Showing posts with label arjun narsingh kc. Show all posts
Showing posts with label arjun narsingh kc. Show all posts

Sunday, August 23, 2015

घैंटे मार्ग? घैंटे सालिक?

काँग्रेस पार्टी ले अर्को चुनाव नमजा सँग हारने भो। एमाले लाई चरी को दशा, काँग्रेस लाई घैंटे को दशा लाग्ने भो। Anti Incumbency Factor भन्दा पनि ठोस।



को विखण्डनकारी?
आफ्नो सगोत्रीको माग सम्बोधन गर्‍या ठीकै हो, परगोत्री थारु र मधेशीको नि गरिदिया भए हुन्थ्यो नि? .... कर्णाली र मध्य पश्चिमको माग सम्बोधन गरियो र मधेशका मान्छेलाई मर्न छाडियो। .... लौ एक दुई दर्जन मरोस त्यसपछि विचार गरौंला भन्ने सोच रहेछ। देउवालाई मधेशी र थारूको नेता भन्दा पनि सुदूरपश्चिमकै नेता हुने रहर रैछ ..... जनताको मन खण्ड खण्ड पारेर भूमीलाई कति बेलासम्म अखण्ड राख्न सक्नु हुन्छ? उपेन्द्र यादव र अमरेश सिंहले थारूलाई भड्काए रे, ए बाबा तिम्रो माया यति कमजोर किन छ कि थारूहरू अरुको कुरामा लागेर तिम्रो विरुद्ध भड्किन्छ? मायाको गाँठो दरिलो बनाउ न भै‘गो नि। .....

के नेपाली राष्ट्रियताको जग यति कमजोर छ कि उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले बोल्ने वितिकै कमजोर हुन्छ?

..... नेपालको स्थायी सत्ताको मजबुत कडी रहेको सञ्चार माध्यमले अमरेश सिंहलाई किन देखि नसकेको हो? जे गरे पनि जे बोले पनि उल्टो अर्थ लगाउने। .... एउटा कुरा के बुझ्न जरुरी छ भने काठमाडौंमा मधेशी नेतालाई जति खेद्यो उ मधेशमा त्यतिनै ठूलो हिरो हुने हो। .....

दोस्रो संविधानसभापछि थारूमधेशको म्याथमेटिक्स केही विग्रेको छ तर केमेस्ट्री अझै विग्रेको छैन भन्ने कुरा भारदह विद्रोहले देखाइसक्यो।

.......

सुर्खेतमा तीन जना मानिस मरे, मन्त्रिपरिषद्ले १० लाख क्षतिपूर्तिको घोषणा गर्‍यो। घैँटेलाई शहीद घोषणा गर्नु पर्छ भन्नेहरुले राजिव राउतलाई नेपाली शहीदको स्तरमा पर्ने भने देखेनन्।

उपेन्द्र यादव र अमरेश सिंहले टिकापुरमा गरेको भाषणको संसदीय छानवीन गर्ने उपसमिति वनाउन हतारो गर्नेहरु राजीव हत्याको घटना छानविनका लागि उपसमितिको आवश्यकता ठानेनन्। ......... भैरहवामा पहाडी मधेशी लडाएर, टिकापुरमा थारु पहाडी लडाएर राज्यले कुन राष्ट्रियता मजबुत गर्न खोजेको हो? भैरहवाबाट कुटाइ खाएर गएका मधेशी गाँउ फर्किदा पुलिस चौकी र सरकारी कार्यालमा राखेको नेपाल सरकारको वोर्ड हेर्ने बित्तिकै श्रद्धाले गदगद र मेरो सरकार हो भन्ने आश कसरी गर्ने? ...... नागरिकता नदिने, अधिकार नदिने, पहिचान नदिने, सिडिओ, एसपी हुन नदिने र अनि राष्ट्रियता को अपेक्षा गर्ने? प्रदेश मागे बिखण्डनकारी हुने, समावेशीको कुरा उठाए असक्षम हुने, पहिचानको कुरा उठाए जातिवाद हुने? ..... सत्य र तथ्य परक कुरो गर्ने वित्तिकै काजी साहेव लेण्डुप दोर्जे र फीजिका महेन्द्र चौधरी हुने? कस्तो नियम बनाएको स्थायी सत्ताले? मिरजाफर हुन अस्वीकार गरेपछि घचेटेर लोण्डुप नै वनाउने कस्तो खेलको नियम हो? .... कालापानी र लिपुलेक जोगाउन नसक्ने विखण्डनकारी कि चौदह सय किलोमिटरको खुला सीमानामा एक इन्च पनि खण्डित हुन नदिने मधेशीहरु?
घैंटेको विषय लिएर गगनसहितका सभासद मानवअधिकार आयोग पुगे
कांग्रेस सभासदहरु

गगन थापा, जगदिशनरसिंह केसी, भीमसेन दास प्रधान र धनराज गुरुङ

शुक्रबार नै मानवअधिकार आयोगमा पुगेका थिए । ...... घटना लगतै कांग्रेस सभासद केसीले प्रहरीले मारेको भन्दै जुलुस लिएर शिक्षण अस्पताल पुगेका थिए ।
सामाखुसी लैनचौर सडकलाई ‘घैटे’ मार्ग नामाङकरण गर्ने कांग्रेसी निर्णय
बिहिबार प्रहरी ईन्काउण्टरमा मारिएका गुण्डा नाईके कुमार श्रेष्ठ (घैंटे) को नाममा सामाखुसी चोक बाट लैनचौर सम्मको सडकलाई घैंटे मार्ग घोषणा गर्ने निर्णय गरिएको छ । नेपाली कांग्रेसका सभासद भिमसेनदास प्रधानको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । ...... बैठकले गृह मन्त्रीको राजिनामा माग्ने, घैंटेलाई शहिद घोषणा गर्ने, प्रधानको अध्यक्षतामा कुमार श्रेष्ठ स्मृती प्रतिष्ठानको गठन गरी जगदीश नरसिंह केसी र धनराज गुरुगंलाई संरक्षक राख्ने निर्णय गरिएको छ । ...... त्यसैगरी नुवाकोटको बटार र काठमाण्डौको सामाखुसीमा घैंटेको पूर्ण कदको सालिक राख्ने, श्रीमतीलाई स्थाई सरकारी जागिर, छोरीलाई छात्रवृतिको माग गर्ने निर्णय गरेको छ । ..... कुमार श्रेष्ठ (घैंटे) हत्या काण्डको बिरोध गर्दै माननीय सभासद भीमसेनदास प्रधानज्युको सभापतित्वमा बसेको बैठकले निम्नानुसारको निर्णय गर्यो l

१. गृह मन्त्रीको राजिनामा माग्ने २. कुमार श्रेष्ठ लाई शहिद घोसणा गर्ने ३. माननीय सभासद भीमसेनदास प्रधानको अध्यक्षतामा कुमार श्रेष्ठ स्मृती प्रतिष्ठानको गठन गर्ने l संरक्षक जगदीश नरसिंह के.सी एवं धनराज गुरुङ ४. शहिद कुमार श्रेष्ठको पूर्ण कदको सालिक नुवाकोटको बट्टार र काठमाडौको सामाखुसीमा स्थापना गरिने ५. कुमार श्रेष्ठको श्रीमतीलाई स्थाई सरकारी जागिर र छोरीलाई छात्रवृति को माग गर्ने ६. सामाखुसी चोक बाट लैनचौर सम्मको सडकलाई कुमार श्रेष्ठ (घैंटे) मार्ग घोसणा गर्ने