Saturday, June 17, 2017

१५० ठाउँ मा मानव अधिकार हनन गरेको संविधान

जेनेवा मा १५० बढ़ी देशले ठहर गरेको कुरा हो, नेपालको संविधानले १५० ठाउँ मा मानव अधिकार हनन गरेको छ। मानव अधिकार बिना लोकतंत्र संभव छैन। लोकतंत्र बिना को चुनाव को कुनै तुक छैन। यो चुनाव लोकतान्त्रिक अभ्यास होइन, लोकतंत्रको उपहास हो।

यो संविधान कार्यान्वयन तर्फ होइन अवसान तर्फ लानुपर्ने संविधान हो। पुनर्लेखन या अवसान। त्यो दुई उपाय छ।
एक व्यक्ति एक मत नमान्ने संविधान। धर्म निरपेक्षता नभएको संविधान। वाक स्वतंत्रता नभएको संविधान। संविधान या कानुन मा जेसुकै लेखिएको भए पनि मनपरितन्त्र को आधारमा चलेको राज्य व्यवस्था छ। होइन भने आरक्षण छ कानुन मा तर सरकारी नियुक्ति मा पालन गरिएको छैन। देशको बजेट को ९०% भ्रष्टाचार मा खेर गएको छ। ११ महिना केही नगर्ने अनि अन्तिम एक महिना स्वाहा।

बाहुनवाद एउटा यस्तो आइडियोलॉजी हो जसले एक व्यक्ति एक मत मान्दैन। यो लोकतान्त्रिक होइन एउटा बाहुनवादी संविधान हो। दलित मधेसी जनजाति लाई मर्का परेको एक्सीडेंट भएको होइन। धोका पनि होइन। उद्देश्य नै त्यही हो।


No comments: