Showing posts with label 16 states. Show all posts
Showing posts with label 16 states. Show all posts

Monday, August 24, 2015

Salex Tax

१ मत को ५० रुपया
Power/Budget Devolution र भ्रष्टाचार नियंत्रण
३०-३०-३०-१०: केंद्र प्रदेश स्थानीय विशेष
Federalism, Centripetal Force, Centrifugal Force
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
सही संविधान ले आर्थिक क्रांति गर्ने हो
भारतका २४० ट्रिलियन डॉलर वाला अर्थतंत्र बनने का फोर्मुला इजराइल के पास है
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर

अहिले को केंद्र को बजेट लाई १६ प्रदेश मा र स्थानीय निकाय का १,००० इकाई मा जनसंख्या समानुपातिक बांड दिए पछि कुरा त्यहाँ सकिँदैन। त्यस पछि १६ प्रदेश बीच होड़बाजी शुरू गर्नु पर्छ। शिक्षा, स्वास्थ्य, इंफ्रास्ट्रक्चर, business friendly policy environment सरकार को काम हो। त्यस का आधारमा आ-आफ्नो प्रदेश मा आर्थिक गतिविधि सकेसम्म बढाउने पहल प्रदेश हरुले गर्नु पर्छ। अनि फाइदा के भन्दा ५ देखि १०% सम्म सेल्स टैक्स उठाउन पाउने भन्ने हुन्छ। त्यस बाट प्रदेश हरु लाई थप आय हुन्छ।

रोजगार निर्माण निजी क्षेत्र को काम हो। ९०% जनता ले जीविकोपार्जन गर्ने भनेको निजी क्षेत्रमा जागीर खाएर। त्यस कारण आरक्षण को संघर्ष भन्दा २० गुणा बढ़ी महत्वपुर्ण जिम्मेवारी सुशासन कायम गरेर निजी क्षेत्र लाई सकेसम्म फस्टाउने किसिमको वातावरण बनाउने।

त्यहाँ सम्म छलफल पुगेकै छैन। संघीयता पछि को छलफल त्यही नै हो।

आखिर मलेशिया कतार जाने नेपाली ले पनि १०-१५ हजार मासिक खाएको देखिन्छ। त्यति मासिक तलब पाउने काम नेपाल मैं उपलब्ध हुन सक्छ। त्यस का लागि FDI (Foreign Direct Investment) सकेसम्म भित्र्याउने हुनुपर्छ। चीन सँग सिक्नुपर्छ।






Monday, August 10, 2015

16 States



६ प्रदेशमा हस्ताक्षर गर्नेबाटै ‘सशस्त्र’ आन्दोलनको तयारी
सहमतिपछि गच्छदारले भने, ‘आन्दोलनमा मेरो नैतिक समर्थन रहनेछ’
पार्टी अध्यक्ष विजयकुमार गच्छदारले सम्झौतामा हस्ताक्षर गरे पनि पार्टीमा उनीबाहेक सबै शीर्ष नेता यसको विपक्षमा रहेका छन् । पार्टीका असन्तुष्ट पक्षहरुले सम्झौताविरुद्ध आन्दोलन शुरु गर्ने घोषणा गरेपछि पहिले नै दोहोरो दबाबमा रहेका अध्यक्ष गच्छदारले पार्टीका नेताहरुलाई आन्दोलन गर्न र त्यसमा आफ्नो नैतिक समर्थन रहने बताएका छन् । ..... ६ प्रदेशमा हस्ताक्षरपछि पार्टीमा विरोध हुन थालेपछि र पार्टी फुटकै अवस्थामा पुग्ने भएपछि अध्यक्ष गच्छदारले नेताहरुलाई भनेका छन्, ‘मैले दवावमा आएर हस्ताक्षर गरेको हुँ तर तपाईहरुलाई आन्दोलन गर्ने छुट छ तपाईहरु आन्दोलन गर्नुस् मेरो नैतिक समर्थन रहनेछ ।’ ....... यो कुरा भनि सकेपछि सोही पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले, ‘अध्यक्षजी यो दोहोर चरित्र भएन र, एकातिर हस्ताक्षर पनि गर्ने अर्कोतिर आन्दोलन गर्ने पनि भन्नुहुन्छ यो कसरी सम्भव हुन्छ यो स्पष्ट भएन,’ भनेका थिए । .......

‘सबैले यो पार्टीलाई थारुको पार्टी भन्छन् तर आज यो स्पष्ट भइसक्यो कि यो न थारुको पार्टी हो न मधेशीको पार्टी हो, त्यसैले आज तपाईबाट स्पष्ट कुरा आउनु पर्यो कि यो पार्टी हो के चिज ?,’ थारुले भने, ‘थारुहट प्रदेशका लागि पार्टीभन्दा अलग किसिमले अब आन्दोलन हुन्छ । त्यसमा भाला, बर्छी जे जे हतियार हुन्छ सबै प्रयोग हुन्छ ।’

........ त्यसपछि अध्यक्ष गच्छदारले, ‘ठीक छ मैले कहाँ भनेको छु र कि तपाईहरु आन्दोलन नगर्नुस्, भाला बर्छी जे जेले आन्दोलन गर्न सक्नुहुन्छ गर्नुस् म सबैमा सहयोग गर्न तयार छु तर मेरो पनि बाध्यता बुझिदिनुस्’ भन्दै ‘यदि मैले हस्ताक्षर नगरेको भए तीन दलले नै हस्ताक्षर गरेर सविधान निर्माण गथ्र्यो र त्यसको दोष ममाथि नै आउँथ्यो अनि मैले जनतालाई के जवाफ दिन्थे ? म हस्ताक्षर गरेपनि नगरेपनि तीन दलले कुनै पनि हालतमा संविधान जारी गर्ने थिए । कसैले रोकेर पनि रोकिने बाला थिएन । संविधान निर्माण होस् भनेर मात्र मैले हस्ताक्षर गरेको हुँ । आज तपाईहरुलाई लागेको होला यो गलत हो तर पख्नुस् पछि यो नै राम्रो लाग्न थाल्छ ।’ ..... बैठमा नेताहरुले ६ प्रदेशको ब्यापक विरोध भइरहेको र जनताले आफूहरुसँग जवाफ मागि रहेको कुरा सुनाउँदै पार्टीको तर्फबाट के जवाफ दिने प्रश्न गच्छदारलाई गराएका थिए । जवाफमा अध्यक्ष गच्छदारले पार्टीको आधिकारीक धारणा बनाउनपर्छ भन्दै आजका लागि राजनीतिक समितिको बैठक बोलाएका छन् र पार्टीको धारणा सोही बैठकबाट आउने बताइएको छ ।