Showing posts with label forum. Show all posts
Showing posts with label forum. Show all posts

Friday, November 03, 2017

नया संसद का लागि उपयुक्त अंक गणित

नया संसद का संभावित अंक गणित हरु




  • एमाले माओवादी सबैभन्दा ठुलो गठबंधन बन्नू तर बहुमत सम्म नपुग्नु 
  • काँग्रेस राप्रपा नंबर दुई मा आउनु तर सरकार नबनाउनु 
  • फोरम राजपा बलियो नंबर तीन गठबंधन को रुपमा आउनु र एमाले माओवादी का लागि अपरिहार्य हुनु ताकि फोरम राजपा ले खोजेको संविधान संसोधन बिना सरकार नबनोस 
  • विवेकशील साझा र नया शक्ति दुबै राष्ट्रिय पार्टी बन्नु  
संविधान संसोधन हुन्छ भने त्यस पछि देश ले आर्थिक प्रगति मा लेज़र फोकस गर्न पायो। 


Thursday, October 19, 2017

फोरम ले जनजाति लाई अपील गर्न सकेको खोइ ?



अशोक राई गायब सरह भएका छन। संघीयता र समावेशिता को मुद्दा मा यस संविधानमा कसरी बेइमानी भएको छ र हुनुपर्ने के हो त्यस बारे फोरम ले पहाडका जनजाति लाई सम्बोधन गर्ने प्रयास सम्म गरेको देखिएन। रणभुमि विपक्षी लाई छोड़ि दिए जस्तो देखियो।

गच्छेदार काँग्रेस पसे तर लोकतान्त्रिक फोरम ले पहिचान छोड्न मानेन र फोरम नेपाल तर्फ लम्केको छ। पहिचान छोडेको गच्छेदार ले मात्र होइन प्रचंड ले पनि हो। माओवादी लाई समर्थन गर्दै आएका पहाडका जनजाति ले अब प्रचंड लाई छोडेर अशोक राई लाई समात्नु पर्यो। तर त्यसो हुन का लागि नेताले हात अगाडि बढाउनु पर्छ।

दुई ध्रुव को सट्टा तीन ध्रुव मा जान लागेको हो कि देशको राजनीति? एमाले-माओवादी एक ठाउँ, काँग्रेस-राप्रपा हरु अर्को, अनि फोरम-राजपा-जनजाति।

तर संघीयता र समावेशिता को कुरा गर्ने ले पनि त्यसलाई दोस्रो दर्जा को मुद्दा बनाउनुपर्छ। प्रथम मुद्दा आर्थिक मुद्दा नै हो। मोदी ले त्यसलाई विकास भन्छन। बाबुराम ले त्यसैलाई समाजवाद भन्छन।

भने पछि एमाले-माओवादी एक ठाउँ, काँग्रेस-राप्रपा अर्को र फोरम-राजपा-नया शक्ति तेस्रो ध्रुव -- हुनुपर्ने त्यसो हो मुद्दा का हिसाबले। विवेकशील साझा त पीढ़ी नै अर्को।

फोरम ले जनजाति लाई स्पष्ट सँग भन्न सकेको छैन। संविधानमा हुनुपर्ने के हो र त्यहाँ सम्म पुग्ने रोडमैप के हो? स्पष्ट भन्न सकेको छैन। नारा र बुदा को तह मा ल्याउनु पर्छ डिस्टिल गरेर।

फोरम, राजपा र गच्छेदार बिनाको लोकतान्त्रिक फोरम ले मिलेर पश्चिम तराई मा पनि पुर्वी तराई जस्तै नतिजा देखाउन सक्छ। सक्यो भने बल्ल तेस्रो कदम पहाडका जनजाति हुन। पहाडका जनजाति पर्खेर बसेका छन। पहिला तिमी हरु मधेसमा गरेर त देखाउ भन्ने छ। बरु फोरम र लोकतान्त्रिक फोरम ले अहिले को अहिले पार्टी एकीकरण गरिहाल्ने पो हो कि? २ नंबर प्रदेशमा त भइ पनि सक्यो। लोकतान्त्रिक फोरम का जिल्ला अध्यक्ष हरु धमाधम फोरम मा प्रवेश गर्दैछन।



