Thursday, October 05, 2017

के विवेकशील साझा फेसबुक मा सीमित छ?

विवेकशील साझा, हाम्रो पार्टी, दर्शन र सीके एक ठाउँ आउनुपर्छ
वाम मोर्चा, लोकतान्त्रिक मोर्चा र तेस्रो ध्रुव




अहिले विवेकशील साझा काठमाण्डु मा सीमित हुने बाटो मा छ। भन्दैमा काठमाण्डु स्वीप गर्छ भन्ने पनि होइन। विवेकशील ले आम आदमी जस्तो होइन बीजेपी जस्तो मिस्ड कॉल गर्दै देशव्यापी संगठन विस्तार गर्ने प्रयास गर्नु पर्छ। बीजेपी त्यही मिस्ड कॉल को आधारमा दुनिया को सबैभन्दा ठुलो पार्टी बन्यो। इच्छुक व्यक्ति ले मिस्ड कॉल गर्ने। अनि संगठन को मान्छे ले कॉल बैक गरेर व्यक्ति बारे बेसिक जानकारी बटुल्ने र त्यसका आधार मा संगठन को कोही मान्छे त्यस नया व्यक्ति को घर सम्म पुगेर भेट्ने। संगठन त चाहिन्छ। संगठन बिना चुनाव जित्न सकिँदैन। संगठन पनि चहियो, बलियो मुद्दा पनि चहियो। भ्रस्टाचार लाई बलियो मुद्दा बनाउन सक्नुपर्यो।

फेसबुक पनि टेक्नोलॉजी, मोबाइल फ़ोन पनि टेक्नोलॉजी। तर अहिले नेपालको माटो सुहाउँदो टेक्नोलॉजी मोबाइल फ़ोन नै हो। 

No comments: