Showing posts with label Ku Klux Klan. Show all posts
Showing posts with label Ku Klux Klan. Show all posts

Saturday, July 11, 2015

नेपाली महिला नागरिक को त ठेगान हुँदैन

नेपाली नागरिक पुरुष ले विदेशी महिला बिहे गरेको अवस्थामा त्यो विदेशी महिला ले आजको भोली नेपाली नागरिकता पाउने भन्ने छ। किनभने नेपाली पुरुष भरपर्दा हुन्छन्। देशको सुरक्षा सँग खेलबाड़ गर्ने किसिमले उसले बिहेबारी किन गर्दो हो?

तर नेपाली महिला नागरिक को त ठेगान हुँदैन। उसले अल कायदा को बेकायदा को मान्छे बिहे गर्छ कि ISIS को मान्छे बिहे गर्छ कि LTTE को मान्छे बिहे गर्छ, उसले लव जिहाद पनि गर्न सक्छ। फेरि Al Qaeda देखि ISIS देखि LTTE देखि अमेरिका को KKK सबैले टारगेट गरेको देश पर्यो नेपाल। You can never be too careful.

नेपाली महिलाले बिदेशी पुरुष बिहे गरेको खण्डमा त्यो पुरुष लाई २० वर्ष पहिला quarantine मा राख्ने --- कोही मान्छे Al Qaeda/ISIS/LTTE होइन भन्ने कुरा ठम्याउन २० वर्ष चाहिं प्रयाप्त समय हो, १५ अलि कम भयो कि?


होइन यो कस्तो नबुझेको? महिला र पुरुष कानुन को नजरमा बराबर भन्ने कुरा अंतरिम संविधान ले भनिसकेको कुरा। त्यो सँग बाझ्ने गरी नया संविधान लेख्न पाइयेन।पुरुष लाई एक किसिमको महिला लाई अर्को किसिमको कानुन नलेखौँ भन्ने सुझाव होइन कि लेख्नै पाइँदैन भन्ने बाध्यता हो।