Monday, October 16, 2017

चुनाव पछि संविधान संसोधन का लागि चाहिने अंक गणित



एमाले-माओवादी गठबंधन ले बहुमत ल्याउन भएन। त्यो मुख्य कुरा हो। बहुमत आएन भने ती दुई को एकीकरण पनि हुँदैन र गठबंधन पनि भत्किनछ। फोरम-राजपा गठबंधन ले लोकतान्त्रिक गठबंधन को सदस्यता लिनु जरुरी छैन। सीट तालमेल मात्र गरे भो। तर एक पद एक उम्मेदवार गर्नु पर्छ। होइन भने एमाले-माओवादी गठबंधन ले बहुमत ल्याउने संभावना बढेर जान्छ। ओली प्रधान मंत्री हुनु भनेको ५ वर्ष का लागि संविधान संसोधन नहुनु हो।

फोरम-राजपा ले संविधान संसोधन लाई प्रमुख मुद्दा मान्नु पर्ने शर्त मा लोकतान्त्रिक गठबंधन को सदस्यता लिनु नै शायद उचित बाटो हो। लोकतान्त्रिक गठबंधन ले सरकार बनाउने किसिमको बहुमत ल्याउने र त्यस गठबंधन मा माओवादी लाई जोड्दा संविधान संसोधन का लागि चाहिने दुई तिहाई पुग्नु पर्यो। भने पछि एमाले लाई एक तिहाई मुनि धकेलन सक्नु पर्यो।

विवेकशील साझा ले काठमाण्डु उपत्यका, पोखरा, झापा, चितवन आदि शहरी क्षेत्र मा एमाले लाई राम्रो धक्का दिन सक्नु पर्यो। अनि खुम्चिन्छ एमाले।

माओवादी मधेसमा सखाप भयो नै। अब पहाडमा पनि जनजाति फोरम तर्फ आकर्षित हुने देखिन्छ। प्रचंड ले पहिचान छोड्यो भन्ने छ। यस पटक फोरम ले पहाडमा खाता खोल्छ। 

चुनाव मा बहुमतको चाबी बाबुराम सँग छ



बाबुराम ले १५ सीट मागेका छन, ५-१० सीट मा मानलान। त्यो डील गर्न सके काँग्रेस को पलड़ा भारी हुन्छ। एमाले सँग गएर माओवादी ले मधेसमा आफ्नो आधार गुमाइसक्यो। ओली कम्युनिस्ट होइन, कमाउनिष्ट हो। उपेंद्र यादवको शब्द। बाबुराम सँग एमाले को सिद्धांत मिल्दैन। भन्दैमा काँग्रेस सफा छ भन्ने पनि होइन। तर अहिले बाबुराम लाई ठुलो पार्टी बन्नु नै छैन। विवेकशील साझा जस्तै नया शक्ति लाई यस पटक राष्ट्रिय पार्टी मात्र बन्नु छ।

फोरम-राजपा ले hard bargaining त गर्नु पर्छ तर गठबंधन नै नबन्ने किसिमको hard bargaining गर्नु हुँदैन। फोरम ले बिगतमा तीन चुनावमा तत्कालीन तमलोपा र सद्भावना सँग त्यस्तै गठबंधन नै नगर्ने किसिमको hard bargaining गर्थ्यो। त्यो गलती दोहोर्याउनु हुँदैन। अहिले त एमाले लाई धुल चटाउनु छ।

फोरम-राजपा ले २ नंबर मा ६०%, झापा मा शुन्य, मोरंग सुनसरी मा ३०%, उता कपिलवस्तु, रुपन्देही, नवलपरासी मा ३०%, बाँकी थरुहट मा २०% र पहाडमा १०% को अपेक्षा राख्न शायद जायज होला।

बिजय गच्छेदार लाई पार्टी बाट निकाले पछि फोरम लोकतान्त्रिक अब स्वच्छ बनेको छ। फोरम-राजपा ले अब फोरम लोकतान्त्रिक लाई आफ्नो गठबंधन मा ल्याउनु पर्छ र कंचनपुर देखि दांग सम्म २०-३०% सीट दिनुपर्छ। पछि एकीकरण गर्नुपर्छ।

