Showing posts with label election commission. Show all posts
Showing posts with label election commission. Show all posts

Tuesday, January 10, 2023

निर्वाचन आयोग ले लोकतंत्र को उपहास गरेको देखियो (केस: बालेन)

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

चुनाव हुँदैमा देश लोकतन्त्र भएको प्रमाणित हुँदैन। उदाहरण: रूस। पंचायत काल मा नेपाल मैं पनि त चुनाव हुन्थ्यो। 

देश को प्रत्यक्ष निर्वाचित सबैभन्दा ठुलो पद मा बिना कुनै वासी पार्टी को वैसाखी टेकेर, स्थापित जस्ता धुरन्धर नेता लाई धुलो चटाउँदै आफ्नो विचार, ठोस कार्यक्रम, तैयारी र समन्वयकारी शैली का आधार मा अत्यधिक बहुमत का साथ मेयर बनेका बालेन माथि निर्वाचन आयोग ले गरेको यो प्रहार यस्तो हो मानौं देउबा ले डडेल्धुरा मा पैसा नै खर्च गरेनन। कानुन माने। मौन अवधि लाई देशै भरि मनी अवधि बनाइँदा मौन बसेको निर्वाचन आयोग। देशमा निष्पक्ष निर्वाचन हुँदो हो त यी वासी बुढ़ा हरु १० वर्ष अगाडि कात लागि सक्ने थिए। 

काठमाण्डु लाई कुँवा बनाउने खेल हो यो। उसले उसको लुतो कन्याउने, उसले उसको लुतो कन्याउने। 

राजधानी को मेयर बन्न जाबो १५ लाख खर्च गरेका बालेन शाह। त्यो कानुन तोडेको हो कि भविष्य का लागि नया मापदण्ड निर्माण गरेको हो? जो उम्मेदवार पैसा खर्च नगरेर चुनाव जितेको छ उसलाई खर्च को हिसाबकिताब किन नबुझाएको भनेर आरोप लगाउने? 

नेपाल मा लोकतंत्र नफस्टाएको कारण नै निर्वाचन आयोग हो। नेपालमा भ्रष्टाचार संस्थागत भएको कारण नै निर्वाचन आयोग हो। 

विधिको शासन स्थापित गर्ने अर्को कुन उपाय थियो? सड़क मिच्न दिने? म सड़क व्यापारी हरु को पक्ष मा छु। तर अव्यवस्थित सड़क व्यापर ले कसैको भलो गर्दैन। भुमिहीन हुनु राम्रो होइन। तर तिनलाई टुँडिखेल नै दिने कुरा आउँदैन।  

बालेन को जितको डर थियो। चुनाव पछि त्यो सेलायो। सेलाउनु हुँदैन। नेपाल को अर्को चुनाव सत्य युग समाज पार्टी ले स्वीप गर्छ। ईश्वर छैन भन्ने कामरेड हरु लाई समाचार छ। विष्णु अवतार र ब्रम्हा अवतार दुबै नेपाली भएर पैदा भएका छन। नेपाल विश्व गुरु बन्ने तरखर मा छ। 

पैसा खर्च नगरी चुनाव जित्ने सुनौलो उदाहरण को रूप मा देश विदेश मा पेश गरिनुपर्ने व्यक्तित्व बालेन शाह। देश को शान। बहुदल आएपछि यति धेरै आशा जगाउने अर्को कोही आएको छैन अहिलेसम्म। 

संसद ले निर्वाचन आयोग का पदाधिकारी लाई महाभियोग लगाउने हो यस्तो बेला मा। टुलुटुलु हेरेर बस्ने होइन। 

निर्वाचन आयोग ले नेपाल मा भ्रष्टाचार संस्थागत गराएको क्षमता को कमी होइन, इमान को कमी हो। अदालत लानुपर्ने त निर्वाचन आयोग लाई हो। 





सर्तैसर्तको भारी बोकेर प्रधानमन्त्रीले पाए २६८ सांसदको ‘प्रचण्ड’ बहुमत विश्वासको मत माग्दै उनले नेपालको राजनीतिमा अव निषेध, अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको आधारमा अघि बढाउन प्रतिबद्ध रहेको बताए । ....... छलफलमा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले देशको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता एमसीसी लगायतका विषयमा सत्ता गठबन्धन स्पष्ट नभएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए । ....... लोसपाले नागरिकता विधेयक पारित गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र नागरिक उन्मुक्तिले पार्टीका संस्थापक रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त विश्वासको मत दिने क्रममै राखेको छ । ....... राष्ट्रिय स्वतन्त्र पार्टीको उपप्रधानमन्त्री पदससहित गृह मन्त्रालय पाउनुपर्ने सर्त पूरा भएपनि भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठन र सो आयोगको सिफारिसका आधारमा २०४६ पछिका भ्रष्टाचारका फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्ने सर्त छ । 

जसपा–एकीकृत समाजवादी एकताका लागि मोडालिटीमा छलफल हुने एकजना अध्यक्ष मात्र रहने हो भने अध्यक्ष को बन्ने, पार्टीको नाम र चुनाव चिह्न के हुने जस्ता विषयमा अब प्रवेश हुने ती नेताले बताए । जसपा पटक पटक विभाजित र एकीकृत हुँदै बनेको पार्टी हो भने एकीकृत समाजवादी एमालेबाट अलग भएर बनेको पार्टी हो ।

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो .

२० वर्षमा पहिलोपटक गुगललाई टक्कर, च्याट जीपीटीसँग मिलेर माइक्रोसफ्टको यस्तो योजना
प्रश्नबाट भागिरहेका बालेन ‘पुरानाको विकल्प दिने’ र ‘केही गर्ने’ हुटहुटी देखाएर काठमाडौं महानगरपालिकाको मेयर चुनिएका बालेन्द्र साह निर्वाचित भएयता सर्वसाधारणको प्रश्नबाट भाग्न खोजिरहेका छन् ।

पहिलो बैठकमा केपी ओलीदेखि रवि लामिछाने र सिके राउतसम्मले के भने ?
प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसभित्र मत बलियो विश्वासको मत दिए नयाँ समीकरणको ढोका खुल्ने विश्वास
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छ: महामन्त्री थापा

माधव नेपाललाई ओलीको सुझाव : अब जुरो हल्लाएर काम छैन ‘एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोण कस्तो ?’
नेकपा एकीकृत समाजवादी र जसपाबीच एकताको स्वार्थ
‘हामी जनता राज ल्याउँछौं’

Wednesday, June 09, 2021

T N Sheshan



जसपालाई विभिन्न शक्तिहरुले कमजोर बनाउन लागेका छन् : राजकिशोर यादव ‘म ठीक ठाउँमा छु । पार्टीमा समस्या छ । कठिनाइ छ । जटिल अवस्थामा छ । केही साथीलाई पार्टी एकता मन परेको छैन । पार्टी ठूलो भयो भने ठाउँ पाउँदैन भन्नेहरू पार्टी एकताका विरोधी हुन् ।’ नेता यादवले भने, ‘क्षणिक लाभ लिन पल्किएकाहरूबाट पार्टी कमजोर हुन्छ ।’ नेता यादवले जसपालाई फेरि एकठाउँमा ल्याएर बलियो पार्टी बनाउन लागेको बताएका छन् । उनले भित्रभित्र पार्टी एकताका लागि कुरा भइरहेको बताएका छन् ।

Saturday, November 01, 2014

धाँधली बिनाको चुनाव



अब राज्य स्तरको चुनाव होला। त्यसमा धाँधलीको गन्ध आउनु हुँदैन।
  • सरकारी तथ्याङ्क अनुसार नै ४३ लाख नेपाली नागरिकता पत्र विहीन छन। वास्तविक संख्या बढ़ी होला। ४३ लाखलाई नागरिकता पत्र पनि नदिने र नागरिकता पत्र बिना वोट खसाल्न नपाउने भन्दिने। नेपालको पछिल्लो चुनावमा भएको सबैभन्दा ठुलो धाँधली त्यो थियो। एउटा ठुलो चुनावी अपराध भयो। दुई तिहाईको धाक लगाउने डांकाहरु हुन, चुनाव जितेका मानिस होइनन्। सबै नेपालीलाई नागरिकता पत्र दिनु अगाडि चुनावमा वोट खसाल्न नागरिकता पत्र देखाउनु पर्ने नियम बनाउन पाइएन। 
  • दोस्रो ठुलो आरोप छ, वोट खसे पछि वोट गन्ने ठाउँ सम्म बक्सा लग्दा पार्टीहरुको प्रतिनिधिहरुलाई बक्सा सँगै जान दिइएन। सेनाले प्रहरीले पार्टी प्रतिनिधिहरुलाई तरसाएर भगाई दियो। सेनाले बक्सा गन्ने ठाउँमा लगनु अगाडि घन्टौं आफ्नो ब्यारेकमा राख्यो। त्यो धाँधली हो। दुई तिहाईको धाक नलगाउने।