Showing posts with label Non Resident Nepali Association. Show all posts
Showing posts with label Non Resident Nepali Association. Show all posts

Monday, August 23, 2021

एनआरएनएको उपाध्यक्षमा सुनिल साह

एनआरएनएको उपाध्यक्षमा सुनिल साहको उम्मेदवारी घोषणा



माधव समूह भन्छ : बालकोटको सहमति हाम्रा लागि होइन, एमालेमै बस्न चाहनेलाई फेससेभिङ मात्र हो
एमाले : मदन भण्डारीले जोडे, अरुले जोगाउन सकेनन् एमाले पार्टी जीवनको सबभन्दा ठूलो संकटमा देखिएको छ । ..... २०५१ मा २३ लाख ५२ हजार मत (लोकप्रिय मत) ल्याएको एमालेले २०५६ मा २७ लाख २८ हजार मत पायो । नेपाली कांग्रेसले ३२ लाख १४ हजार मत सहित १११ सिट जित्यो । ...... एमालेबाट विभाजित भएर बनेको मालेले ५ लाख ६७ हजार लोकप्रिय मत पायो, तर एक सिट पनि जित्न सकेन । एमालेलाई हराउन चाहिं राम्रो भूमिका खेल्यो । एमाले र मालेले ल्याएको मत जोड्दा भने कांग्रेसको भन्दा धेरै हुन्छ । ...... त्यसबेला कांग्रेसले २३ लाख ४८ हजार लोकप्रिय मत पाउँदा एमालेले २२ लाख २९ हजार पायो । मैनालीले नेतृत्व गरेको मालेले दुई लाख ४३ हजार मत पाएको थियो । ....... २०५४ जस्तो ठूलो विभाजन नभए पनि २०६९ मा अशोक राईसहित जनजाति नेताहरुले एमाले परित्याग गरेको असर निर्वाचनमा देखियो नै । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसलाई पछ्याउने दोस्रो शक्ति बन्यो, एमाले । कांग्रेसले २४ लाख १८ हजार लोकप्रिय मत पाउँदा एमालेले २२ लाख ३९ हजार मात्र पायो । जबकि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले एक लाख २१ हजार र सीपी मैनाली नेतृत्वको मालेले एक लाख ३० हजार मत ल्यायो । ....... २०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि एमालेले विभाजन बेहोरेको थिएन, बरू माओवादीसँग गठबन्धन गर्‍यो । गठबन्धनको लाभ दुवै दलले पाए । यो चुनावमा लोकप्रिय मततर्फ कांग्रेसभन्दा एमालेले ४५ हजार मात्रै बढी पाएको थियो । एमालेले ३१ लाख ७३ हजार र कांग्रेसले ३१ लाख २८ हजार मत पायो । तर माओवादीसँगको गठबन्धनका कारण प्रतिनिधिसभामा एमालेले १२१ सिट जित्यो भने कांग्रेस ६३ सिटमा खुम्चियो । १३ लाख लोकप्रिय मत पाएको माओवादीले ५३ सिट जितेर कांग्रेसकै हाराहारी हैसियत बनायो । ........

फुटेर कहिल्यै पार्टी र आन्दोलन अगाडि बढेको छैन,’ एमाले केन्द्रीय सदस्य निरज आचार्य भन्छन्, ‘२०४८ यताका हरेक निर्वाचनको मतपरिणामबाट त्यो पुष्टि हुन्छ ।’

........ सामथ्र्य र सुविधाका हिसाबले २०७४ सालको मत परिणाम एमाले पार्टी जीवनकै स्वर्णिम थियो । ......... चौथो महाधिवेशन (९–१४ भदौ २०४६) बाट तत्कालीन मालेका महासचिव निर्वाचित भण्डारीले भने पार्टीको सांगठानिक, राजनीतिक र सैद्धान्तिक मार्गचित्र कोरेका थिए । महासचिव बनेपछि उनले पञ्चायती निरंकुशताको अन्त्य गर्न वाम मोर्चा निर्माण र कांग्रेससँग कार्यगत एकताको नीति लिएका थिए । ......... २०१५ को निर्वाचनमा १०९ सिटमध्ये ७४ सिट जितेको कांग्रेसले २०४८ मा २०५ मध्ये ११० सिट जित्यो । २०१५ को चुनावमा नेपाल कम्युनिष्ट पार्टीले जम्मा चार सिट जितेको थियो । २०४८ को निर्वाचनमा ६९ सिट जितेको एमाले सशक्त प्रतिपक्ष बन्यो । .......... लोकप्रियतर्फ २०४८ मा कांग्रेसले २७ लाख ४२ हजार मत ल्याउँदा एमालेले २० लाख ४० हजार ल्यायो । जबकि २०१५ मा कांग्रेसले ६ लाख ६६ हजार मत पाउँदा कम्युनिष्टले एक लाख २९ हजार मात्र पाएको थियो । ......... २०४८ र २०५१ को निर्वाचनमा एमालेले शानदार नतिजा ल्याउनुको पछाडि प्रष्ट सैद्वान्तिक कार्यदिशा र एकताबद्ध संगठनले काम गर्‍यो । पाँचौं महाधिवेशन (१४–२० माघ २०४९) मा प्रस्तुत राजनीतिक प्रतिवेदन (नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद) मार्फत भण्डारीले राजनीतिक र सांगठानिक सफलताका निम्ति वामपन्थी एकता र एकीकरणमा जोड दिएका थिए । उक्त प्रतिवेदनको बुँदा आठमा ‘वामपन्थी एकता र पार्टी एकीकरण’बारे व्याख्या छ । ....... बुधबार अर्थात् ९ भदौमा आफ्नो पार्टी जीवनमा सबभन्दा बढी अंगभंग हुनेछ नेकपा एमाले ।


माधव नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

प्रचण्डको प्रस्ताव : आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन




Sunday, May 19, 2019

Vote For Suneel Sah For NRNA USA President

Monday, August 10, 2015

प्रवासी नेपाली ले मतदान गर्न पाउनु पर्छ

प्रवासी नेपाली ले मतदान गर्न पाउनु पर्छ। तीन करोड़ नेपाली नेपाल मा छ। एक करोड़ नेपाल बाहिर छ। नेपालको २५% अर्थतंत्र अहिले remittance economy हो। ती एक करोड़ नेपाली को मताधिकार खोस्ने काम सही होइन। ऑनलाइन वोटिंग को व्यवस्था गरेर ती नेपाली लाई नेपाल को प्रत्येक तहको चुनाव मा मतदान गर्ने व्यवस्था हुनुपर्छ।

भारत मा रहेका नेपाली को सक्रियता बढे पछि नेपाल को राजनीति मा भारत देश र हिन्दी भाषा को अंध विरोध विस्तारै कम कम हुँदै पनि जान्छ। अनि विकास को मुद्दा सर्वोपरि भएर जान्छ अनि विकास हुन्छ र देश मा रोजगारी सिर्जना हुने बाटा हरु खुल्छन्।



६ प्रदेशको विरोधमा बानेश्वर ठप्प
कार्यक्रमका विशेष अतिथि एमाओवादी केन्द्रीय सचिव वर्षमान पुन (अनन्त)ले चार दलका नेताहरूले सहमति गरेको २३ गते राति आदिवासी जनजातिहरुले कालो दिनको रूपमा सम्झिनुपर्ने बताए । पूर्व अर्थमन्त्री समेत रहेका पुनले नयाँ संविधानको लागि भनेर ल्याएको मस्यौदाले आदिवासाीको आत्मसम्मान गर्न नसकेको बताउँदै २३ गते राति गरेको ६ प्रदेशको सहमतिको कुनै सैद्धान्तिक जग नरहेको बताए । .....

खसी काटेर वितरण गर्दा समेत केही नियम र सिद्धान्त हुने तर्क प्रस्तुत गर्दै सिङ्गो देशलाई कांग्रेस, एमाले र एमाओवादीका नेताहरूले कुनै सिद्धान्तविना आफ्नो निजी स्वार्थलाई आधार बनाएर ६ प्रदेशको प्रस्ताव ल्याएको बताए । नेपालमा उत्पीडित जातिको अधिकारलाई स्थापित गर्ने, धर्मनिरपेक्ष राज्य निर्माण गर्ने र जातीय आधारमा संघीय नेपाल स्थापित गर्ने उद्देश्यले जनयुद्ध भएको तर्क प्रस्तुत गर्दै नेता पुनले नेता प्रचण्ड र बाबुरामको नामै लिएर नेताहरूको कारण आफूलाई एमाओवादीको नेता हो भन्नसम्म लाज हुने अवस्थामा पुर्‍याएको बताए ।

