Nepal News (4)

मधेशी दललाई एकता गर्न बुद्धिजिवीहरुको सुझाव
नाकाबन्दी खोलाउन भएको राजनीतिक कसरतहरु यस्तो रहेछ
मधेस आन्दोलन असफल बनाउन राज्यको चार रणनीति
सामान्यता आन्दोलन तयारीका तीन चरण हुन्छन् । विद्रोहलाई संगठित तरिकाले अगाडि बढायो र सत्ताले पनि त्यसलाई स्वीकार्यो भने मात्र आन्दोलन हुन्छ । आन्दोलन भनेको नै सत्तामा सामेल हुनका लागि हो । आन्दोलनले आमूल परिवर्तन दुनियाँमा कहीं कतै भएको छैन । सत्ता तयार हुँदैन र आन्दोलनकारी तयार हुन्छन् भने आन्दोलन क्रान्तिमा परिवर्तन हुन्छ । क्रान्तिमा गएपछि सत्ताको उलटपुलट हुन्छ । सामाजिक मूल्य–मान्यता बदलिन्छ । आर्थिक सम्बन्ध परिवर्तन हुन्छ । सांस्कृतिक मूल्य–मान्यता अर्को आउँछन् र त्यसबेला मात्र क्रान्ति भएको ठहरिन्छ । ....... पहिलो : मधेसी–मधेसीबीच फुट सिर्जना गर्न कसैले आफूलाई क्रान्तिकारी भन्ने, कसैले आफैंलाई आन्दोलनकर्मी भन्ने, कसैले आफूलाई विद्रोही भन्ने । त्यसले गर्दा शक्ति नै छरियो । दोस्रो : मधेस आन्दोलनलाई एक्ल्याउने । जनजातिसँग मिल्न नदिने, दलितसँग मिल्न नदिने, खस आर्यसँग जोडिन नदिन यसमा मिडियाको भूमिका हुन्छ कि बौद्धिकको भूमिका हुन्छ कि सबैलाई राज्यले प्रयोग गरे । तेस्रो : अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउनका लागि यो त सशस्त्र हुँदै छ । हिंस्रक हुँदै छ । यो विखण्डनवादी हो भन्ने किसिमले भ्रम छरियो । कुकुरलाई बदनाम गर अनि गोली हान्देउ । यो कुकुर त बौलायो गोली हान्न उचित छ भन्ने किसिमको रणनीति राज्यले अपनाएको छ । चौथो : राष्ट्रभित्रै पनि स–साना समूहलाई एक्ल्याउने काम गरियो । त्यसलाई राष्ट्रिय आन्दोलनसँग जोड्न दिइएन । राष्ट्रिय आन्दोलन भन्नेबित्तिकै विखण्डनकारी भन्थे । त्यसमा मिडियाले पनि त्यस्तैगरी साथ दियो किनभने मिडियाले पनि त्यही महेन्द्रमाला पढेका छन् । बुद्धिजीवीले पनि त्यही महेन्द्रमाला पढेका हुन् । ........ राज्य सत्ताले षड्यन्त्रमूलक रणनीति अपनाउँदै गयो भने यसलाई क्रान्ति हुनबाट कसैले रोक्न सक्दैन । र, क्रान्ति कुनै बाटोमा हिँड्दैन । क्रान्ति जहिले पनि पहाडीखोलाजस्तो हो । त्यसले आफ्नो बाटो आफंै बनाउँछ । ..... क्रान्तितिर यो मधेस विद्रोह जाने हो भने कहाँ जान्छ, कसैले भन्न सक्दैन । त्यो कुरा राज्य सत्तालाई विभिन्न तरिकाबाट सम्झाउन सकिन्छ । राज्यभित्र मधेसीजस्तै तामाङ, थारू, मगरजस्तै अन्य समूह छन् । उनीहरूसँग एलाइन्स गर्न गाह्रो छ । पहाडी जनजातिमा पनि गोर्खालीकरण भएको छ । उनीहरूमाथि शोषण भए पनि त्यसलाई उनीहरूले नियतिकै रूपमा स्वीकार गरेर बसेका हुन्छन् । काठमाडांैका एकथरि नेवार त हामी पनि गोर्खाली नै हौं, हामी राज्यसत्ताकै अंग हौं भन्नेसम्ममा पुगिसकेका छन् । केही जनजाति जस्तै गुरुङले पनि गोर्खाली भनेको त हामी हौं भन्न थालेका छन् । ...... अन्तर्राष्ट्रिय जगत्लाई पनि यो आन्दोलन सिभिल राइट्स मुभमेन्ट्स हो । यो नागरिक अधिकारको आन्दोलन हो । ...... मधेस आन्दोलनको सबैभन्दा कमजोर पक्ष भनेको अन्तर्राष्ट्रिय सम्बन्ध नै हो । अन्तर्राष्ट्रिय रूपमा कुनै कामै भएको छैन भन्दा पनि हुन्छ । माओवादीको अन्तर्राष्ट्रिय सम्पर्क सूत्र भारतमात्रै होइन कि अमेरिकासम्म पनि पुगेको थियो । काँग्रेसको दुनियाँभरि फैलिएको छ । अन्तर्राष्ट्रिय रूपमा कमजोर भएको एउटा माले थियो । त्यसले एउटा पनि आन्दोलन गर्न सकेन । जहिले पनि सत्तावरिपरि रह्यो र प्रधानमन्त्रीसम्म पायो तर मालेले कहिले पनि कुनै आन्दोलन गर्न सकेन । मधेस आन्दोलन पनि झन्डै–झन्डै मालेको ताल भयो । भित्र खुब उफ्रिने तर बाहिर कतै केही छैन । बौद्धिक तयारी छैन, मिडियामा कोही छैनन्, कूटनीतिमा कोही छैनन्, त्यसले गर्दा आफ्नो कुरा कहीं कतै पुग्न सक्दैन । आन्दोलन गर्नका लागि आन्तरिकले मात्र हुँदैन बाह्य सहयोग पनि चाहिन्छ । समर्थ नै नभए पनि सम्पर्क हुनैपर्छ । ....... लड्न लडाइँ नै हो तर सेनापति चार (मधेसी मोर्चा) थरी छन् । एक–अर्काबीच कुरा पनि हुँदैन । यसरी हुँदैन । .....

