Wednesday, March 09, 2016

नेपालको संविधान लाई राम्रो देख्ने छिमेकी हरु

५० वर्ष अगाडि संविधान लेखेका देश हरुले नेपालको संविधान लाई राम्रो देख्नु स्वाभाविक हो। गाउँ बाट काठमाण्डु आउँदा बाटो राम्रो देखिन्छ। अझ गाउँ बाट नजिक बजार पुग्दा बाटो राम्रो छ जस्तो लाग्छ।

राम्रो त छ तर के को तुलनामा?

मधेस आंदोलन ले अमेरिका को इंटरस्टेट हाईवे बनाएर अंतरिम संविधान मा राखिसकेको। त्यो झिकेर काठमांडु को रिंग रोड राख्ने काम गरिएको छ।

नेपालको संविधान राम्रो भन्ने हरुले के सँग तुलना गरेका?

मधेस आंदोलन का ११ माग सम्बोधन गरेर संविधान संसोधन हुन्छ अनि नेपालले एक्सपोर्ट गर्ने संविधान बन्छ। छिमेकी हरुले आफ्नो संविधान मा पनि लेख्नु पर्ने कुरा हरु थपिन लागेको हो।

२१ औं शताब्दी मा चार पाँच वटा क्रांति को बलमा लेखिने संविधान को स्टैण्डर्ड अर्कै हुन्छ। छिमेकी हरुको भन्दा राम्रो संविधान बन्न लागेको हो।


No comments: