Sunday, March 13, 2016

Nepal News (13)

आयो बाहुबली-२ को ट्रेलर (हेर्नुस् भिडियो)
दिल्ली गए मधेसी मोर्चाका नेताहरु, राजेन्द्र महतो किन गएनन् ?
नेपाल–भारत महिला मैत्री समाजको एक गोष्ठीमा सहभागी हुन मोर्चाका नेताहरु दिल्ली गएका हुन् । .... तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरु भारत गएका छन् । ...... सद्भावनाका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको काममा व्यस्त भएकाले दिल्ली गएका छैनन् । रौतहटको गौरमा पूर्वघोषित कार्यक्रम परेकाले महतो दिल्ली नगएका सद्भावनाका नेता मनिष सुमनले जानकारी दिए ।
मधेसको जायज माग सम्बोधन गर्नुपर्ने पक्षमा छु : प्रचण्ड
प्रचण्डले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाउन मात्र संविधान जारी गरेको बताए । उनले भने, ‘संविधान जारी नभएको भए देश अहिले ठूलो दुर्घटनामा परेको हुन्थ्यो । हामी बुझ्ने मान्छे भएकोले भएर संविधान जारी गर्न बाध्य भयौं ।’ ..... सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद समेत रह्नुभएका अध्यक्ष प्रचण्डले सिरहामा हवाई अड्डा बनाउने काम समेत अगाडी बढीसकेको बताए । उनले भने, ‘चुनावकै बेला म सिरहामा हवाई अड्डा बनाउने प्रतिवद्धता जनाएको थिए । त्यो काम पुरा गर्छौ । काम अगाडी बढिसेको छ ।’
मधेसवादी दलको विकल्प वार्ता मात्र : सीतादेवी यादब
विराटनगरस्थित कोइराला निवासमा शनिबार सञ्चारकर्मीसितको भेटघाटमा कोषाध्यक्ष यादवले संविधान संशोधनमार्फत मधेसवादी दलले राखेका कतिपय माग पूरा भइसकेकाले अब आन्दोलन आवश्यक नरहेको भन्दै वार्ता, संवाद, सहमति, सहकार्यबाट समाधान खोज्न आग्रह गरिन् ।

No comments: