Thursday, December 28, 2017

एमाले ले संविधान संसोधन गर्छ भने मधेसी को साथ पाउँछ



स्वतः कुरा। मधेसी दल ले चुनावी मैंडेट नै संविधान संसोधन का लागि पाएको हो। उता सीके राउत को मत बदर अभियान ले पनि उल्लेख्य मत बटुलेको अवस्था छ। एमाले ले संविधान संसोधन गर्छ भने मधेसी दल को साथ पाउँछ उसले। माओवादी लाई बाईपास गरेर एमाले-मधेसी सरकार बनाउन चाहन्छ कि, एमाले-माओवादी-मधेसी सरकार बनाउन चाहन्छ कि, एमाले-माओवादी सरकार बनाएर मधेसी को बाहिर बाट समर्थन चाहन्छ, तीन वटै बाटो उपलब्ध छ एमाले का लागि।

संविधान संसोधन पछि मधेसी दल पनि पुर्ण रूपले आर्थिक प्रगति कै मुद्दा मा आउनुपर्ने हुन्छ। त्यसले राष्ट्रिय राजनीति लाई ठुलो फाइदा हुन्छ।

केंद्र मा एमाले-मधेसी सरकार बन्छ भने भने प्रदेश २ मा पनि मधेसी-एमाले सरकार बन्छ। त्यस्तो सहकार्य ले देश लाई जोड्ने काम गर्छ।

मधेसी दल ले सफलतापुर्वक agitation पनि गर्यो, election पनि लड्यो। अब आन्दोलनको negotiation फेज शुरू भएको छ।






No comments: