Sushil Koirala



परिवन्दले राजनीतिमा आएका सफल प्रधानमन्त्री
सुशील कोइरालाको आफ्नै सपना राजनीति थिएन । बाबु बोधप्रसाद उनलाई सरकारी जागिर खुवाउन चाहन्थे । उनको आफ्नो सपना भने हिरो बन्ने थियो, त्यो पनि हलिउडको । कोइराला परिवारसँग लामो संगत गरेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार राजा महेन्द्रले ०१७ साल पुस १ गतेको निरंकुश कदम नचालेको भए ‘सुशील दा’ अमेरिका हानिइसक्थे । ..... ‘हिरोका लागि अभिनय तालिम लिन भनेर अमेरिका जाने सबै तयारी भइरहेकै बेला राजा महेन्द्रको कदमले रोकियो ।’ ...... दोस्रो संविधानको निर्वाचनपछि दुई तिहाई मतका साथ प्रधानमन्त्री निर्वाचित हुँदा अविवाहित कोइरालाको अनुहार खुशीको भन्दा चिन्ताको मात्रा बढी देखिन्थ्यो । पार्टीको आन्तरिक व्यवस्थापन गर्नेदेखि राजनीतिमा जेलिएका मुद्दाहरुलाई ठीक ढंगले सम्बोधन गरी एक बर्षभित्र संविधान जारी गर्ने दायित्व लिएर कोइराला सिंहदरबार पुगेका थिए । ...... अवसर पाएर पनि राजकाजमा अनुभव नलिई सिधै प्रधानमन्त्री बनेका कोइराला सोचेजस्तै सफल भए । सबै राजनीतिक दललाई समन्वय गरेर अन्तत: कोइराला नेतृत्वमै असोज ३ मा संविधान जारी भयो र कोइरालाको उचाई बढ्यो । .....

समकालीन नेतामा लोभ, मोह नभएका नेतामा उनी पर्छन् । उनको जीवनशैली सामान्य छ । घर/सम्पति छैन । पार्टी सभापति हुनुअघि उनी भान्जाको घरमा बस्थे ।

१२ औं महाधिवेशनबाट सभापति चुनिएपछि उनी भान्जाको डेराबाट महाराजगञ्ज सरे । प्रधानमन्त्री भएपछि बालुवाटार प्रवेश गरे । बालुवाटार छाडेपछि उनी भतिजा संशाक कोइरालाको महाराजगन्जस्थित निवासमा बस्दै आएका थिए । ....... सुशील निकट नेता आनन्द ढुंगानाका अनुसार दाजुभाई छुट्टाभिन्न हुँदा पाएको नेपालगंजको ४ विघा सम्पति पनि बिक्री गरेर सकिसकेकाले अहिले उनीसँग सम्पति केही छैन । ...... ०१७ साल पुस १ गते प्रजातन्त्रको अपहरणपछि उनी १६ बर्षसम्म भारत प्रवासमा बसे । प्रवासमा बस्दा कांग्रेसको मुखपत्र तरुणको सम्पादन पनि गरे । नेपालमा करिब पाँच बर्षबन्दी जीवन बिताए । २०३० सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको कमाण्डमा भएको विमान अपहरण कान्डमा संलग्न भएका कारण उनी तीन बर्ष भारतमा जेल परेका थिए ...... गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा उनको सहयोगीको रुपमा सुशील वालुवाटारमा थिए । गिरिजाप्रसादकै आडमा उनले सत्ता र पार्टीभित्र विस्तारै आफ्नो पकड जमाउन थाले । तर,

मन्त्री हुने पटक–पटकको अवसर उनले लिएनन् ।

..... ०४६ सालपछि पार्टीभित्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछि नेतात्रय भनेर ‘आरएसएस’ अर्थात् रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यलाई दोस्रो पुस्ताका नेता मानिन्थ्यो । तर, सुशीलले सबैलाई पछि पार्दै पार्टी र सरकारको नेतृत्व लिन सफल भएका थिए । ....... ०४५ सालमा कोइराला पहिलोपटक पार्टीका केन्द्रीय सदस्य बनेका हुन् । उनलाई त्यतिबेला मध्यपश्चिमको पार्टी संगठन हेर्ने जिम्मा दिइएको थियो । सुशिल सँगै शेरबहादुर देउवालाई सुदरपश्चिम, रामचन्द्र पौडेललाई पश्चिमाञ्चल र शैलजा आचार्यलाई पूर्वाञ्चलको जिम्मा दिईएको थियो । आचार्यको यसअघि नै निधन भईसकेको छ । ...... ०५७ सालमा पार्टी संसदीय दलको नेतामा देउवासँग हारेका कोइराला ..... नाताले वीपी, गिरिजाप्रसाद र सुशीलका आमाहरु दिदीबहिनी हुन् । .....

सिन्धुलीको दुम्जाबाट व्यापार गर्न भनी कृष्णप्रसाद (वीपीका बाबु) मोरङ झरेका थिए ।

त्यहीबेला सुशीलका बुबा रंगेली झरेका थिए । वीराटनगरमा उनीहरुको स्थायी बसाई भयो । डिएफओको जागिर भएपछि बोधप्रसाद नेपालगन्ज गए । उनले त्यही घरबार बसाले । ...... आफूपछिको नेतृत्वमा ल्याउन गिरिजाप्रसादले आफ्नै जीवनकालमै उनलाई पार्टीको महामन्त्री, उपसभापति र कार्यबाहक सभापति बनाएका थिए । ..... ‘गिरिजाप्रसादमा कुनै पनि काममा तुरुन्त एक्सन लिने बानी थियो । त्यसका लागि उहांँ रिस्क पनि लिनुहुुन्थ्यो तर सुशिलदामा विस्तारै काम गर्ने बानी थियो, रिस्क लिन सक्नुहुन्थेन ।’ ...... कोइरालामा सबैलाई समन्वय गर्ने क्षमता थियो । तत्कालीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले समेत ल्याउन नसकेको संविधान उनकै पालामा जारी भयो । कांग्रेस नेताहरु यसलाई वीपीसँग तुलाना गर्ने गर्छन् । ‘वीपीले गर्न पूरा गर्न नसकेको सपना सुशीलकै पालामा पूरा भयो । पार्टीलाई पहिलो स्थानमा ल्याउने काम भयो,’ कांग्रेस नेता पौडेल भन्छन्, ‘उहाँका आदत र शैलीले संविधान ल्याउन सफल भयो भन्ने लाग्छ ।’ ..... राजनीतिमा लागेकै कारण कोइरालाले विवाह गर्ने योजना कहिल्यै बनाएनन् । जवान छँदा हतार गरेनन्, पछि राजनीतिक संघर्षका कारण विवाहतिर ध्यान नदिएको उनी आफंै बताउने गर्थे । आफन्तहरुले उनलाई विवाहको दबाव पनि नदिएका होइनन् । तर, उनी सबैलाई एउटै जवाफ दिन्थे, ‘सबैले बिहे गर्दैछन्, मैले बिहे नगरे केही हुन्न ।’
पूर्वका काेइराला जो पश्चिमका भए
०४८ यताका चारवटा निर्वाचनमा कोइरालाले कहिल्यै विकासे आश्वासन बाँडेनन् । सधै प्रजातन्त्र संस्थागत गर्ने मात्र कुरा गरे । चुनाब जितेर जाँदा पनि देखिनेगरी कुनै काम गरेनन् । ...... सुशीलकी आमा कुमुदिनी र वीपीकी आमा दिव्या दिदीबहिनी थिए ..... ‘हुर्केकै ठूलीआमाको घरमा हो । त्यसैले वीपीसँग सबैभन्दा नजिक भएको हो,’ केही महिनाअघि दिदी आभा शर्मा भण्डारीले कान्तिपुरसित भनेकी थिईन्–‘त्यही बसेर पढे–हुर्केको हो ।’ ...... भारत बलरामपुरबाट आईकम गरेका कोइरालाले उच्च शिक्षाको भने मौका पाएनन् । राजा महेन्द्रको ‘कु’पछि भूमिगत र निर्वासित हुनुपर्‍यो । दिदी आभाका अनुसार, उनको इच्छा हलिउडको हिरो हुने थियो । तर, ०१७ सालमा अमेरिका उड्ने तरखर गरिरहेका बेला राजा महेन्द्रले सैनिक ‘कू’ गरेर प्रधानमन्त्री वीपी कोइरालालाई पक्राउ गरेपछि सुशील रोकिए ।

वीपी जेल परेपछि सुशील भाउजु सुशीला र साना छोराछोरीको हेरचाह गरेर स्वदेशमै बसे ।

लगत्तै, भूमिगत र निर्वासित हुनुपर्‍यो । ......

सुशील कोइरालाको न घर थियो, न त घडेरी । बैक ब्यालेन्स त परको कुरा, प्रधानमन्त्री हुनुअघिसम्म बैक खाता समेत थिएन । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार, सम्पत्तिको नाममा कोइरालासँग तीन वटा मोबाइल थिए ।

....... कोइरालाका भाईहरुसँग भने घरजग्गा र प्रशस्त सम्पति छ । ०३६ सालमा अंशबण्डा हुँदा उनले अरु भाईसरह सम्पत्ति पाएका थिए । कोइरालाको भागमा मोरंगको बखरी गाउँमा ७ विघा खेत र विराटनगरको एउटा घडेरी परेको थियो । अविवाहित कोइराला भने पैत्रिक सम्पत्ति बेचेर पार्टी काममा लगाए । त्यसैले

