Showing posts with label 2017. Show all posts
Showing posts with label 2017. Show all posts

Wednesday, December 13, 2017

प्रचंड प्रधानमंत्री बन्नु पर्छ

प्रत्यक्क्षमा ५०% भन्दा कम सीट जितेको एमाले ले, समानुपातिक मां उसले ५०% बढ़ी सीट जित्दैन। एमाले बाहेक का पार्टी सबै एक ठाउं आए प्रचंड पांच वर्ष का लागि प्रधानमंत्री बन्न सक्छन। सही निर्णय पनि त्यही नै हुनेछ। एमाले पार्टी अध्यक्ष मा अब सुवास नेम्वां को पालो आइसक्यो।


Thursday, October 12, 2017

विवेकशील, फेसबुक, प्रवास र काठमाण्डु उपत्यका



मैले भर्खर गुगल गरें। अगस्त २०१४ मा नेपालमा फेसबुक चलाउने ४ मिलियन अर्थात ४० लाख रहेछन। अप्रिल  २०१६ मा त्यो ६ मिलियन पुगेको रहेछ। २९ मिलियन को नेपाल। अहिले आएर फेसबुक चलाउने ८ मिलियन सम्म पुगेको हुन सक्ने अनुमान गर्न सकिन्छ। भने पछि penetration त impressive २५% जस्तो पो देखियो। काठमाण्डु मा मात्र त त्यो ५०% माथि हुनैपर्छ। भने पछि बाँकी रहेको कम समय लाई मध्यनजर गर्दा अबको आशा विवेकशील साझा ले फेसबुक को बाटो उपत्यका कब्ज़ा गर्न सक्ने देखिन्छ। जनतासम्म पुग्ने सबैभन्दा सस्तो बाटो शायद फेसबुक हो। पोस्टर र वीडियो बनाउन सस्तो। फेसबुक समुह हरु मुफ्तमा बन्ने हुन्छ। पोस्टर र वीडियो राम्रो बनायो र वायरल भयो भने फाइदै फाइदा।

फेसबुक मा विज्ञापन को रेट नेपालमा संसारकै सस्तो हो। बिज्ञापन बजेट पनि चाहिन्छ।

भारत पनि गन्ने हो भने जति नेपाली नेपालमा छन त्योभन्दा बढ़ी बाहिर छन। भारत गन्नु पर्छ त। भारत गन्नु पर्यो। खाड़ी देश गन्नु परयो। दक्षिण एशिया नगन्ने हो भने पनि ३०-४० लाख नेपाली प्रवासमा छन। तिनी हरु अधिकांश फेसबुक मा छन। विवेकशील ले प्रवासमा संगठन विस्तार गरेर ग्लोबल fundraising गर्न सकेको खण्डमा काठमाण्डु उपत्यका का १५ सीट ताक्ने गरी फेसबुक  भरपुर प्रयोग गर्न मिल्छ।

काठमाण्डु बाहेक पोखरा जस्ता शहरी क्षेत्र मा पनि प्रथम संभावना छ। झापा पनि हो। शायद चितवन।

फेसबुक मा पोस्टर र वीडियो भने हजारौं बनाउनु पर्ने हुन्छ। माइक्रो टार्गेटिंग का लागि।



तर फेसबुक त टेक्नोलॉजी भयो। मुख्य कुरा टेक्नोलॉजी होइन। मुख्य कुरा त सन्देश हो। सन्देश सीधा छ। नेपालमा लुटतंत्र व्याप्त छ। त्यो लुटतंत्र समाप्त नगरेसम्म नेपाल विकसित देश बन्न संभव छैन। र जनता ले भ्रष्टाचार का विरुद्ध रोष प्रकट नगरेसम्म लुटतंत्र कायम रहन्छ। राजतन्त्र समाप्त पारयौं। अब लुटतंत्र समाप्त पारौं।

एउटा त्यो हो। अर्को १० वर्ष मा काठमाण्डु भन्दै काठमाण्डु लाई विश्व स्तर को शहर बनाउने किसिमको futuristic विज़न। काठमाण्डु मेट्रो देखि, निजगढ सम्म को फ़ास्ट ट्रैक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, आउटर रिंग रोड, मेलम्ची को पानी, १००% इलेक्ट्रिक vehicles by २०३०, काठमाण्डु मा सॉफ्टवेयर इंडस्ट्री हब, tourism, फोहर व्यवस्थापन, व्यवस्थित विकास, शहरका पुरानो भाग लाई मोटर vehicles फ्री, citywide फ्री wifi, अदि इत्यादि।

५०% महिला उम्मेदवार हुनुपर्यो। स्वस्थ सामाजिक सन्देश जान्छ।

तर चुनावी लड़ाई फेसबुक मा टुङ्गिने भने होइन। त्यसकालागि स्वयंसेवक र कार्यकर्ता घर घर पुग्नुपर्यो। Knock on the door, hand a flyer, ask a few questions.