Showing posts with label anant. Show all posts
Showing posts with label anant. Show all posts

Wednesday, August 12, 2015

तर्क र शक्ति

Krishna Holding Mount Govardhan ca. 1790 Color...
Krishna Holding Mount Govardhan ca. 1790 Color on paper H: 25.3 W: 17.1 cm Attributed to Mola Ram (1760-1833) (Photo credit: Wikipedia)
संघीयता का बारेमा काँग्रेस एमाले का बाहुन सँग गफ गर्नु भनेको क ख ग घ नआउने बच्चा लाई क ख ग घ पढ़ाए जस्तो। तर लोकतंत्र को सवाल मा कमल थापा लाई convince गरिएको हो कि परास्त गरिएको हो? कमल थापा को २००४ अथवा १९९४ अथवा १९८४ को सोंच केही बदलेको छैन।

हामी संघीयता विरोधी हरु सँग लामो लामो तर्क वितर्क गरेर समय खेर फाल्दैछौं। शक्ति को कुरा गरौं।

उपेन्द्र यादव र अशोक राई एक ठाउँ मा आउनु शक्ति हो। चार मधेसी दल ले एक मोर्चा बनाउनु शक्ति हो। पद्म रत्न तुलाधर को नेतृत्व मा जनजाति आदिवासी गोलबंद हुनु शक्ति हो। उपेन्द्र र वैद्य को सहकार्य शक्ति हो।

अमरेश को नेतृत्व मा काँग्रेस फुट्नु पर्ने भो। अनंत को नेतृत्व मा माओवादी फुट्नु पर्ने भो। एमाले का जनजाति फुट्नु पर्ने भो। ढुलमुळे पारा ले हुँदैन।

प्रचंड र बाबुराम जन्म ले मात्र बाहुन होइनन्, व्यवहारले पनि बाहुनवादी देखिँदैछन्। यो प्रत्येक चार वर्ष मा आउने प्रतिनिधि सभा होइन। एक चोटि गए पछि फेरि कहिले न आउने संविधान सभा हो। अंतरिम संविधान, पहिलो संविधान सभा का सहमति, दोस्रो संविधान सभा का सहमति नमानने कुनै कानुनी धरातल नभएका मानिस हरु सँग डराउनु पर्ने कारन छैन।

एउटा संघीय मोर्चा (Federal Front) को निर्माण गर्नु पर्ने भो। भारत मा छ, NDA छ। एउटा मोर्चा नै हो। अर्को Third Front थियो। UPA ----- त्यस्तै एउटा मोर्चा बनाउनु पर्ने भो।

संघीय संविधान भनेको घर होइन, घर को नक्शा मात्र हो। संघीय संविधान आए पछि पनि संघीयता नामको घर निर्माण गर्न बाँकी नै हुन्छ। घर को नक्शा मैं यस्तो सारहो खुट्टा घिसारिरहेका काँग्रेस-एमाले-प्रचंड-बाबुराम सँग के आशा गर्न सकिन्छ? संघीय संविधान आए पछि जब १० वर्ष लगाएर संघीयता नामको घर निर्माण गर्ने बेला आउँछ त्यति बेला यिनी हरुको हातमा सत्ता छ भने त्यहाँ बेइमानी हुन्छ कि भाँडभैलो हुन्छ कि के हुन्छ? त्यसैले काँग्रेस-एमाले-प्रचंड-बाबुराम लाई सदा सदा का लागि सत्ता बाट पर पुर्याउने किसिमले संघीयता पक्षधर शक्ति हरु गोलबंद हुनु जरुरी छ।

त्यो भनेको एउटा संघीय मोर्चा (Federal Front) को निर्माण नै हो। काँग्रेस-एमाले-प्रचंड-बाबुराम convince गर्नु पर्ने होइन परास्त गर्नु पर्ने शक्ति। सीमांकन त हामी क्रांति का माध्यम ले नै गरिदिन सक्छौं।




१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
Ethnic Composition In The Six Proposed States: A Bahun Conspiracy
Krishna Bhattachan: Bahunvad
संघीयता पक्षधर ले संगठन विस्तार गर्ने सुनौलो मौका
डेट एक्सपायर भएका औषधि लाई "शीर्ष नेता" भन्ने चलन
उपेन्द्र यादव र पद्म रत्न तुलाधार मिल्नु पर्ने भो
शक्ति संतुलन को नाम मा मुत खाने?
सुर्खेत र कर्णाली ले खस नेता हरु लाई पढाएको पाठ
मधेस को मुद्दा मा कि बाबुराम ले बाटो बिराए कि सच्चा रूप देखाए?
ओली को नवराजा बोली
प्रचण्ड को खुट्टा चिप्लिनु को कारण हरु
स्विट्ज़रलैंड मा संघीयता
राजा होइन नवराजा हरु संग डर छ
बाजे हरु ले कसलाई झुक्याउन खोजेको?
संघीयता को विवाद: कमिला र मौरी हरु बीच को विवाद
६ अंचल को नक्शा: सुधारिएको एकात्मक व्यवस्था