Showing posts with label Elementary particle. Show all posts
Showing posts with label Elementary particle. Show all posts

Sunday, December 27, 2015

बाबुराम भट्टराई र बाहुनवाद को Quantum Physics

Wave–particle duality
Wave–particle duality is the fact that every elementary particle or quantic entity exhibits the properties of not only particles, but also waves. It addresses the inability of the classical concepts "particle" or "wave" to fully describe the behavior of quantum-scale objects. As Einstein wrote: "It seems as though we must use sometimes the one theory and sometimes the other, while at times we may use either. We are faced with a new kind of difficulty. We have two contradictory pictures of reality; separately neither of them fully explains the phenomena of light, but together they do".


बाबुराम भट्टराई का दुई कुराले मनमा चीसो पस्यो यहाँ।

(१) ओली होइन कमल थापा को दोष
(२) मधेस आंदोलन ले नाका छोड्ने "सुझाव"

बामे को ज्यादती को दोष चाहिँ कसको? अनि कंस सिटौला को ज्यादती को?

नाका छोड्नुस् भन्ने भाषा ओली को भाषा हो, प्रचंड र सुशील को भाषा हो। Wave पनि particle पनि, यता पनि उता पनि। कृष्ण सिटौला र मैले संविधान लेख्यौं भन्ने पनि उद्घोष, मधेस आंदोलन प्रति समर्थन वान पनि। मधेस आंदोलन लाई समर्थन पनि छ भन्ने, त्यो आंदोलन फिरता लिनुस् भन्ने सुझाव पनि दिने। नाकाबंदी मधेस आंदोलन को एक मात्र र अंतिम अस्त्र हो। वार कि पार नाका मा नै हुन्छ।

ओली को त्यत्रो लामो शब्द श्रृंखला छ। कहिले आप कहिले झिंगा र हालै जनावर। यहाँ ओलीको बचिबचाउ गर्नु पर्ने के पर्यो त्यस्तो?

कमल थापा र नेपाल प्रहरी

कमल थापा २०४६ को विलन। सन २००६ को क्रांति को पनि विलन। पंचायत कालको त टॉप मंडले। अहिले यो बाबुराम को आक्षेप सान्दर्भिक छ। पटक पटक देखिएको छ। वार्ता गर्छन र वार्ता मा मधेसी पक्ष ले आत्म समर्पण नगरे तुरुन्त पुलिस एक्शन मा जाने। त्यो एक्शन त सार्वजनिक हो। तर त्यो निर्णय कसको र फ़ोन उठाउने को? कसले कसलाई आर्डर दिएको छ। ओली को इच्छा विपरीत भएको जस्तो लागेको छैन मलाई। साढ़े तीन पहाड़ी दल एकै ड़यांग का मुला हुन।

हुँदा हुँदा सुषमा सँग पनि त्यही व्यवहार। आफ्नो पछिल्लो सुषमा स्वराज सँग को वार्ता आफ्नो अनुकुल नगए पछि सप्तरी मा मान्छे मारन लगाएको कमल थापाले। यो कुरा भारतले नोट गर्नु पर्छ।

मधेसी नेतृत्व 

आत्म समीक्षा को जरुरत छ र लोकतान्त्रिक परिवेशमा त्यो भइरहन्छ।

Political Alliances 

राजनीति मा सधैं कोही मित्र र शत्रु हुँदैन भनिन्छ। त्यो भनेको आफुले खोजे जस्तो आइडियल परिस्थिति कहिले पनि आउँदैन भनेको हो। सबै कुरा मिल्ने सँग मात्र मिल्न खोज्ने हो भने कसै सँग पनि मिल्न सकिँदैन।

तर अहिले एउटा स्पष्ट एजेंडा का साथ मधेसी मोर्चा अगाडि बढेको अवस्था छ। यो Final Push को अवस्था छ। विश्व इतिहास कै लामो मध्येको आंदोलन हो यो। आंदोलन गार्हो कुरा हो। तर मधेसी जनता लाई त्यो थाहा थियो।

सरकारको नेतृत्व कमल थापाले गरेजस्तो लाग्छ : बाबुराम भट्टराई
‘अब नयाँ चुनावमा गए हुन्छ’
यसलाई

राजतन्त्र बिनाको पञ्चायती सरकार

को संज्ञा दिएका छन् ...... ‘कमल थापाको राष्ट्रिय र अन्तर्राष्ट्रिय मुभ हेर्दा वामपन्थी कम्युनिष्ट भन्नेहरुको सरकारको नेतृत्व कमल थापाले गरेको देखिन्छ,’ उनले भने । संविधान सभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका बिरोधी थापा संविधानको व्याख्ता बनेको पनि उनले बताए । ‘सरकारमा सहभागी दलले अग्रगामी परिवर्तनमा अडान लिनुको सट्टा जसरी पनि सरकार टिकाउन लागेका छन्, जनता र मलाई लज्जाबोध भएको छ ..... भूकम्पपीडितको दुदर्शा, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले देश थिलोथिलो भएको बेला सरकार मन्त्रालय फुटाएर बसेको उनले बताए ।

‘देशमा समानान्तर कालो अर्थतन्त्र संचालन भएको छ,’

भट्टराईले भने, ‘कमिसनको डरलाग्दो चलखेलको लाभ सत्तामा सहभागी दलहरुले लिएका छन् ।’ ...... अब नयाँ जनमतका लागि चुनावमा गए हुन्छ .....आन्दोलन गरिरहेका मधेसी मोर्चालाई भट्टराईले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिए । ‘आन्दोलनकारीहरु सँगको छलफलमा मैले नाकाको अवरोध हटाएर शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको छु,’ उनले भने ।.... पहिलेका सम्झौता र सहमतिका आधारमा सिमाङ्कन तत्कालै टुंगो लगाउनु पर्ने उनले बताए । ‘अहिले नै सिमाङ्कन मिलाउनु पर्छ, थाँति राख्नु हुँदैन