उनी ‘भूमिहीन’ थिए ।

सादगी सुशील’दा
सादा जीवनशैली बाँच्ने सुशील कोइरालासँग हलिउडको अभिनेता बन्नेबाहेक देखिने महत्त्वाकांक्षा केही थिएन ..... भिसा, पासपोर्ट, प्लेन टिकट बोकेर अमेरिका उड्न ठिक्क परेका २१ वर्षीय युवा सुशीललाई राजा महेन्द्रको २०१७ पुस १ को सैनिक बलमा प्रजातन्त्र मास्ने एउटै घोषणाले फर्काइदियो । उनी राजनीतिक रंगमञ्चमा हाम फाले, लो–प्रोफाइलको कांग्रेस कार्यकर्ता भएर । ......

०१७ सालपछिका तीन दसक उनी भारत निर्वासित भए । विमान अपहरण काण्डमा समातिएर ०३० सालपछि तीन वर्ष भारतकै जेल बसे । जनमतसंग्रह हुनुभन्दा ठीकअघि गिरिजाप्रसाद कोइरालासँगै आम माफी पाएर स्वदेश फर्के । उमेरका कारण हलिउड महत्त्वाकांक्षाको म्याद गुज्रिसकेको थियो, उनी पञ्चायतविरोधी राजनीतिमै रहे । आन्दोलनका आँधीमय दिनहरूबीच घरजमतिर लाग्न सुरुमा भ्याएनन्, पछि चाहेनन् ।

...... गिरिजाप्रसादको निधन अघिसम्म उनको छुट्टै छवि स्थापित थिएन ......

गिरिजाप्रसादले अशक्तताका आखिरी दिनमा नेतृत्वका आकांक्षीहरूलाई पन्छाउँदै उपप्रधानमन्त्रीमा पुत्री सुजाता अघि सारेपछि भने सुशील खुलेरै दृश्यमा आए, विरोधमा लागे ।

त्यसअघिसम्म सभापति गिरिजाप्रसादका अधिकांश निर्णय पछिल्तिर कुनै न कुनै रूपमा उनै सुशील हुन्थे । ...... सुशील कार्यवाहक हुँदै ०६७ असोज ५ गते सभापति चुनिए । राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण दैनिकीसँग उनी त्यसपछि मात्रै जोडिएका हुन् । ...... पार्टीको कोटरीमा रमाउने, राष्ट्रिय सोच नभएको भनी सुशीलको कार्यक्षमतामाथि प्रश्न उठाउनेहरू कांग्रेस बाहिरमात्रै होइन, भित्रै पनि थुप्रै थिए । ..... ००७ सालमा कांग्रेसले, ०३५ सालमा तत्कालीन मालेले, ०५२ सालमा माओवादीले देखेको जनप्रतिनिधिबाट संविधान बनाउने सपना कार्यकालको सुरुमा खासै अपेक्षा नगरिएका सुशीलले सफल पारे । ......

संविधान जारी हुँदै गर्दा काठमाडौं र पहाडमा खुसियाली, मधेसी समुदायमा आक्रोश थियो ।

...... मोर्चाले सोमबार सीमानाका धर्ना र आमहडताल फिर्ता पनि लियो । संयोग, सुशील सोही रात ८० वर्षको उमेरमा दिवंगत भए । ..... साठीको दसक सकिने बेलासम्म राष्ट्रिय राजनीतिमा नोट नगरिएका यी नेतालाई पछिल्ला पाँच वर्षका योगदानले सधैंभरि सम्झाइरहनेछन् । ..... ‘राष्ट्रिय राजनीतिमा संवादहीनता आएका बेला आफ्नै अग्रसरतामा मोर्चालाई वार्तामा इन्गेज पनि गरिरहनुभयो ।’ ..... आफ्नो पैतृक सम्पत्तिसमेत छाडेका सुशीललाई गृहजिल्ला बाँकेतिरका कतिपय वामपन्थी नेता ‘सर्वहारा सुशील’दा’ का रूपमा लिन्छन् । ‘नैतिक चारित्रिक बलमा दृढतापूर्वक उभिने, पद पैसा होइन निष्ठाको राजनीति गर्ने, सरल जीवनशैली भएका मानिस पनि सार्वजनिक क्षेत्रको शीर्ष तहमा स्थान पाउन सक्छन् भन्ने उदाहरण हो सुशील’दा,’ आचार्यले भने । ....... ‘तडकभडक, हल्लाखल्ला नगरी पनि जनताको मनमा बस्न सकिन्छ भन्ने सोच ।’....नेपाल थप्छन्, ‘सारा जीवन निजी सम्पत्ति र स्वार्थबिना बिताउनुभयो, लोकतन्त्रका लागि अविचलित निष्ठा ।’

Comments