Showing posts with label human chain. Show all posts
Showing posts with label human chain. Show all posts

Monday, October 05, 2015

Signature Campaign: As Excellent An Idea As The Human Chain

#HumanChainTerai



४० लाख मधेशी–थारुको हस्ताक्षर संयुक्त राष्ट्र संघलाई बुझाइने
संघीय मधेशी मोर्चाले मधेश–थरुहटमा एकहप्ते हस्ताक्षर अभियान चलाएर ४० लाख हस्ताक्षर राष्ट्र संघलाई बुझाउने जनाएको छ । .... मोर्चाको निर्णयअनुसार मधेशको गामघर तथा सहरबजारमा हस्ताक्षर अभियान शुरु गरिनेछ । .... यो कार्यक्रम मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा गर्ने तथा मधेश बाहिर मधेशी समुदायको उपस्थिति रहेको स्थानहरुमा समेत संचालन गरिनेछ । जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईनेछ । सो कार्यक्रममा नेपालस्थित सबै कुटनीतिक नियोग प्रमुख÷प्रतिनिधिको समुपस्थितिको लागी आग्रह गरिनेछ ।’..... त्यस्तै मोर्चाले १८ गते साँझ मैनबत्ती जुलुस, २० गते विहान ११ बजे थाल ठटाउने कार्यक्रम र २२ गते शुक्रबार अर्धनग्न जुलुस प्रदर्शन गर्ने नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य राजिव झाले हुलाकी न्यूजलाई बताएका छन् । .... त्यस्तै मोर्चाले विभिन्न मोर्चा तथा राजनीतिक दलसँग सहकार्यका लागि पाँच सदस्यीय कार्यादलसमेत बनाएको छ । कार्यदलमा कौशलेन्द्र मिश्र, सीएन खडगा, पुजन महरा, धमेन्द्र यादव र रामइश्वर यादव रहेका छन् ।

Thursday, October 01, 2015

#HumanChainTerai

This is pure genius: https://twitter.com/hashtag/HumanChainTerai The Longest Human Chain In World History.

हुलाकी राजमार्गमा 'मानव साङ्लो': मधेसी क्रांति ३ को सबैभन्दा Creative कदम

नाकाबंदी सबैभन्दा effective कदम मधेसी क्रांति ३ को। हुलाकी राजमार्गमा 'मानव साङ्लो' सबैभन्दा creative कदम मधेसी क्रांति ३ को। यो क्रांति गिनीस बुक मा जाने भो। यसले तीन बाहुन दल को मधेसमा पत्ता साफ़ भएको कुरा स्पष्ट भएको छ। मधेसी मोर्चा ले एक पद एक उम्मेदवार गरेर शहीद हरुको आदर गर्दै मधेस थरुहट स्वीप गर्नु पर्छ। ७०% बढ़ी सीट झोला मा आइपुग्छ। वार्ता मा तीन बाहुन दल ले जति धेरै लिडे ढिपी गर्छन, त्यो मात्रा त्यति बढ्छ। केजरीवाल ले दिल्ली स्वीप गरे जस्तो मधेसी मोर्चा ले मधेस थरुहट स्वीप गर्छ। आफ्नो अडान छाड्ने कुरै छैन। यो त कुनै नया मुद्दा मा भएको क्रांति होइन। यो त Breach Of Contract क्रांति हो। संसार को इतिहास को पहिलो Breach Of Contract क्रांति। त्यो पनि गिनीस बुक मा जान्छ।

हुलाकी राजमार्गमा 'मानव साङ्लो' ---- मधेस थरुहट सरकार ले प्राथमिकता का साथ यो राजमार्ग एक दुई वर्ष भित्र मा बनाउँछ। हुलाकी राजमार्ग हिंदी भाषा को समकक्ष हो। मधेसी पहिचान को मेरुदण्ड हो।

मधेसले समानता भन्दा एक इंच कम लिँदैन

मधेसी मोर्चा ले authorize गरेको एक मात्र व्यक्ति महंथ ठाकुर हो। गच्छेदार सँग वार्ता को नौटंकी नहोस्। होइन भने हामी पनि बाबुराम भट्टराई सँग वार्ता थाल्छौं। अझ एक कदम अगाडि बढेर चिनिया राजदुत सँग।



'सीमांकन' मा अड्‍‍कियो वार्ता
समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन प्रणाली र नागरिकताबारे सरकारी टोली सकारात्मक देखिए पनि संघीय प्रदेशको सीमांकन पुनरावलोकनमा भने दुवै पक्ष आ-आफ्नै अडानमा रहे ..... 'वार्ताको वातावरण बन्छ भने उहाहरुले राख्नुभएका पाच पूर्वशर्त पूरा गर्न हामी तयारै छौं' ...... मोर्चाले नाकाबन्दी गर्नुअघि डेढ महिना जारी मधेस हड्ताल र प्रदर्शनप्रति काठमाडौंले कुनै रेस्पोन्स नगरेको भन्दै नाकाबन्दी फिर्ता गर्न नसकिने अड्डी लिएको छ । ...... गिरफ्तारको रिहाई सन्दर्भमा गम्भीर घटनामा कोही संलग्न रहेको पुष्टि भएमा त्यसलाइ राजनीतिक उन्मुक्ति दिनुहुदैन भन्ने सरकारी टोलीले प्रस्ताव राखेको छ ... मोर्चाले भने आन्दोलनका क्रममा गिरफ्तार सबै बन्दीलाई निशर्त छाड्नुपर्ने अडान कायम राखेको छ । तमलोपा सहमहामन्त्री जितेन्द्र सोनल बिहीबार रिहा भएको सन्दर्भमा लचकता देखाउन सरकारी टोलीको आग्रह थियो । ..... 'एमाले अध्यक्ष केपी ओलीजीको अडानका कारण एजेन्डा राख्न नसक्नुभएको संकेत पाएका छौं ।' मोर्चाले समानुपातिक समावेशी व्यवस्था, नागरिकताजस्ता संवेदनशील मुद्दामा अन्तरिम संविधानभन्दा पछाडि फर्केर व्यवस्था नहोस् भन्नेमा प्रष्टतासाथ अडान लिएको उनले बताए । 'तर

सरकारी पक्षको प्रस्तुति हेर्दा वार्ता धेरै अगाडिसम्म जान्छ भन्ने देखिएको छैन,'

शुक्लले भने ।.... वार्ताका लागि मधेसी मोर्चाले पाच शर्त राखेकोमा दंगाग्रस्त क्षेत्रबाट सेना सोमबारै फिर्ता भइसकेको छ । आन्दोलनका मृतकलाई सरकारले १० लाखको दरले उपलब्ध गराइसके पनि मोर्चाले सहिद घोषणा हुनुपर्ने माग राखेको छ । मृतकका परिवारलाई क्षतिपूर्ति, आन्दोलनका घाइतेको उपचार, गिरफ्तारको रिहाई र मुद्दा फिर्ता जस्ता माग शर्तका रुपमा अघि सारिएको छ । बिहीबारको बैठकमा आन्दोलनका घाइतेको संख्या किटानीबारे लामो छलफल भएको स्रोतले बतायो ।
हुलाकी राजमार्गमा 'मानव साङ्लो'(फोटो फिचर)
मधेस आन्दोलनको ४८ औं दिन बिहीबार तराई मधेसमा 'मानव साङ्लो' प्रदर्शन गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका तराईका जिल्लामा मानव सांगलो प्रदर्शन गरिएको हो । ..... पूर्व-पश्चिम ११५५ किलोमिटरको हुलाकी राजमार्गमा अपरान्ह १ बजेदेखि एक घण्टा गरिएको मानव साङ्लोमा लाखौं जनताको सहभागिता रहेको मोर्चाको दावी रहेको छ । .... चर्को गर्मीलाई बेवास्ता गर्दै मानिसहरु सडक र बाटोमा पर्ने नदी नालामा पनि साङ्लो बनाएर उभिएका थिए । महिला, पुरुष, वृद्ध, वृद्धा र बालबालिका समेत सहभागी थिए ।




मधेशी मोर्चाको आन्दोलनको नयाँ रुप, मेचीदेखि महाकालीसम्म मानव साङ्लो (फोटोफिचर)
मोर्चाको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मानव साङ्लो बनाउने कार्यक्रम अनुसार मोर्चाका नेता कार्यकर्ताले नवलपरासीको तुरिया खोलादेखि धकधई, बनगाई, लुम्बिनी हुदै कपिलबस्तुको सीमा कोठी नदी सम्म मानव निर्मित साङ्लो बनाएका हुन् । ..... मानव साङ्गलोमासहभागीहरुले हातमा “यो हाम्रो संविधान हैन”, “मधेशी माथीको दमन बन्द गर”, “मानव अधिकार हनन् बन्द गर”, “नेपाली जनतालाई भारतीय भन्ने सरकार राजीनामा दे” लगायतका नारा रहेका प्लेकार्ड समेत बोकेका थिए । ...... मधेशी आन्दोलनमा मधेशीको साथ नरहेको भन्ने तीन दलको भ्रमलाई चिर्न पूर्व मेची देखि पश्चिम महाकालीसम्म एकै दिन एकै समयमा बिशाल मानव साङ्गलो निर्माण गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले बताए । ...... डेढ महिना देखी आन्दोलनमा रहेका मधेशवादी दलहरु आन्दोलनलाई नयाँ रुप दिन तथा अन्तराष्ट्रिय समुदायको आन्दोलन प्रति ध्यान केन्द्रित गर्न पूर्व घोषित कार्यक्रम अनुसार मानव साङ्गलो बनाएको संघिय मधेशी मोर्चाका जिल्ला संयोजक देवेन्द्र पाण्डेले जानकारी गराए ।