Showing posts with label bimal bastola. Show all posts
Showing posts with label bimal bastola. Show all posts

Wednesday, February 04, 2015

सगुन को महत्व


हिजो चौतारी को बेसमेंट मा बड़ो मजाको दृश्य देख्न पाइयो। न्यु यार्कले Sagoon.com तर्फ पाइला चाल्यो। खगेन्द्रजी र विमलजी ले शुरुवात गर्नु भो। दुबै जना न्यु यॉर्क को नेपाली समुदाय को visible मान्छे मध्ये पर्नु हुन्छ। यो देखेर केही अरु पनि आउने आशा गरिएको छ। नार्थ कैरोलिना र टेक्सास का केही नेपालीले पनि चासो लिएका छन। ट्रेन छुट्न छुट्न लाग्यो।

मेरो judgment call ------ सगुनमा अहिले हालिएको 25K भनेको लगभग ५ वर्षमा मिलियन हो। रूस सेकंड वर्ल्ड देश। त्यहाँ मास्को मा ५०० नेपाली भएको ठाउँ मा त ३० जना मिलियनेयर छन ह रे। न्यु यॉर्क मा त हुनुपर्यो कमसेकम ५० जना। सगुन एउटा मौका हो। It is an opportunity.

मैले सगुन लाई राउंड २ को fundraising मा सघाउँदै छु। त्यही भएर आतंरिक कुराहरु थाहा पाउने मौका पाएको छु। I have been impressed.

एउटा टेक स्टार्टअप ले देखाउन सक्नुपर्ने मापदण्ड के हुन्छ भने ------ do you have a rapidly growing user base? Visitor हुन्छ, a subset of visitors are registered users, a subset of registered users are active users. The industry standard definition is, an Active User is someone who uses your product at least once a month. त्यो active user बेस ५०,००० हजार कटयो भने you become interesting to most investors.

हिजो चौतारी मैं माथि अंजन सँग भेंट भो। I was glad to learn he has not only launched his tech startup but that it is also making active progress. Good to know.

यो गोविन्द गिरी र कविन्द्र सिटौला को सगुन सम्बन्धी चौथो भ्रमण थियो न्यु यॉर्क को। दोस्रो र तेस्रो भ्रमण मा अलि हताश नै भएको अवस्था थियो। Those emotional ups and downs are unavoidable with any startup. That is why it helps to have a Cofounder!

गोविन्दं गिरी को Founder CEO पर्सनालिटी छ। सगुन को user base र गोविन्दजीको Founder CEO पर्सनालिटी देखेर मैले हो सगुन लाई पत्याएको।

नवंबर मा चौतारी को बेसमेंट मा जब सगुनले आफ्नो पहिलो न्यु यॉर्क presentation गर्यो त्यो दिन अगाडि मैले कहिले न सगुन को नाम सुन्या छ न गोविन्द गिरीको। कविनजी सँग चाहिं एक चोटि DC मा २००१ ताका भेंट भएको, socially.

मेरो गाउँ मा एउटा छ शिव शरण भगत भन्ने --- अहिले काठमाण्डु मा होला। उमेरले मभन्दा ३-४ वर्ष मात्र जेठो भए पनि नाता मा बाजे पर्ने। कविनजी त्यस्तै विभिन्न मान्छे ले काका भन्नु पर्ने मान्छे हुनु हुँदो रैछ। यहाँ देखि DC सम्म।

मेरो भान्जा सुनील साह NRN को चुनाव लड्दैछ। उसको कार्यक्रम थियो थकालीमा। त्यस पछि त्यहीं बाहिर प्रमोद सिटौला सँग भेंट भयो। मैले पछि प्रमोदजी ले फेसबुक मा ईमेल गरें।
Pramodji. It was good to bump into you earlier in front of Thakali Kitchen.  
एक समय हामी लोकतंत्रकालागि एक जुट थियौं। अहिले संघीयताको सवालमा हाम्रो फरक मत हुन सक्छ। तर त्यसपछि फेरि आर्थिक क्रांतिको मुद्दामा लोकतान्त्रिक आंदोलन भन्दा पनि कड़ा किसिमले एक जुट भएर अगाडि बढ्नु छ। कबिन सिटौलाजी तपाइँको काका हुनुहुँदो रैछ। Sagoon.com मा मैले सघाउँदैछु।  मेरो भान्जा सुनील साह चुनाव लड्दैछ। तपाइँको सहयोगको अपेक्षा छ। धन्यवाद।
सगुन को महत्व नेपालको आर्थिक क्रांति सँग छ। 

Wednesday, December 03, 2014

सगुन, न्यु यर्कका नेपाली, र Anti Dilution Clause को बखेड़ा


सगुनको राउंड १ मा पैसा हाल्ने तर anti dilution clause छ भने मात्रै भनेर अडान लिरहेका नेपाली केही छन न्यु यर्कमा।

जुन दिन सगुन न्यु यर्क आयो त्यो दिन अगाडि मैले कहिले सगुनको नाम सुनेको थिएन। तर म अहिले औपचारिक रुपले नै सगुनको Advisor छु, मैले सगुनको राउंड २ fundraising गर्ने जिम्मेवारी लिएको छु।

मजाको कुरो यो छ कि यो anti dilution clause जुन छ त्यो न्यु यर्कको नेपाली समुदायमा पसाउने मान्छे नै म हुँ। मेरो आफ्नै tech startup छ, मेरो टीमले एउटा Augmented Reality Mobile Game बनाउँदैछ। हामी पनि राउंड १ मैं छौं। हामी चाहिं अहिलेलाई pre-launch हो, सगुन चाहिं post launch हो।

मेरो tech startup मा anti dilution clause छ। हाम्रो अहिले valuation १ मिलियन डॉलर हो, त्यस valuation मा हामीले राउंड १ मा 50K उठाउन लागेको। भने पछि 50K हाल्नेले ५% स्वामित्व पाउने कुरा छ। 10K हाल्नेले १% पाउने भो। र त्यहाँ anti dilution clause छ। अर्थात पछि राउंड २, राउंड ३, राउंड ४ जति सुकै राउंड fundraising भए पनि अहिले १% स्वामित्व पाएको इन्वेस्टरको १% कायम रहने छ। IPO हुँदा पनि त्यही हो।

तर नाक छुने दुई तरिका छन भन्छन। र सगुनले अर्को बाटो रोजेको छ। र बहुसंख्यक tech startup ले मेरो होइन सगुनको बाटो नै लिएको देखिन्छ। सगुनले २ मिलियन valuation मा 350K उठाइ सक्यो र अर्को 150K उठाउन लागेको छ। यो 500K हाल्नेले समग्रमा २५% पाउने भन्ने छ तर anti dilution clause छैन। र त्यो समस्या होइन। यो राउंड १ को २५% dilute हुँदै गएर राउंड ५ मा आखिर ५% हुन सक्छ। तर त्यो समस्या होइन। अहिले २ मिलियन valuation मा रहेको कम्पनी राउंड ५ मा ५०० मिलियन valuation मा पुगेछ भने २५% बाट झरेर ५% मा पुगेको स्वामित्वको डॉलर value कति भयो? २५ मिलियन भएन? 500K इन्वेस्ट गरेको र झिक्दा २५ मिलियन भएर आउने कुन मम पसल छ? कुन किराणा दोकान छ? कुन अख़बार छ? कुन घर छ? कुन रेस्टोरेंट छ? कुन अपार्टमेंट छ?

