Thursday, July 06, 2017

दुई चरण चुनाव पछिको धरातल

दुई चरण स्थानीय चुनाव पछिको धरातल कहाँ छ? अब राजपा कता जाने? एमाले झनै हौसिएको हुनुपर्छ। उसको आक्रामक मधेस विरोधी अडान लाई पहाड़ले अनुमोदन गरिदिएको अवस्था छ। तर सबैभन्दा ठुलो दल एमाले भए पनि काँग्रेस र माओवादी मिले सत्ता गठबंधन बन्ने अवस्था कायम छ। 

मधेसी जनजाति एकता त के हुनु बरु पहाडका जनजाति पहाडको सम्पर्क भाषा नेपाली भाषा भन्दै गोलबंद भएको अवस्था छ। चुरे दक्षिण भेग पहाड़बाट मधेस झरेका मध्ये एमालेमय भएको अवस्था छ। हुलाकी राजमार्ग बेल्ट मा खुम्चिने अवस्था आएको छ मधेस केन्द्रित दल का लागि। 

मधेसी को ५०% को क्लेम घटाएर उसै ३५% मा झारिएको थियो। हुँदा हुँदा २०% मा झार्न भ्याइसके। थारू त मधेसी होइन, मुसलमान त मधेसी होइन भन्दै। मधेसी थारू मुसलमान लाई राजनीतिक रुपमा ओझल पार्ने महाषड्यन्त्र मा काँग्रेस कै नेतृत्व लागेको छ। तर देखावटी अन्यथा देखाउने गरेकोले न पहाडमा फाइदा भयो न मधेसमा। 

एमाले ले संविधान संसोधन मा सघाउने संभावना झनै कम भएको छ। नेपालभित्र मधेसी लाई एक व्यक्ति एक मत लोकतंत्र नदिने अभ्यास बरक़रार छ। पहिलो त नागरिक नै नमान्ने। दोस्रो मतदाता बन्न नदिने। तेस्रो मधेसी लाई तीन वटा पहाड़ी राज्य हरुमा गाभेर अल्पमत मा पारिदिने। चौथो नाम मात्र को संघीयता दिने। देखावटी। स्थानीय सरकार अझै पनि काठमांडु को स्थानीय विकास मंत्रालय ले चलाउने। त्यसमा पनि ५०% जनसंख्या भएको मधेसमा २५% कम स्थानीय बजेट आउने गरी। तल्लो सदनमा ३५% मधेसी ले १५% प्रतिनिधित्व गर्ने गारंटी गर्ने। अंतिम अस्त्र कुनै पनि हालतमा उपल्लो सदनमा मधेसी ले १०% नकाट्ने गारंटी गर्ने। अनि त भैगयो मधेसमाथि पहाडको भीटो। 

मधेस उपनिवेश हो। मधेसी लाई कि त अनागरिक कि त दोस्रो दर्जाको नागरिक बनाइएको छ। यो एउटा विस्फोटक स्थिति हो। 

महेंद्र ले केपी ओली लाई जेल किन हालेको? महेंद्र पथ मा शाह थर को कोही छैन। महेंद्र को झंडा केपी ओली ले बोकेको अवस्था छ।  यो फ़ासिस्ट राष्ट्रवाद को भविष्य उज्जवल छैन। 


No comments: