Monday, February 29, 2016

Nepal News (53)

(अन्तर्वार्ता) अबको सहमति भनेको निर्वाचन नै हो : निधि
‘मधेसमा कांग्रेसप्रतिको आकर्षण घटेको छैन, बढेको छ’
सहमतिमा सभापति चयन नभए म पनि ब्याक हुन्नः महत
‘अन्तर्राष्ट्रिय क्षेत्रले मानेको र पुरस्कृत गरेको ब्यक्ति हुँ म'
महाधिवेशनपछिको कांग्रेस र राष्ट्रिय राजनीति
यस पटकको प्रतिनिधि चयनमा यो प्रदेशले तथाकथित संस्थापन पक्षको बर्चस्वलाई अकल्पनीय ढंगले विस्थापित गरिदिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरीजस्ता जिल्लाबाट समेत शेरबहादुर देउवापक्षीय उम्मेवारहरू पार्टीको जिल्ला पदाधिकारी र महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर आएका छन् । यसले देउवा पक्षलाई त हौस्याएको छ नै, अहिलेसम्म आफ्नो गुटको एकल सभापति उम्मेदवारमा सहमति बनाउन नसकेको संस्थापन पक्षलाई पनि नयाँ ढंगले सोच्न र रणनीति बनाउन बाध्य पारेको छ । ..... खासगरी प्रदेश सीमाङ्कनका बेला कैलाली…–कञ्चनपुरलाई टुक्रिन नदिएका कारण तराई–मधेस देउवाप्रति धेरै सकारात्मक नहुने सामान्य अनुमान विपरीत प्रदेश नं १ को मोरङ र सिङ्गो प्रदेश नं २ बाट उनका पक्षमा प्रतिनिधिको उल्लेख्य संख्या निर्वाचित भएर आएको छ, जसलाई अब फरक ढंगले विश्लेषण गर्नुपर्ने अवस्था आएको छ । ....... सरकारमा रहँदा उनी सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका छायाजस्ता मात्र देखिन्थे । उनको नेतृत्वमा जारी भएको संविधानले मुलुकलाई निकास दिनसकेको छैन । संविधान जारी गर्न केही दिन पर्खेर असन्तुष्ट पक्षलाई पनि समेटेर लैजाने विकल्पलाई ओलीको लहैलहैमा उनले अस्वीकार गरे । ..... कोइराला परिवारभित्रै सुजाता, शशांक र शेखरबीच समन्वयको अभाव छ । रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार मान्न कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहहरू पनि तयार छैनन् ...... ‘सेन्ट्रिस्ट’ शक्तिका रूपमा स्वत: प्राप्त हुने लाभले नै उसको अस्तित्व रक्षा गरिरहेको छ । ..... अहिलेका सभापति पदका प्रत्यासी शेरबहादुर देउवा २०५२ सालमा प्रधानमन्त्री हुँदा आर्थिक सुधार र उदारीकरणका पक्षधरका रूपमा पहिचान बनाउँदै थिए । त्यो बेला खासगरी जलविद्युत उत्पादन आयोजनाका प्राथमिकताका दृष्टिले देउवाले ‘बिग इज बेटर’को पक्षमा र त्यतिखेरकी प्रभावशाली नेतृ शैलजा आचार्यले ‘स्मल इज ब्युटिफुल’को तर्कलाई अघि सारेका थिए । ..... अर्का प्रत्यासी रामचन्द्र पौडेलले आधुनिक परिवर्तित विश्व परिवेशअनुरूप आफूलाई प्रशिक्षित नै गरेका छैनन् । उनी अझै पनि कर्मकाण्डी समाजवादको अवशानमाथि रोइकराइ गरिरहेका छन् । .....

कांग्रेस महाधिवेशन लगत्तै सरकार परिवर्तनको कसरत हुने आम अनुमान छ ।

..... देउवा र पौडेल बीचको प्रधानमन्त्री र सभापति पद लेनदेनबारे गत साताको जुहारीलाई हेर्दा कांग्रेसभित्रका दुवै गुट सके पार्टी र सरकार दुवै हत्याउने र नसके दुवै छाड्ने जुवाडे मानसिकतामा रहेको देखिन्छ । .... अबको मूल नेतृत्व कोइराला परिवारको प्रभुत्व घेराभन्दा बाहिरको हुनेछ
नबनेकी ‘फस्र्ट लेडी प्राइम मिनिस्टर’
Prime Minister Oli Urges Morcha to give up rigid stand
Give up rigid position to seek solution, PM Oli tells Morcha
पुन: संविधान संशोधन गर्न तयार: प्रधानमन्त्री
संयन्त्र सो–केस होइन : ओली
Dahal vs Bhattarai
प्रमको मोर्चालाई आग्रह, ‘ओइरो बिनाको जाँतो घ्वाइँघ्वाइँ नपारौं’

No comments: