Showing posts with label barah bigha. Show all posts
Showing posts with label barah bigha. Show all posts

Friday, November 21, 2014

बारह बिघा मैदान टुडिखेल भन्दा बारह गुणा ठुलो हो

बारह बिघा मैदान टुडिखेल भन्दा बारह गुणा ठुलो हो भन्ने कुरा काठमाण्डु कुँवाका भ्यागुतालाई थाहा नहुन सक्छ। नरेन्द्र मोदी प्रति, वाराणसीका सांसद नरेन्द्र मोदी प्रति, अयोध्याबाट जनती भएर आउन लागेका नरेन्द्र मोदी प्रति जनकपुरवासीको स्नेहको काठमाण्डुकालाई हेक्का हुने कुरा भएन।

जनकपुरवासीको स्नेह अट्ने अर्को ठाउँ नै छैन जनकपुरमा, बारह बिघा मात्र हो। मोदीले त्यसै भएर बारह बिघा मा आम जनतालाई सम्बोधन गर्न नपाए बरु जनकपुर नै न आउने भनेर भनेका हुन।