Wednesday, March 09, 2016

के यो एक शब्द को आंदोलन हो?

मधेसी मोर्चाको ११ बुँदे बारे त्रिकोणात्मक Televised Debate गरौं तीन चार घंटा, तीन चार राउंड
मधेसी मोर्चा ११ बुँदे माग
मधेसी मोर्चा ११ बुँदे माग का पक्षमा तर्क हरु: Talking Points

बहुदल भनेको एक शब्द। २०४६। गणतंत्र भनेको एक शब्द। स्पष्ट। सन २००६। दुनिया भरि खारियेका शब्द ती। नेपालमा इम्पोर्ट गरिएको।

तर अहिलेको मधेस आंदोलन ले दुनिया लाई नै हाँक्न खोजेको छ। पहिला नेपाल मा स्थापित गर्ने अनि बेलायत फ्रांस तिर एक्सपोर्ट गर्ने। भने पछि यो एक शब्द मा अटिरहेको छैन।

तर एक शब्द को बानी परेको छ। कहिले मधेस, कहिले मधेसी, कहिले अधिकार, कहिले नाकाबंदी, कहिले हड़ताल। त्यो कुनै पनि शब्द ले आंदोलन को स्पिरिट कैप्चर गरेको छैन। त्यो समस्या हो।

यो एक शब्द को आंदोलन हुँदै होइन। यस आंदोलन ले शब्द हरुको बौछार खोजेको छ। ११ बुँदे के हो र किन? भनेको भन्यै गर्नु पर्ने भो। टॉकिंग पॉइंट्स मा जानुपर्ने भो। बिपक्षी को ११ बुँदे विरुद्ध का तर्क हरु खोजी खोजी बटुल्नु पर्ने भो। र नियमित काट्नु पर्ने भो। बेलायत फ्रांस सम्म पुग्दा यो आंदोलन ले पनि शायद आफ्नो एक शब्द पाइसकेको हुन सक्नेछ। तर अहिले त्यो एक शब्द प्रकट भइसकेको छैन।


No comments: