Showing posts with label bahunvad. Show all posts
Showing posts with label bahunvad. Show all posts

Tuesday, September 08, 2015

प्रचण्ड समाधान होइन समस्या हो

प्रचण्ड विशुद्ध एउटा बाहुन चरित्र को मान्छे हो भन्ने कुरा उसले कदम कदम मा देखाएको छ। थारु र मगर भनेका आफु मर्ने र प्रचण्ड जस्ता बाहुन लाई प्रधान मंत्री बनाउने जात का मान्छे हुन भन्ने प्रचण्ड को पुरानो सोंच हो। उसले थारु र मगर सँग दोगला व्यवहार गरेको भन्न मिल्दैन। प्रचण्ड लाई चिन्न नसक्नु थारु र मगर को दोष हो, त्यो प्रचण्ड को दोष होइन। दलित ले भाड़ा माझ्छ, थारु मगर लड्छ मर्छ भन्ने बाहुनवादी सोंच। त्यो प्रचंड को व्यवहार मा देखिन्छ।

पक्कै पनि केपी बाजे ले प्रचण्ड लाई राष्ट्रपति बनाइदिने र बाबुराम लाई प्राधिकरण प्रमुख बनाइदिने भनेको हुनुपर्छ। त्यसै इ दुई बाजे हरु लाई हतार भएको होइन होला। कार्यगत एकता को पनि लोभ छ प्रचंड लाई। माफिया सँग ओली बामे ले लिने पैसा बाड़ीचुड़ी गरौं भन्ने होला।

२००६ अप्रिल क्रांति को एक दुई महिना अगाडि सम्म सात पार्टी ले पनि बन्दुक उठाऊँ भनेको मान्छे बाबुराम। २००६ अप्रिल क्रांति माओवादी को आईडिया थिएन। मधेसी क्रांति हुँदा सबभन्दा रीस उठेको मान्छे प्रचंड। अहिले को प्रचंड को व्यवहार बिल्कुल predictable हो।

Nepal Needs A Constitution (Written For Foreign Policy)
काँग्रेस एमाले र एमाओवादी पार्टी छोड्ने हरुको बाढ़ी
एमालेका मधेशी सभासद ले पार्टी छोड़
प्रचंड को बाहुन चरित्र
काँग्रेस पार्टी…… स्वाहा!
मधेसी जनजाति लाई सेनाको डर देखाउने बाहुन हरु मुर्दाबाद
संविधान सभा मा व्हिप जारी हुँदैन


Monday, August 31, 2015

कोइराला, गंगालाल, देवकोटा, पारिजात


Alisha Koirala

नेपालमा कसरि माथिल्लो जातका व्यक्तिहरुले छल कपटका साथ् राजनीति गरेर अन्य जात जातिलाई माथि आउन दिएन ?

धरानमा रहेको प्रसिद्ध ठुलो मेडिकल कलेज " वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान " को यो संस्था को निर्माण मा स्व: बि पी कोइराला को कुनै पनि भूमिका न भएता पनि ,प्रतिष्ठानको नाम स्व: बि.पि कोइरालाको सम्मान मा राखियो , बि.पि को नाम भन्दा नि बढी उनको थर "कोइराला" लाई बढी बढावा दिइएको छ ,अर्थात बि.पि को नाम को साथ् पुरै कोइराला समाजलाई सम्मानित गरिएको छ। यस्तै अर्को एउटा ट्रस्ट " सहिद गंगालाल स्मारक राष्ट्रिय मुटु केन्द्र " को नाम सहिद गंगा लाल श्रेष्ठ को स्मारक नाम मा राखिएको छ , तर यो संस्थाको नाममा " श्रेष्ठ " राखिएको छैन , अर्थात केवल सहिद गंगालाल मात्र सम्मान गरिएको छ उनको जात् समाज लाई जोडिएको छैन । कारण पता लगाउदा यस्तो रे श्रेष्ठ जोडीदा नाम ठुलो हुन्थ्यो तर कहिले बुझ्न सकिन "कोइराला" को तुलनामा "श्रेष्ठ" शब्द कसरी लामो भएछ। यस्तो धेरै उदाहरण हाम्रो समाज मा हेर्न सकिन्छ।

महाकवि लक्ष्मी प्रसाद देवकोटा को प्रसिद्ध वाक्य " मान्छे ठुलो दिलले हुन्छ जातले हैन " थियो। यस वाक्य महाकवी लक्ष्मी प्रशाद देवकोटाले त्यस समयमा दलित ,जनजाति ,आदिवासी ,मधेसी ,थारु हरुलाई हेप्ने र जातीय आधारमा आफैलाई ठुलो देखिने , आफुलाई माहान / ठुलो सम्झिने बाहुन/क्षेत्रि लाइ व्यंग हानेर लेखेका थिए । हेला गरिने तल्लो जात को व्यक्तिले नै मदन को ज्यान बचाएका थिए। जातीय आधारमा आफुलाई ठुलो सम्झिने र अन्य लाइ निच व्यहार गर्ने बाहुन / क्षेत्रि हरु सुध्रिने आशमा लघु महाकाव्य "मुना मदन " लेखेका थिए। तर के गर्ने , आफुलाई देश र जनता को राजा सम्झिने आहंकारी बाहुन क्षेत्रि अझ सुध्रिएको देखिदैन। यिनीहरुले त महाकवि लक्ष्मी प्रशाद देवकोटा लाई नै प्रयोग गरेर जातीय बढावा दिए। महाकवि लक्ष्मी प्रशाद देवकोटा को स्मारक सम्झनामा देवकोटा सडक ,देवकोटा संघ्रालय ,देवकोटा चोक जस्ता नाम हरु राखे। मैले कहिले बुझ्न सकिन कि यि स्वार्थ राजनेता हरुले महाकवी लक्ष्मी प्रशाद देवकोटा को सम्मान गरेको हो कि उसको जात देवकोटा को सम्मान गरेका हुन्।महाकवी लक्ष्मी प्रशाद देवकोटालाई प्रयोग गरि देवकोटा समाजलाई बढावा/वर्चस्व दिनुको पछि यिनीहरुको लुकेको स्वार्थ छरपस्ट बुझिन्छ।

उनि जस्तै एक महान लेखिका कवि विष्णु कुमारी वैवा (तामांग) " पारिजात " को नाम ले प्रख्यात को पुरा नाम पनि सायद नै कसैलाई थाहा होला।आज यिनी बाहुन भएकी भए नाम भन्दा बेशी जात प्रख्यात हुनेथ्यो।

अहिले बनदै गरेको बनेपा -सिन्धुली -वर्दिवास राजमार्ग को नाम " बि पी कोइराला राजमार्ग " पनि स्व :बि पी कोइराला को सम्झनामा राखिएको छ राखिएको छ, वास्तविकतामा यो राजमार्ग निर्माणमा बि. पी. कोइराला को कुनै पनि योगदान छैन ता पनि नाम राखियो कारण के त यो राजमार्ग को सपना पहिलो पल्ट उँहा ले नै देख्नु भा थियो रे ।कसलाई के थाहा यो राजमार्ग को सपना/कल्पना भारि डोको बोकेर हिड्ने त्यहाँ का बासिन्दाले वर्षौ देखि गर्दै आएका छन।ल ठिक छ , वि. पी कोइराला महान व्यक्तित्व थिए ,त्यसैले उनको नाम राखिएको हो ,तर नाम मात्र राखे भैहाल्यो नि " कोइराला " जोडिनु को कारण के ?यति धेरै राजमार्ग हरु छन् ,महेन्द्र राजमार्ग ,सिद्धार्थ राजमार्ग , कतै पनि जात उल्लेख गरिएको छैन। तसर्थ बनेपा -सिन्धुली -वर्दिवास राजमार्ग मा कोइराला सब्द जोडिनु को कारण सबैलाई स्पष्ट भै नै सक्यो होला।

निष्कर्ष के त , यदि कुनै माथिल्लो वर्ग(विसेस गरि बाहुन समाज ) का व्यक्ति लाइ सम्मान गरिन्छ भने उसको साथ् पुरा उसको जात / वर्ग लाई सम्मान गरिएको हुन्छ तर जब कुनै जनजाति ,नेवाः ,किराती ,आदिवासी ,मधेसी ,थारु जात /वर्ग /समुदाय का व्यक्ति को सम्मान हुन्छ केवल त्यस बिसेष व्यक्ति को मात्र सम्मान गरिन्छ र उसको जात /वर्ग /समुदायलाई बहिस्कार गरिन्छ।

दलित ,जनजाती ,आदिवासी ,मधेसी थारुहरुको पहिचान सहित को संघिय राज्य को बिरोध गर्नुको पछि को आफ्नो एक्कल जातलाइ छल कपट सहित माथिल्लो स्थान मा राख्न सक्ने बाहुन क्षेत्रि (विशेश गरि साश्क वर्गका बाहुन पुरुष ) हरुको स्वार्थीपना छरपष्टै झल्किन्छ।

धन्यवाद !

Saturday, August 22, 2015

हामी हरुवाहरुको सम्झना by Krishna Bhattachan

English: 14th century Fresco of Krishna on int...
English: 14th century Fresco of Krishna on interior wall City Palace, Udaipur (Photo credit: Wikipedia)
कैलालीमा पुनः कर्फ्यु
हामी हरुवाहरुको सम्झना
भन्छन्, ‘जित्नेको इतिहास हुन्छ
हार्नेको सम्झनामात्र बाँकी रहन्छ’
हामी, कहलिएको ‘भुसतिघ्रे’,
‘भोटे’, ‘लाहुरे’,
‘तिघ्रे र पर्वते स्वाँठे’,
‘जङ्गल फाँडेर खनीखोस्री खाने’,
‘अयोग्य, मतुवाली र पाखण्डी, नीच, निर्दयी’

हामीले हा¥र्यौ, ‘त्योसँग’
‘त्यो’ ‘बा हुन, वा होइनन्’

हामीले अठार धार्नी नाक कान जोखेकै दिन हा¥र्यौ
हामीले भोज खाएकै दिन हा¥र्यौ

त्यसले हामीलाई च्याम्पतिलाई जस्तै कति
घुमायो कति

हामी मुलाको जरा भएर बस्यौ, मुला

तल, झन तल, ओरालो लाग्नथाल्यौं
अँध्यारै झन् अँध्यारो प्यारो मान्न थाल्यौ
जति धेरै सुन्निन सकियो, उति राम्रो मान्न थाल्यौ
जहाँको तही सड्दाको गन्ध सुगन्धित मान्न थाल्यौ

पहिचान ओरालो÷अँध्यारो–सुगन्धित
मातृभाषा ओरालो÷अँध्यारो–सुगन्धित
धर्म ओरालो÷अँध्यारो–सुगन्धित
संस्कृति ओरालो÷अँध्यारो–सुगन्धित
हक अधिकार ओरालो÷अँध्यारो–सुगन्धित

हामीलाई ताजा सम्झना छ,
त्यो हामीकहाँ आउँदा उखुको टुप्पा भएर आयो
जहाँ जसले जसरी लगेर सारे पनि हर्लक्कै सरेर आयो,
त्यो पानीढलोमा दुबो भएर हलक्कै सप्य्रो
त्यो पूर्वमा ‘चारदामे’ फर्सीको बोट भएर फैलियो
त्यो चारकोसे झाडीमा सखुवा भएर अग्लियो
त्यो हिमालको टुप्पामा पनि भर्खरै हिउँ भएर चुलीन थालेको छ
त्यो जहाँ जहाँ सप्रन खोज्यो
त्यहीं त्यहीं सप्य्रो, खुबै सप्य्रो
आगोले ढडाए झनै हरियो भरियो भएर आयो,
सधै माथि, झन् झन् माथि माथि
ताक्दै चंगाजस्तै अकासियो,
उज्यालो, झन् उज्यालोमात्र खोज्दै आयो
गुलियो, फरक फरक गुलियो हुदै आयो

शाही गुलियो,
जहानियाँ गुलियो,
बिर्ता गुलियो,
जागिर गुलियो,
फर्सी गुलियो
निर्दल गुलियो
बहुदल गुलियो

एकसय सत्ताइस गुलियो
सोच गुलियो
नीति गुलियो
व्यवहार गुलियो

पहिलोपटक त्यसले ढुंग्रो फुक्यो,
खरानी उड्नेगरी फुक्यो
दोस्रोपटक त्यसले शंख फुक्यो
सातोपुत्लो उड्नेगरी फुक्यो,
तेस्रोपटक त्यसले कान फुक्यो
कानको जाली फाट्नेगरी फुक्यो
हिजोआज त्यसले माइक फुक्यो,
स्वरै सुक्नेगरी फुक्यो
त्यसको प्रत्येक ढुंग्रो फुकाईमा
हाम्रा आस्थाका बन–जङ्गल–जमिन खरानी भएर उड्यो
त्यसको प्रत्येक शंख फुकाइमा
हाम्रा अधिकारहरुलाई वाजले चल्ला उठाए जस्तै उठाएर लग्यो
त्यसको प्रत्येक कान फुकाइले
हाम्रा आमाका मिठा धुनहरु सुन्न छाड्यौं
त्यसको प्रत्येक माइक फुकाइमा
हाम्रा सामुहिक अस्मिता कालो नीलो भयो

हाम्रा बचे–खुचेको हामी भित्रको हामी–भावना पनि खरानी भएको

अब हामीसँग हार्न बाँकी कुनै चिजै रहेन
अब त हामीहरुसँग हार्ने भन्दा पनि
जित्ने दाउमात्रै बाँकी छ !


आत्मनिर्णयको अधिकार मार्रा !
सङ्घीय संरचना मार्रा !
जातीय, भाषिक र क्षेत्रगत स्वायत्तता र उप–स्वायत्तता मार्रा !
समानुपानिक प्रतिनिधित्व मार्रा !
विशेष व्यवस्था मार्रा !
धर्मनिरपेक्षता मार्रा !
भाषिक समान अधिकार मार्रा !
समान महिला अधिकार मार्रा !
सामुहिक अधिकार मार्रा !

बाहुनवादलाई आर्यघाटमा सेलाएको सम्भावना

Krishna Bhattachan: Bahunvad
Krishna Bhattachan On BBC


Tuesday, August 18, 2015

कर्णाली ले पैसा पाउने कुरा

स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?

मैले देश संघीयता मा गएर कर्णाली स्वायत्त प्रदेश बने कर्णाली ले १० अरब रुपया पाउने एउटा सिनेरियो (scenario) देखाएँ। तर कुरा त्यहाँ गएर टुंगिँदैन।

सही संविधान ले आर्थिक क्रांति गर्ने हो
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर

काठमाण्डु सरकार ले कर्णाली प्रदेश लाई १० अरब रुपया दिने जुन राजनीतिक पथ हो त्यो बाटो ले नेपाल लाई प्रत्येक सात वर्ष मा GDP दोब्बर हुने बाटो मा राखिदिन्छ।

केंद्र सरकार को वार्षिक बजेट अहिले ८२० अरब छ। त्यो सात वर्ष मा १६४० अरब पुग्छ। अचम्म होइन? कर्णाली लाई १० अरब दिनु पनि छ, अनि आफ्नो पैसा ८२० बाट बढेर १६४० अरब पनि पुग्नु छ। तर यथार्थ त्यही हो। अनि केंद्र को १६४० हुँदा कर्णाली को फेरि २० अरब पुग्छ। सुशील ले भन्छ यसलाई विन विन।

यो कुरा राम शरण महत ले बुझ्दैन। भूत्रा को पीएचडी!



वामदेवले कड्किदै भने, ‘मैले जुलुश निकाल्दा प्रहरीले ढल्ने गरी हान्यो, कमल थापा गृहमन्त्री थिए’
वामदेवलाई अमरेशको चुनौतीः ‘तपाईँसँग अडियो भए मसँग दमनको भिडियो छ’
वामदेव गौतमले सीमांकनबारे भएका आन्दोलनमा अराजक भीडमाथी बल प्रयोग गर्नु सामान्य भएको टिप्पणी गरेका छन् । ..... कमल थापा गृहमन्त्री भएका बेला आफूमाथि प्रहरीले चार्ज गरेको घटना सुनाउँदै गौतमले कड्किदै भने, ‘एकपटक म निषेधाज्ञा सुरु हुने क्षेत्रमा नाराबाजी गर्दै थिएँ, ठिक त्यहिबेला मलाई प्रहरीले ढल्नेगरी हान्यो । शरीरभरी कत्ति निलडाम बसे कुरा गरी साध्य छैन तर, टाउकोमा दश टाँका लगाइयो । कमल थापा गृहमन्त्री थिए, मेरो पनी पिएसओ थियो ।’ ...... गौतमले भने, ‘पुर्व गृहमन्त्रीसँग आँखा जुधाउनु हुन्न भनेका भरमा कानुन मिचेको प्रहरीले हेरेर बस्न सक्दैन ।’ .......

गोली रबरको कि फलामको भन्नेबारे जवाफ दिँदै उनले भने, ‘प्रहरीसँग जुन गोली हुन्छ त्यही हान्ने हो