भीष्मपितामहको सेनापतित्वमा पाण्डवविरुद्धमा कुनै ठूलो कारबाही भएन किनभने उनीहरू आफ्नै मान्छे थिए ।

...... एउटा कमान्डर हुनैपर्छ । कमान्डर देखाउनलाई मात्र होइन, त्यसलाई अधिकारसम्पन्न बनाउनुपर्छ । ...... यदि आन्दोलनमा जाने हो भने त्योअनुसारको तयारी हुनुपर्छ । त्यसका लागि संगठन व्यापक हुनुपर्छ । नेतृत्व विकास गर्नुपर्यो । बौद्धिक तयारी हुनुपर्यो । अन्तर्राष्ट्रिय सम्पर्क हुनुपर्यो । ...... परालको आगो, काठको आगो, कोइलाको आगो के रोज्ने हो एउटा कुनै रोज्नुपर्छ ।
प्रदीप गिरी: कांग्रेसमा गुट छैन, गिरोह छ
'चरी र घैंटेहरुसँग न विचार हुन्छ, न मूल्य हुन्छ'
कांग्रेसमा गुटको ठाउँ गिरोहले लिएको छ । गिरोह भनेको उही चक्रे मिलनको गिरोह, जसमा कसैले चक्रे मिलनलाई च्यालेन्ज गर्‍यो भने ‘उठाओ बन्दुक, ओर लगाओ निसाना’ भन्दैन ? अहिले कांग्रेसमा गिरोहवादी प्रवृत्ति एकदमै बलियो भएर गएको छ । गुटका नाममा गिरोह बन्दैछ । ...... काठमाडौंमा चरी काण्ड, घैंटे काण्ड, चक्रे मिनल भन्ने छ नि, उनीहरु पनि त्यसै ग्याङ चलाउँदैनन् । ८/१० जना, ५०/६० जना मान्छे लिएर हिँड्छन् । मैले धेरै वर्ष पहिले ग्याङमा आधारित हिन्दी फिल्म कम्पनी भन्ने हेरेको थिएँ । हिन्दुस्तानका नामुद गुण्डाहरुको जीवनमा आधारित छ त्यो । .... गिरोहको पनि चरित्र राजनीतिक हुँदैन । ..... गिरोह कुनै अर्थमा पार्टी र गुटभन्दा फरक हो । किनभने गिरोहमा राजनीति हुँदैन, विशुद्ध तत्कालिक लाभका लागि बनेको समूह हुन्छ । जस्तो-एउटा विजनेश ग्रुप हुन्छ । कर्पोरेट कम्पनीलाई त तपाई पोलिटिकल मान्नुहुन्न, विशुद्ध नाफाका लागि बनेको हुन्छ र कानुनसम्मत हुन्छ । गिरोह-ग्याङ कसरी बन्छ ? त्यो गैरकानुनी ढंगले कमाउनका लागि । ........

यो गिरोह गिरिजाबाबुका पालामा सुरु भएको थियो ।

गिरिजाबाबु हाट्टहुट्ट गर्ने काम बडो गर्न थाल्नुभएको थियो ...... गिरिजाबाबुले कहिल्यै पार्टीमा सैद्धान्तिक कुरा राख्नुभएन । आफ्नो पक्षमा समर्थन जुटाउँदा त्यसका मूल्य र मान्यता के छन् हेर्नुभएन । त्यसैले गिरिजाबाबुले जुनसुकै पार्टीका मान्छेलाई आमन्त्रण गर्नु भो । उहाँलाई मद्दत गर्ने मान्छे कट्टर कम्युनिष्टलाई पनि ल्याउनुभो । पञ्चायतका मान्छेलाई पनि ल्याउनुभो । नाम भन्दा ठीक हुँदैन । एक से एक गुण्डाहरु ल्याउनुभो । किनकि उहाँलाई पार्टीमा बलियो बन्नुथियो । किसुनजीले एउटा पनि संदिग्ध चरित्रको मान्छेलाई पार्टीमा ल्याउनुभएन । यसरी पार्टी विस्तारै गिरोहमा परिणत हुँदै गयो । ...... गिरोहमा राजनीतिको बहस हुँदैन । लुटी ल्याउने, भुटी खाने -डकैती गर्ने र बाँडीचुँडी खाने) हुन्छ । त्यहाँ पनि हल्का हुँदोहोला, झ्यालबाट छिर्ने कि ढोकाबाट भनेर बहस त हुन्छ होला । .... हाम्रो नेपाली कांग्रेस पार्टीको अहिलेको रोग गुट होइन, गिरोहको हो ।

Comments