Showing posts with label Twitter. Show all posts
Showing posts with label Twitter. Show all posts

Friday, November 04, 2022

4: Twitter

सी चिनफिङले कता लैजाँदै छन् चीनलाई?



नो नट अगेन ! निर्वाचन आयोगले नैसर्गिक अभिव्यक्ति स्वतन्त्रतासँगै मत–अधिकार वा मत–बहिष्कारको अधिकारमाथि बन्देज लगाउन खोजे पनि सनातनी अलोकतान्त्रिक नेतृत्वलाई ‘नो नट अगेन’ भन्नैपर्ने भएको छ, चाहे त्यो कम खराबलाई मतदान गरेर होस् या मतदान बहिष्कार गरेर होस् वा ‘नो भोट’ को प्रावधान राखेर होस् । ........ कुनै न कुनै रूपमा देउवा, प्रचण्ड, ओली वा नेपालकै फोटोकपी उम्मेदवार हुने र विजयी हुने अवस्था बनाउने गरी उनीहरूले सम्पूर्ण चुनावी प्रक्रियालाई नै अलोकतान्त्रिक कलाबाजीमा सीमित गरेका छन् । सकेसम्म आआफ्ना दलका तस्कर, ठेकेदार, व्यापारी, बिचौलिया र अपराधीहरूबीच मात्रै चुनाव गर्न दिने दुश्चक्र रचेर उनीहरूले आफ्ना असल प्रतिनिधि छान्ने बालिग जनताको मताधिकारलाई नै खुम्च्याइसकेका छन् । जनआन्दोलनबाट स्थापित समानुपातिक समावेशी सिद्धान्तलाई पनि आफ्नो वर्ण–जात–जाति–समुदायकै आफन्त सँगेट्ने, अर्को भाषामा, श्रीमतीदेखि गर्लफ्रेन्डसम्मलाई समेट्ने नातेदारी अस्त्रका रूपमा दुरुपयोग गरिसकेका छन् । यसरी मताधिकार, मतदानद्वारा चुन्ने प्रक्रिया र समग्रमा निर्वाचनको लोकतान्त्रिक अभ्यासकै अपहरणको क्रियाकर्ममा दलपतिहरू कदाचित् सफल हुनुको अर्थ हो— ‘सार्वभौम जनता’ को लोकतन्त्र नाम मात्रैको बाँकी छ । यसमा उनीहरू सफल हुनुको मतलब यस निर्वाचनमा सार्वभौम जनता मुकदर्शक वा मौन अनुयायी (फलोअर) वा निष्क्रिय भोटर हुने करिब–करिब पक्का छ, एकाध अपवादबाहेक । ....... सभापति वा अध्यक्षका कोटको अँध्यारो खल्तीबाट फुत्त–फुत्त निस्केका दलीय उम्मेदवारहरूसँग मतदातालाई दिने कुनै आशा र उम्मिद बाँकी छैनन् । न उनीहरू जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्छन्, न रोजगारी सृजना गर्ने योजना पेस गर्न सक्छन्, न सामाजिक सुरक्षाको अनुभूति दिलाउने वाचा गर्न सक्छन्, न त न्यायिक विकासलाई तीव्रता दिने सपना देखाउन सक्छन् । तिनको क्षतिपूर्तिस्वरूप उनीहरू संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रकै विरोध चर्काउनेदेखि लिएर हिन्दुत्व र राष्ट्रवादमिश्रित प्रज्वलनशील पदार्थ बेच्नेसम्मका राजनीतिक व्यापारीहरूका पश्चगामी माल बिक्री–वितरण गर्दै छन् । ...... प्रदीप गिरिले राजनीतिक पार्टीहरू विचारधाराका आधारमा होइन, व्यक्तिगत र समूहगत स्वार्थका आधारमा प्राइभेट कम्पनी वा डाँकुहरूका गिरोहजस्तै बनेको खरो टिप्पणी गरेका हुन् । ...... संरचनाको नेतृत्व कुलीन पुरुषको अल्पतन्त्र (ओलिगार्की) का रूपमा क्रियाशील छ । .......... आधुनिक भनिने राजनीतिक संस्थाको आन्तरिक जीवन हेरियो भने लोकतन्त्र पाउन कठिन छ । र, नेतृत्वको चरित्र हेर्नासाथ पुराना परिवारको प्रभुत्वशाली मूलीको भन्दा भिन्न देखिन नै गाह्रो छ । टिकट वितरण, उम्मेदवारको छनोट र जित–हारका लागि अह्रनखटनमा मुलीहरूको हैकमले राजतन्त्रकै शैली पछ्याएको छ । .......... आवश्यकता–बोधको हिसाबले अबको युगका लागि त्यस्तो अभियान वा आन्दोलनको जरुरत छ, जसले भुइँतहका जनजीवनका मुद्दा उठाओस्, जसले आफ्नो जीवनमाथि आफैं शासन गर्ने स्वायत्त संरचना बनाओस्, आफ्नो जीवनलाई लोकतन्त्रीकरण गर्ने संस्कृति थालोस् र फरक–फरक ठाउँमा बनेका सिंहदरबारका कुर्सीमा आसीन र सत्ताकांक्षी सनातनी अलोकतान्त्रिक नेतृत्वलाई पनि विस्थापन गरोस् । राजनीतिक दलबाट स्वतन्त्र उम्मेदवार वा स्वतन्त्रका नाममा आम जनताका अग्रगामी आकांक्षाबाट मुक्त नयाँ दलहरूसँग त्यस्तो लोकतान्त्रिक दृष्टि र जनमुखी लक्ष्य देखिएको छैन, जसले सनातनी अलोकतान्त्रिक नेतृत्वभन्दा झिन्न लोकतान्त्रिक र मानवीय रेखा कोरोस् ।

मधेसको राजनीति: चुनाव जित्न दलहरूको पुरानै फण्डा
अर्बपति चौधरीलाई संसदीय राजनीतिका खेलाडी हृदयेशको चुनौति
‘१७ हजार मत ल्याएर विजयी हुन्छु, कृष्णगोपालजीलाई धन्यवादसहित बिदा गर्छौं’





Sunday, May 15, 2022

May 15 News

३० पालिकाको नतिजा : २०७४ मा जितेकामध्ये कांग्रेस र एमालेले कहाँ गुमाए, कहाँ थपे ? गत शुक्रबार सम्पन्न निर्वाचनमा भइरहेको गणनामा अहिलेसम्म ३० पालिकाको अन्तिम परिणाम आइसकेको छ । जसमा सबैभन्दा बढी नेकपा एमालेले १३, त्यसपछि नेपाली कांग्रेसले ९, माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले २ पालिका प्रमुखमा जित हात पारेका छन् । गत निर्वाचनमा यी ३० पालिकामध्ये नेपाली कांग्रेसले १४, एमालेले १२, माओवादीले दुई र स्वतन्त्र उम्मेदवारले दुई वटा जितेका थिए । ....... कांग्रेसले ५ वटा पालिका गुमाएको छ भने एमालेले एउटा पालिका थपेको छ । माओवादीले पनि ४ वटा पालिका थपेको छ । ....... एमालेले जितेका १३ मध्ये ६ वटा पालिका मात्र २०७४ मा उक्त पार्टीले जितेका पालिकाहरू हुन् । बाँकी सात पालिका एमालेले गत चुनावमा अन्य दलले जितेकोबाट यसपटक आफ्नो पोल्टामा पार्न सफल भएको छ । ...... अघिल्लोपटक कांग्रेसले जितेको दैलेखको नौमुले यसपटक माओवादीले जितेको छ । अघिल्लो पटक एमालेले जितेका खोटाङको जन्तेढुंगा, दार्चुलाको अपि हिमाल र नौगाड पनि माओवादीले जितेको छ । एकीकृत समाजवादीले अघिल्लोपटक एमालेले जितेको डोल्पाको काइके र अघिल्लो पटक स्वतन्त्र उमेद्वारले जितेको डोल्पाकै छार्काताङसोङमा यसपटक सर्वसम्मत जित निकालेको छ ।

रौतहटको मतदान केन्द्रबाट यसरी लुटियो मतपेटिका, अब के होला ? मतदानको समय सकिए पछि जिल्लाका विभिन्न स्थानमा मतपेटिका लुट्ने र आगजनी गर्ने कार्य भएको हो ।जिल्लाको बोधीमाई नगरपालिका २ मा तीन मतपेटिका लुटिएको र ती मतपेटिकामा आगजनी गरिएको छ । ..... जिल्लामा धेरै मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी भई रहेकाले सुरक्षा निकाय व्यस्त रहेका कारण सबै स्थानको विवरण आई नसकेको प्रहरीले जनाएको छ । .... यता यमुनामाई गाउँपालिकाको वडा नं. १ बाट मतपेटिका लुटी बाहिर निकाली तोडफोड गरिएको मतदान अधिकृत हरि प्रसाद शर्माले जनाकारी दिए । वडा नं.१ को केसरिया मतदान केन्द्रका तीन वटै मतदान स्थलको मतदान रद्द गरिएको उनको भनाइ छ ।

कंचनरुप नगरपालिकाको मेयरमा जनमत पार्टीका इन्द्रदेवको अग्रता सप्तरीको कंचनरूप नगरपालिका मेयरका उम्मेदवार जनमत पार्टीका इन्द्रदेव कौडगीयाले अग्रता लिएका छन् ।

यस्तो छ वीरगञ्जको ताजा अपडेट, निवर्तमान मेयर सरावगीको बिजोग ! वीरगञ्ज महानगरपालिका ४ वटा वडाको हालसम्मको मत परिणामअनुसार जसपा १ हजार ३ सय ६६ मतले अगाडी छ । पाँच दलीय गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहले २ हजार २ सय ८२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार बिजय कुमार सरावगीले ९ सय १६ मत ल्याएका छन् । ...... एमाले र लोसपाको गठबन्धनका उम्मेदवार सरावगीले वडा नम्बर १ मा १ सय ७१, २ मा १ सय ५०, ३१ म २ सय ३८ र ३२ मा ३ सय ५७ मत प्राप्त गरेका छन् ।

काठमाडौंमा बालेनको चमत्कार : केशव स्थापित भन्दा झन्डै दाेब्बर मतले अगाडी ७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गरे । ...... उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता बनाइ रहेकी छन् । उनले २ हजार ९ सय ५५ मत प्राप्त गरिन् ।



एमालेले १४ स्थानीय तह जित्दा खोस्यो काँग्रेसका यी ७ क्षेत्र (विवरणसहित)
बालेनले दोब्बरकाे अग्रता बनाउँदा केशव स्थापितले कति ल्याए ?
भरतपुरमा विजय सुवेदीले अग्रता बनाए
एमालेको आरोप – सत्ता गठबन्धनले बुथ कब्जा गर्‍यो, पुनः मतदानको माग
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्रको दबदबा
४०० एकडको क्याम्पसमा नालान्दा विश्‍वविद्यालयको विरासत ब्युँताउँदैछ भारत नालान्दा विश्वविद्यालयको पुरानो संस्करण पूरै एसियाभर प्रसिद्ध बौद्ध विश्‍वविद्यालय थियो । झण्डै १५ सय वर्षअघिसम्म सक्रिय रहेको नालान्दाकै स्वरुपमा आधुनिक नालन्दालाई एक अन्तर्रा‍ष्ट्रिय विश्‍वविद्यालयको रुपमा विकसित गरिएको छ । यसले दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकका विद्यार्थीलाई आपसमा जोड्ने लक्ष लिएको छ । ........ अहिले भारतीय र विदेशी गरी पाँच सय विद्यार्थी यहाँ अध्ययनरत छन् । ........ अमत्र्य सेनको तलबलाई लिएर पनि विवाद सिर्जना गरियो । सन् २०१५ मा भारतीय जनता पार्टी (भाजपा)का सांसद सुब्रमण्यमले विश्‍वविद्यालयको चान्सलरका रूपमा अमत्र्य सेनलाई वर्षेनी ५० लाख रुपैयाँ तलब दिने गरेको दाबी गरे । तर, विश्‍वविद्यालयले तत्काल उनको भनाइ खण्डन गर्दै सेनले कुनै तलब सुविधा नलिएको स्पष्‍ट पारेको थियो । ....... सोही वर्ष मोदी सरकारका आलोचक रहेका डा. सेनले विश्‍वविद्यालयका चान्सलरको पुनर्नियुक्तीमा ढिलाई गरेको आरोपमा दोस्रो कार्यकाल चान्सलर नहुने घोषणा गरे । भारतीय विदेश मन्त्रालयले सेनको आरोपको पनि खण्डन ग¥यो । ...... विश्‍वविद्यालयका पूर्वाधार ४४३ एकड क्षेत्रफलमा फैलिएको छ । ..... यो प्राचिन नालान्दा विश्वविद्यालयको प्रतिरुप देखिन्छ । ...... कोभिड अघि वर्षेनी त्यहाँ २००० देखि ४००० सम्म विदेशी पर्यटक पुग्थे । ......... प्राचीनकालमा त्यो एक आवासीय विश्‍वविद्यालय थियो, जहाँ दुई हजार शिक्षक, १० हजार विद्यार्थी हुन्थे । ‘यस विश्वविद्यालयमा चीन, कोरिया, जापान, तिब्बत, मंगोलिया, टर्की, श्रीलंका र दक्षिण–पूर्वी एसियाली मुलुकका विद्यार्थी हुने त्यस क्षेत्रबाट आएको अध्यताले यो विश्‍वविद्यालयको माहोल, वास्तुकला र शिक्षाबारे तिनको लेखनमा व्याख्या गरेका छन्,’ वेबसाईटमा लेखिएको छ । ....... नेपाल, बंगलादेश, भुटान, कम्बोडिया, कोलम्बियाm इन्डोनेसिया, लाओस, मलेसिया, पेरू, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, भियतनाम र मेक्सिकोका विद्यार्थी अहिले अध्ययनरत छन् । ........ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले दीगो विकास र व्यवस्थापनमा एमबीए कोर्समा रुचि देखाउँदै आएका छन् । अधिकांश विद्यार्थी बौद्ध र हिन्दू अध्ययनमा रुचि राख्छन् । विश्वविद्यालयले राजस्थानको नीमराना क्षेत्रमा एक क्याम्पस बनाएर अन्डरग्र्याजुएट कोर्सहरू पनि शुरु गराउने योजना बनाएको छ । ....... विश्वविद्यालयको आधिकारिक बेवसाईट अनुसार अन्तर्रा‍ष्ट्रिय छात्रछात्राले स्नातकोत्तर कोर्सका लागि प्रतिसेमेस्टर ४७० अमेरिकी डलर अर्थात ३५ हजार भारतीय रुपैयाँ शूल्क तिर्नुपर्छ । भारतीय छात्रछात्रालाई भने शुल्क केही कम अर्थात प्रतिसेमेस्टर ३० हजार पाँच सय भारु तोकिएको छ ।



ट्विटरका सिइओले भने, ‘अहिलेसम्म कमै बोलेँ तर अब बोल्नेछु’
एलन मस्क ट्रम्पमाथि नरम र बाइडेनमाथि किन कडा ?

Tuesday, May 10, 2022

News: May 10

‘काठमाडौंमा एमाले ‘क्लिन स्वीप’ हुने अवस्था देख्छु’ केपी ओलीको संवैधानिक कदमले सत्तारुढ गठबन्धन जन्मायो । त्यसैको जवाफमा एमालेले धार्मिक अतिवादी शक्ति जम्मा पारेर गठबन्धन गर्ने प्रयत्न गर्यो । तर, एमाले गठबन्धनको खास अर्थ छैन । किनकी, एमाले गठबन्धका सारथी दुवै दलको हालत प्रष्ट छ । ....... असंवैधानिक कदम हुँदै एक्लिएको एमालेमा टिकट वितरण पनि मनोमानि रुपले भयो । ....... ३२ वडा रहेको काठमाडौँ महानगरपालिकामा हाल ३ लाख ३ सय २६ मतदाता छन् । ...... काठमाडौँमा कांग्रेस कमजोर छैन । गठबन्धनले कांग्रेसलाई थप बलियो बनाएको छ । ....... धेरै मतान्तरले कुनै पनि वडामा जितहार भएको छैन । ...... अरु कुरा छाडौँ, माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै मिले भने पनि एमाले पत्तासाफ हुन्छ । ...... उदाहरणका लागि म दुईपटक वडाध्यक्ष भएको वडा नं. १६ लाई नै हेरौँ न । २५ वर्षदेखिको प्रधानपञ्च शारदाप्रसाद भट्टराईलाई २०४९ सालमा मैले जम्मा ९० मतले मात्रै हराएको थिएँ । तेस्रो स्थानको एमालेबाट मैले जित्दा कांग्रेस तेस्रो बनेको थियो । ०५४ सालमा अहिलेको वडाध्यक्ष मुकुन्द रिजाल नै मसँग चुनाव लड्नु भएको थियो । रिजालले १८ सय मत मात्र मात्रै ल्याउँदा मैले ५८ सय मत ल्याएर जितेको हुँ । ०७४ सालसम्म आइपुग्दा ४३ सय हाराहारी मत ल्याएर रिजालले जित्नुभयो । करिव ७० मतको फरकले एमालेले निर्वाचन हार्न पुग्यो । यहाँ गठबन्धन हुँदा एमालेको हालत के हुन्छ ? ....... काठमाडौँको सबै पालिकाको अवस्था उस्तै हो । ....... एमालेमा अहिले बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तै भएको छ । .......