,तर छाती ताकेर हानेको हैन ।’ ...... शसस्त्र प्रहरीलाई पक्राउ अधिकार दिएको बारे सभाषद्हरुले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्रिपरिषद्को विद्येयक समितीले कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको ...... सभाषद् अमरेश कुमार सिंहले भने, ‘गृहमन्त्री ज्यु,हामिले बोलेको तपाईसँग अडियो रेकर्ड होला तर हामिसँग प्रहरी दमनको भिडियो छ ।’ प्रहरी प्रशासनले यसैगरी दमन गर्दै गएमा जनताले विद्रोह गर्ने चेतावनी दिँदै सिंहले भने, ‘अधिकारको लागी लडेको हुँ,सक्नुहुन्छ भने जेल हाल्नुस् ।’ आजको बैठकमा बोल्ने अधिकांश सभासद्हरुले सिमांकनबारे भएको आन्दोलनमा प्रहरीले दमन गरको भन्दै आपत्ति जनाएका थिए ।
मेरी छोरी बिन्दास नाँचेर हिडोस्!
‘सिंगल मदर’ की २६ वर्षे छोरी एलेक्सासँग आजसम्म कसैले बाबुको परिचय खोजेन। स्कूल भर्ना गर्न आमाले हात डोर्‍याएर लगीन्। बाबुको परिचय दिन मानिनन्। नौ महिनासम्म पेटमा बोकेर जन्माएकी छोरीमाथि पहिलो हक आमाको लाग्छ, अनि मात्र बाबुको। बाबुको परिचय आमाको इच्छासँग जोडिएको विषय हो। ...... एलेक्सा ‘सिंगल मदर’ बनिछन् भने पनि त्यो उनको इच्छाको विषय हुनेछ। पुरूषले साथ नदिए नारीले जीवन गुजार्न सक्दिनन् भन्ने झुठलाई राज्यले कहिल्यै स्वीकारेन। ..... कुनै केटासँग उनलाई प्रेम गर्न डर लाग्दैन। कुनै केटासँग बारमा वसेर रूड वियर चियर्स गर्न कुनै आपत्ति हुँदैन। ..... कम्प्युटर सन १८२२ मा पहिलो पटक बनेको थियो। यो विषयमा ठूला र पहलमान पुरुषहरुभन्दा बलियो तर्क र बहस गर्न सक्छिन् एलेक्सा। भारतमा बनेका हिन्दु मन्दिरहरूबाट पहिलो शताब्दीमा भारत नाट्यमका रूपमा समाजले नाच्ने संस्कृतिलाई अंगाल्न थाल्यो। यो विषयामा एलेक्सा तुफान बहस गर्न सक्छिन्। .....

केटाहरुसँग अमेरीकन फुटबल खेल्न सक्छिन् । स्कुलमा हरेक वर्ष हुने सामूहिक रनिङमा सबै केटाहरुलाई उछिनेर हरेक वर्ष प्रथम भइन्।

..... मलाई मनभित्र भत्भती पोलिरहेको छ। यी छोरी नेपालमा जन्मेकी भए बाबु बिनाकी छोरीको परिचय खोज्दै एलेक्साको आधा जीवन बित्ने थियो र, आमाको सम्पूर्ण जीवन। अनि, यीनमा रहेका सारा क्षमता बाग्मतीमा बगेर जाने थिए।

धन्न एलेक्सा तिमी नेपालमा जन्मिएनौ!

..... हाय मेरो देश! आमाले नै जन्माएको सन्ताको परिचय आमाकै नामबाट हुनुपर्छ भनेर राज्यसँग भीख माग्नुपर्छ। ..... नेपालमा ‘सिंगल मदर’ हुनु अहिले पनि उग्र क्रान्ति हो। हामी त अहिले बल्ल आमाको नामबाट नागरिकता दिनुपर्छ भन्ने क्रान्तिसम्म आइपुगेका छौँ। ‘सिंगल मदर’ लाई एलेक्साको आमाको स्थानसम्म पुर्‍याउन नेपालमा भर्खरै जन्मेको पुस्ताले अर्को क्रान्ती गर्नुपर्ने छ।
युकेबाट आदोलनमा ऐक्यबद्धता र तत्कालै १ लाख १ हजार आर्थिक सहयोग पठाइयो
आवश्यक परे दल त्याग गरेर पनि एक हुनु आवश्यक : एआइपीपीकी महासचिव कार्लिङ
हालसम्म विश्वभर मै आदिवासी जनजातिको अवस्था नाजुक रहेको छ । उनीहरु अझै पनि विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको अवस्था छ । चाहे त्यो विकसित मुलुकमा होस् या गरिब र पिछडिएको, उनीहरुको अवस्था उस्तै छ । पश्चिमी मुलुकमा पनि आदिवासी जनजातिहरुले अझै धेरै अधिकार पाउन सकेका छैनन् । तर उनीहरूको अवस्था तुलनात्मक रूपमा केही फरक भने अवश्य छ । तर पनि विश्वभर आदिवासीहरु पछाडि पारिएका छन् । उनीहरुका आफ्नै जीवनशैली र संस्कृति छन्, तर उनीहरुका भाषा, संस्कार र संस्कृति भने उपेक्षित छन् । ........ आदिवासी जनजातिहरु भूमिपुत्र हुन् । उनीहरुको उत्पति त्यही भयो जहाँ उनीहरु अहिले बसोबास गरिरहेका छन् । उनीहरु अरुजस्तो बसाइँसराइ गरेर आएका होइनन् । त्यसैले त्यो उनीहरुको प्रकृतिसँग मिल्ने आफ्नै जीवनशैली भाषा, भेष र संस्कृति छ । जब समाज विकासस“गै राज्यको उत्पति भयो, आदिवासीहरुका भाषा, भेष र संस्कृतिलाई उपेक्षा गरियो । नया“ राज्य संयन्त्रमा उनीहरुको सहभागिता गराइएन । यसरी विश्वभर उनीहरुलाई बहिष्करणमा पार्ने काम गरियो ।

Saturday, August 01, 2015

बाहुनवाद को इतिहास



बाहुन बलियो हुनाका कारण 
बाहुन अर्थात नेपाली सत्ताको हर्ताकर्ता । २००७ सालको सशस्त्र क्रान्तिदेखि नेपाली राजनीतिको केन्द्रमा देखिएको यो समुदाय २०४६ सालपछि खुलेर मैदानमा उत्रिएको देखिन्छ आक्रमकताका साथ । अरु सबै जातजातिलाई किनारा पार्दे राज्यसत्ताको केन्द्रमा कसरी पुग्न सफल भयो यो जात ? ........ दुई दशक अघि सम्म समावेशीता र जातीय विभेद सम्बन्धमा प्रश्न उठाएर तर्क गर्नेहरुले बिखन्डनकारी र साम्प्रदायिकताको बिल्ला भिर्नु पर्थ्यो । बिखन्डनकारी र साम्प्रदायिक भन्ने बित्तिकै संविधानको प्रस्तावनामै उल्लेख गरिएको राष्ट्रिय अक्षुग्ण, सार्वभौमसत्ता, जातजातिबीच बिद्धेष फैलाउन नपाईने, साम्प्रदायिक सदभाव कायम राख्ने प्रावधान बमोजिम कार्वाही गर्न पाईन्थ्यो । मूल कुरा त्यो प्रावधान देखाई राज्य रौब कायम गर्न सकिन्थ्यो । त्यसैले नेपाली समाजमा भैरहेका असमानता देखिरहेकाहरुले मात्र हैन पीडित भनिएकाहरु समेत जातीय, भाषिक, लैगिंक, धार्मिक मुद्दामा आँखा उठाएर बोल्न सक्ने हैसियतमा थिएनन् । ....... हुन त शंकराचार्यले चलाएको धार्मिक संहार र जयस्थिति मल्लले दक्षिण भारतीय बाहुनहरु ल्याई नेवार समाजमा वर्णाश्रम ब्यवस्था प्रारम्भ गरिएको बेलै देखि नेपालमा जातीय आधारमा राज्यसत्ता संचालन थालिएको दावी गरिन्छ । ....... नेपालको पहिलो कानुन मानिएको जंगबहादुर राणाको पालामा लागु गरिएको मुलुकी ऐन १९१० र २०५८ सालको जनगणना ........ यो मुलुकी ऐनको श्रोत हिन्दु शास्त्र मनुस्मृति रहेकोले यसले नेपाली समाजको विकासक्रमलाई उथलपुथल पारेको विश्वास गरिन्छ । पौष १९१० ( २२ डिसेम्बर १८५४) का दिन २१२ जना पार्षदहरुले हस्ताक्षर गरि १४०० पेजको यो कानुन पारित गरेकाथिए । यसमा हस्ताक्षर गर्नेमा १६६ (९५.१ प्रतिशत) जना बाहुन क्षेत्री थिए । ३२ जना नेवार थिए । मधेसी मूलका बाहुन २ जना थिए । त्यसैगरि जनजाति ६ र जात नखुलेकाहरुको संख्या ६ जना थियो । यो कानुनले मनुस्मृतिले ब्यवस्था गरेको चार बर्ण ( ब्राम्हाण, क्षेत्री, वैश्य र शुद्र ) अनुसार जातको आधारमा दण्ड सजाय र राज्यमा अवसरको ब्यवस्था गरेकोथियो । ....... हाम्रो प्राचीन न्याय प्रणाली शास्त्रीय परम्परामा नै आधारित थियो। ब्रह्माजीले लोकको सृष्टि गर्दा ब्रह्माको मुखबाट ब्राह्मण, बलबाहुबाट क्षेत्री, जाँघबाट बैश्य तथा पाइतालाबाट शुद्रको उत्पत्ति भएको भन्ने हिन्दू शास्त्रमा उल्लेख छ। ब्रह्माको मुखबाट उत्पत्ति भएकोले ब्राह्मणको बोलीलाई देववाणी मानिन्थ्यो। राजालाई नै त्यस बखत सवोर्च्च न्यायदाताको रूपमा मानिन्थ्यो। न्याय सम्पादन गर्नका लागि राजालाई सहयोग गर्नका लागी धर्मशास्त्रीहरू रहन्थे। शुक्राचार्यले राजाले रिस वा लोभ नलिईकन न्यायाधीश, बुद्धिको कुरा पर्दा सल्लाह दिने मन्त्री, ब्राह्मण पुरोहितलाई साथमा राखी सावधानीपूर्वक धर्मशास्त्र अनुसार मुद्दा हेर्नुपर्छ भन्ने उल्लेख गरेबाट पनि त्यस बखतको न्याय सम्पादन वेद, उपनिषद्, धर्मसूत्र, मिमांस, मनुस्मृति, याज्ञवल्क्य स्मृति, पराशर, नारद स्मृति, कौटिल्यको अर्थशास्त्र आदिको आधारमा गरिने गरिएको बुझिन्छ। ....... यो कानुनले शिक्षामा समेत मनुस्मृतिमा शुद्रले वेद सुने कानमा तातो झीरले घोंचिदिने लेखिएको नियमको आधारमा कसले पढ्न पाउने कसले पढ्न नपाउने ब्यवस्था गरेकोथियो । यसले स्वाभाविक रुपमा कमजोर जातीय समूहहरु शिक्षामा पछाडि पर्दे गए ।

शिक्षाले सचेत हुन्छन् भनि कहाँ सम्म गरिएकोथियो भने भारतीय सेनामा लामो समयसम्म गोर्खाली सेनाहरुलाई अग्रेंजी नपढाएर रोमन पढाईन्थ्यो । त्यो नेपाली शासकको विशेष अनुरोधमा गरिएको हुनसक्ने विश्वास गरिन्छ ।

