Showing posts with label Memorial Day. Show all posts
Showing posts with label Memorial Day. Show all posts

Thursday, October 11, 2012

संगठनका कुरा (2)


संगठनका कुरा

मैले हिजो प्रभु मनी को कार्यलयमा टिपेको विश्व सन्देश को पछाड़ी पट्टी कोर्दै थिएं। विश्व स्तरमा नेपाली त्यही हुन जुन नेपालमा दमजम हुन। र त्यों कुराको झझल्को नेपाली समुदाय भित्र mass base नभएका नचाहेका तर नेतृत्व पद खाई रहेका अनगिनती ब्यक्ति हरुले दिई रहेको अवस्था छ। Living room politics बाट पद हरु बांडने पुरानो परम्परा छ।

Mass base मा जानु, democratic process follow गर्नु, पदकालागी खुला चुनाव गराउनु, संगठनको हिसाबकिताब खुला किसिमले वेबसाइट मा राख्नु, खुला बहस गर्नु -- यिनै साधारण अभ्यासले विश्व स्तरमा नेपालीहरूको empowerment हुन्छ। संगठनका अलावा agenda को कुरा आउँछ। Vision को कुरा आउँछ।

60-70 देशमा संगठन विस्तार भएको होला तर dual citizenship को कुरामा र 100 million dollar fund को कुरामा प्रगति भएको देखिंदैन। संगठन पनि mass based छैनन।

NRN (Non Resident Nepali) Association को संगठनमा थुप्रै कमी कमजोरी छन। त्यस बारे केही सुझाव दिन चाहन्छु।

(1) Pyramid of 10 --- व्यापक membership drive गर्ने। सदस्य हरू लाई कम्तीमा 10 बढ़ीमा 20 को संख्यामा संगठित गर्ने। महिना मा एक पटक house party गर्ने समुह। त्यस्तो 10 unit को नाइके को conference call मार्फत अथवा internet मार्फत अर्को समुह। And so on.

(2) Public Facebook page, private Facebook group, public Facebook group. Lots of use of photos and videos. Plenty of textual reports, discussions.

(3) Online voting. प्रत्येक सदस्यले मत दिन पाउनु पर्छ। Ohio जस्तो अनकन्टार दुर्गम ठाऊँमा 10 जना खुसुक्क जम्मा भएर राष्ट्रिय नेतृत्व चयन गर्ने चाहना पंचायती सोंच भयो। Leadership by consensus भनेको रोग हो। चुनाव नै हुन नदिने, कस्तो अचम्मको सोंच? चुनाव नहुने संगठन भनेको कहिल्यै झ्याल ढोका नखोलिने घर जस्तो हो। NRN को global leadership को पनि चुनाव नै हुनुपर्छ र त्यों चुनाव 1,000 delegate ले मत खसाल्ने चुनाव हुन सक्दैन। दुनिया भरका 20 लाख NRN हरू मध्ये व्यापक membership drive गरेर one person one vote का आधारमा आम आदमीको स्तरमा वोट हुनुपर्छ। NRNA को सदस्य हो भने global conference अगाड़ी online आउने, एक हप्ता को window हुन्छ, online गएर वोट खसाल्ने। जम्मा भएको delegate लाई पनि वोट खसाल्न नदिने कस्तो अचम्मको परिपाटी?

(4) 100% transparent, online book keeping. के कति पैसा उठ्यो र खर्च भयो त्यों प्रत्येक सदस्यलाई थाहा हुन पर्छ। Meeting को minutes online राखिनुपर्छ।

(5) NRN को न्यू योर्क चैप्टर ले Memorial Day Weekend मा प्रत्येक बर्ष convention गर्न पर्छ जस्तो मलाई लाग्छ। दुनियाको राजधानी हो यो।

Agenda अझै फराकिलो बनाउनु पर्यो। मुख्य मुद्दा dual citizenship को हो। त्यसमा नेपालका नेताहरूले बड़ो मुर्खता देखाएका छन अहिलेसम्म। त्यों बिना नेपालमा आर्थिक क्रांति संभव छैन। त्यति गहन मुद्दा हो त्यों। 100 million डलर फंडको कुरा राम्रै हो तर global financial market tap गर्ने कुरा त्यो भन्दा 10,000 गुना राम्रो हो।

नेपाली हरुले प्रत्येक देशमा आफ्नो अधिकार खोज्न पर्यो। 150 बर्ष अगाडी बोस्टन मा Irish ले नागरिक नभए पनि मत खसाल्थे मेयर कालागी। आज नेपालीले न्यू योर्क मा त्यही खोज्न पर्छ। त्यस्कालागी नेपाली समुदाय बाहिर जान पर्ने हुन्छ। Indian संग हातेमालो गर्न पर्ने हुन्छ। Chinese संग। Hispanic र African संग।

बलियो संगठन बाट पैदा हुने नेटवर्क ले सदस्य हरु लाई बिभिन्न किसिमका फ़ायदा हरु हुन्छन्।
Enhanced by Zemanta