...... पुनले आधिकार मागेर नपाइने, लडेरै लिनुपर्ने मान्यता स्थापित भएको तर्क प्रस्तुत गर्दै सभासद समेत रहेका महासंघका अध्यक्ष र महासचिवलाई लक्षित गर्दै भने, ‘तपाईंहरू भरै गएर नेताहरूलाई हामीले त यसो पो गर्‍यौं, अलिकति बढाइदिनुपर्‍यो नभन्नुहोला ।’ .... पुनले भने, ‘आफ्नो पार्टी त जनयुद्ध लडेर आएको पार्टी, नेताहरूलाई भन्दा मान्छन् होला भनेर धेरै पटक कम्तीमा बहुपहिचानमा अडान राख्नुस् भनियो तर सुनेनन् ।’ उनले थपे ‘म आफ्नै पार्टीका नेताहरुबाट भुक्तभोगी भएँ, अब मागेर र भनेर अधिकार नपाइने रहेछ ।’ ...... पुनले प्रचण्ड, बाबुराम हिजोको नेतृत्व नभएर शासकको रुपमा रुपान्तरण भएको आरोप लगाए । उत्पीडित जातिहरुको अधिकार नसमेटिएको संघीय राज्य आफूहरुलाई मान्य नहुने तर्क गर्दै जनजाति नेताहरुलाई खुट्टा नकमाइ कडा संघर्षमा उत्रिन आह्वान समेत गरे । .......... नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद इन्द्रबहादुर गुरुङले कांग्रेस, एमाले र एमाओवादीका नेताहरु जातीय तथा धार्मिक युद्ध गराउने पक्षमा देखिएको आरोप लगाउँदै युद्ध चाहे आफूहरु पनि तयार रहेको बताए । ........

गुरुङले कांग्रेस सभापति सुशील कोइरालाले आफूलाई बोलाएर ‘जातीय पहिचानको राज्य’ हुँदै हुँदैन भनेपछि आफूले पनि ‘ब्राह्मणवादी एकल जातीय राज्य मान्न तयार नहुने’ बताएको प्रशंग उल्लेख गरे ।

....... परम्परागत एकल जातीय राज्य स्वीकार नगर्ने ..... आवश्यक परे आदिवासी जनजातिहरु गाउँगाउँबाट सहर आउने .... विश्व शान्तिको दूत बुद्धको फोटो टाँसेर हिन्दू राज्यको प्रचार गर्ने तामाङहरुको खोजी भइरहेको तामाङले बताए । ...... कार्यक्रममा किरात राई, लिम्बू, सुनुवार, थारु, गुरुङ, तामाङ लगायतका सांस्कृतिक झा“की प्रस्तुत भएको थियो । भृकुटीमण्डपदेखि निस्केको र्‍यालीमा सहभागीहरुले ‘६ प्रदेशको सहमति धोका हो, पहिचानसहितको संघीय राज्य स्थापना गरौं, धर्मनिरपेक्षता कायम गरौं, हिन्दू राज्य मान्दैनौं, पहिचान विरोधी होसियार’ लगायतका नारा लगाएका थिए ।


थारुहरुको आन्दोलन उत्कर्षमा पुर्‍याउन मधेशी मोर्चाको समर्थन
अखण्ड सुदूरपश्चिमको नाममा थारु समुदायलाई फेरि पनि कमैया, दास बनाइराख्ने र उनीहरुलाई स्रोतसाधनबाट वञ्चित गर्न सरकारले षड्यन्त्रमूलक ढंगले देशको सीमांकन गरेको ..... हालको सीमांकन नेपालको अन्तरिम संविधान २०६३, ऐतिहासिक जनान्दोलन, जनयुद्ध, मधेश जनविद्रोह र आदिवासी जनजाति आन्दोलनको प्रतिकूल हुनुका साथै समानुपातिक समावेशिता, पहिचान र प्रादेशिक स्वायत्ततासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूलमर्म र भावना विपरीत रहेको


“सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ
अगस्ट ९, लन्डन । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता डा. ओम गुरुङले ४ दलको बीचमा भएको नामांकनविनाको ६ प्रदेश कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

कार्यक्रम विहान १० बजेबाट सुरु भई बेलुकी १० बजेसम्म सञ्चालन भएको थियो ।

Tuesday, June 30, 2015

द्वैध नागरिकता को सवाल

पहिलो कुरा त प्रवासी नेपाली को परिभाषा मा दक्षिण एशिया लाई पनि गन्नु पर्ने भो। अहिले त कस्तो छ भन्दा खेरी, हामी धनुषा महोत्तरी का मधेसी लाई गन्दैनौं त्यस बाहेक का लाई मात्र गन्छौं जस्तो अवस्था छ। जब कि सबसे खाँटी मधेसी त्यही धनुषा महोत्तरी मा छ। भारत मा बसेका प्रवासी नेपाली भनेको सबै भन्दा खाँटी NRN --- उसै लाई नगने भयो अब?

द्वैध नागरिकता को सवाल त्यति पेंचीदा छ र? एक पटक को नेपाली सधैको नेपाली। बरु आफ्नो नेपाली नागरिकता कायम राख्दै अर्को देशको नागरिकता पनि लिन चाहेमा त्यो देशमा तिर्ने वार्षिक कर को कागज देखाउँदै आफ्नो आम्दानी को ३% नेपाल सरकार लाई बुझाउनु पर्ने गर्न सकिन्छ। अनि त नेपाल सरकार ले आफ्नो विदेशमा हुने जति खर्च सबै त्यसै बाट उठाउँछ।

तर बदलामा वोटिंग राइट दिनु पर्ने हुन्छ। ऑनलाइन वोटिंग। नेपालको प्रत्येक निर्वाचनमा ऑनलाइन वोट खसाल्न पाउने।चाहेमा नेपाल आएर चुनाव लड़न पाउने। त्यस का लागि नेपालमा सम्बन्धित चुनाव क्षेत्रमा कमसेकम एक वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने। त्यस्तै केही।

SMS voting हुन सक्छ भारतमा रहेका प्रवासी नेपाली का लागि।

अर्को कुरा प्रवासी नेपाली संगठित हुने कुरामा एउटा मात्र संगठन लाई कानुनी मान्यता दिनु पंचायती व्यवस्था भएन त्यो? एक भन्दा बढ़ी संगठन हुँदैमा के बिग्रिन्छ?


Monday, June 29, 2015

NRN सँग व्यापक बेइमानी हुन लागेको छ



पहिलो कुरा त दक्षिण एशिया मा बसेका नेपाली NRN कुन आधारमा भयनन? त्यो त मधेसको नेपाली नेपाली नै होइन भने जस्तै बेतुक को कुरो हो। त्यहीं फ्रांस मा हुन्छ ब्रिटेन को मान्छे अनि Dual Citizenship लिएर बसेको हुन्छ। अझ दक्षिण एशिया का NRN लाई त झन बढ़ी चाहिएको हो द्वैध नागरिकता। क्यानाडा को मान्छे Dual Citizenship लिएर अमेरिका बसेको मान्छे मैले कति भेटे कति, गिन्ती छैन।

गैर आवासीय नेपाली भनेको नेपाल बाहिर बसेको नेपाली। त्यो भारतमा पनि हुन सक्छ। अधिकांश भारत मैं त छन। नेपाल बाट भारत गएर बसेका हरु सकेसम्म भारत को पनि नागरिकता लेउ, तर नेपाल को नागरिकता नछोड़ भनेको हो।

अर्को बड़ो उटपट्याङ्ग कुरो छ ---- नागरिकता दिने तर राजनीतिक अधिकार बिनाको। वोट खसाल्न नपाउने, चुनाव लड़न नपाउने। त्यसो हो भने हामी नेपाल भुमि बिनाको देश बनाऊँ। कुरा उस्तै उस्तै हो। नागरिकता को प्रमुख कुरा नै वोट खसाल्न पाउने भन्ने हो। फेरि अहिले इलेक्ट्रॉनिक वोटिंग, ऑनलाइन वोटिंग को संभावना को जमानामा!

न्यु यॉर्क मा छन -- एकसे एक माई का लाल हरु। काठमाण्डु मा पानी पर्नु अगाडि यहाँ छाता ओढ़न भ्याउने हरु। यहाँ हेडेक खड़ा गर्नु भन्दा बरु यिनी हरु नेपाल गएर चुनाव लड़दिए हुन्थ्यो जस्तो लाग्ने। प्रेशर कुकर मा सेफ्टी वाल्व चाहियो एउटा --- नत्र भने यिनी हरु यहीं पड्किन बेर लाउँदैन।

एउटा सीके राउत फर्कियो, देश उथलपुथल भयो। ५-१० वटा सीके राउत फर्कि दिए के होला?

संसारको सब भन्दा कंगाल देश ले मेक्सिको बाट मेक्सिकन हरु अमेरिका छिर्न लागे जस्तो माइंडसेट लिन भएन। NRN लाई Dual Citizenship भनेको नेपालको आर्थिक क्रांति को लागि गर्न सकिने सबैभन्दा राम्रो सबैभन्दा सस्तो उपाय हो। NRN लाई Dual Citizenship दिन्न भनेको FDI हामीलाई चाहिँदैन, हामी त नेपाली भने जस्तो हो। Makes no sense.

NRN लाई Dual Citizenship नदिने अनि नेपाल लाई human exporting country बनाएर राख्ने -- त्यही हो गेमप्लान?

NRN सँग व्यापक बेइमानी हुन लागेको छ। NRN भनेको मधेसी जनजाति जस्तो।

संविधान २०७२ : विदेशको नागरिकता लिइसकेका एनआरएनले पनि नेपाली नागरिकता पाउने
प्रस्तावित संविधानको मस्यौदामा सशर्त दोहोरो नागरिकताको प्रावधान राखिएको छ। यसअघिका संविधानहरुमा वंशज, अंगीकृत र सम्मानार्थ नागरिकताको मात्र व्यवस्था भए पनि यस पटक गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको छ। संविधानको मस्यौदाको धारा १९ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिले पनि यस्तो नागरिकता पाउने व्यवस्था छ। तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सात देशभन्दा बाहिरका देशमा बसोबास गरेका नेपाली मूलका व्यक्ति मात्र यस्तो नागरिकताका लागि योग्य हुनेछन्। गैरआवासीय नेपाली नागरिकता भएकासँग राजनीतिक अधिकार अर्थात् भोट खसाउने, उम्मेदवार बन्ने आदि जस्ता अधिकार हुने छैनन्। यद्यपि उनीहरुलाई सम्पति किनबेच गर्ने, विभिन्न कम्पनीहरुमा लगानी गर्ने जस्ता कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुनेछन्।


संविधानको मस्यौदाः मुख्यमन्त्रीभन्दा माथि प्रदेश प्रमुख हुने 'भारतीय मोडेल' प्रस्ताव

Friday, June 12, 2015

NRN America

नेपाली हरु ----- अमेरिका जस्तो देशमा पनि चुनाव मा धाँधली गर्न भ्याएको!

Shesh Ghale Tells It Like It Is

Sunday, May 03, 2015

A Corrupt Elite Rattled By The Earthquake

भारतले विमानस्थल ‘होल्ड’ गरेको अमेरिकी गुनासो, ४ अमेरिकी विमान काठमाडौं अोर्लिए

नेपाल सरकारको निकम्मापन र गैर जिम्मेवारीपन कदम कदम मा देखिएको छ।

यथार्थ: सचिव श्रेष्ठले १९६ टनभन्दा बढी तौलको सामान बोकेर त्रिभुवन विमानस्थलमा विमान अवतरण गर्न नमिल्ने भएकाले राहत बोकेका केही विमानलाई फर्काइएको प्रधानमन्त्री कार्यालयलाई जवाफ दिएका छन् ।

