका कार्यकर्ताले आफ्नाे कार्यालय तोडफोड गरेकाे आरोप लगाएका छन‍ । उता कांग्रेसले आफ्नाे कार्यालय ती दुवै पार्टीका कार्यकर्ताले जलाएकाले आफूले पनि तोडफोड गरेको दाबी गरेको छ ।