Monday, March 14, 2016

SLC दिन नमानेको देश

मधेस आंदोलन को ११ बुँदे मा सत्ता पक्षको तर्फ बाट जुन खुट्टा घिसारने काम हुँदैछ त्यसलाई कुन रुपमा बुझ्ने? मैले यसलाई नेपाल SLC दिन नमानेको देश को रुपमा बुझिराखेको छु। SLC दिनु मात्र परेन, SLC मा राम्रो पनि गर्नु पर्यो अनि मात्र IA, BA को कुरा आउँछ।

 मधेस आंदोलन को ११ बुँदे लाई संविधान मा नलगेसम्म नेपालमा आर्थिक क्रांति संभव नै छैन। देश लाई ११ बुँदे मा खुट्टा घिसारने काम ले १०-१५ बिलियन डॉलर को घाटा त लागिसक्यो। देश नेगेटिव ग्रोथ मा गयो छ महिना। 

सत्ता पक्षको को व्यवहार बाट लाग्छ यो एउटा आधुनिक युग मा प्रवेश गर्न नचाहेको देश हो। 

मधेस आंदोलन को ११ बुँदे सम्पुर्ण देशको राजनीतिक चेतना लाई चैलेंज हो। संघीयता र समावेशीता का लागि जुन आंदोलन आज नेपालमा हुँदैछ त्यो २० वर्ष पछि शायद फ्रांस मा होला। फ्रांस मा पनि छन मधेसी। त्यहाँ अल्जीरिया बाट आएका अरब हरु। कुन दिन तिनले पनि समावेशीता का लागि अहिंसात्मक आंदोलन छेड़ने छन। 


No comments: