Showing posts with label 2014. Show all posts
Showing posts with label 2014. Show all posts

Sunday, April 18, 2021

सन २०१४ को भारतको चुनाव

सन २०१४ को भारतको चुनावको समय थियो। मेरो हृदयेशजी सँग गफ भाथ्यो। मेसेंजर मा शायद टेक्स्ट च्याट। म हंग पार्लियामेंट आएर बिहारी बाबु नीतिश कुमार प्रधान मंत्री भैजाओस भनेर रूटिंग गर्दै थिएँ। मधेसी जस्तै बिहारी ले राष्ट्रपति पाएको प्रधान मंत्री नपाएको। 

हृदयेशजी ले होइन बीजेपी ले जित्छ भन्नुभो। जितेन मात्र बिहारमा नीतिशको पत्ता साफ गरिदियो। 

आफ्नो आफ्नो विश्लेषण हो। 




केही महिना अगाडि मैले फेसबुक मा फोटो देखें, हृदयेशजी अस्पतालको बेडमा। गेट वेल सुन भनेर मेसेज भेजें। वो तो स्वास्थ मंत्री ही हो गए। 

Tuesday, September 16, 2014

७५ जिल्ला कायम राख्ने संघीयता

मैले प्रतिपादित गरेको संघीयतामा अहिले रहेका ७५ जिल्लालाई कायम राखिएको छ।

संविधान निर्माणका विवादित विषयहरु
प्रत्यक्ष निर्वाचित कार्यकारीणी अध्यक्ष

केन्द्र सरकार, ६ वटा राज्य सरकार, ७५ वटा जिल्ला सरकार, अनि स्थानीय सरकार। केन्द्रीय संसदको चुनाव हुनुपर्यो, राष्ट्रपतिको चुनाव हुनुपर्यो। राज्य स्तरको चुनाव हुनुपर्यो। स्थानीय चुनाव हुनुपर्यो। तर जिल्ला सरकारको प्रत्यक्ष निर्वाचन हुनुपर्दैन। स्थानीय स्तरमा निर्वाचित वडा अध्यक्ष र मेयर, डेपुटी मेयरहरुले अप्रत्यक्ष निर्वाचनमा जिल्ला सरकार चुन्ने।

७५ जिल्ला कायम नराख्ने हो भने उसै पनि जटिल रहेको संघीयताको बहस अझ बढ़ी जटिल हुन पुग्छ। मेरो सुझावमा ७५ जिल्लालाई कायम राखेको राम्रो।