माओवादी ले सबक सिक्छ र चुनाव पछि एमाले लाई या त छोड्छ या त एमाले ले नै डंप गर्छ। माओवादी ले एमाले ले जितेको २०% पनि जितेन र दुबै ले सरकार बनाउने किसिमको सीट नल्याए ओली ले प्रचंड लाई पार्टी अध्यक्ष दिने संभावना कतिको छ? आउनुस केंद्रीय समिति मा सम्म भन्न सक्छ।


Wednesday, October 11, 2017

फोरम-राजपा, पश्चिमी तराई र पहाडका जनजाति

२ नंबर प्रदेशमा त फोरम-राजपा ले प्रदेश सरकार बनाउने लगभग निश्चित भइसक्यो। तर त्यसरी प्रदेश सरकार बनाउनु फोरम-राजपाको प्रमुख लक्ष्य होइन। प्रमुख लक्ष्य त संविधान संसोधन हो।

त्यसका लागि मोरंग, सुनसरी मा र पश्चिम तराई मा सीट हरु जित्न सक्नुपर्यो। फोरमराजपा ले एकीकृत पार्टी निर्माण गर्ने पहिलो कदम चाले पछि अब पश्चिम तराई मा यो गठबंधन एउटा फैक्टर बनिसक्यो। मधेसमा फोरम-राजपा ले स्थानीय स्तरमा जितेको ले पश्चिम मा थारू हरु केही हौसिएको हुनुपर्छ। संभव छ भन्ने देखियो।

संगठन निर्माणमा उपेंद्र यादवले विशेष कुशलता देखाउँदै आएका छन। त्यसमा बीजेपी (भाजपा) वा अमित शाह को मसाला छर्किनु पर्छ। त्यो हो मिस्ड कॉल (missed call) ।  संगठन सँग जुड्न चाहने व्यक्ति ले मिस्ड कॉल गर्ने अनि लगत्तै त्यो व्यक्ति लाई कॉल गरेर उसको नाम ठेगाना आदि माग्ने र त्यस पछि संगठनको कुनै व्यक्ति ले त्यस नया व्यक्ति लाई उसको घरैमा गएर भेटघाट गर्ने। बुथ जित्यो कि चुनाव जित्यो भन्नेछ भाजपा को अमित शाहको। बुथ कमिटी निर्माण मा बड़ो ध्यान दिन्छन। राजपा ले भाजपा सँग सिक्ने हो। बुथ कमिटी हरु निर्माण गर्दै जाने हो।


फोरम ले तर पहाड़ पनि ताक्नु पर्छ। त्यहाँ सन्देश स्पष्ट भएन। आफुले भन्न खोजेको कुरा लाई एउटा दुईटा नारामा र चार पाँच बुंदा मा व्यक्त गर्न सक्नुपर्छ। जनजाति लाई चाहिने संविधान संसोधन के हो? संघीय नक्शा अहिले ठीक छैन भने जनजाति लाई पाइक पर्ने नक्शा के हो? त्यस बारे फोरम ले गृहकार्य गरेको छैन भन्ने होइन। तर विचार स्पष्ट छैन। दस्तावेज लाई नारा र बुंदा मा भने लान सकेको छैन। मधेसी जनजाति गठबंधन बन्ने कहिले हो कहिले, अहिले त एमाले ले मजा सँग बाहुन-क्षेत्री-जनजाति गठबंधन बनाएर देश खाएको अवस्था छ। मधेस लाई थिचोमिचो जनजाति लाई पनि मन परे जस्तो देखिन्छ।

पुर्वी पहाडको राई लिम्बु इलाका भयो। काठमाण्डु उपत्यका वरिपरिका तामांग बस्ती। पोखरा वरिपरिका गुरुंग बस्ती। ५ नंबर प्रदेशको पहाड़ी इलाका का मगर। यी ठाउँ हरु मा त फोरम ले खाता खोल्न सक्नुपर्ने हो। तर
बाहुन-क्षेत्री-जनजाति को संपर्क भाषा नेपाली भाषा भन्ने भएको छ। अझ कर्णाली का खस र मिथिला को इतिहास धेरै मिल्छ। ५०० वर्ष अगाडि को कर्णाली सभ्यता समृद्ध थियो। काठमाण्डु ले एक्लो पार्यो। चीन ले बॉर्डर सील गरिदियो। कर्णाली कंगाल भयो। नेपालका कम्निस्ट ले उत्तर तर्फ बोर्डर खोल्ने कुरा खोइ गरेको त? तिब्बत दक्षिण एशिया को अभिन्न अंग हो। सारा इतिहास साक्षी छ।

