Showing posts with label akbar. Show all posts
Showing posts with label akbar. Show all posts

Saturday, August 08, 2015

वीरबलको खिचडी

६ प्रदेशमा म हस्ताक्षर गर्दिन : गच्छदार
असहमति मन्त्रालयको बार्गेनिङ : यादव
कडा प्रतिरोध गरिने मधेशी दलको चेतावनी
गच्छदारले कुनै पनि हालतमा मधेशका जिल्ला पहाडमा मिलाउन नहुने बताए । अहिले पूर्वमा झापा, मोरड्ड, सुनसरी र पश्चिममा कैलाली र कञ्चनपुरलाई पहाडका जिल्लाहरुसँग मिलाइएको छ । उनले अहिले पूर्ण सहमति नबनेको पनि जानकारी दिए । ...... तराई मधेश सद्भावना पार्टीका अध्यक्ष सरद्सिंह भण्डारीले पनि ६ प्रदेशमा आफूहरुको असहमति रहेको बताए ...... लम्जुड्डमा रहेका मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने गच्छदारको असहमतिलाई मन्त्रालयको बार्गेनिङको संज्ञा दिएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले ६ प्रदेशको खाका कुनै पनि हालतमा आफूहरुले स्वीकार नगर्ने बताउँदै पहिलेदेखि आन्दोलित रहेको मधेशी जनतालाई आन्दोलनको बाटो खोलिदिएको बताए । भोलीदेखि नै यसको सशक्त विरोध हुन्छ
यस्तो बन्ने भयो ६ प्रदेशसहितको संघीय राज्य
तर उक्त प्रस्तावले अन्तिम रुप भने पाइसकेको छैन ।
अखण्ड सुदूरपश्चिम विरोधीको पनि आन्दोलन, दोहोरो मारमा सर्वसाधारण
जनजीवन नराम्रोसँग प्रभावित
बन्दका कारण आज दोस्रो दिन पनि धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेपछि भारतलगायत विभिन्न ठाउँबाट आएका सयौँ यात्रु धनगढी बसपार्कमा अलपत्र परेका हुन् । ........ बन्दका कारण दैनिक मजदुरी गरेर गुजारा गर्नेहरु पनि मर्कामा परेका छन् । व्यापार व्यवसाय ठप्प भएपछि दैनिक उपभोग्य वस्तुसमेत नपाउँदा समस्या भएको उपभोक्ताको गुनासो छ । ........ यता थारु सम्बद्ध पार्टी तथा सङ्घसङ्गठनले पनि विज्ञप्ति जारी गरी अखण्ड सुदूरपश्चिमबाट कैलाली कञ्चनपुरलाई अलग गरी थरुहट प्रदेशमा गाभ्नुपर्ने बताउँदै आन्दोलन थालेपछि सर्वसाधारण दोहोरो मारमा परेका छन् ।
अखण्ड सुदूरपश्चिम कुनै हालतमा मान्दैनौं : थारु सभासद्
कैलाली र कञ्चनपुरका थारु सभासदले अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन्। कैलाली र कञ्चनपुरका १४ थारु सभासदले बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका हुन्।
नयाँ संविधान आउन साउन मसान्त नाघ्नसक्ने, पाँच प्रदेशमा गृहकार्य
केपी शर्मा ओलीले पनि साउन मसान्तभित्रको समयसीमा यताउता हुनसक्ने भए पनि संविधान चाँडै आउने बताए। उनले भने, ‘कसैले संविधान आयो आयो भने, कसैले आएन आएन भने, तर केही दिन यताउति भयो भने संविधान आउँछ।’
लुम्बिनी अञ्चललाई नटुक्य्राउन दबाब, थारु सभासद्को समर्थन
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि पवित्र धार्मिकस्थल मुक्तिनाथसम्मलाई एउटै प्रदेशमा राख्न पनि माग गरिएको छ।
तराईमा तीन प्रदेश : गच्छदार
गच्छदारले मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरलाई छुट्टै प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेका छन्। उनले धनुषादेखि पर्सा दोस्रो र पश्चिममा थरुहट प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेको बताए। गच्छदारका अनुसार झापासहित पूर्वी नेपालको १२ वटा पहाडी जिल्ला समेटेर अर्को प्रदेश बनाउनुपर्छ। ...... प्रदेश सीमांकनबारे पार्टीका १२ जिल्ला पदाधिकारीसँग छलफल गर्न उनी विराटनगर आएका हुन्। उनी शुक्रबार बिहानै काठमाडौं फर्किनेछन्। संघीय प्रदेशको खाका, धर्म र नागरिकतालगायत ९ वटा विषयमा दलहरूबीच विवाद रहेको जानकारी दिए।
सहमति बन्यो वीरबलको खिचडी
पछिल्ला दिन संविधानका विषयमा सहमति जुटाउनका लागि बसेको ११ वटा बैठकमा सहमति जुट्नुको साटो विमतिका गाँठो कसिँदै गएको छ । ..... एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अखण्ड झापाको पक्षमा आफ्नो अडान राखेपछि बल्झिएको मुद्दा पछिल्ला दिनमा अखण्ड सुदूरपश्चिम, अखण्ड लुम्बिनी, अखण्ड राप्तीसम्म प्रवेश गरेको छ । ..... संविधान बन्न नदिने मनसायका साथ कांग्रेस, एमालेका नेताले अखण्डको मागलाई दह्रोसँग अगाडि सारेको एकीकृत नेकपा माओवादीले बताउँदै आएको छ । अखण्डको मागलाई अगाडि बढाउनु संविधान बन्न नदिने खेलको पराकाष्ठा भएको एमाओवादीको भनाइ छ । ...... प्रमुख दलका शीर्ष नेतामा सहभागी एक नेताका अनुसार एमाओवादीले आफ्ना भएभरका सबै अडान छाड्दा पनि कांग्रेस, एमाले सहमतिका लागि तयार भएका छैनन् । उनीहरू प्रमुख दलबीच २५ जेठमा भएको सोह्रबुँदे सहमतिलाई पनि नमान्ने र नयाँ सहमति पनि गर्न नचाहने पक्षमा देखिएका छन् । ...... जनताको सुझावको दुहाई दिएर कांग्रेस–एमाले विगतका सहमतिबाट भाग्न लागेको एमाओवादीले आरोप लगाएको छ ।

‘जनताको सुझावलाई आत्मसात गर्ने हो भने प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था संविधानमा हुनुपर्नेमा त्यो गर्न उनीहरू तयार नहुने

, संघीयताको विषयमा एमाओवादीले विगतमा सारेको एजेन्डाबाट पछाडि हट्दा समेत उनीहरू नमान्ने, यो कस्तो प्रवृत्ति हो ?’ ...... बैठकमा जिम्मेवार भएर छलफल गर्ने भन्दा पनि सहभागी नै नहुने, भएका सहमति पनि बिगार्ने काममा केही कांग्रेस–एमाले नेता उद्यत भएको बताइएको छ । ...... कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला सकेसम्म बैठकमा सहभागी नै नहुने गरेका छन् । यस्तै, एमाले अध्यक्ष केपी ओली पनि बैठकमा सहभागी हुने भन्दा बाहिर अरु कार्यक्रममा नै सहभागी हुने गरेका छन् । पछिल्ला दिनमा एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई योजनाबद्ध रूपमा सहमतिको वातावरण बिगार्ने ध्येयका साथ प्रस्तुत गराउन थालेको एमाओवादीको आरोप छ । ......

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले अखण्ड राप्ती प्रदेशको अडान सार्वजनिक गर्नु

...... प्रमुख दलका नेता सम्मिलित विशेष समितिको बैठक चिया खाजा खाने काममा मात्रै सीमित भएको छ । विवाद बढ्दै जाँदा नेताहरूबीच सहमतिभन्दा असहमति झांगिँदै गएको छ ।

सिंहदरबारबाट बाहिरिने क्रममा कोइरालाले भने, ‘आज सहमति हुन्छ, विश्वास गर्नुस् ।’