....... मनुस्मृति एउटा जातिलाई संरक्षण गर्न बनाईएको धार्मिक आवरणको राजनीतिक ग्रन्थ हो भन्नेमा धेरै सहमत छन् । ....... ब्राम्हाणं दशबर्षतु शतबर्षतु तु भूमिपम्पि - ता पुत्रौ विजानियाद् ब्रम्हणस्तुयो पिताः ।। .. अर्थः बाहुन उमेरले १० बर्षको भएपनि १०० बर्षको क्षेत्रीका निम्ति ऊ बुवा सरह हुन्छ । ....... राजकाज संचालन गर्ने क्षेत्रीको समेत बाहुनको अगाडि हैसियत नरहने धार्मिक कम राजनीतिक ग्रन्थलाई राज्य संचालन गर्ने कानुन बनाईएपछि अन्य जातजातिका हालत र हैसियत के भए होलान् स्वाभाविक रुपमा प्रश्न उठाउन सकिन्छ । ........ नेपालको सन्दर्भमा भने यो ऐन (१९१०) मा ५ बर्णको ब्यवस्था गरिएकोछ ।
१ तागाधारी ( पर्वते झर्रा जात ( बाहुन क्षेत्री) , नेवार बाहुन, तराई बाहुन, श्रेष्ठ नेवार (शिवमार्गी) )
२ नमासिन्या मतवाली ( मगर, गुरुङ, सुनुवार, बौद्ध नेवार )
३ मासिन्या मतवाली ( भोटे, चेपाङ, कुमाल, हायु, थारु, घर्ती )
४ पानी नचलन्या, छोईछिटो हाल्न नपन्र्या (तल्लो जातका नेवार, मुसलमान, म्लेच्छ )
५ पानी नचलन्या, छोइछिटो हाल्नु पन्र्या ( पर्वते दलित, नेवार ( भा जु पि ) गरि वर्गीकरण गरिएकोथियो । र, क्रमशः त्यहि बमोजिम राज्य संचालन र सुविधामा पहुँच सुनिश्चित गरिएकोथियो ।
यो ब्यवस्थामा मनुस्मृतिले निर्दिस्ट गरेको तागाधारी मध्ये क्षेत्रीले देखिनेगरि राज्य संचालन गर्ने र बाहुन त्यो संस्थाको मास्टर माईन्ड ( सल्लाहकार ) हुने ब्यवस्था गरिएको देखिन्छ । किनकी बाहिर क्षेत्री देखिएपनि राज्य संचालनको बागडोर त्यतिबेला सम्म बाहुनकै हातमा आईसकेको थियो । धेरैले यो यथार्थमा ध्यान दिएका छैनन् । तर कुनै जाति लामो समय सम्म पूर्व तयारी र मेहनतबिना कसरी एक्कासी शासनसत्तामा टुप्लुक्क प्रकट हुन आईपुग्छ ? नेपाली समाज र राजनीतिमा बाहुन समाजको उदय एक्कासी भएको झैं लाग्दछ । ....... बाहुनको परम्परागत पेशा जजमानी गरेर र मन्दिरमा घन्टी बजाएर मात्र त्यो समाज यहाँ सम्म आाईपुगेकोहैन । त्यस पछाडी उसको राज्य र समाजलाई बौद्धिक नेतृत्व दिने धार्मिक वर्चश्व जुन धार्मिक कम राजनीतिक बढी छ, त्यसको स्कुलिङ् नै प्रमुख कारण देखिन्छ । ....... यदि हिन्दु धर्म र मनुस्मृति आधारित राज्यब्यवस्था नेपालमा लागु गर्न ति अक्षम भएकोभए के चाहिं पक्का हो भने बाहुन समाजको उन्नति र प्रगति यो स्तर सम्म आईपुग्ने थिएन । यो यथार्थज्ञान भएकैले हिंजोदेखि आजसम्म नेतृत्व राजनैतिक परिवर्तन सहन तम्तयार रहेपनि पहिचान बदल्न सहज रुपले तयार छैन । ...... शाह, राणा र राजाको शासन सम्म पर्दापछाडीबाट राजकाज गरिरहेको प्रमुख जाति २००७ सालको सशस्त्र क्रान्तिपछि भने खुलेर सत्ताको सीटमा देखिन आईपुग्यो । २०४६ सालको प्रजातन्त्रले त्यो पर्दा अझ राम्ररी हटाईदिएकोछ । जबकि शासनसत्तामा हर्ताकर्ता देखिने क्षेत्री नंवर एक स्थानमा देखिनु पर्ने तर ति छैनन् । राजसंस्था गएपछि त रहेसहेको अधिकारबाट समेत च्यूत भएकोछ, क्षेत्री । अचम्म के छ भने राणा र पँचायतकाल राज्यप्रशासनमा अब्बल नेवार समुदाय २०४६ साल सम्म आईपुग्दा दोश्रोमा खस्किसकेकोथियो । त्यहाँ पनि बाहुनको वर्चश्व भैसकेकोथियो । विपि कोईरालाले आत्मबृतान्तमा आफुले गृहमन्त्रालय सम्हालेपछि राणा प्रशासनतन्त्रको हरिविजोग लेखेकाछन् । उनले भारतबाट मान्छे बोलाई प्रशासनतन्त्रमा सुधार शुरु गरेकाछन् । मलाई लाग्छ, त्यतिबेला देखि प्रशासनमा नेवारको अधोगति र बाहुनको श्रीबृद्धि शुरु भएको हुनुपर्दछ । किनकी नेपाली राजनीतिमा कोईराला परिवारले बाहुनलाई खुल्ला राजनीतिमा तान्न शुरु गरेको यतिबेलै हो । अर्थात पर्दा बाहिर तानेका । राज्यतन्त्र चलाउन प्रशासनमा पकड रहनु अत्यावश्यक छ भन्ने विपिले नबुझ्नै कुरै भएन । अन्यथा त्यसअघि सम्म नेपाली बाहुनले चाणक्य शैलीमै राजनीतिमा हस्तक्षेप गर्दथे, बाहिर देखिदैनथे । ........ नेवार स्वंयमा जातीय समूह होईन । त्यसभित्र बाहुन देखि शुद्र सम्मको बर्णब्यवस्था छ । त्यसैले गैरहिन्दु भएकाले बौद्ध नेवारलाई तल्लो स्तरमा झारिएकोथियो । मगर र गुरुङ चाहि नेपाल विस्तारमा गोर्खाली फौजमा महत्वपूर्ण भूमिकामा रहेकोले नमासिन्या जातिमा राखिएकोथियो । ..... तामाङले सैन्य विद्रोह गरेकोले राज्यले यो जातिलाई दास बनाउन पाउनेगरि राखेको तामाङ ईतिहासकारहरुले लेखेकाछन् । ...... अछुतलाई पनि दुई वर्गमा विभाजन गरिएकोथियो । तल्लो जातका नेवार, मुसलमान र

म्लेच्छ ( क्रिश्चियन )

को पानी नचलेपनि यी संग छोइदा भीमसेनपाती र सुनपानीले चोख्याउनु पर्थेन । तर पहाडे दलित र नेवार दलितका पानी नचल्ने मात्र हैन छोइदा चोख्याउन समेत पर्दथ्यो । सुन्दा आश्चर्य लाग्छ, धेरै जातिलाई यो कानुनले चिन्दैनथ्यो । गोर्खाली सेनासंग अन्तिममा हारेका पूर्वका राई लिम्बु जसले हिन्दु धर्म स्विकारेनन् तिनलाई यो वर्णाश्रमभित्र समेटिएन । तराईका थारु बाहेकका जनजाति र हिन्दु धेरै जातजातिहरुलाई पनि यसभित्र पारिएन । ....... पूरै ११० बर्ष सम्म यो कानुनको आधारमा राज्य चलेकोछ । तथापि २०२० मा परिमार्जित गरिएपनि नयाँ ऐन पनि पुरानो दर्शनबाटै निर्देशित र ति ऐनका कतिपय प्रावधान अद्यापि सक्रिय छ । ........ तेतिबेलाको कानुनले बन्देज गरेको हिन्दु धर्मको आराध्य गाई ( राष्ट्रिय जनावर) को वध गरिएको भन्दै त्यहि ऐन बमोजिम अहिलेपनि ( धर्मनिपेक्ष राज्य) देशभरबाट मान्छेहरु समात्दै जेलमा हालिदैछ । यो ऐनलाई २०४७ को प्रजातान्त्रिक र २०६३ को गणतान्त्रिक अन्तरिम संविधानले समेत लछारपाटो लगाउन सकेकोछैन । सत्तामा एउटै धर्म र जातिको निरन्तरताको कारण यो क्रमबद्धता नटुटेको देखिन्छ । डा. हर्क गुरुङले बाहुन बलियो हुदैं आईरहेको यस राजनीतिको पछाडि एउटा कारण देखाएकाछन । बहिष्करणदेखि समावेशीकरणसम्म लेखमा उनी लेख्छन् १८औं शताब्दिको मध्यतिर नेपाललाई एकाधिकार सत्ता बनाउनुको पछाडि भारतीय मुगलहरुबाट हिन्दुहरुलाई बचाउनु र नेपाललाई आश्रयस्थल (त्यहाँबाट भागेर आएका हिन्दु बाहुनहरुलाई) को रुपमा बिकसित गर्नु थियो । मुगलपछि बेलायतबाट क्रिश्चियन आएपछि तेसबाट बचाउन कट्टर ब्राम्हाणवादलाई उचाईमा पुर्याईयो । ....... राज्यले नंवर एक बनाएको जातिको नेतृत्वमा रहेको नेपालका कम्युनिष्ट पार्टीका कामरेड नेतृत्वहरुले जिवनभर भाडाको सिपाही ( भारतीय र बेलायती सेना) को हैसियतले कमाएका २३ तले घर देखाउँदै वर्गशत्रुको रुपमा चित्रित गरि तिनकै भाईभतिजलाई आक्रमण गर्न लगाउँथे ।

सिपी मैनाली( जमिन्दार)हरुले झापामा चलाएको कथित सशस्त्र वर्गसंघर्षमा जीवन मगरको नेतृत्वमा त्यहि विश्लेषणका आधारमा थारु जनजातिहरुको हत्या गराईएकाथिए ।

आजपर्यन्त यी कामरेडहरु त्यहि ब्याज खाईरहेकाछन् । २०० बर्षअघि यिनकै पुर्खाको नेतृत्वमा चलेको राज्यले मगर, गुरुङ, राई, लिम्बुलाई गोर्खेलौरो लगाई इस्ट इण्डिया कम्पनीमा बेचेर त्यसवापत बार्षिक रोयल्टि थाप्थे । कालान्तरमा वर्गशत्रुका नाममा त्यहि दासकै खुनपसिनामाथि आँखा लगाईन थालियो । ........... प्रचण्ड बारम्बार आफ्ना बालसखा तथा सहपाठी रामबहादुर थापा (बादल) लाई देखाउँदै भन्थे, म त पक्का किसानको छोरा हुँ । तर बादलजी लाहुरेको छोरा उहाँ चाहिं बरु ब्रुर्जुवा परिवारबाट आउनुभएको हो । जुन कम्युनिष्ट पार्टीले गोर्खा भर्ती बेचबिखन हो भन्दै बन्द गर्न माग राखी आन्दोलन गथ्र्याे त्यहि दलका नेता कामरेडहरुको सोंचाई त्यस्तो थियो । यो किन थियो भने तिनका दिमागमा साम्प्रदायिकता सामाजिक संस्कारले नै भरिदिएकोथियो । त्यो कुनै न कुनै रुपबाट अब्यक्त भै हाल्थ्यो, भैरहेकोछ । जबकि उनकै गुरु मोहनबिक्रम सींह घर्ती, मोहन बैद्य ( पोखरेल ) हरु सामतं परिवारबाटै आएकाहुन् । उहिलेका शिक्षक छविलाल दाहाल (प्रचण्ड) स्वंय सामाजिक, धार्मिक, साँस्कृतिक रुपमा राज्यको हैसियत प्राप्त जातीय समुदायका हुन् । थापा बरु सर्वहारा समाजका हुन् । ........ नेपालमा को धनी को गरिब भन्ने रेकर्ड हेर्ने हो भने २ सय बर्ष देखि विश्व चहार्न थालेका र अहिलेपनि धेरै बाहिर कमाईरहेका थापाका बुवा जस्ता निश्चित जनजातिहरुको आर्थिक उन्नति निकै माथि पुग्नुपर्ने हो । तर त्यस्तो केहि छैन । ति जनजाति शैक्षिक, राजनीति, राज्य, दल, प्रशासनमा त छैनन् नै तिनको आर्थिक हैसियत समेत बाहुन, क्षेत्री, नेवार, मारवाडीको भन्दा धेरै तल देखिन्छ । ....... अनि, प्रचण्ड जस्ता नेपालका माक्र्सवादीहरु

( सबै कम्युनिष्ट पार्टीका नेता बाहुन नै हुनुपर्ने अदृश्य साँठगाँठ छ नेपालमा )

का वर्गविश्लेषण यहिनेर आएर बल्ड्याङ् खाईदिन्छ । यस्तो देखेपछि शिक्षित हुदैं गैरहेका जनजाति पढैयाहरुले राज्यले त मास्यो मास्यो विभिन्न दल र सिद्धान्तका नाममा समेत जनजातिकै दुर्नियतपूर्वक वध किन गरिएको नी ? भनि प्रश्न गर्ने नै भए । पहाडे जनजातिकै यो बिजोग छ । मधेसी जनजाति, शुद्र ( दलित ), महिला, मधेसीहरुको हालतको हरिविजोग तपाई स्वंय कल्पना गर्न सक्नुहुन्छ । यो विजोगको वर्तमान कारण खोज्नुभो भने त्यहाँ सहि जवाफ पाईंदैंन । तर ईतिहासमाथि आलोचनात्मक दृष्टि दौडाउनुभो भने यसको चित्र छर्लङ्ग देखिन्छ । ......... नेपालका ९७ जातजातिहरुको बृहत अध्ययन गर्दा खासखास जातिहरु नै मोटाएको देखिन्छ । ... यी जातजातिका आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, लैंगिक अवस्था देखाउने ३९ वटा सुचाङ्कहरु समेटेर अध्ययन गरिदा मधेसका कायस्थ ( कर्ण,लाल, मल्लिक, निधि, श्रीवास्तव ) नंवर एकमा रहेको र बाहुन दोश्रोनंवरमा देखाएकोछ । .....

