Showing posts with label NRNA USA. Show all posts
Showing posts with label NRNA USA. Show all posts

Sunday, May 19, 2019

Vote For Suneel Sah For NRNA USA President

Thursday, March 05, 2015

NRN संगठनका पद हरु र म

नेपालमा एउटा CDO भन्ने पद छ ----- राम्रै पद होला, महत्वपुर्ण पद होला ---- तर मेरो आफ्नो लागि ठ्याक्कै interest नलागेको पद। I have absolutely no interest whatsoever ------  मेरो लागि NRN संगठनको प्रत्येक पद --- तल देखि माथि सम्मको प्रत्येक पद त्यस्तै हो ---- मलाई ठ्याक्कै interest छैन। अहिले पनि छैन, पछि पनि छैन। I have absolutely no interest whatsoever. मलाई NRN को कुनै पद खानै छैन। ठ्याक्कै छैन। अहिले पनि छैन। पछि पनि छैन।

सन २०३० सम्म मा संसारको प्रत्येक देश घुमिसकने ambition भएको मान्छे म। I am a global citizen.


Monday, November 17, 2014

जैक्सन हाइट्स मा ५० समुदाय

खगेन्द्र जस्ता मानिस जैक्सन हाइट्स मा मात्र कमसेकम १०० जना होलान। किनभने जैक्सन हाइट्स मा ५० भन्दा बढ़ी देशका मानिस बस्छन्। ती ५० समुदाय मध्येको सानोमा पर्छ नेपाली समुदाय। नेपालीभन्दा त भुटानी बढ़ी छन।
खगेन्द्र जस्ता मानिस बंगलादेशी समुदायमा मात्र १० जना होलान।

त्यो जैक्सन हाइट्स मा वडा अध्यक्ष छ एक जना, सिटी कॉउंसिल मेम्बर। यो राष्ट्रपतिहरु भेंट हुने शहर। एक चोटि जॉन लिउ सिटी कॉउंसिल मेम्बर हुँदा खेरि भेटेको।

सानो देश, सानो समुदाय ---- तर NRN अमेरिकालाई ४,००० बाट २०,०००, त्यहाँ बाट ५०,००० सदस्य सम्म पुर्याउनु र संगठनलाई democratization र digitization का उच्चतम स्टैण्डर्ड सम्म लानुको नेपालको आर्थिक क्रांति संग सीधा सम्बन्ध छ।


Tuesday, November 11, 2014

NRN America: Democratization, Digitization

ANTA: Democratization, Digitization: Diwali, Chhath, Holi

राजनीतिक अधिकार बिनाको नागरिकता भनेको निर्दलीय प्रजातन्त्र जस्तो हो। प्रजातन्त्र पनि कहीं निर्दलीय हुन्छ? राजनीतिक अधिकार बिनाको पनि कुनै नागरिकता हुन्छ? कि त NRN हरुलाई visa दिन खोजेको हो भने visa दिन खोजेको भन्ने।

नेपाल एउटा अत्यन्त गरीब देश हो। तर संसारको सबैभन्दा ठुलो र तेस्रो सबैभन्दा ठुलो अर्थतन्त्रबीचको देशलाई आर्थिक प्रगति गर्न धेरै गारहो नहुनुपर्ने। शिवरात्रीको मेलामा भीड़मा बीचमा उभि दिए मात्र पनि भीड़ले नै मंदिर भित्र पुर्याइदिन्छ। त्यस्तै नेपालमा basic law and order र basic democracy मात्र maintain गरेको खण्डमा भारत र चीनको सामीप्यले देशको धुरन्धर विकास हुन्छ।

नेपाल जस्तो गरीब देशले देशका मान्छेलाई बाहिर जान सकेसम्म सजिलो पारिदिने, र प्रवासमा रहेका नेपालीलाई नेपाल फर्कन र/अथवा नेपालमा योगदान पुर्याउन सकेसम्म सजिलो पारिदिने। द्वैध नागरिकताको कुरा त्यो हो। शिक्षा र आर्थिक opportunity कालागि विदेशीएका नेपालीलाई नेपालको अर्थतन्त्रमा सकेसम्म बलियो हिसाबले बाँधने concept द्वैध नागरिकता हो।

अमेरिकामा ४,००० नेपाली NRNA सदस्य भएपछि बल्ल काठ्माण्डुमा NRNA लाई seriously लिन थालियो। विश्वमा अमेरिकाको, न्यु यर्क शहरको विशेष स्थान रहेको देखियो। तर अमेरिकाको NRN संगठनले आफ्नो आङ्गको जुम्रा पनि देखन सक्नुपर्यो।

चुनाव सकिएपछि सदस्यताको ढोका बन्द गरिएको भन्ने हल्ला छ। आफुलाई जिताउने जस्ताले सदस्यता लिई हाले, नया नया सदस्य किन चाहियो भन्ने thinking हो भने त्यो गलत thinking हो। सदस्यता ४,००० बाट २०,०००, त्यसपछि २०,००० बाट ५०,००० बनाउँदै जाने तर्फ सोँच्नुपर्छ। र सदस्यता लिने १२ महिना हुनुपर्छ। आफुलाई इच्छा लागेको बेला NRN अमेरिकाको वेबसाइटमा गएर सदस्यता लि हाल्ने। यो membership drive NRNA अमेरिकाको नम्बर एक जिम्मेवारी हो जस्तो लाग्छ।

बरु चुनावको दिनभन्दा एक महिना अगाडि एक किसिमको cut off point बनाई दिन सकिन्छ। त्यो दिनभन्दा पछि पनि सदस्य बन्न चाहिं पाइने तर त्यस चुनावमा सहभागी हुन त्यो दिन अगावै सदस्य भई सक्नुपर्ने।

Online voting बड़ो राम्रो व्यवस्था हो। तर दुई वर्षमा एक पटक online voting गरेर दुई वर्षकालागि आम सदस्यलाई bye bye गर्नु भने राम्रो होइन, लोकतान्त्रिक होइन। अमेरिकामा सबैभन्दा बढ़ी नेपाली न्यु यर्कमा छन, तर अमेरिकाका नेपाली जति सबै न्यु यर्कमै छन भन्ने सोँच्नु हुँदैन। Event जति सबैलाई फोटो र video मार्फत digitize गरेर सकेसम्म सबैलाई सहभागी बनाउने प्रयास भइराख्नुपर्छ।

NRNA अमेरिका को Executive Committee को बैठक जति सबैको minutes online राख्दै जानु पर्दछ। ताकि आम सदस्यले आफ्नो प्रतिक्रिया दिन सकुन। Bookkeeping त्यसरी नै transparent हुनुपर्यो।

तर संगठन जति नै मजबुत गरे पनि, र संगठनले मदत गर्न सके पनि, नेपालमा आर्थिक क्रान्तिमा सहभागी हुन चाहनेले सफल entrepreneur भएर देखाउन जरुरी छ। Entrepreneurship का आफ्नै principles छन। संगठन एउटा कुरा हो। Entrepreneurship अर्को कुरा हो।


Thursday, October 02, 2014

NRN लाई दोस्रो दर्जाको नागरिक बनाउने तैयारी

२००५-०६ को लोकतान्त्रिक क्रान्ति र त्यसपछिको मधेसी क्रान्तिमा मैले फुल टाइम दिएको हुँ। उड़ाउनेले "पत्रकार" भनेर उड़ाईदिने गरेका पनि छन। तर मैले त्यति बेला पत्रकारिता गरेको होइन। मेरो काम नितान्त राजनीतिक थियो। पत्रकारिता भन्नु पुर्वाग्रह हो। तर मैले न कुनै संगठनको सदस्यता लिएँ, पद त लिने कुरै भएन। त्यसको कारण थियो। मैले डिजिटल tools प्रयोग गरेको थिएँ। रणभुमि नेपालमा थियो।

सीके राउतको रिहाईकालागि फेरि २० दिन जागियो। संघीयताको मुद्दामा बेइमानी हुने खतरा छ। तर मेरो दिल र दिमाग भविष्य तर्फ मुडिसक्यो। आर्थिक क्रान्तिको मुद्दा। २०-३० वर्ष चल्ने मुद्दा।

NRN को चुनाव भयो अमेरिकामा। पहिलो पटक NRN movement अमेरिका पसे जस्तो। अहिले मात्र होइन, १०-१५ वर्षपछि पनि NRN संगठनको कुनै पद मलाई खानु छैन। तर हालै भएको एउटा ठुलो निर्णय डिस्टर्ब गर्ने किसिमको छ। यसले नेपालको आर्थिक क्रांतिलाई डिस्टर्ब गर्छ।

NRN लाई दोस्रो दर्जाको नागरिक बनाउने तैयारी भइरहेकोछ। यो बड़ो चिन्ताको विषय हो। नेपाल पछाडि पर्नुको नम्बर एक कारण नै नेपालको राजनीती हो। राजनीतिक अधिकार बिनाको द्वैध नागरिकता NRN लाई दिन खोजेर नेपालका नेताहरुले पुच्छरले कुकुर हल्लाउने षडयन्त्र भैरहेको छ। बड़ो गलत निर्णय हुन लागेको छ। सावधान।