मिटुको कुरा उठ्ने बितिक्कै स्थापितलाई रिसाउनुपर्ने कुरा थिएन नि । कसैलाई ‘तिम्रो फेस राम्रो छ, तर थुतुनो ठिक भएन’ भनेर गाली गर्न आवश्यक छैन ।

......... विचारको शुन्यता भएपनि मान्छे रिसाउँछ । एउटा दिदीबहिनीले उठाएको प्रश्नको जवाफ सभ्य ढंगले नदिएर हामीजस्ता कार्यकर्ताको मनोबल गिराउने काम स्थापितले गरेका छन् । ‘रिसको भाँडो हुँ, कराते खेलेको छु’ भन्नुपर्ने आवश्यकता थियो र ? अझ जनताले स्थापितलाई ठूलो कुरो त सोधेकै छैनन् ? ....... बसपार्क ५० वर्षसम्मका लागि कसरी लिजमा दिनुभयो ? धरहरा कसलाई कसरी लिजमा दिनुभयो ? सुन्धाराको पानी सुक्ने गरी काठमाडौँ मल कसरी बनाउन दिनुभयो ? भनेर सोध्दा स्थापितको जवाफ के हुन्छ ? नक्सापासदेखि, कसको जग्गा थियो ? के थियो भन्ने इतिहास खोलिदियो भने उहाँले के गर्नुहुन्छ ? काठमाडौँ महानगरपालिकाभित्र बनेको आकाशे पुलको ठेक्का कसलाई दिइएको थियो ? भनेर सोध्यो भने जवाफ के दिनुहुन्छ ? माइतीघर मण्डला बनाउन कति रुपैयाँ लाग्नेमा कति खर्च गर्नुभयो भनेर सोध्दा उहाँको जवाफ के हुन्छ ? माइतीघरका घर कस्ता थिए, कति रुपैयाँको बिल पेश भएको थियो भनेर सोध्यो भने के हुन्छ ? ......... कुनै विषय उठ्यो भन्दैमा रिसाएर, झम्टेर पार्टीकै बदनाम हुने गरी प्रस्तुत हुन पाइन्छ ?

मिटुको प्रश्न उठ्दैमा स्थापितले जुँडो र करातेको पोजिसन किन देखाउनुपर्यो ?

........ जहाँ मन लाग्यो, त्यही जाने, जे मन लाग्यो, त्यही गर्ने भएपछि कार्यकर्ताले जोगाएर राख्नुपर्छ भन्ने छैन । २१औँ शताब्दीका कार्यकर्ताले गल्तीलाई गल्ती नै भन्नुपर्छ । सहीलाई सही नै भनेर हिड्नुपर्छ । ....... यदि, आज मेयरको दाबेदार बनाउनु थियो भने हिजो मन्त्रीबाट घोक्रेठ्याक लगाएर स्थापितलाई किन निकालेको ? आँखाभरी आशु पारेर निस्केको तपाईं–हामी सबैले देखेकै होइन र ? ........ हिजो खराब भनेर कारबाही गर्ने अनि आज स्वच्छ, पवित्र छ भनेर टिकट दिने ? यस्ता विवादित पात्रका लागि इमान्दार कार्यकर्ता पार्टीबाट लखेटिनुपर्ने हो र ? ......... प्रजा परिषदको अध्यक्ष को बन्यो ? ०५९ सालमा राजाले सत्ता हातमा लिएपछि तत्कालीन राजाको टिके मेयर को बन्यो ? राजतन्त्र ढलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मित लगाएर काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यकारी प्रमुख को बन्यो ? बाबुराम भट्टराईले घर भत्काउन भनेर प्राधिकरणको प्रमुख बनाउँदा के–के काम भयो ? स्थापितबाट भएका यी काम काठमाडौँका जनताले भुलिसके र ? ........ मैले ३० वर्षदेखिको मेरो बफादारिता, इमान्दारिता खोज्नुस भनेको छु । बसपार्क ५० वर्षका लागि लिजमा दिनुहुँदैन भनेर कराउने मान्छे मै हुँ ? जापानले उपहारमा दिएको एउटा बसपार्क टुक्राटुक्रा पारेर सव–लिजमा दिइएको छ । ........ कसैले दम्भ र घमण्डको कुरा गर्छ भने छाता चुनाव चिह्न लिएर स्थापितले २०७० सालमा कति भोट ल्याउनुभयो ? एमालेका उम्मेदवार योगेश भट्टराईले ११ सय ३७ मत ल्याएर कांग्रेससँग हार्दा स्थापित तेस्रो भएको होइन ? ........ ५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारको लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, वृद्धभत्ता, ‘नौ स’ लगायतका कामले ०५४ सालको निर्वाचनमा पार्टीले जितेको थियो । ........ काठमाडौँ जिल्लाको एमाले नेतृत्व पार्टी सिध्याउन मिलेको छ । कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई, दीपक निरौला होस् या केशव स्थापितहरू नै किन नहुन । केन्द्रीय सदस्यहरूले नै एमाले सिध्याउने कोसिस गरिरहेका छन् । ......... एकजना पनि काठमाडौँको कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा एमालेले राखेको छैन । अनि कसरी पार्टी बलियो बन्छ ? एमालेलाई जसरी पनि सिध्याउने योजनामा कृष्णगोपाल, दीपक, कृष्ण र केशवजस्ता मान्छे लागेको कुरा अब लुकाएर लुक्दैन । चुनावपछि एमाले कहाँ पुग्छ हेर्नुहोला । ....... इमान्दार कार्यकर्ताको मूल्यांकन नै गर्न छाडेपछि, कार्यकर्ताको मनोबल, इच्छा र आकांक्षा नै नेतृत्वले नबुझ्ने भएपछि के हामी कार्यकर्ता लेवी तिर्न मात्रै हो र ? ........ को मेरो घरवेटी थियो भन्ने नबिर्सदै राम्रो होला । ........ भइरहेको विरासत गुमाएर पूर्वराजा ज्ञानेन्द्रको जस्तो अवस्था भएपछि के हुन्छ ? हिङ नभए पनि हिङको टालो त छ नि भनेजस्तै हुँदैन र ? यसको जवाफ नेतृत्वले दिनुपर्छ । ....... टिकट दिने मान्छे को हो भनेरसमेत नचिन्ने अवस्था एमालेमा आयो । हाम्रो पार्टीमा अखिल नेपाल महिला संघ (अनेमसंघ) छ कि छैन ? काठमाडौँमा नेतृत्व गर्ने महिला एमालेमा कोही पनि छैनन् त ? अनि एउटा हिरोनी आएर चुनाव लड्नुपर्ने अवस्थामा एमाले पुग्यो । ........ काठमाडौँको ११ वटै पालिका हार्ने गरी एमालेले टिकट बाँड्नुपर्ने अवस्था किन आयो ? अध्यक्ष केपी ओलीसँग यो मेरो प्रश्न हो । ....... नेतृत्वलाई म भन्न चाहन्छ, खबरदार तिमीहरूकोे मात्र पार्टी होइन एमाले । ...... अब हसाउने र हास्ने मात्र होइन, जनताले रुवाइदिन्छन पनि । जनताले फेरि हिजोको दिन सम्झना गराइदिन्छन ।
.



भरतपुरको परिणाममा निर्भर गठबन्धनको भविष्य ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले धोका दिएपछि माओवादी केन्द्र बिच्किएको थियो । र, एमालेसँग प्रदेश र संघीय निर्वाचनमा सहकार्य गर्न पुगेको थियो । एमाले–माओवादी गठबन्धनले दुई तिहाई मत ल्याउँदा कांग्रेस साँघुरो प्रतिपक्षीमा खुम्चिएको थियो । ..... अन्यथा कांग्रेसकै कारण गठबन्धन भत्किन्छ । र, देश पुनः अध्याँरो यात्रामा जान्छ । .

‘आँप’ ले जित्ने निश्चित देखेपछि जानकीरामले षडयन्त्र सुरु गरेको बलरामको आरोप जनकपुरधाममा सर्वाधिक चर्चामा रहेको स्वतन्त्र उम्मेदवार बलराम महताले आफु विरुद्व अर्का मेयरका प्रत्यासी जानकीराम साहले षडयन्त्र गर्न थालेको आरोप लगाएका छन् । महतोले आँप छापको लहर र निश्चित जित्ने बजार भाउ देखेपछि साहले आफना मान्छेहरु लगाएर आफु विरुद्व समाजिक सञ्जालको गलत प्रयोग भएको बताएका छन् । ....... महतोले भने, ‘म जनकपुरधामको मेयरमा चर्चामा रहेको उम्मेदवार हुँ, सप्ताह दिन हुन लाग्यो मेरो छोरा सवार नयाँ ल्याण्डक्रुजर गाडीमा अध्याधिक मादकपर्दाथ सेवन गरेर चलाउदै गरेको गाडीले ठोक्कर दिएको घटना चुनावको मुखमा गलत तरिकाले प्रचार गरिदैछ । उनले ज्यान मार्ने तरिकाले विपरित दिशामा रहेको आफनो गाडीमा ठोक्कर दिएको घटनाको सर्वसाधारण सवै साक्षी रहेको बताए । ...... भर्खरको नयाँ गाडीमा करिव १० लाखको क्षती देखिएपनि भारतिय पर्यटक रहेको र विहारमा मदिरा निषेध रहेकाले नेपाल आएका बेला खानपिन गरेकाले यस्तो भएको भन्दै समाज, प्रहरी र सर्वसाधारणको आग्रहमा आफुहरु घटनामा हदै सम्मको लचक भएर सहमती गरेको उनको भनाई छ । क्षतीपुर्ती वापतको रकम तिर्ने भन्दै चेक काटेर गएका व्यक्ति क्षतीपुर्ती दिनुको सट्टा जनकपुरधामका अन्य केहि मेयरका प्रत्यासीहरुको सम्पर्कमा गएर आफु विरुद्व षडयन्त्रमा उत्रेको उनको दावी छ । .

मलाई जितिरहेको देखेर एक पछि अर्को षडयन्त्र हुन लाग्यो : बलराम आफुले भाषणको क्रममा श्री राम जानकी सुडी कुट्टी जनकपुरधाममा ५१ लाख लगानी गरेको कहिल्यै नभनेको बताउदै उनले आफुले भने अनुसारको लगानी गरेको बताए । मैले २५ देखि ३५ लाख सम्मको लगानी भन्ने गरेको छु र गरेको पनि छु म अहिले पनि भन्छु, उनले भने । ...... महतोले भने, ‘म झुठो होइन, ईट्टा, बालुवा, सिमेन्ट सहित बजारमा वाँकी रहेको बक्यौता सबै जोडने हो भने मेरो अहिले सम्म कुट्टीमा करिव ४५ लाखको लगानी छ म अहिले पनि भन्छु ।’ आफु विरुद्व समाजिक सञ्जालमा एउटै व्यक्ति पटक पटक विभिन्न षडयन्त्र गरिरहेकाले भ्रममा नपर्न उनले सवैमा आग्रह् गरेका छन् । .

राजनीतिज्ञहरुभन्दा राम्ररी नेतृृत्व गरेर देखाउने छु : बलराम महतो उपमहानगरलाई राजनीतिको अखाडा बनाइएकोले विकास निर्माणका कार्यहरु बाधित हुँदै आईरहेको उनले बताए । उनले आफू उपमहानगरको प्रमुखमा निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता व्यक्त गरे । कुनै राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने उनको दावी थियो । उनले भने ‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति । म संग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ । जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’ अगाडी भने ‘ तर अहिले उपमहानगरको व्यवस्थाकीय कमजोरीका कारण सडक तथा ढलको दुरावस्था छ । मैले आफैले गरेको कामको यो दशा देखेर यसलाई सुधार्नु छ सोचेर नै नगरप्रमुखमा उम्मेदवारी दिएको छु ।’ .

Balen may have a ball afterall! Voters see eye to eye with the man behind the shades ....... Field reporting in all the wards of Kathmandu over the past week has showed that his confidence is not unfounded and his statement may well prove to be prescient. ....... Teku, Tripureshwore, Bhotebahal, Ganabahal, Lagan, Brahmatole, Jhochhe, Basantapur, Maru, Bhimsensthan, Yatkha, Indrachowk, Ason, Bangemuda, Naradevi, Chhetrapati, Thamel ....... Naxal, Handigaun, Balwuatar, Maharajgunj, Lajimpat, Samakhusi, Balaju, Naya Bazar, Sohra Khutte, Swoyambhu, Kalimati, Bafal, Ravi Bhavan, Kalanki, Kuleswhore, Baneshwore, Shantinagar, Koteshwore, Narephant, Bouddha, Mahankal, Kumarigal, Gaurighat, Chabahil, Pashupati ........ Shah seems to be the first preference for voters in these areas outside the core dominated by the Newars. A whopping 103 (31 percent) of the 330 respondents said that they would vote for him. Sixty-five (20 percent) said they will vote for Sthapit and 51 (15 percent) for Singh. ........ Fifty-three said that they have yet to decide. ....... our field reporting shows Shah can improve even on that combined total and may even win the election. ...... Thirty-eight of the 103 pledging to vote for Shah revealed that they had voted for UML in the last local election while 26 said they had voted for 26. Similarly, 21 said that they had voted for separate Bibkesheel and Sajha candidates while 18 are those voting for the first time. ....... Most of the respondents complained about the sorry state of affairs inside the capital city and expressed hope that Shah, who is structural engineer by training, will change all that. .



Now, Elon Musk says ‘If I die under mysterious circumstances...’ The Roscosmos head, a close ally of Russian President Vladimir Putin, hit out at the new Twitter owner and seemingly issued Musk a threat for providing the Ukrainian troops with military communication equipment in the statement. ....... Rogozin said from the testimony of the captured chief of staff of the 36th Ukrainian marines brigade, colonel Dmitry Kormyankov, it was found that Musk's satellite constellation was providing Internet connection to Ukrainian troops in Mariupol. ........ "... the Internet terminals of Elon Musk's Starlink company were delivered to the militants of the Nazi Azov Battalion and the Ukrainian Marines in Mariupol by military helicopters. According to our information, the delivery of the Starlink equipment was carried out by the Pentagon," the Roscosmos head reportedly told the Russian media. ....... Rogozin further said, "Elon Musk, thus, is involved in supplying the fascist forces in Ukraine with military equipment. And for this, Elon, you will be held accountable like an adult – no matter how much you'll play the fool." ......

Musk, sharing the statement, wrote, "The word 'Nazi' doesn't mean what he seems to think it does."

.

How Elon Musk’s satellite Internet is coming to Ukraine’s defence In a move as rogue-ishly provocative as his moonshot, Elon Musk is inserting himself into the drama of international conflict by bolstering Ukraine’s Internet connection to the outside world. .......... Last Wednesday, his trucks delivered a second shipment of satellite-based Starlink Internet terminals to a battered Ukraine, responding to a plea from the nation’s vice prime minister. His initial shipment arrived on Feb 28, only four days after Russian forces launched an assault on the nation. ........ His system beams data from space — and so, unlike land-based networks, it is less vulnerable to attack or authoritarian control. Those aspects seem to be angering Russian officials. ........ “This is the West that we should never trust,” responded Dmitry Rogozin, director-general of Russia’s space agency, on a state television channel translated by Katya Pavlushchenko on Twitter. “When Russia implements its highest national interests on the territory of Ukraine, Elon Musk appears with his Starlink which was previously declared as purely civilian.” ...... “Users’ uplink transmissions become beacons for airstrikes,” he tweeted. ....... Musk himself took to Twitter to offer Ukrainian tweeters strategic advice, instructing users to “place light camouflage over antenna to avoid visual detection” and “turn on Starlink only when needed and place antenna away (sic) as far away from people as possible.” ....... Musk himself took to Twitter to offer Ukrainian tweeters strategic advice, instructing users to “place light camouflage over antenna to avoid visual detection” and “turn on Starlink only when needed and place antenna away (sic) as far away from people as possible.” ....... In repressive nations, “it’s a game-changer, because you now have a way of bypassing any centralised control over what citizens can receive” ..... “Government censorship over the Internet no longer works.” ........

“When the cost and size drop, and Starlink is fully deployed, the geopolitical implications are potentially quite profound”

........ Starlink’s satellites “are valuable tools for communication by political and resistance leaders and journalists, if they are unable to safely access the Internet or it is blocked” .......... Ukraine has responded with gratitude. “Starlink keeps our cities connected and emergency services saving lives!” tweeted Mykhailo Fedorov, the nation’s vice prime minister and minister of digital transformation. ........ There is no dominant player in the nation’s Internet market, so the failure of an individual system doesn’t bring down the whole network. Its networks are run by Ukrainian companies, so aren’t government-controlled. Finally, its tech workers have been heroic in their repairs ........ “I think the best way to uphold democracies is to make sure we all understand what the truth is” ........ In response to Russian criticism, Musk drolly replied: “Ukraine civilian Internet was experiencing strange outages — bad weather perhaps? — so SpaceX is helping fix it.” ...... between seven and 10 Starlink satellites are in service over the cities of Odessa and Lviv and between two to six in the city of Kharkiv ........ If Kyiv is given terminals, it would have 100% “uptime” with connections through as many as nine satellites to ground stations in Turkey, Poland and Lithuania .......... In the bloodied city of Mariupol, under siege and without water, gas or electricity, the Internet has been down since March 2. In response to the crisis, the company did a software update that reduces the terminals’ need for power — so if electricity is cut off, they can be powered by a car’s cigarette lighter. It also enabled a roaming feature so a terminal can be used in a moving vehicle, making it easier to evade detection. Some Starlink terminals near conflict areas have been jammed for several hours at a time, tweeted Musk, but a software update created a bypass.
.

Musk’s grand vision for Twitter faces reality check in Asia For all the furore about which way Elon Musk might tilt US political discourse after getting the keys to Twitter Inc, his biggest challenges may emerge across the Pacific. .......... Asia, home to more than half the world’s population, is Twitter’s biggest growth opportunity and arguably a far thornier challenge. ........ he’ll encounter a plethora of perplexing regulations, wielded by sometimes authoritarian governments, pushed to the limits by a horde of first-time Internet users. ........ Musk’s biggest headaches lie abroad. Twitter’s monetisable daily active users numbered 179 million internationally — dwarfing the 38 million in the US in 2021 ......... Twitter is officially banned in China, but the country will still demand a lot of Musk’s attention. Amazon.com Inc founder Jeff Bezos alluded to the potential conflicts in a tweet shortly after Musk’s deal, asking “Did the Chinese government just gain a bit of leverage over the town square?” ......... An obvious point is that China is tremendously important for Tesla, the key source of Musk’s wealth. The billionaire will certainly face pressures — implicit or explicit — to fine-tune Twitter’s policies to please Beijing. ........ As the world’s biggest electric-vehicle market as well as a supplier of Tesla batteries, China is essential to the healthy growth of the centrepiece of Musk’s business empire. Tesla has also benefited from significant tax breaks in setting up his Shanghai Gigafactory — its first overseas plant — and been allowed to wholly own its local operations, a rarity for a US firm. .......... A pressing issue is how Twitter handles China’s efforts to spread propaganda globally on the platform. The company in 2020 instituted labels for government officials and “state-affiliated media” for publications like Xinhua and Global Times, and readers are reminded of this government-backing any time they like or retweet stories. Chinese media have called the practice “intimidation” and already begun to lobby the billionaire to roll it back. ........... Chen Weihua, a journalist at the China Daily, appealed directly to Musk with the argument that such labels suppress free speech and contradict Musk’s stated principles. .......... China has also used automated and anonymous accounts to distribute the government’s messages, which prompted Twitter to remove more than 170,000 accounts in 2020 for “spreading geopolitical narratives favourable to the Communist Party.” Musk has pledged to “defeat the spam bots or die trying!” and sounds determined to keep taking on the fake accounts. .......... Musk’s SpaceX could certainly seek Chinese customers, while his Boring Co may profit from lucrative infrastructure contracts in the country. ......... A slice of the Chinese population employs virtual private networks to evade Beijing’s control and use the service. Could Beijing also offer up access to its 1.4 billion people? Perhaps under the right terms. They would certainly not include free speech. .......... Twitter plays a role in India’s online discourse similar to that in the US: the country’s political leaders use it to get their messages out, which are then relayed across TV and news networks. Prime Minister Narendra Modi was an early adopter and has 78 million followers on the service — more than Twitter has registered users in the country. .......... But the New Delhi government has insisted on far more control than Washington has ever been able to exert. Tensions in the relationship spiked during farmer protests in the country in 2020 and 2021 as Twitter and the government clashed over what sort of speech would be tolerated on the platform. ........ When farmers’ groups demanded the repeal of certain laws they said favoured corporate-run farms, they took to the streets and social media to make their case, including Twitter. ......... Modi’s administration insisted the San Francisco-based company take down posts critical of its actions — and Twitter at first refused to comply. Indian authorities then threatened to jail the company’s executives, which prompted Twitter to permanently suspend more than 500 accounts and block access to hundreds more. ........ Later in 2021, New Delhi tightened its grip over social media such as Twitter and Facebook: The government insisted that companies identify specific individuals as grievance officers, who will be responsible for handling official removal requests and who could face prison terms for non-compliance. Twitter acceded, albeit after a delay. .......... “Twitter should match the laws of the country,” the owner-to-be said in an interview. .......... Nearby Sri Lanka restricted social media access in anticipation of protests in April, while Myanmar’s military junta last year disrupted Internet access altogether in its push to quell opposition. Researchers found Twitter was the most-blocked social media platform globally with a total 12,379 hours of outages in 2021. .......... Freedom of expression also bumps up against local laws in this region. Singapore passed a contentious “foreign interference” law last year granting it powers to demand user information from social networks, in an effort to prevent outsiders from swaying domestic politics. ......... “Asia is not North America and it is not Europe,” said the Lowy Institute’s Rose. “Musk has a globalist view and his business interests to date have tended to be fairly universal. But something like media requires a more nuanced approach when applied globally.” – .