नेपालको सन्दर्भमा गरिब भएर दलित जनजाति, मधेसी नभएर दलित जनजाति, मधेसी भएकै कारण गरिब भएको तथ्याँक र प्रवृति छ ।

...... यहि सामाजिक र जातिीय जटिलताका कारण होला घोकन्ते माक्र्सवाद, लेलिनवाद, माओवादले कुनै काम गरेन हाम्रो सन्दर्भमा । ....... तिनको प्रमुख अन्र्तविरोध राजतन्त्र गैसकेपछि देश भुमरीबाट किनारा लाग्नुपर्ने हो । तर देश झन ठुलो अन्र्तविरोधमा रुमल्लिएको जस्तो भैरहेकोछ । ........ यी कमजोर समुदायकाको पहुँचमा न मीडिया छ न त मूलधारका मीडियामा काम गर्ने संचारकर्मीहरुको उल्लेख्य संख्या । त्यसैले सहि मुद्दा बाहिर आउन नसकिरहेको हुनसक्छ। .......

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले केहि सीट जितेको मधेसी दल सदभावना पार्टी र त्यतिबेला करिब एक लाख मत लिएको जनजाति दल राष्ट्रिय जनमुक्ति मोर्चालाई देखाउँदै पहिचानका कुरा गर्नेहरुलाई जनताले नै पत्याएका छैनन् त्यसैले समस्या यो हैन वर्गीय नै हो भनि यस्तो गम्भीर मुद्दालाई हल्का किसिमले पन्छाए जस्तो अवस्था अहिले छैन ।

....... मूलधारका दल दवावमा छन् । पहिचानवादीहरु मतदानमा कमजोर देखिएपनि तिनका मुद्दाको दवाव कसिलो बन्दै गएकोछ । पहिचानवादीहरु प्रमुख दललाई आफ्नो मुद्दामा वार्गेनिङ गर्न र तिनलाई आफ्नो मुद्दामा उपयोग गर्न सक्ने भैसकेकाछन्, जुन कुरा धेरै विश्लेषकहरुले ठम्याउन नसकिरहेको देखिन्छ । यो ठूलो परिवर्तन हो । ....... देश संघीयतामा जानेबित्तिकै कमजोरहरुको प्रतिनीधित्व ह्वात्तै बढेर जानेछ । त्यसपछि राज्यको विभेदकारी नीतिले कुजिंएको बहुसंख्यक जनसंख्या सक्रिय भै राज्यको अर्थतन्त्रमा बराबरी भूमिका निर्वाह गर्न सक्नेछन् । यसले नेपाली समाजको संरचना र राज्यको परम्परागत सत्ताको मुहारमा ठूलो उथलपुथल ल्याईदिनेछ । त्यसपछि देश समृद्ध हुने निश्चित छ । तर

एउटा डर चाहिं के हो भने परिवर्तनलाई आत्मसात गर्न नसक्ने र समयलाई पछाडि फर्काउन दुस्साहस गर्नेहरुले समस्या ल्याईदिन सक्छन् । त्यस्तो बिचार हावी भयो भने देश डरलाग्दो जातीय द्धन्द्धमा फँस्ने डर



जब दुई वर्ष मा नया संविधान जारी हुन्छ, त्यति बेला यस संविधान सँग बाझ्ने पुराना कानुन स्वतः खारेज भएको घोषणा मात्र गर्ने होइन कि एउटा आयोग बनाई खोजी खोजी सक्रिय रुपले ६ महिना भित्र खारेज गर्नु पर्छ। जंग बहादुर राणा र महेन्द्र शाह लाई बाई बाई गर्ने बेला आयो।


Tuesday, June 30, 2015

१६ बुँदे सम्झौता: बाहुनवादको अन्तिम हुइँया?

After the dust has settled, अबको ५-६ वर्ष पछि देखिएला --- १६ बुँदे सम्झौतामा जुन हस्ताक्षर भयो बालुवाटारमा त्यो बाहुनवादको अन्तिम हुइँया थियो ----- त्यसपछि बाहुन हरुको दिन दुना रात चौगुना पतन हुँदै गयो र देशमा अंततः मधेसी/जनजाति ले तख्तापलट गरिछोडयो। तर त्यो ऑफ़सेआफ हुने होइन --- त्यसकलागि मधेसी र जनजाति प्रयत्नरत रहिरहनुपर्छ। मधेसी पार्टी हरुको एकीकरण अत्यन्त जरुरी छ।

१६ बुँदे एउटा overreach को अभ्यास र प्रयत्न थियो। मधेसीलाई, जनजातिलाई एक व्यक्ति एक मत, बाहुन लाई एक व्यक्ति तीन मत खोज्ने मनस्थिति जुन छ --- त्यसले बाहुन हरु लाई पतन को बाटो मा लैजान्छ।

लालु ले बिहार मा १९९० मा तख्तापलट गरेको हो। नेपालमा त्यो समय चाँडै आउँछ।

माओवादी को लागि त्यो १६ बुँदे यात्राको अंतिम कड़ी थियो, उनकै शब्दमा। मधेसी/जनजाति का लागि त्यो १६ बुँदे एउटा यात्रा को शुरुवात हो। गन्तव्य हो देशको राजनीतिमा तख्तापलट। उपेन्द्र यादवले माइकल जैक्सन कोएलिशन को पहिलो कदम चालिसकेका छन।