चुनाव पछि केंद्र मा एमाले-माओवादी ४०%, फोरम-राजपा २०%, काँग्रेस ३०%, राप्रपा-राप्रपा-अन्य १०% भएर आउन सक्ने संभावना छ। त्यहाँ संविधान संसोधन को अंक गणित खोज्नु फोरम-राजपा को प्रमुख लक्ष्य हुनुपर्छ। त्यति बेला थाहा हुन्छ ओली ले प्रचंड-बाबुराम निलेका हुन वा प्रचंड-बाबुराम ले ओली लाई।




Monday, October 09, 2017

गठबंधन को राजनीति का संभावित अंक गणित हरु



एमाले र माओवादी ले दुई तिहाई नै देखेका हुन। ओली ले ५ वर्ष प्रम नै देखेका हुन। प्रचण्डले देशको सबैभन्दा ठुलो पार्टी को अध्यक्ष र लगत्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै देखेका हुन। द्वन्द कालको मुद्दा मुक़दमा को संभावना समाप्त भएको नै देखेका हुन। जताततै हरियो हरियो। अथवा रातो रातो। साउन मा अन्धो भएको गोरु।

तर physics मा जस्तै राजनीति मा पनि action reaction हुन्छ। क्रिया प्रतिक्रिया। आफै कुनै हालतमा एक ठाउँमा नआउने हरु प्रतिक्रिया का हिसाबले एक ठाउँमा आए। कमल थापा र पशुपति राणाले कांध मिलाए। वाम गठबंधन (Left Alliance) को जवावमा बृहद लोकतान्त्रिक गठबंधन (Grand Democratic Alliance) बन्यो। अथवा बन्ने प्रक्रियामा छ। यो नेपाल का पार्टी  हरु ले नया उचाई प्राप्त गरेकै हो। चुनाव पछि गठबंधन बनने राजनीतिक संस्कृति बाट चुनाव अगाडि गठबंधन बनने राजनीतिक संस्कृति। पार्टी हरु परिपक्व भएका हुन नै। भारतमा NDA र UPA भए जस्तै। राम विलास पासवान हरु जता पनि ठीक्क। लालु को भाषा मा "मौसम वैज्ञानिक।"

एमाले ले ठुलो ह्रदय देखाए जस्तो देखियो। ५०-५०। तर त्यो हार्ने सीट हरु अरु लाई दिने चलाखी हो। काँग्रेस पनि ५०-५० मा जान बाध्य छ। अझ आफ्नो ऐतिहासिक आधार भुमि मधेसमा त राजपा-फोरम गठबंधन को जुनियर पार्टनर बन्नुपर्ने अवस्था छ। मधेसमा जित्ने तर मधेसी को मुद्दा लाई आफ्नो मुद्दा नमान्ने राजनीति ले आफ्नो डेट एक्सपायर मिति भेट्यो।

GDA पनि ५०-५० मा गए पछि ओली ले दौड़ जित्ने संभावना ५०-५० नै हो। पक्कापक्की छैन। In life there are no guarantees. Politics is like that.

संविधान संसोधन को मुद्दा कसैले माने पनि नमाने पनि केन्द्रविन्दु मा छ। संविधान संसोधन नभएरै चुनाव हुन्छ भने मधेसमा माओवादी अब एमाले हो। देश ध्रुवीकरण तर्फ जान्छ। पहाडमा एमाले मधेसमा राजपा-फोरम। पाकिस्तान एउटा पार्टी ले जितेको अनि पुर्वी पाकिस्तान अर्को पार्टीले जितेको अवस्था आयो। अनि बांग्लादेशको जन्म भयो।

चुनाव पछि कसले सरकार बनाउँछ कम महत्वको कुरा हो। संविधान संसोधन हुनु नहुनुले बढ़ी महत्व राख्दछ। हुँदैन भने उथलपुथल हुन्छ।




Monday, October 02, 2017

लोहा गरम है, मारो हथौड़ा



फोरम र राजपा बीच एकीकरण गर्ने हो भने अहिले गर्ने हो। चुनाव पछि होइन। चुनाव पछि त चार वर्ष का लागि कुरा सेलाउँछ। स्वराजी सँग एकीकरण गर्ने बेला अहिले हो। २ नंबर प्रदेशको मुख्य मंत्री पद का लागि सीके राउत उपयुक्त उम्मेदवार हुन। मधेस से उतना ही प्यार है तो करो मधेसका विकास।

फोरम मा जुन सांगठनिक अनुशासन छ त्यो राजपा मा छैन। राजपा मा भांडभैलो छ। राजपा को चुनाव चिन्ह छाता बड़ा उपयुक्त छ। मान्छे भेला गर्यो। अनि त्यो भेला माथि छाता ओढ़ाई दियो। त्यही हो राजपा को संगठन। काठमाण्डु मा वडा समिति मा हुनुपर्ने थुप्रै मानिस राजपाको केंद्रीय समिति मा छन। केंद्रीय समिति त यस्तो हुनुपर्यो कि बसेर छलफल गर्न सकियोस। तर अहिले के छ? पहिला जसलाई महाधिवेशन भन्ने गरिन्थ्यो त्यसलाई अचेल केंद्रीय समिति भन्ने चलन छ।

समाधान महाधिवेशन हो। सबै तहमा आन्तरिक चुनाव गर्दै जाने अनि अन्त्यमा गएर जनकपुरमा महाधिवेशन गर्ने र केंद्रीय पदाधिकारी चुन्ने।

तर सांगठनिक अनुशासन को नाममा उपेंद्र यादव कसैसँग छलफल नगरी एकोहोरो ताल ले फेरि हिड़यो भने फेरि जुटेको पार्टी एक पटक फेरि फुट्छ। वाक स्वतंत्रता हो। मान्छे ले बोल्छ। पार्टी मा गुट उपगुट हुन्छ।

एकीकरण अहिले गरेर महाधिवेशन बरु चुनावको लगत्तै पछि गरे हुन्छ। र सीके राउत लाई पार्टी मा भित्र्याउने काम proactive किसिमले गर्नुपर्यो। कमसेकम प्रयास त गर्नुपर्यो।

तपाईं मधेसीको हक़ अधिकार का लागि लडेको कि के का लागि लडेको? तपाईंले गर्दा हामी मधेसीको हक़ अधिकार का लागि लडिरहेका हरु लाई डिस्टर्ब भयो भन्नुपरयो। आउनुस, केही मत्थर हुनुस। मुख्य मंत्री बरु तपाईं नै बन्नुस भन्नु पर्यो। सीके लाई त्यसरी भित्र्याउन सके एउटा तरंग आउँछ। २०४८ मा पुर्वी पहाडमा मदन भंडारी आए जस्तो हुन्छ। राजपा ले २२ जिल्ला मा स्वीप दिन्छ। भने पछि प्रयास त गर्नु परयो। न भेट न घाट। कस्तो आंदोलन हो यो?

फोरम र राजपा वाला हरु सीके लाई यो जंगल मा कस्तो अचम्म को जन्तु आइपुग्यो जस्तो गरी हेर्छन। त्यस्तो केही होइन। कमसेकम राजनीतिक वार्तालाप त हुनुपर्यो।

विवेकशील ले काठमाण्डु मा र विस्तारै पहाड़का अन्य शहरी क्षेत्र मा एमाले को जरो काट्दै जाने हो। काँग्रेस मधेसमा अहिले हाफ साइज भइसक्यो। माओवादी साबिकको एक तिहाई मा ओर्लियो। कांग्रेस र एमाले को भविष्य पनि त्यही नै हो।

भने पछि फोरम र स्वराजी सँग एकीकरण गरेको राजपाको भविष्य उज्जवल छ। देशमा उही उही साइज का चार पाँच पार्टी मध्ये एक राजपा हुन सक्छ। अनि त राजपा बाट कोही प्रधान मंत्री हुन्छ। पाँच वर्ष भित्र हुन्छ। १० वर्ष भित्र हुन्छ।