Showing posts with label augmented reality. Show all posts
Showing posts with label augmented reality. Show all posts

Wednesday, October 22, 2014

Diwali Party: My Prepared Remarks



सर्वप्रथम त सबै जनालाई तिहार को दिपावली को मंगलमय शुभकामना
डिल्ली भट्ट, अन्जन श्रेष्ठ र म परमेन्द्र भगत को तर्फ बाट
घर घरमा लक्ष्मीको वास होस्, आफ्नो घर देश छोडेर डलर को खेती गर्न निस्केका हामी सबैलाई आ आफ्नो लक्ष्य प्राप्त होस्

एक हप्ता अगाडी एका विहान हामी तीन जना डिल्ली भट्ट, अन्जन श्रेष्ठ र म अन्जनजीको गाडीमा चढेर शनिवार Rockaway Beach पुग्यौं, sunrise अथवा सुर्योदय हेर्नाले शक्ति प्राप्त हुन्छ भन्ने कुरा वेदमा भनिएको छ भनेर अन्जन जीले भन्नुभो। मलाई त हो जस्तो लाग्यो। मुड फ्रेश।

मेरो सांस्कृतिक पृष्ठभूमि मिथिला हो। मिथिलामा हिन्दुले पनि मुस्लिमले पनि छठ मनाउछन्। छठमा सुर्यास्त को र सुर्योदय को पुजा हुने हो। दिवाली को छैंठौं दिन छठ हो। सबैलाई छठको पनि शुभकामना।

यो दिवाली पार्टीको एउटा theme छ। त्यो theme हो नेपालमा आर्थिक क्रान्ति का लागि न्यु यर्क को नेपाली समुदाय को रोल, न्यु यर्क को नेपाली समुदायको आर्थिक क्रान्ति का लागि High Tech Entrepreneurship को रोल। त्यो High Tech Entrepreneurship मा न्यु यर्क नेपाली समुदाय का आम नेपालीले खेल्न सक्ने रोल।

नेपालमा आर्थिक क्रान्ति भनेको के? मेरो परिभाषामा नेपालमा आर्थिक क्रान्ति भनेको double digit growth rates year in year out for 30 years हो। यानि कि नेपालको अर्थतन्त्र वार्षिक १०% अथवा त्योभन्दा बढी का दरले वृद्धि हुनुपर्यो ३० वर्षकालागि। आगामी ३० वर्ष त्यति गर्न सक्ने प्रधान मन्त्री पास, नत्र भने फेल।

त्यसमा न्यु यर्क का नेपालीको मात्र होइन, सारा प्रवासी नेपालीको ठुलो र निर्णायक रोल छ। त्यो भनेको एक पटकको नेपाली, सधैंको नेपाली नै हो। राजनीतिक अधिकार बिनाको नागरिकता पनि नागरिकता हुन्छ कहीं! राजनीतिक अधिकार बिनाको नागरिकता त पन्चायती नागरिकता हो। प्रवासी नेपालीलाई पुर्ण नागरिकता नदिने हो भने नेपालको आर्थिक क्रान्ति disturb हुन्छ। द्वैध नागरिकता (dual citizenship) भनेको brain gain गर्ने सर्वोत्तम तरिका हो।

दुनियाको राजधानी न्यु यर्क। प्रवासमा न्यु यर्क को special स्थान छ। न्यु यर्क का नेपाली न तात्तिदा सम्म काठमानडुमा NRN movement लाई seriously लिइएन। तर न्यु यर्क का नेपाली ले आफुले आफुलाई नचिनेको अवस्था पनि छ। हनुमान नजागेको अवस्था छ। मस्को मा ३० जना नेपाली millionaire छन् भन्ने सुन्छु। न्यु यर्क मा त्यसो भए कमसेकम ५० जना नेपाली millionaire हुनुपर्ने। किन छैनन्? हामीले सोध्नुपर्ने प्रश्न हो यो।

High Tech Entrepreneurship को कुरा यस्तो छ। Receptionist को काम जहाँ पनि उस्तै उस्तै हो। तर Google मा स्थापना काल देखि काम गर्ने receptionist जब Google IPO भयो, त्यो receptionist रातारात millionaire भयो। सबै कम्पनी Google र Facebook होइनन। ती category A कम्पनी भए। तर category B कम्पनी पनि हुन्छन। बिलियन डलर सम्मको मार्केट value सम्म पुग्ने। Category C कम्पनी हुन्छन, 100 मिलियन मार्केट value सम्म पुग्ने। Category D कम्पनी हुन्छन, 10 मिलियन मार्केट value सम्म पुग्ने। Category E कम्पनी हुन्छन, एक मिलियन मार्केट value सम्म पुग्ने। मेरो tech team ले एउटा client कालागि बनाएको एउटा app December मा त्यो client ले मिलियन डलर मा बेच्यो।

मेरो team अहिले एउटा Augmented Reality Mobile Game मा काम गर्दैछ। यो हाम्रो अन्तरिक प्रोजेक्ट हो। आफैलाई गरेको, कुनै client का लागि होइन। We think we are in a strong position to end up a Category B company in a five year time frame. We are raising some seed money right now at a million dollar valuation. We are projecting 5,000 dollars invested in our company right now should become a million dollars in five years. But sometimes tech startups fail. Then what? I made it risk free for some of my friends who came in. I said, should the company fail, I will have 12 months to give your 5K back to you. But should it succeed, and your 5K does end up being a million dollars, I get 5% of that growth, I get 50K, you get 950K. Some of my friends took it.

यदि यो investment opportunity तपाईं लाई आकर्षक लाग्छ भने गफ गरौँ। मेरो सम्पर्क नम्बर हो 917 512 5445 र मेरो इमेल हो paramendra@gmail.com Tech startup गर्न खोजेको म एक्लो होइन। अन्जनजीको पनि एउटा दुइटा idea छ। Tech startup गर्न चाहने अरु पनि कोही हुनुहुन्छ भने हामीले तपाईं का लागि सक्दो गर्छौं, सम्पर्क गर्नोस्।

यस सन्दर्भमा मैले डिल्ली जीलाई एउटा कहानी सुनाएँ। When Oracle bought PeopleSoft a few years back for a few billion, Larry Ellison paid his lawyers $100 million in legal fees.

न्यु यर्क जस्तो ठाउँमा millionaire बन्न नसक्नेले नेपालको आर्थिक क्रान्तिमा ठुलो योगदान पुर्याउन सक्छ जस्तो मलाई लाग्दैन। तर यहाँ सफल entrepreneur बन्न सक्नेले नेपालमा FDI (Foreign Direct Investment) लाने बाटाहरु खुल्छन।

फेरि पनि सबै जनालाई तिहार को दिपावली को छठ को मंगलमय शुभकामना

(To be delivered at the Dilli Bhatta Law Firm, 18 East 41st Street, Suite 1105, New York, NY 10017, October 23, 2014, Thursday evening)