Wednesday, June 21, 2017

मधेसवादी दल को अनिश्चय अथवा दृढ निश्चय?

सरकार ले पुरा गर्न सक्ने माग हरु पनि पुरा नगरिनु, जस्तो कि शहीद घोषणा, झुठा मुद्दा फिर्ता, घाइते लाई क्षतिपूर्ति ले देखाएको छ गलत ठाउँमा एमाले एक्लो छैन। जुन तीन दल ले मिलेर गलत संविधान जारी गरे ती तीन दल अहिले पनि एक छन। संविधान संसोधन को पक्षमा कांग्रेस र माओवादी रहेको कुरा मानन सकने ठाउँ छैन।

मधेस आंदोलन को सड़क को रापताप कुनै पनि लोकतान्त्रिक आंदोलन भन्दा कड़ा रहेको छ। तर काठमांडु मा रहेको सरकार टसमस गर्दैन। यस रवैया ले सीके राउत को तर्क लाई बल पुग्छ। तर न भारत न चीन नेपाल दुई फ्याक भएको देख्न चाहेको अवस्थामा मधेस अलग देश को पक्षमा भु राजनीती (geopolitics)  रहेको देखिँदैन। युरोप खुद ले राजनीतिक एकीकरण को भरमग्दुर प्रयास गरेको अवस्था छ। राजनीतिक एकीकरण आफैमा एक गंतव्य हो।
 
मधेसको अवस्था गार्हो छ। 

राजपा चुनाव बहिष्कार मा छ। फोरम ले चुनाव लडेको छ। सी के राउत बदर मत माग्दै हिडेका छन। अहिले पनि देउवा सरकार ले माग पुरा गर्छ भने केही उपलब्धि हात लाग्छ। होइन भने अनिर्णय, अनिश्चय, निराशा बढ्ने देखिन्छ।

पहिलो संविधान सभा का दौरान चितवन बिनाको एक मधेस दो प्रदेश नमान्नु शायद एउटा रणनीतिक गलती थियो। तर त्यो पाइने संभावना कति नै थियो र?

अंतिम अस्त्र चुनाव बिथोल्ने भनेको राजपा ले त्यों अस्त्रको प्रयोग द्वारा यस गलत संविधान लाई खारेज गर्ने चुनौती पनि आफ्नो ठाउँमा छ। राजपा को माग पुरा गर्ने काँग्रेस माओवादी को प्रयास नै होइन भने राजपा ले आखिर गर्ने के?




No comments: