Showing posts with label digitization. Show all posts
Showing posts with label digitization. Show all posts

Tuesday, November 11, 2014

NRN America: Democratization, Digitization

ANTA: Democratization, Digitization: Diwali, Chhath, Holi

राजनीतिक अधिकार बिनाको नागरिकता भनेको निर्दलीय प्रजातन्त्र जस्तो हो। प्रजातन्त्र पनि कहीं निर्दलीय हुन्छ? राजनीतिक अधिकार बिनाको पनि कुनै नागरिकता हुन्छ? कि त NRN हरुलाई visa दिन खोजेको हो भने visa दिन खोजेको भन्ने।

नेपाल एउटा अत्यन्त गरीब देश हो। तर संसारको सबैभन्दा ठुलो र तेस्रो सबैभन्दा ठुलो अर्थतन्त्रबीचको देशलाई आर्थिक प्रगति गर्न धेरै गारहो नहुनुपर्ने। शिवरात्रीको मेलामा भीड़मा बीचमा उभि दिए मात्र पनि भीड़ले नै मंदिर भित्र पुर्याइदिन्छ। त्यस्तै नेपालमा basic law and order र basic democracy मात्र maintain गरेको खण्डमा भारत र चीनको सामीप्यले देशको धुरन्धर विकास हुन्छ।

नेपाल जस्तो गरीब देशले देशका मान्छेलाई बाहिर जान सकेसम्म सजिलो पारिदिने, र प्रवासमा रहेका नेपालीलाई नेपाल फर्कन र/अथवा नेपालमा योगदान पुर्याउन सकेसम्म सजिलो पारिदिने। द्वैध नागरिकताको कुरा त्यो हो। शिक्षा र आर्थिक opportunity कालागि विदेशीएका नेपालीलाई नेपालको अर्थतन्त्रमा सकेसम्म बलियो हिसाबले बाँधने concept द्वैध नागरिकता हो।

अमेरिकामा ४,००० नेपाली NRNA सदस्य भएपछि बल्ल काठ्माण्डुमा NRNA लाई seriously लिन थालियो। विश्वमा अमेरिकाको, न्यु यर्क शहरको विशेष स्थान रहेको देखियो। तर अमेरिकाको NRN संगठनले आफ्नो आङ्गको जुम्रा पनि देखन सक्नुपर्यो।

चुनाव सकिएपछि सदस्यताको ढोका बन्द गरिएको भन्ने हल्ला छ। आफुलाई जिताउने जस्ताले सदस्यता लिई हाले, नया नया सदस्य किन चाहियो भन्ने thinking हो भने त्यो गलत thinking हो। सदस्यता ४,००० बाट २०,०००, त्यसपछि २०,००० बाट ५०,००० बनाउँदै जाने तर्फ सोँच्नुपर्छ। र सदस्यता लिने १२ महिना हुनुपर्छ। आफुलाई इच्छा लागेको बेला NRN अमेरिकाको वेबसाइटमा गएर सदस्यता लि हाल्ने। यो membership drive NRNA अमेरिकाको नम्बर एक जिम्मेवारी हो जस्तो लाग्छ।

बरु चुनावको दिनभन्दा एक महिना अगाडि एक किसिमको cut off point बनाई दिन सकिन्छ। त्यो दिनभन्दा पछि पनि सदस्य बन्न चाहिं पाइने तर त्यस चुनावमा सहभागी हुन त्यो दिन अगावै सदस्य भई सक्नुपर्ने।

Online voting बड़ो राम्रो व्यवस्था हो। तर दुई वर्षमा एक पटक online voting गरेर दुई वर्षकालागि आम सदस्यलाई bye bye गर्नु भने राम्रो होइन, लोकतान्त्रिक होइन। अमेरिकामा सबैभन्दा बढ़ी नेपाली न्यु यर्कमा छन, तर अमेरिकाका नेपाली जति सबै न्यु यर्कमै छन भन्ने सोँच्नु हुँदैन। Event जति सबैलाई फोटो र video मार्फत digitize गरेर सकेसम्म सबैलाई सहभागी बनाउने प्रयास भइराख्नुपर्छ।

NRNA अमेरिका को Executive Committee को बैठक जति सबैको minutes online राख्दै जानु पर्दछ। ताकि आम सदस्यले आफ्नो प्रतिक्रिया दिन सकुन। Bookkeeping त्यसरी नै transparent हुनुपर्यो।

तर संगठन जति नै मजबुत गरे पनि, र संगठनले मदत गर्न सके पनि, नेपालमा आर्थिक क्रान्तिमा सहभागी हुन चाहनेले सफल entrepreneur भएर देखाउन जरुरी छ। Entrepreneurship का आफ्नै principles छन। संगठन एउटा कुरा हो। Entrepreneurship अर्को कुरा हो।