Showing posts with label Kochila. Show all posts
Showing posts with label Kochila. Show all posts

Tuesday, August 18, 2015

विराट, चितवन, कैलाली

एउटा देश भित्र को मान्छे/नागरिक त्यो देश भित्र जहाँ सुकै जान पाऊँछ, बस्न पाऊँछ, काम गर्न पाऊँछ, घरजम गर्न पाऊँछ। त्यो आधुनिक राज्य को सिद्धान्त हो। Modern state. अझ युरोप मा त महादेश स्तर मा आर्थिक एकीकरण गरेर यस्तो गरेका छन एक देश को मान्छे अर्को सदस्य देशमा गएर काम गर्न पाउने। भारत ले पनि नेपाल लाई १९५० को सन्धि अनुसार नेपाल को मान्छे भारत काम गर्न जान पाउने गरेको छ।

त्यसैले पहाड़ का मान्छे तराई झर्नु साधारण कुरा हो। बसाईसराई को क्रम मा झापा, चितवन कंचनपुर जस्ता ठाउँ हरुमा पर्वते को संख्या निकै हुन पुगेको छ। ठीक छ। No problem. संघीय नेपाल को कल्पना लोकतंत्र कै परिधि भित्र हो। थरुहट घोषणा गर्ने अनि त्यहाँ एउटा थारु राजा बन्ने भनेको होइन। थरुहट प्रदेश को मुख्य मंत्री बन्न चुनाव जित्नुपर्ने हुन्छ। चुनाव जित्ने मान्छे कहिले थारु होला, कहिले थारु नहुन पनि सक्छ।

तराई मा यादव ठुलो संख्या मा छन। थारु त्यति धेरै छन। तर अहिले पर्वते पनि धेरै छन। त्यसैले एक मधेस को परिकल्पना मा केही मधेसी को पहिचान झल्किने र केही न्यूट्रल किसिम को नाम हरु राख्नु पर्ने हुन्छ। त्यस्तो तीन वटा नाम हुन सक्छ विराट, चितवन, कैलाली। पहिचान झल्किने नाम चाहिँ मिथिला, भोजपुरा, अवध र थरुहट।

चितवन लाई तमसलिंग मा लाने प्रयास अबैज्ञानिक हो। चितवन थारु हरुको काठमाण्डु हो जहाँ ७५ जिल्ला का मानिस आएर बसेका छन। बरु त्यस चितवन मा नवलपरासी को पुर्वी भाग मिसाउन सकिन्छ। अलिकति मकवानपुर पनि मिसाउन सकिन्छ। सिङ्गै मकवानपुर मिसाए पनि भो। बिराट प्रदेश मा उदयपुर पनि मिसाउन सकिन्छ। सुर्खेत थरुहट मा राखे भो। अहिले को कैलाली र कंचनपुर मिसाएर कैलाली प्रदेश। कैलाली प्रदेश मा नेपाली पनि थारु भाषा पनि सरकारी कामकाजको भाषा हुने।

संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति




एमाले नवलपरासी कार्यालयमा तोडफोड
नेकपा एमाले नवलपरासीको जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ। शुक्रबार बेलुकी बन्द आह्वानकर्ताहरुले एमाले पार्टी कार्यालया ढंगा प्रहार गरी दुई वटा झ्यालका सिसाहरु फुटाइदिएका छन्। थारु कल्याणकारिणी सभालगायतका विभिन्न समूहले लगाएको आह्वानमा बन्द भएको परासी बजारमा रहेको एमाले कार्यालयमा उनीहरुले ढुंगा प्रहार गरी झ्यालका सिसाहरु फुटाएका हुन्। एमाले जिल्ला पार्टी कार्यालयमा प्रहरी भएकाले उनीहरुले ठूलो आक्रमण गर्न नपाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए। बन्दकर्ताहरुले कार्यालयमा आगो लगाउने प्रयास गरेपनि प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि उनीहरु भागेका थिए। एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले कायरतापूर्ण तरिकाबाट एमाले पार्टी कार्यालयमा आक्रमण भएको बताए। सुरुमा अखण्ड नवलपरासीको नाममा परासीमा आन्दोलन सुरु भएको थियो। परासीका केही मान्छेहरुले थालेको आन्दोलन अराजकतातर्फ उन्मुख भएको छ।

राजमार्गमा समेत महिला र बालबाललिकाहरुलाई लौरो लिएर निस्केका छन्।

चार दलले प्रदेश बनाएको हो कि देश ? — राजेन्द्र महतो (अध्यक्ष, सद्भावना पार्टी)
चार पार्टीका चारवटा नेताले सबै मूल्य मान्यतालाई फोहोरमा फालेर विगतका आन्दोलनका सम्पूर्ण सहमति र सम्झौतालाई छोडेर नेपालको अन्तरिम संविधानको व्यवस्थालाई छाडेर संविधान निर्माणको प्रक्रियामा लागेका छन् । मधेशी जनताले स्वायत्त मधेश प्रदेश पाउने, अन्य प्रदेशहरू पनि हुने, थरूहट आन्दोलनमा थरूहट प्रदेश हुने, प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न हुने लगायतका सबै कुरा विगतका सहमति र सम्झौतामा उल्लेख थियो । त्यो अनुसार संविधानसभाबाट बन्ने संविधानमा यी सबै कुराहरू संस्थागत गरिन्छ भन्ने प्रतिबद्धता नेपाली जनताले अन्तरिम संविधानमा उल्लेख भएर संवैधानिक ग्यारेन्टी समेत पाएको थियो । तर, आज त्यो सबै कुरालाई यी चार दलका नेताले राति सम्झौता गरेर सबैलाई उल्ट्याइदिए । यो सीमांकन कुनैपनि हालतमाा उपयुक्त हुने किसिमको छैन । ....... मधेश भनेको मेचीदेखि महाकालीसम्म, झापादेखि कंचनपुरसम्म हो । मधेशका जिल्लाहरूलाई पहाडमा जसरी मिसाईएको छ यसबाट मधेशी जनताको वर्षौदेखिको संघीयताबाट शासन पाउने सपना थियो त्यो चकनाचुर गर्ने प्रयास गरिएको छ । ...... हामी प्रदेश बनाउन लागेका हौं, देश होइन । प्रदेश भनेको नेपाल देशभित्र नै बन्ने हो । एउटा सार्वभौम राष्ट्र र अखण्ड नेपाल भित्र विभिन्न प्रदेशहरू बन्ने हो । भारतीय सीमासँग जोडिएर प्रदेश बनाउनुपर्छ भन्नुको मतलब के हो ? यो त सिधा भारतसँग सबै प्रदेशको सम्पर्क रहनुपर्ने सीमा जोडिनुपर्ने सोच देख्दा त हामी छुट्टाछुट्टै प्रदेश बनाउन लागेका होइनौं छुट्टाछुट्टै देश नै बनाउन लागेका हौं कि भन्ने मानसिकताबाट ग्रसित भएर यो प्रदेश बनाएको जस्तो देखिन्छ । यो दर्भाग्यपूर्ण हो । यो विलकुल गलत भएको छ । एउटा मुलुकमा प्रदेश भएपछि त्यो एउटै देशको प्रदेशहरू हो । प्रदेश भनेको राष्ट्रिय एकतालाई जोगाएर शासन जनतालाई दिनुपर्छ । छुट्टै देश जनताले मागेको होइन तर यो प्रदेशको सीमांकन गर्दाखेरी यिनीहरूले देशकै सीमांकन गरेको जस्ता अनुभूति गराएको छ । .......

यो दोहोरो चरित्र हो । भारत बिना दाना पानी पच्दैन भन्ने मानसिकता पनि देखिएको हो । एकातिर खोक्रा राष्ट्रवादको नारा लगाउनेहरू भारत विरोधमा नै आधारित भएर राष्ट्रवादको परिभाषा पनि दिने गरेका छन् । तर, भारत बिना कुनै काम नै चल्दैन भन्ने खालले सीमांकन गरेको देखियो ।

यिनीहरूले प्रदेश बनाएर त्यसलाई देश जस्तै बनोस् भनेर चाहेको हो कि त्यो बुझ्न सकिएको छैन । ......

घनघोर आन्दोलनको तयारी जनताले गरिरहेको छ । मधेशमा यस्तो विद्रोह हुन्छ कि नेपालको इतिहासमा अहिलेसम्म भएको विद्रोह भन्दा छुट्टै र भिन्न प्रकारको सशक्त आन्दोलन हुनेछ अबका दिनमा ।