Wednesday, February 24, 2016

Nepal News (50)



सरकारले नस्लवादी नरसंहार गरेको सदभावना पार्टीको ठहर (विज्ञप्तिसहित)
मधेशीले नेपालको अन्तरिम संविधानद्वारा प्राप्त सिमित अधिकार समेत खोस्ने गरी बनाईएको नेपालको संविधान २०७२ विरुद्ध आन्दोलित हुनु मधेशी समुदायको बाध्यता हो ......

अभूतपूर्व जनसहभागिता र जनप्रतिरोधका कारण जारी मधेश आन्दोलन परिवर्तनका निम्ति भएका विश्व आन्दोलनकै इतिहासमा अविस्मरणिय रहनेछ

...... शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमा राज्यद्वारा गरिएको मध्ययुगीन बर्बरदमन, मानव अधिकारको घनघोर हनन्, नश्लवादी नरसंहारका ती कालादिनहरुको जती आलोचना गरे पनि कम हुन्छ । जसले गर्दा राज्यको नजरमा मधेशी आफनै देशको नागरिक हो की होइन ? जस्ता गम्भीर प्रश्न त उठेकै छन् साथै लोकतन्त्रको विश्वव्यापी मूल्य मान्यताको ठाडो उल्लंघन गरी लोकतन्त्र माथि नै कालो धब्बा लगाई दिएको छ । ...... प्रमुख सीमा नाकाहरुमा मोर्चाका शीर्षः नेताहरु स्वयं जिम्मेबारी लिए अनुरुप सद्भावना पार्टीको जिम्मेवारी विरगंज–रकसौल सीमा नाका अवरुद्ध गर्ने रहेको थियो । ...... मोर्चाका अन्य घटकका जिम्मेवारीमा रहेका विराटनगर–जोगबनी, भैरहवा–सुनौली लगायतका सीमा नाकाहरु मोर्चाका अन्य घटकहरुमा उदासिनताका कारण अवरुद्ध रहन सकेन जसले गर्दा आन्दोलन पनि कमजोर हुदै गयो । ......

विरगंज–रक्सौल झै सम्पूर्ण सीमा नाका पूर्णरुपमा बन्द गराउन हामी सफल भएको भए राज्यलाई घुडा टेकाउन यो आन्दोलनले नै संभव हुन्थ्यो होला !

...... अहिले आन्दोलनको स्वरुप फेरिएको छ तर आन्दोलन जारी नै छ । आन्दोलनमा एक कदम पछाडी हटनु भनेको दश कदम अगाडी बढनलाई हो । ...... परिवर्तित आन्दोलनको स्वरुपलाई पराजय या समाप्त भएको भन्ने भ्रममा परी आलटाल गर्ने प्रयास गरे राज्यले भयंकर दुर्घटना÷क्षतीको सामना गर्नुपर्ने ....... अवको आन्दोलन निर्णायक÷वारपारको हुने निश्चित भएको हुँदा सोही अनुरुप शक्ति संचय एवं व्यापक तयारी पनि आवश्यक रहेको छ । जसको निम्ति पार्टीको आफनो र आन्दोलनरत मोर्चाले अझै शक्ति संचय गर्नु आवश्यक रहेको छ । ...... पार्टीले पनि आगामी महासंघर्षको निम्ति आफनो सांगठनिक क्षमता बढाउनुको साथै मधेशी युवाहरुको अनुशासित, सृजनशील स्वयंमसेवक दस्ताको रुपमा मधेश रक्षाबाहिनी पुनः निर्माण गरी शक्ति संचयका निम्ति प्रशिक्षत गर्ने .......

“संघर्षको निम्ति सशक्त संगठन” को नारा सहित सांगठनिक सशक्तिकरणका निम्ति विभिन्न अभियानहरु संचालन गरिनेछ ।

...... आसन्न मधेश आन्दोलनलाई निर्णायक आन्दोलनमा रुपान्तरण गर्न १ महिने “निर्णायक आन्दोलनका लागि गाँव जागरण अभियान” संचालन गरिनेछ । ...... सद्भावना पार्टी राष्ट्रिय कार्य समितिको वैठक विराटनगरमा २०७२ चैत्र १५ र १६ गते आयोजना गरिनेछ । ..... सशक्त संगठनको निम्ति वर्गिय मंचहरुको राष्ट्रिय सम्मेलनको अभियान संचालन गरिनेछ जस्को निम्ति सद्भावना यूवा मंच, सद्भावना महिला मंच, विद्यार्थी मंच, सद्भावना दलित मंच, सद्भावना थारु आदिवासी जनजाति मंच, सद्भावना मुस्लिम मंच र मधेश रक्षाबाहिनीको राष्ट्रिय सम्मेलन÷महाअधिवेशन तयारी वैठक मिति २०७२ चैत्र १७ गते विराटनगरमा आयोजना गरिनेछ । ...... सद्भावना पार्टीको सदस्यता अनलाईन समेतबाट वितरण गरिनेछ । .... भावी आन्दोलनलाई निर्णायक बनाउन मधेश विरोधी संविधानमा हस्ताक्षर गर्ने मधेश विरोधी पार्टीका बन्धन र बाध्यता तोडी आन्दोलनमा सहभागी हुन उक्त पार्टीका सांसद, नेता तथा कार्यकर्ताहरुलाई आन्दोलनमा सहभागी हुन यो वैठकले अपिल गर्दछ
संयुक्त वक्तव्य नआउँदैमा भ्रमण असफल भएको टिप्पणी अनावश्यक : प्रम ओली
आफ्नो भ्रमण बक्तब्यको लागि नभई भारतको सद्भाव प्राप्त गर्नको लागि भएको भन्दै आफूले भ्रमणबाट भारतको सद्भाव लिएर जान लागेको बताएका हुन् । ..... एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भ्रमणलाई अतिरञ्जित बनाएको भनि गरेको टिप्पणीमा प्रधानमन्त्रीले भने, ‘कसले के भन्छ मलाई मतलब छैन । म प्रतिक्रियाको पछि लाग्ने मान्छे होईन । नेपाली जनताको विषय लिएर आएको हु त्यसमा म सफल भए । कसैले टिप्पणी गर्दा सबै कुरा बुझेर टिप्पणी गर्दा राम्रो हुन्छ ।’ .....

भ्रमणमा रहेका मन्त्रीहरु उत्साहित छैनन नि

...... प्रधानमन्त्रीले मधेस समस्याको विषयमा कुराकानी भएको भन्दै त्यो समस्या संबाद र सहमतिबाटै टुङगिने विश्वास ब्यक्त गरे ।

No comments: