Tuesday, February 23, 2016

Nepal News (47)

कांग्रेसले कसरी जुटाउँदैछ महाधिवेश खर्च
५ करोड खर्च लाग्ने अनुमान
पर्सा कांग्रेस सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित
हामीले निर्वाचन बहिष्कार गरेका हौं : चौधरी
संयन्त्रप्रति विश्वास छैन : महतो
आदोलन अघि बढाउन मधेस रक्षावाहिनी नामक संगठनलाई युवा दस्ताको रुपमा पुनर्निमाण गर्ने उनले घोषणा गरे ।
पार्टी एकताबारे दाहाललाई नेपालको जवाफ, ‘अलि हतार भयो कि !’
ओली आह्लादको अर्थ
आन्दोलनको स्वरूप फेरिए पनि समस्याका स्वरूप फेरिएका छैनन् । मधेसका नेताहरूले आन्दोलन खुम्च्याउन सक्छन्, त्यसको प्रभाव खुम्च्याउन सक्दैनन् । ...... भाषणमा असन्तोष प्रकट गर्ने तर देशको हित र देशको पक्षमा सिन्को पनि नभाँच्ने हाम्रा सरकारहरूको प्रवृत्तिले हामी आफैं ठगिएका छौं । कसैले हामीलाई ठग्नैपरेको छैन । ...... मोदीले संविधानको स्वागत गर्दै त्यसका अपूर्णताहरूको संकेत गरेका छन् । भ्रमणले सद्भाव बढाएको छ । त्यस बाहेक भ्रमण सफल भयो भन्ने ठोस र व्यावहारिक आधार देखिएका छैनन् । दिल्ली जति नजिक छ, त्यति नै टाढा देखिन्छ । जति निष्पक्ष देखिन खोज्छ, त्यति नै संलग्न देखिन्छ ।
कांग्रेस : नीतिमुखी बन्ने कि नेतामुखी ?
एकातिर प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प पनि यसै अधिवेशनले निर्धारणा गर्ने र अर्कोतिर अब कांग्रेसमा कोइराला परिवारको प्रभुत्व रहेन भन्ने कुराले थप सरगर्मी थपेको छ । यही भएर होला कांग्रेसमा अहिले पार्टीको नीतिबारे अत्यन्त कम तर नेतृत्वबारे ज्यादा बहस जारी छ । ....... देश संघीय समावेशी लोकतन्त्रमा गएको छ । हिन्दु राज्यबाट धर्मनिरपेक्ष राज्य बनेको छ । ..... अक्सर जनवादी क्रान्ति सकियो कि बाँकी छ, समाजको चरित्र पुँजीवादी कि सामन्ती आदि राजनीतिक बहसमा समय खर्चिने कम्युनिस्ट पार्टीहरूसमेत अब नेपालमा व्यापार, लगानी, आर्थिक विविधीकरण, विज्ञान र प्रविधि आदिमा अघि बढ्न ढिलो भैसक्यो भन्न थालेका छन् । कथित जनयुद्धमा होमिएका बाबुराम भट्टराई लगायतका कम्युनिस्ट नेतासमेत अब उत्पादकत्व र पुँजी विकासमा ध्यान दिनुपर्छ भनेर नयाँ शक्तिको नीति र कार्यक्रम तर्जुमामा गर्न ब्यस्त छन् । ....... ४ लाख ७० हजारभन्दा बढी सक्रिय सदस्य रहेको कांग्रेसले गाउँ, नगर, क्षेत्र र जिल्लाका अधिवेशनहरूमार्फत नयाँ नेपालको राजनीतिक र आर्थिक नीति र कार्यदिशामा बहस गरेर राय—सुझाव लिने ठूलो अवसर गुमायो । .....

सैद्धान्तिक र नीतिगत विश्लेषणमा नेपालका कम्युनिष्टहरू कांग्रेसभन्दा धेरै अगाडि देखिन्छन् । कम्युनिष्ट पार्टीहरूमा केन्द्रीय समितिको बैठकका लागिसमेत दस्तावेज लेख्ने चलन छ । तर कांग्रेसमा भने पदाधिकारी बाहेकका केन्द्रीय सदस्यहरूलाई अक्सर केन्द्रीय समितिमा के छलफल हुने हो भन्नेसम्म थाहा हुँदैन ।

....... अझ रोचक प्रसङ्ग के भने २०६२/६३ को आन्दोलनपछि कांग्रेसको नीतिगत नेतृत्वचाहिँ वामपन्थी आन्दोलनले गर्ने गरेको देखियो । जस्तो कि संविधानसभाको चुनावमा जाने, राजतन्त्र हटाउने, देश संघीय र समावेशी लोकतन्त्रमा जाने आदि अग्रगामी नीतिगत मार्गदिशा कांग्रेस बाहिरका शक्तिबाट आएका थिए भने

कांग्रेसले यी नीतिको नेतृत्व गरेको होइन कि पछ्याउँदै गएको देखिन्थ्यो ।

...... यदाकदा कांग्रेसमा युवा पुस्ताले हजुरबुबा र आमाको पुस्तालाई चुनौती दिँदै नेतृत्वको दाबी गरेको देखिन्छ । नीति र कार्यक्रमका आधारमा युवा पुस्ताले नेतृत्व दिनसक्ने खुबी प्रमाणित गर्न नसकेसम्म युवामात्रै भएका भरमा आफ्नो स्थान खोज्नु तर्कसङ्गत होइन । ..... अमेरिकामा भइरहेको राष्ट्रपतिको उम्मेदवार छनोटमा ७४ वर्षका बर्नी स्यान्डर्सले धनी–गरिबको असमानता लगायतका अग्रगामी र समाजवादी नीतिका कारण झन्डै ७० प्रतिशत युवाको समर्थन बटुलिरहेका छन् भने छिमेकी भारतमै हेर्ने हो भने अग्रगामी नीतिका कारण यस अघिको संसदीय चुनावमा ४४ वर्षका युवा राहुल गान्धीभन्दा धेरै युवाहरूको भारी समर्थन ६४ वर्षीय मोदीलाई मिल्यो । ...... तेस्रो पुस्तासम्म आइपुग्दा कांग्रेसमा सिद्धान्तका व्याख्याता (आइडियलग) कहाँ छन् भनी खोज्नुपर्ने बेला आएको छ । पार्टीभित्र गणतन्त्रको वकालत गरेर नयाँ दृष्टि दिने नरहरि आचार्य, प्रदीप गिरी, गगन थापा आदि पार्टीको नीति तथा कार्यक्रमबारे मौन छन् । ....... २०४६ सालपछि धेरै समय सत्तामा बसेको कांग्रेसले आफ्नो सिद्धान्त र नीतिमा ‘राष्ट्रियता’ लेखोस्—नलेखोस्, यो भारतमुखी पार्टी हो भन्ने छाप छ । त्यसरी नै समाजवाद लेखोस्—नलेखोस्, यो उदारवादी र पुँजीवादी पार्टी हो भनी हेर्ने गरिन्छ । ...... मधेस आन्दोलनको निहुँमा एक सार्वभौम राष्ट्र नेपालमाथि छिमेकी भारतले अन्तर्राष्ट्रिय कानुन नै मिचेर नाकाबन्दी गरेको पृष्ठभूमिमा कांग्रेसको राष्ट्रियताको व्याख्या के हुने ? हिजोसम्म प्रत्यक्ष निर्वाचन चाहने कांग्रेसको लोकतन्त्रको परिभाषा के हो ? कांग्रेसको यो परिभाषामा मधेसी र जनजाति कहाँ अड्छन् ? हिजो राजा र कम्युनिस्टका बीचको संवैधानिक राजतन्त्रको मध्यममार्गी बाटो समाएको कांग्रेस अहिले मध्यममार्गी कि दक्षिणपन्थी ? ....... बीपी राजनीतिका सुरुका दिनमा भारतलाई मित्रशक्ति ठान्थे । यसको कारण थियो, महात्मा गान्धीले सुरु गरेको भारतीय स्वतन्त्रता आन्दोलनसँंग बीपीको सामिप्यता । त्यो बेला भारत र नेपाल दुबै देशमा बेलायती साम्राज्यवादको दबदबा थियो । फरक यतिमात्रै कि भारतमा बेलायतको प्रत्यक्ष शासन र नेपालमा जहानियाँ राणाशासनलाई समर्थन । ...... बीपी सरकारमा भएका बेला नेपालको सार्वभौम र स्वतन्त्र परराष्ट्र नीति नेहरूको टाउको दुखाइ बन्यो । भारतीयहरूले नेपाललाई उसले भुटानलाई हेरेझैं ‘भारतकै एउटा क्लाइन्ट स्टेट’ (अर्थात भारतीय विदेश नीतिको छत्रछायामा रहेको देश) सोच्ने गर्छन् भन्ने कुरा बीपीलाई महसुस भएका कारण असंलग्न आन्दोलनमा नेपालको सक्रिय सहभागिता, संयुक्त राष्ट्र संघमा ‘साना देशको पनि ठूलो भूमिका छ’ भन्ने प्रख्यात भाषण र इजराइलसँग भारतले कूटनीतिक सम्बन्ध स्थापना गर्नुपूर्व नेपालले सम्पर्क जोड्ने कामलाई बीपीले भारतसामु नेपालको राष्ट्रियता बलियो बनाउने अवसरका रूपमा लिएका थिए । ......

संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन न्युयोर्क गएका बेला भारतीय राजदूत भी.के. कृष्ण मेनोनले नेहरूलाई स्वागत गर्न नेपालका तत्कालीन प्रधानमन्त्री बीपी विमानस्थल जानुपर्छ भन्ने आदेशात्मक अनुरोध गरेबाट भारत नेपाललाई आफ्नै राज्यजस्तो ठान्छ भन्ने कुराप्रति बीपी सचेत भएरै राष्ट्रियता बलियो बनाउन सक्रिय विदेश नीतिमा जोड दिनलागे ।

...... नेहरूले भारतीय संसदमा ‘नेपाल र भुटानमाथि भएको आक्रमण भारतले आफैंमाथि आक्रमण भएको ठान्नेछ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि बीपीले नेपालको प्रधानमन्त्रीको हैसियतले ‘नेपाल एउटा सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । नेहरूले नेपालले चाहेको खण्डमा सहयोग दिन्छौं भन्नुभएको होला’ भनी खण्डन दिनुपर्‍यो । ....... समयसँंगै बीपीले राष्ट्रियता भनेको प्रजातन्त्रभन्दा पनि महत्त्वपूर्ण छ भन्ने महसुस गर्दै गए । ....... विश्वको पहिलो चरणको राष्ट्रियताको संघर्ष (विशेषगरी दोस्रो विश्वयुद्धपछि) देशको स्वाधीनता र स्वतन्त्रतासँग (अर्थात उपनिवेशवाद विरुद्ध) जोडिएको थियो भने दोस्रो चरणको संघर्ष (सत्तरीदेखि सन् नब्बेको दशक)) प्रजातन्त्रको बहालीसँग (अर्थात तानाशाही शासन विरुद्ध) सम्बन्धित थियो । .....

विश्वको तेस्रो चरणको राष्ट्रियताको संघर्ष (गत दुई दसकयता) सीमान्तकृतको हक सुरक्षित गर्न केन्द्रित रह्यो र नेपालको नयाँ संविधान र समावेशी समानुपातिक लोकतन्त्रको बहस त्यसैको पाटो हो ।

