Nepal News (7)

फेरि दिल्ली जाँदै मोर्चा नेता
थिंक ट्यांकको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध सातै मधेस केन्द्रित दलका अध्यक्ष अर्को साता भारतको नयाँदिल्ली जाने भएका छन्। ..... औपचारिक कार्यसूचीमा अन्तक्र्रिया भनिए पनि उक्त भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेट हुने मोर्चा उच्च स्रोतले जानकारी दियो। भारतीय विदेशमन्त्री सुष्मा स्वराज, भाजपा, कंग्रेस आईलगायत नेतासँग भेट गर्ने कार्यक्रम अहिलेसम्म तय भएको र अन्य भेटघाट पनि हुन सक्ने तराई–मधेस लोकतान्त्रिक पार्टीका एक नेताले कान्तिपुरलाई जानकारी दिए। ..... सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने भर्खर दिल्ली भ्रमण सकेर आएका प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै आफूहरूको भ्रमण ‘स्टेट भिजिट नभएको’ बताए। ‘हामी त नेपाल–भारत मैत्री समाजको कार्यक्रममा जान लागेका हौं, त्यस्तो कुनै राजकीय भ्रमण होइन,’ महतोले संकेतमा भने, ‘अरू नेता चार दिनमा फर्कनुहोला। मचाहिँ अझै केही दिन बस्छु, गएको बेलामा आँखा देखाउनुपर्ने छ। ..... मोर्चा उच्च स्रोतका अनुसार

कांग्रेस महाधिवेशन सकिएलगत्तै सत्तासमीकरण परिवर्तन गर्ने, त्यसै क्रममा मधेसी मोर्चाका माग पूरा गर्ने उपायहरू के हुन सक्छन् भन्नेबारे भ्रमण केन्द्रित हुन सक्नेछ।

....... भारतले आफूसँग सल्लाह नगरी माघ २२ गते एकतर्फी रूपमा नाकाबन्दी खुलाएको बारेमा मोर्चाले सामूहिक असन्तुष्टि राख्ने रणनीति बनाएको छ। भारतले नाकाबन्दी खोलेको ३ दिनपछि माघ २५ गते मोर्चाले औपचारिक रूपमा नाकाबन्दी खोलेको घोषणा गरेको थियो।
आजको सन्दर्भमा राष्ट्रियता
विश्व राजनीतिक रंगमञ्चमा प्रजातन्त्र एक प्राचीन विचार हो। राष्ट्रियता र समाजवाद भने फ्रान्सेली राज्यक्रान्तिपछि प्रभावशाली भएका आधुनिक अवधारणा हुन्। ..... फ्रान्सेली राज्यक्रान्तिका दौरान र पछि नेपोलियनको युद्धमा कतिपय मुलुकका राजाहरू भागे। तर जनताले विदेशी सेनाको प्रतिरोध गरिरहे। इतिहासकारहरूले फ्रान्सेली युद्धका त्यस्ता उदाहरणहरूबाट राष्ट्रियताको सिद्धान्तको उदय भएको विवरण लेखेका छन्। ...... खासगरी गान्धी र माओत्सेतुङको नेतृत्वमा भारत र चीनमा भएको स्वाधीनता आन्दोलन राष्ट्रियताको इतिहासका स्वर्णिम अध्याय हुन्। .....पछि द्वितीय महायुद्धका क्रममा गान्धी र माओबाट प्रेरणा लिएर एसिया र अफ्रिकाका अनेक देशमा स्वाधीनता आन्दोलन विजय भए। ..... नेपाल कहिल्यै प्रत्यक्ष रूपमा कुनै विदेशी शासकका आधिपत्यमा रहेन। यसलाई सम्झेर नेपालका प्रखर राष्ट्रवादीहरू ठूलो गर्व गर्छन। ..... पृथ्वीनारायण शाहले नेपाललाई ‘असिल हिन्दुस्ताना’ भनेका थिए। राणाहरूले आफू शुद्ध हिन्दु भएको प्रचार गरेर भारतका कट्टर हिन्दुमाझ समर्थन जुटाएका थिए। २००७ साल अघिको राष्ट्रियता यस्तै चिनारीमा सीमित थियो .....

तत्कालीन राणाशासकले राजा त्रिभुवनलाई राष्ट्रद्रोहीको संज्ञा दियो।

..... दिल्ली–सम्झौता धोखा हो भनेर डा. के.आई. सिंहदेखि कम्युनिस्टहरूले पनि भने। राणा शासनका समर्थकलाई दिल्ली–सम्झौता यसै पनि सुपाच्य थिएन। ...... ०७ सालको क्रान्तिपछि नेपालमा आधुनिकीकरणका केही प्रयास थालिए। ....त्रिभुवन राजमार्ग एउटा त्यस्तै प्रयास थियो। ....... त्रिभुवन राजमार्ग निर्माणलाई भारतीय हस्तक्षेपका रूपमा वामपन्थी कविहरूले भत्सर्ना गरेको अझै पढ्न सकिन्छ। संक्षेपमा भन्दा

०७ सालपछिको नेपाली राष्ट्रियता मूलत: भारतविरुद्ध लक्ष्यित रहेको थियो। यो परम्परा आज पनि कायम छ।

...... ०१७ सालपछि भने राजा महेन्द्रले एउटा आक्रामक राष्ट्रियताको प्रचार-प्रसार गरे। ...... भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू राजा महेन्द्रको ०१७ सालको सैनिक ‘कू’को आलोचक थिए। ...... राजा महेन्द्रले राणाशाहीभन्दा पनि एक कदम अगाडि बढेर हिन्दु पहिचानको दुरुपयोग गरे। ...... उनी मधेसप्रति शंकालु थिए। ठिक त्यस्तै जनजातिप्रति पनि उनको दृष्टिकोण बढीमा कृपावादी थियो। उनको राष्ट्रियताको परिभाषा ‘एक राजा एक देश, एक भाषा एक भेष’को नारामा व्यक्त भएको थियो। उनले ०७ सालपछि लगत्तै लागु गरिएको नागरिकताको कानुनलाई अत्यन्त अप्ठेरो बनाए। ...... जनता, जनताको अगाडि उपस्थित समस्या, त्यस समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्त्व हुन्। राष्ट्रियतालाई यसरी विचार गर्दा त्यसमा भूगोलको भूमिका गौण भएर जान्छ।’ ..... राष्ट्रको मर्म बुझ्दा इटलीका मेजिनी वा जर्मनीका हडरको उद्धरण सामान्य अर्थमा अनुपयोगी हुन्छन्। ठिक त्यस्तै गान्धी, माओ वा होचिमिनको राष्ट्रवाद पनि नेपालका हकमा यथावत् पैँचो लिन सकिँदैन। .... अंग्रेजसँगको लडाइँका दरमियान नेपालको आजको भू–राजनीतिको निर्धारण भयो। .....

सुगौलीको सन्धिका दिनदेखि नै नेपाली राज्यमा लामो समयदेखि एक जाति विशेषको बर्चस्व रहेको छ। .. सरकार, निजामती सेवा, प्रहरी, सेना, शैक्षणिक संस्था सबैमा उसैको बाहुल्य छ। त्यो देखेर हाराहारी नै जनसंख्या भएका मधेसी र जनजाति आफ्ना असन्तोष व्यक्त गर्दैछन्। दलितको छट्पटी आफ्नो ठाउँमा छ। शासक समूह भने संविधान र प्रजातन्त्रलाई देखाएर त्यस्तो असन्तोष र छट्पटीलाई सम्बोधन गर्न चाहन्छ। यो सम्भव देखिँदैन।

....... सम्झौता गर्न ढिलो भयो भने श्रीलंका वा युगोस्लाभियाको अवस्था नेपालमा पनि सिर्जना हुनसक्छ। हिजोका राजनीतिक मान्यता र आग्रहका आधारमा आजको समस्या हल हुँदैन। ‘जीवन हरियो हुन्छ, नित्य पालुवा फेर्छ, सिद्धान्त खोक्रो हुन्छ, थोत्रो हुन्छ’ भनेर लेनिन भनिरहन्थे। यो उनको मौलिक कथन पनि होइन। जीवनको अकाट्य सत्य हो। ....... पाकिस्तान, हिन्दुस्तान, नेपाल वा बंगलादेशमा प्रत्येक मुलुकमा कवि छन्, चित्रकार छन् र क्रिकेट वा फुटबलजस्ता खेलका प्रेमी पनि छन्। .....

एउटा राष्ट्रका वासिन्दा एकातिर दिपावली गर्दै थिए। अर्कोतिर अन्धकार थियो। राजधानीमा जलसा थियो, मधेसमा गोली चलेको थियो। तत्कालीन नेतृत्वले संवेदनहीनताको लज्जाजनक प्रदर्शन गरेको थियो।

..... अहिले प्रधानमन्त्री केपी शर्मा ओली लगायत आग्रहीहरू प्रदेशको सीमांकनको निम्ति खुल्ला रहेको कुरा अगाडि ल्याइरहेका छन्। यस परिस्थितिमा मधेसवादी दल र शक्तिहरूले पनि आवश्यक भए एक कदम पछाडि हट्नुपर्छ। सम्झौताको मर्म हो यो।
कांग्रेसमा वंश, वृद्ध र बजारको धुन
तिनका ओठमा प्रजातन्त्र छ, लोकतन्त्र छ। तर रुढ संस्कार र दम्भी व्यवहारमा छ, राजसी वंशतन्त्र। समय कहाँबाट कहाँ पुगिसक्यो, तैपनि कांग्रेसमा वंशको विरासतको महिमा अपरम्पार छ। ........ कांग्रेसमा उमेरको परिभाषा अजीव छ। कांग्रेसमा कोही कहिल्यै बूढो हुँदैन। ...... भनेको मान। उच्चपदको आस नगर। सन्तोषी बन। लेखेको पाइन्छ, देखेको पाइँदैन। धैर्य गर, प्रतीक्षा गर। बालकृष्ण समका शब्दमा ‘बेला वसन्तको पर्ख जिन्दगीको हठी बनी, सहु-सहु-सहु बाबु सहनै नसके पनि। ....... आरोपको निर्वाह चलाउन हिजो दरबारको एजेन्ट भनिन्थ्यो। अब दरबार छैन। मौसमी राष्ट्रवादको याम छ। त्यसैले आरोपको गर्जो टार्न अहिले दिल्लीको दलाल चल्तीमा छ। जो आफ्नो सिंहासन ताकेर माथि उक्लिन खोज्छ, त्यो दिल्लीको दलाल हो। .... आरोप लगाउने ब्रह्मज्ञानीहरू तिनै हुन्, जसले पटक–पटकको दिल्लीधामको तीर्थाटनबाट अगाध पुण्य आर्जन गरिसकेका छन्। ..... वृद्ध कांग्रेसीहरूका कर्ममा यी संज्ञाहरूको विकल्पमा बासी वंशतन्त्र, मौसमी उग्र राष्ट्रवाद र नरभक्षी बजारबाद क्रियाशील छन्। ..... आखिर देश र जनताले के पाए? देश र जनताले गरिबी र बेरोजगारी पाए। देश र जनताले परनिर्भरता र परवशता पाए। ..... यो निर्णायक घडीमा बहुसंख्यामा रहेका मताधिकारी कांग्रेसी युवाहरू के सोच्दा हुन्?
मनोरञ्जक महाधिवेशन

यस्तो प्रतीत हुन्छ, नेपालको एक पुरानो पार्टी नेपाली कांग्रेसको मूल विचारधारा अरु केही नभएर परिवारवाद हो।

...... बीपीपुत्र शशांकको वंशवाद र पौडेलको मौखिक समाजवादमा त्यति अन्तर नहुन पनि सक्छ। ...... तर राष्ट्रको सिमाना नाघेर देउवा अन्तर्राष्ट्रिय स्तरका समाजवादी नेताको रूपमा स्थापित भइसकेका छन्। यसको सुदृढ प्रमाणका लागि सोसलिष्ट इन्टरनेसनललाई प्रस्तुत गर्न सकिन्छ। यो अन्तर्राष्ट्रिय समाजवादीहरूका सुप्रसिद्ध संगठनमा शेरबहादुर देउवा उपाध्यक्षका रूपमा लामो समयदेखि कार्यरत छन्। अब उनको अन्तर्राष्ट्रिय समाजवादी छविको योभन्दा ठूलो सबुत अरु के हुनसक्छ? ..... तेह्रौं महाधिवेशनमा आएर ससुरा अर्जुननरसिंह केसी र उनका छोरी-ज्वाइँ गगन थापाले कांग्रेसी परिवारवादमा रोचक आयाम थपे
नेपाली कांग्रेस : अवसर गुमाउने संकेत
तेह्रौं महाधिवेशन संघारमा आइपुग्दा पनि नेपाली कांग्रेसले आफ्नो आदर्श, सिद्धान्त, कार्यक्रम, कार्यनीति र संगठनात्मक रणनीतिका विषयमा बहस र चर्चा गरेको छैन। संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेको राजनीतिक परिवेश र समाजलाई लोकतान्त्रिक शक्तिले कसरी र कुन विचारका आधारमा नेतृत्व गर्ने भन्ने सबैको जिज्ञासाको कुनै समाधान दिनसक्ने लक्षण पनि कांग्रेसले देखाएको छैन। परम्परागत ढर्रामै तेह्रौं महाधिवेशन भइरहेको देखिन्छ। ...... कृष्णप्रसादका प्रधानमन्त्री र पार्टी सभापति भएका तीनैजना पुत्रहरू मातृका, बीपी र गिरिजाप्रसादको राजनीतिक उत्तराधिकारित्वका अन्तिम अवशेष सुशील कोइरालाको अवशान भएपछि त्यस वंशको राजनीतिक विरासतमा विराम लागेको छ। ...... कृष्णप्रसाद कोइरालाको पारिवारिक विरासतको अन्त्य भएको छ .... शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा कृष्ण सिटौलादेखि अर्जुननरसिंह केसी, रामशरण महत हुँदै गगन थापा ..... ०४८ मा पिता गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि प्रथम महिलाका रूपमा स्थान लिने लोभले सुजातामा आरम्भ राजनीति गिरिजाप्रसादको नाम नजोड्ने हो भने करिब शून्यमा पुग्छ। डा. शशांक त राजनीतिमा लागेको दस वर्ष पनि भएको छैन ..... सुजाताले पदाधिकारी दाबी गरिरहँदा मीना खड्का वा उमा रेग्मीहरू जस्ताको संघर्षमय गाथालाई भुसुक्क बिर्सेजस्तो लाग्छ। ..... ०६३ पछि उदाएका गगन थापाले पनि महामन्त्री दाबी गरिरहेका छन्।


दुई सय वर्षअघिको त्यो सन्धि: जसले नक्सा परिवर्तन गर्‍यो
सन् १८१६ को फेब्रुअरी २७ । जनरल अक्टरलोनीको नेतृत्वमा अंग्रेज फौज मकवानपुरगढी पुगिसकेको थियो । ..... नेपालका आठ सय फौजको ज्यान गएको थियो । फेब्रुअरी २९ कर्णेल कोलीको नेतृत्वको अंग्रेज फौजसँग हरिहरिपुरगढमा अर्को युद्ध भयो । ..... राजधानी काठमाडौंमा हल्ला फैलियो, अक्टरलोनीको फौज काठमाडौंतर्फ बढ्दै छ । ..... भनिन्छ, त्यसैको डरले देशका बहुमूल्य सम्पत्ति अन्यत्र सार्ने काम पनि भएको थियो । सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्ध खासमा समाप्त भइसकेको थियो । फेब्रुअरीको अन्तिम साताका यी सबै सैनिक गतिविधि त्यस युद्धको अन्तिम केही क्षण मात्र थिए । युद्ध त मेतिर नै समाप्त भइसकेको थियो । ..... त्यति बेला नेपाल अंग्रेजविरुद्धको युद्धमा जताततै पराजित भइरहेको थियो । नेपाल नाजुक मोडमा पुगिसकेको थियो, जहाँबाट नेपाल अगाडि बढ्न सक्ने कुनै स्थिति नै तयार भएको थिएन । आत्मसमर्पणको दबाबमा रहेका अमरसिंह थापाले मे १५ मा जनरल अक्टरलोनीसँग सन्धिमा हस्ताक्षर गर्न बाध्य भए । यस सन्धिपछि नै अंग्रेजसँगको युद्ध समाप्त भएको थियो । .....

यसै परिस्थितिमा सुगौली सन्धि भएको थियो, जसलाई इतिहासको भाषामा एउटा विजयी सेनाले पराजित देशमाथि गर्न बाध्य पारिएको सन्धि भनिन्छ । सुगौली सन्धि नेपालका लागि धेरै अर्थमा अपमानजनक थियो ।

...... यो सन्धिका केही धाराले नेपालको स्वतन्त्र अस्तित्व अस्वीकार गरेको थियो ...... सुगौली सन्धि तय भयो, तर त्यसलाई नेपालले अनुमोदन गर्न लामै समय आनाकानी गरेको थियो । त्यसको पहिलो कारण थियो, नेपाल अंग्रेजसँग फेरि युद्ध गर्न चाहन्थ्यो । ...... नेपालको दाउ थियो, वर्षाको समय लाग्नुपर्छ, अंग्रेजसँग फेरि युद्ध सुरु गर्ने ..... नेपाललाई त्यति बेला सबैभन्दा बढी निराश चीनले गरेको थियो । नेपालले यसअगाडि तिब्बतसँग पनि युद्ध गरेको थियो र त्यस युद्धपछि भएको सन्धि अनुसार तेस्रो पक्षसँग युद्ध भएमा चीनले नेपाललाई सहयोग गर्नुपर्ने थियो । .... तर, चीन पनि त्यस युद्धमा होमिन चाहेन । ........ सन्धि अनुमोदन गर्न अगाडि नेपालका यी सबै घटनाक्रमलाई इस्ट इन्डिया कम्पनीले नजिकबाट हेरिरहेको थियो नै । त्यसैले नै अंग्रेज सेना राजधानी काठमाडौंको यति नजिक आइपुगेको थियो, चेतावनीको ठूलो सन्देश लिएर ..... नेपाल सरकारको लालमोहरसहित स्वीकृत भएको सुगौली सन्धि लिएर चन्द्रशेखर उपाध्याय अक्टरलोनीको छाउनीमा पुगे । .....

नेपाली इतिहासकै सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’

...... नेपालले कुमाउँ, गढवाल, नैनीताल, दार्जिलिङजस्ता स्थान गुमाएको थियो । यी स्थानमा इस्ट इन्डिया कम्पनीले सुरुदेखि नै आँँखा लगाएको थियो । ..... युद्धकै क्रममा अंग्रेजले राम्रोसँग बुझेका थिए, नेपाली वास्तवमै बहादुर हुन्छन् । यिनीहरू भारतका अरू राज्यका सेनाजस्तो कमजोर र सधैंका लागि चुप लाग्ने खालका छैनन् । ...... त्यसैमा टिकेर अंग्रेजले पछि नेपालबाट धेरै फाइदा लिन खोजेको थियो र त्यो कालान्तरमा पूरा पनि भयो । ...... सन् १९२३ मा चन्द्रशमशेरको पालामा अंग्रेजले औपचारिक रूपमा नेपालको सार्वभौमिकता स्विकार्दा ...... अंग्रेजविरुद्धको युद्धताका नेपालका सर्वेसर्वा थिए, भीमसेन थापा । अंग्रेजसँग युद्ध गर्ने निर्णय उनकै थियो । त्यसैले इतिहासकार बाबुराम आचार्यले भीमसेन थापाबारे लेख्दा प्रश्न उठाएका छन्, ‘लडाइँको मैदानमा कहिल्यै पनि पाइला नटेकेका यिनलाई लडाइँका मोर्चाका विभीषिकाबारे के पो थाहा ?’ आचार्य युद्धको सबै दोष भीमसेन थापालाई दिन चाहन्छन् र यसको कारण उनको घमण्ड मान्छन् । ...... नेपाली सेनामा प्राविधिक ज्ञानको कमी थियो । .... दुई पक्षको सेनामा शक्तिको ठूलो असमानता थियो । नेपाली सेनामा सञ्चार र सम्पर्कको अभाव थियो । र, केही हदसम्म नेपालीमा एकताको कमी पनि थियो, किनभने ठूलो संख्यामा भारदार भीमसेन थापाको विरोधमा थिए । ..... अंग्रेजको मनसाय नै युद्ध थियो । त्यसैले युद्ध रोकिन सकिने स्थिति थिएन । ..... नेपालको विस्तार सधैंका लागि रोकियो .... नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप यही समयबाट सुरु भयो । .... सन्धिअनुसार अंग्रेज रेजिमेन्टले काठमाडौंमा प्रवेश पाएको थियो । अंग्रेजी हस्तक्षेप भीमसेन थापाकै पालामा कतिसम्म बढ्यो भने यो नै अन्तत: उनको पतनको कारण बन्यो । ...... सन्धि अगाडिसम्म नेपाली सेना मात्र होइन, भारदारको मनस्थिति नै लडाकु थियो । युद्ध के रोकियो, विशेषत: भारदारहरू फुर्सदिला हुन थाले । यही फुर्सदले नेपाली राजनीतिमा सधैंका लागि षड्यन्त्रलाई प्रवेश गरायो । ...... यसको पहिलो सिकार त भीमसेन थापा नै थिए । उनको अन्त्यसँगै यो षड्यन्त्र रोकिएन । नेपाली दरबारमा हत्याको क्रम सुरु भयो र यसैको परिणाम मानिन्छ, कोतपर्व र भण्डारखाल पर्व । ...... लामो समयको विवादपछि रणोद्दीप सिंहको पालामा नेपालीलाई ब्रिटिस सेनामा भर्नाको पूर्ण स्वतन्त्रता दिइयो । ...... सन् १९४७ मा अंग्रेजबाट स्वतन्त्र भएपछि बनेको स्वतन्त्र भारतसँग नेपालको अहिलेसम्मको राजनीतिक सम्बन्धको जगमा पनि यही सन्धि बस्यो ।

Comments