Elon Musk says Tesla open to buying a mining company

मौन अवधिमा सबैभन्दा बढी खर्च, कसरी हुन्छ चुनावमा करोडौँ रकम खर्च ? वैशाख १७ गते चुनाव चिह्न पाएका उम्मेदवारले जम्मा १० दिन प्रचार प्रसार गर्न मौका पाए । ..... निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवका अनुसार पछिल्लो समय विभिन्न दलका उम्मेदवारले मत खरिदमा ठुलो लगानी गरेको देखिन्छ । उम्मेदवारहरूले गरिब, आदिवासी, जनजाति, दलित, पिछडिएका समुदायलाई लक्षित गरी आफ्नो पक्षमा मत दिन आर्थिक प्रलोभनमा पार्ने गरेको उनले बताए । ....... ‘सबै मत खरिदै हुन्छ भन्ने होइन तर अचेल अधिकांश मतको मोलमोलाइ भइरहेको हुन्छ । त्यसका लागि बिचौलियाहरूले काम गरेको देखिन्छ,’ डा. यादव भन्छन्, ‘अहिले प्रचार प्रसार तथा भोजभतेर महँगो भएको छ । चुनावमा तडक भडक देखाउने, भोज भतेर गर्ने, होटल फ्रि गर्ने परम्पराजस्तै भएको छ । रकम त्यहाँ पनि खर्च हुने गरेको छ । तर सबैभन्दा बढी मतदाता खरिद विक्रीमा खर्च हुने गरेको छ ।’ ...... ‘अबको चुनाव आर्थिक रूपले कमजोर भएका व्यक्तिले लड्न सक्दैनन्,’ उनले भने, ‘चुनावमा ठुलो रकम खर्च गर्नुपर्ने भएकाले आर्थिक रूपमा सबल र सम्पन्न व्यक्ति मात्र निर्वाचन लड्छन्, राजनीतिक दलमा पनि बिस्तारै उनीहरूको बोलबाला हुने अवस्था सिर्जना भएको छ ।’ ...... कसै कसैले त मुख फोरेरै खानपिनका लागि भन्दै उम्मेदवारसँग रकम माग्ने गरेको उनको भनाइ छ । कापडी भन्छन्, ‘मेयर जित्न एक करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । उक्त रकम भोजभतेर र पर्चा पम्पलेट आदिमा कम खर्च हुन्छ । मोटो रकम मतदाता खरिदका लागि हुन्छ ।’ ...... ‘आयोगको आँखै अगाडि मतदाता खरिददेखि अनावश्यक तडकभडक भइरहेको हुन्छ तर आयोगले केही नगर्दा चुनाव अराजक हुँदै गएको छ’ ....... चुनाव खर्चमा सरकारले नियन्त्रण गरेन भने सानोतिनो आर्थिक स्रोत भएका व्यक्तिले चुनाव लड्न नसक्ने र पार्टीको आस्था तथा विचारलाई लिएर राजनीति गरिरहेकाहरु बिस्तारै पाखा लाग्ने उपाध्यायको बुझाइ छ । उनी भन्छन्,

‘टिकट हात पार्नदेखि चुनाव जित्नसम्म करोडौं रुपैयाँ खर्च गर्नेले पदमा पुगेपछि विकास गर्छ भनेर मतदाताले कल्पना नगरे हुन्छ ।’



चुनावी प्रेसर : मौन अवधि अघि नै शीर्ष नेता आ–आफ्नो क्षेत्रमा पुगे शुक्रबार देशैभरका ७५३ स्थानीय तहमा चुनाव हुँदैछ । चुनावअघिको मौन अवधिमा चुनाव प्रचारप्रसार बन्द गरिन्छ जुन मंगलबार मध्यरातपछि सुरु हुँदैछ । तर, त्यसअघि नै सबैजसो पार्टीका शीर्ष नेता आफू मतदाता भएका स्थानीय तहमा पुगिसकेका छन् । शीर्ष नेताले प्रतिनिधित्व गर्ने स्थानीय तह र वडामा कुन पार्टीले जित्यो भन्ने चासोको विषय हुने भएकाले सबै पार्टीका शीर्ष नेताहरु जिल्ला र स्थानीय तह केन्द्रित भएका हुन् । ..... एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितलाई जिताउन कमाण्डरको रुपमा खटिएका छन् । स्थापितको चुनावी कमाण्डर भई खटिएका पोखरेलको निर्वाचन क्षेत्र पनि काठमाडौंमै हो । ...... नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव प्रचार प्रसारको अन्तिम दिन मधेस प्रदेशका ५ जिल्लाका विभिन्न स्थान आयोजित चुनावी सभालाई सम्बोधन गरे । प्रचण्डले मंगलबार रौतहटको पिपरा, विश्रामपुर, सर्लाहीको चक्रघट्टी, मोहत्तरीको बर्दिवास, धनुषाको सहिदनगर र बाराको सिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका हुन् । ..... महन्थ ठाकुर .. नेता राजेन्द्र महतो पनि मौन अवधिभर जनकपुरमै बस्ने भएका छन् । दुवै नेताले जनकपुर उपमहानगरपालिकालाई प्रतिष्ठानको विषय बनाएका छन् । ....... बाबुराम भट्टराई भने गोरखाको पालुङटारमा छन् । उनले सो नगरपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । पाँच दलीय गठबन्धन गर्न खोजेका भट्टराईले अन्तिममा काँग्रेस र जसपाको मात्रै तालमेल गर्न खोजेका थिए । काँग्रेसले तालमेल नगर्ने भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएपछि उनले एमालेसँग तालमेल गराएका छन् ।

एलन मस्कले ताजमहल बारे टिप्पणी गरे, सार्वजनिक भयो रोचक किस्सा ताजमहल यतिबेला चर्चामा छ । इलाहाबाद उच्च अदालतमा दायर याचिकामा ताजमहल शिव मन्दिरमा बनेको दाबी गरिएको छ ।

Sunday, February 13, 2022

February 13: Facebook, Twitter, Instagram