भनिएको: भारतले विमानस्थल ‘होल्ड’ गरेको अमेरिकी गुनासो

यथार्थ: नेपालमा रहेका १४ वटा भारतीय हेलिकोप्टर ..... ‘यी हेलिकोप्टर सधैंका लागि आएका हुन् कि जस्तो गरी बसेका छन्, हामीले खटाएको ठाउँमा जाँदैनन्, नखटाएको ठाउँमा आफूखुशी जान्छन्, विमानस्थलमा ट्राफिक जाम यिनैले गराएका हुन् ।’ ..... भारतबाट ल्याइएका १४ मध्ये ६ वटा काठमाडौंमा छन् भने पोखरा विमानस्थलमा ८ वटा हेृलिकोप्टर छन् । तर, गोरखामा समेत उद्दार गर्ने भनेर पोखरा लगिएका ती भारतीय हेलिकोप्टरहरुले गोरखाको निशेषधित गणेश हिमाल एरियामा जानुबाहेक जिल्ला प्रशासनको संयोजनमा कुनै काम गरेका छैनन् । ........... सरकारका एक उच्च अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार ८ वटा हेलिकोप्टर लिएर पोखरामा बसेका भारतीयहरु प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्नु त के उनीहरुलाई सोधीखोजी सम्म गर्दैनन् । ........ नेपालसँग निजी क्षेत्रका ६ र सरकारी ६ गरी १२ वटा हेलिकोप्टर छन् । ...... नेपालमा भूकम्प आएपछि १४ वटा हेलिकोप्टरमा मात्रै होइन, महेन्द्रनगर, भैरहवा लगायतका नाकाबाटसमेत भारतीय सीमा सुरक्षा बलका जवानहरु दर्जनौं बसहरु लिएर छिरेका छन् । तर, उनीहरुको गतिविधिबारे स्थानीय प्रशासनसँग कुनै समन्वय र सूचना नभएको स्थानीय अधिकारीले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेको ..... स्थानीय प्रशासनलाई हेप्दै निषेधित क्षेत्रमा प्रवेश गरेर उनीहरुले सूचना लिने काम गरिरहेका छन् ...... चीनबाट भोलि विहान हेलिकोप्टर आउने ...... नेपाल सरकारले जिल्ला जिल्लामा गएर स्थानीय प्रशासनसँग समन्वय गरी नेपाल सरकारले खाएको ठाउँमा काम नगर्ने विदेशी टोलीलाई स्वदेश फर्कन आग्रह गरेको छ । ..... ‘विभिन्न १७० वटा आइएनजीओहरुले नेपालमा काम गर्न खोजे पनि उनीहरुले आफ्नै तालमा काम गर्न खोजेको देखियो,’ समाज कल्याण मन्त्रालय स्रोत भन्छ- केही आइएनजीओहरुले यही मौकामा नेपालमा अड्डा जमाउने र क्रिश्चियन धर्म प्रचारमा काम गर्ने योजना बनाएको समेत बुझियो ।’

If this were not having impact, I would have dismissed it saying you can't be paying attention to tabloids. But this is not tabloid sentiment. This attitude is having a huge impact.

The rulers of Nepal don't just have problems with Indians, they are eager to kick out hundreds of people who have come from all over the world to help.

These are people who are frustrated that if the help goes directly to the people, there is not going to be much room for corruption. If you are an Indian, or an American, or if you are a Non Resident Nepali in America, should this not be your first priority to confront these people? This attitude is hampering relief and reconstruction work more than anything else. This attitude is the real earthquake to have hit Nepal.

Nepal has 12 helicopters. Indian sent in 14. That is help. There is rejoicing on China sending in one. That feels disproportionate. China wanted to send four or six helicopters on day two, Bamdev refused. How do you explain that?

Confronting these people has got to be top priority.


Thursday, March 05, 2015

NRN संगठनका पद हरु र म

नेपालमा एउटा CDO भन्ने पद छ ----- राम्रै पद होला, महत्वपुर्ण पद होला ---- तर मेरो आफ्नो लागि ठ्याक्कै interest नलागेको पद। I have absolutely no interest whatsoever ------  मेरो लागि NRN संगठनको प्रत्येक पद --- तल देखि माथि सम्मको प्रत्येक पद त्यस्तै हो ---- मलाई ठ्याक्कै interest छैन। अहिले पनि छैन, पछि पनि छैन। I have absolutely no interest whatsoever. मलाई NRN को कुनै पद खानै छैन। ठ्याक्कै छैन। अहिले पनि छैन। पछि पनि छैन।

सन २०३० सम्म मा संसारको प्रत्येक देश घुमिसकने ambition भएको मान्छे म। I am a global citizen.