परसेंटेज ओनरशिप मा नअल्झिने। डॉलर value हेर्ने हो। २५% र ५% को मतलब भएन।

तर कम्पनी डुब्यो भने २५% पनि जीरो हो, ५% पनि जीरो हो। तर यो सफल कम्पनी हो। सबै आतंरिक कुरा मैले publicly भन्न मिल्दैन, तर मैले सगुनलाई नजिकबाट अध्ययन गरेको छु। त्यही गरेर न मैले बिज़नेस डील गरेको हो। Advisor बनें म। मैले सगुनको राउंड २ fundraising गर्ने हो। त्यसो गरेर मैले पाउने लगभग सबै कुरा fundraising गरे पछि पाउने हो। महिनौ मैले समय लगाउनु छ। सगुनको मैले promise नदेखेको भए मैले किन त्यसरी समय इन्वेस्ट गर्नु पर्यो?

तर मैले हिजो कवीन्द्रजीलाई भनें, तपाईंले राउंड १ का इन्वेस्टरलाई २५% दिएर त्यहाँ anti dilution clause राख्नु हुन्छ भने सबभन्दा पहिला म भाग्छु। किनभने त्यस पछि राउंड २ fundraising का सबै बाटाहरु बन्द हुन्छन्। कम्पनी डुबछ, शुरुको 350K डुबछ, अब आउने 150K डुबछ। सब चिलिम।

परमेन्द्र भगतको कम्पनीको जस्तो anti dilution clause पनि खोज्ने अनि गोविन्द गिरी, कवीन्द्र सिटौलाको कम्पनीको जस्तो २५% पनि खोज्ने! त्यो कसरी हुन्छ? परमेन्द्र भगतको कम्पनीमा anti dilution clause छ तर त्यहाँ राउंड १ काले जम्मा ५% मात्र पाएका छन। नाक छुने दुई तरिका छन। दुवैले नाक नै छुने हो।

म नेपालको लोकतान्त्रिक क्रांतिमा फुल टाइम खटेको मान्छे, त्यस पछिको मधेसी क्रांतिमा फुल टाइम खटेको मान्छे, र अब आगामी ३० वर्ष नेपालको आर्थिक क्रांतिकालागि समर्पित मान्छे। सगुनलाई र मेरो tech startup लाई त्यस angle बाट पनि हेर्नु पर्ने हुन्छ।

कवीन्द्रजीले बारम्बार remind गर्नु हुन्छ, हामी नेपाली, हामी South Asian भनेर। त्यो feeling को ठुलो महत्त्व छ। त्यसै feeling को आधारमा ६ मिलियन इसरायलीले ६०० मिलियन जनसंख्या भएका देशले गर्न नसकेका कुरा हरु गरेका छन।

टेक टीम बिल्ड गर्नु भनेको fundraising भन्दा धेरै गार्हो काम हो। सगुनले गजबको टेक टीम बिल्ड गरेको छ दिल्लीमा। १००,००० user हुनु भनेको धेरै हो। मैले शुरुमा सगुनको आन्द्रा भुँडी बुझ्नु अगाडि म excited भएको त्यो एउटा नम्बरको आधारमा हो।

I do think there is space for another social network. And I think we need tens if not hundreds of successful Nepal/Nepali origin tech startups if Nepal is to hope to become a developed nation within 20-30 years. Nepalis investing in round 1 in a tech startup positions that startup to raise round 2 from professional investors. They come in with much bigger pots of gold.

Last year नवम्बर तिर म खगेन्द्रजीलाई भेट्न गएँ, मेरो टेक स्टार्टअपको बारेमा। बड़ो राम्रो गफ भयो। मेरो राउंड १ मा 5K हाल्नोस् भन्ने मेरो अनुरोध थियो। म र मेरा साथीहरु मिलेर 50K हाल्छौं तर हामीलाई ५०% ओनरशिप चाहिन्छ भन्नु भो। कुरै समाप्त भो। त्यो अनुसार मैले डील गर्ने हो भने कम्पनी पनि डुब्ने, वहाँको र वहाँको साथीहरुको 50K पनि डुब्ने --- त्यस्तो खेती किन गर्ने? (Tech Startup Equity Distribution)



सगुन र दर्शन रौनियार
सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण
सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण (२)