Thursday, March 17, 2016

Nepal News (18)

पूर्वप्रधानमन्त्री भट्टराई महिनाको एक रात जनताको घरमा बास बस्ने
काँग्रेस, एमाले र एमाओवादीसँग बच्न भन्दै अध्यक्ष महतोले दिए थ्रेट
बैशाख देखि पुनः कडा आन्दोलन गर्ने चेतावनी
मधेश आन्दोलनका स्वरुप परिर्वतन हुँदा मधेश विरोधी दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीमा रहेका बहुरुपियाहरु फेरी मधेश पसेको र त्यस्ता बहुरुपियाबाट मधेशी जनतालाई सजग रहन सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताए । ..... संविधान सभाको चुनावमा जात पात तथा विभिन्न प्रलोभनमा पारी मधेश विरोधी दलका नेताले मधेशबाट अत्याधिक मत प्राप्त गरी मधेशी जनताको हक कटौती गरी संविधान बनाएको र आफ्नो अधिकारका लागि मधेशी जनता आन्दोलन गर्दा गोली हान्ने काम गरेकोले आज दुनिय चकित भएको अध्यक्ष महतको कथन थियो । ..... विभिन्न पार्टी प्रत्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्ने सयौँ कार्यकर्तालाई महतोले सदस्यता समेत प्रदान गरे ।
कांग्रेसका मधेशी नेताहरु बन्धुवा मजदूर मात्र हुन् (विचार) -- ओमप्रकाश सर्राफ
नेपाली कांग्रेसको १३औ महाधिवेशनमा प्रदेश नम्बर २ अर्थात हालको मधेश प्रदेशबाट रमेश रिजाल र आनन्द प्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । दुबै नेतागण पहाडी मूलका व्यक्ति हुन् । यसबाट यो स्पष्ट भएको छ कि नेपाली कांग्रेसमा आज पनि कोहि मधेसी नेता बनिसकेको अवस्था छैन । नेपाली कांग्रेसमा लागेका मधेशीहरु सबै कि कार्यकर्ता हुन या बन्धुवा मजदूर हुन् । ......... मधेशी कोटाबाट मधेशीहरुलाई नै हराएर पाँच जना मधेशीहरु निर्वाचित भएका छन्, भने मुस्लिमलाई नै हराएर फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । ..... कोषाध्यक्षमा मधेशीहरुलाई नै हराएर सीतादेवी निर्वाचित भएकी छिन् ।

छ जना महिलाको कोटा र पाँच जना दलित कोटामा एकजना पनि मधेशी निर्वाचित भएन भने खुलाको २५ कोटाबाट विमलेन्द्र निधि एक्लै विजेता हुन् भने कुल मिलाएर अहिलेसम्मका पदाधिकारीसहित ६४ जना केन्द्रीय सदस्यमध्ये सबै आरक्षण कोटा गरी जम्माजम्मी एक जना पदाधिकारीसहित आठ जना मधेशीहरु केन्द्रमा स्थान पाएका छन् ।

अब मनोनीत हुने एकाइस केन्द्रीय सदस्यको समावेशिता हेर्न बाँकी नै छ । ..... जबसम्म मन मस्तिष्क गुलामीबाट स्वतन्त्र हुँदैन तबसम्म न गरिबीबाट मुक्त हुन सकिन्छ, न भ्रष्टाचारबाट, न अशिक्षाबाट, न बेरोजगारीबाट मुक्ति प्राप्ति हुन्छ ।
भारतीय बिदेशसचिवले प्रधानमन्त्रीलाई भने- वाचा पुरा गर्नुहोस्
देउवा र मधेसी मोर्चाका नेताहरुसँग छुट्टै भेट
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने यो भेट शिष्टाचार मात्र भएको बताएका छन् । ..... देउवाको निवास बुढानिलकण्ठमा भएको भेटमा जयशंकरले सीमांकन हेरफेरको सम्भावनाबारे चासो रोखका थिए । जवाफमा देउवाले सहमतिबाट टुंग्गो लगाउन सकिने बताएका छन् ।

No comments: