Showing posts with label United States Congress. Show all posts
Showing posts with label United States Congress. Show all posts

Tuesday, November 18, 2014

सगुन र दर्शन रौनियार



जुन दिन मैले सगुन को presentation देखें चौतारी रेस्टोरेंटमा त्यो दिनभन्दा अगाडि मैले सगुनको कहिले नाम नै सुनेको थिएन। म झण्डै नपुगेको। अंजन (श्रेष्ठ) ले दिउँसो invite गर्यो। उसलाई डिल्ली (भट्ट) ले invite गरया रै छ। ६ बजे भनेको म ६ बजे पुगें। कोही छैन। म फर्कियें। अंजनलाई टेक्स्ट गर्छु त म न्यु जर्सी मा छु, आउँदै छु भन्छ। चौतारी को owner गोविन्द श्रेष्ठजीले "पहिला appetizer छ, अनि त्यस पछि खाना छ" पो भन्छ बा। कसलाई के सुर्ता घर ज्वाइँलाई खानै को सुर्ता भने जस्तो।

अंजनले मलाई डाकेको, उसलाई डाकेको डिल्लीले। यो by invitation मात्र हो भने म जान्न भन्दै थिएँ, डिल्लीले टेक्स्ट गरेर "होइन, तपाइँ त जानै पर्छ" भने। अनि म पुगेको। माथि नै मधु (क्षेत्री) भेंट भो। "तपाइँको भाषण छ हो?" पो भन्छ। म झण्डै न आएको कार्यक्रममा मेरो भाषण? होइन होला भनें।

खगेन्द्रजी NRN president का लागि लड्ने घोषणा गरेकै दिन हो कि भोलिपल्ट मैले मेरो फर्म ले डिजिटल मार्केटिंग गर्दिन्छ भनेर बजट सहितको प्रपोजल राखेको। Interest देखिएन। त्यसको केही हप्ता पछि त्यही प्रपोजल त्यति बेलासम्म अझै president का लागि लडिरहेको नवीन शेरचन लाई पनि देखाएँ। उहुँ, त्यहाँ पनि इंटरेस्ट देखिएन। अनि मैले त्यो कुरा drop गरदिएको। कसले कसलाई के भन्यो, कसले के सुन्यो, कसले के बुझ्यो --- मधु त पछि, "ह, मेरो दाईको विरुद्ध नवीनलाई सपोर्ट गर्दिने!?" भनेर सोधि खोजि गर्न आई राख्या थियो!" :)

सगुनको कार्यक्रम पछि मैले एउटा ब्लॉग पोस्ट लेखें, कहीं सगुन दर्शन रौनियार त होइन भनेर।

Sagoon: Nepali Tech StartUp: Presentation At Chautari

सगुन बारे मैले त्यस पछि अरु पनि थुप्रै थाहा पाउने मौका पाएँ, and I am bullish on its prospects. मैले औपचारिक रुपमा नै Advisor बन्ने भैसकें। सगुन के हो के होइन त्यो भविष्यले बताउने छ।
  • सगुनले राउंड २ fundraising गर्न सकेमा त्यो दर्शन रौनियारले प्राइमरी चुनाव जिते सरह हुनेछ। र यसमा मैले लीड रोल खेल्ने पक्का पक्की भै सक्यो। 
  • सगुनले राउंड ३ fundraising गर्न सकेमा त्यो दर्शन रौनियार Congressman बने जस्तो हुनेछ। 
  • सगुनलाई कसैले खरीद गरिदिएमा त्यो दर्शन रौनियार United States Congress मा शक्तिशाली पदमा पुगेछ भन्नु पर्छ। 
  • सगुन IPO भएमा दर्शन रौनियार राष्ट्रपति पो भएछ कि भने जस्तो हुनेछ।