..... अहिले कांग्रेसभित्र राष्ट्रियतको बहस अलमलमा छ । भारतलाई हस्तक्षेपकारी मान्य कि मित्रशक्ति ? मधेस र जनजाति सहितको नेपालको राष्ट्रियता जनताको भावना हो वा हिमाल, पहाड, तराई जोड्ने भूगोल नेपालको राष्ट्रियता हो ? बीपीले यदाकदा राष्ट्रियता भनेको माटो होइन, जनताको भावना हो भन्ने गर्थे । ...... समाजवादका कुरा गर्दा कांग्रेसमा एकथरी कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, भीमबहादुर तामाङसंँगै कांग्रेसको समाजवाद अस्ताएको मान्छन् । किनकि बीपीको समाजवाद गान्धीवादबाट प्रभावित थियो र समाजवादी बन्नु भनेको नेताको चरित्र, लवाइ—खवाइ र रहनसहनमा समेत देखिनुपर्छ । .....होइन भने पैसा, सत्ता र भौतिक सुविधामा रमायो भने त्यो पुँजीवादी भैहाल्यो नि । ...... छिमेकी चीन र भारत एक्काइसौं शताब्दीका दुई आर्थिक शक्ति बनिरहेका बेला नेपालको विकासका प्राथमिकता के हुने ?
‘१९५० को सन्धिले पहिचानमा समस्या’
सिक्किम केन्द्रीय विश्वविद्यालयका पूर्वसंस्थापक कुलपति तथा इन्दिरा गान्धी खुला विश्वविद्यालयका पूर्वउपकुलपति रहिसकेका लामा हाल जवाहरलाल नेहरू विश्वविद्यालयमा दक्षिण एसियाली अर्थशास्त्र विषय प्राध्यापनरत छन् । समूहका अन्य सदस्यमा प्राध्यापक बीसी उप्रेती, राजनीतिज्ञ भगतसिंह कोसियारी र कूटनीतिज्ञ जयन्तप्रसाद समेत छन् । ....... अहिलेसम्म कस्तो राजनीतिक सोच तथा प्रशासनिक दृष्टिले काम गरेको छ वा बिगारेको छ भन्ने समीक्षा हुनेछ । ..... नेपाल–भारत सम्बन्धको कडी १९५० कै सन्धिमा लुकेको छ भन्नेहरू थुप्रै छन् । यसलाई सम्बोधन गर्नुपर्दा धेरैले असमान सन्धि भन्ने गरेका छन् । ..... म १९५० को सन्धिकै कारण हामी भारतीय गोर्खामा आइपरेको कठिनाइ र पहिचानको समस्याका विषयलाई समेत प्रबुद्ध समूह छलफलमा उठाउनेछु । सन्धिको धारा ६, ७, ८ मा नेपालका तथा भारतका नागरिकहरू एकअर्को देशमा बिनाकागजात आवतजावत गर्न सक्नेछन् भनिएको छ । ......

अब हामी भारतमा रहेका गोर्खाहरूलाई नेपालतिरबाट आएका नेपालीका कारण आफ्नै पहिचानमा मुस्किल खेप्नु परिरहेको छ । हाम्रै भाषा, संस्कृति, अनुहार सबै मिल्दो भएपछि हामी सबै भारतीय गोर्खा पनि उता (नेपाल) बाटै आएका हौं भन्ने सोचाइ भारतमा बढ्दो देखिन्छ । .... यिनीहरू (भारतीय गोर्खा) समेत पैसा कमाउन आउँछन्, फर्केर जान्छन् भन्ने सोचाइ यहाँ छ । हामीलाई आफ्नै देश (नेपाल) को माया छ भन्ने भ्रम यहाँ छ । यो कुराले गर्दा भारतमा रहेका झन्डै १ करोड गोर्खाहरूलाई खुबै ठूलो आघात परेको छ ।

....... भारतीय गोर्खा र नेपालका नेपाली छुटयाउने स्पष्ट प्रावधान नभएकाले धेरै ठाउँमा समस्या उब्जिएको छ । पहिचानकै समस्याका कारण हामीहरूले कतिवटा पाउनैपर्ने कुरा पनि पाएका छैनौं, धेरै कुरामा विभेद छँदै छ ।

कान्छा, चौकिदार, बहादुर

को दर्जा भारतीय गोर्खाले पनि अनाहकमा पाइरहेको स्थिति छ । ...... यो सबै हुनाको कारण भारतमा हाम्रो आफ्नै राज्य नभएर हो । आज भारतमा २/३ करोड बंगलादेशी नागरिक बसोबासमा छन् भनिन्छ । तर पनि बंगाल राज्यमा बस्ने बंगालीलाई कुनै समस्या छैन र किनभने उनीहरू आफ्नो राज्यमा छन् । बंगाल, त्रिपुरा, आसाममा बंगालीको पहिचान छँदैछ । ...... नयाँ व्यवस्थाको नयाँ सम्झौतामा दुई देशका भिन्न नागरिकको स्पष्ट खुल्ने पहिचान समेत राखिनुपर्छ । ......

अहिले स्थिति कस्तो छ भने निकास नली साँघुरिएका बेला पेटमा अनेकखण्ड कुरा जमेपछि कहिले त्यो कानबाट, कहिले आँखाबाट धुवाँ बनेर निस्केजस्तै छ हाम्रो सम्बन्ध । कहिले नाकाबन्दी, कहिले आपूर्ति बन्दको कुरा यही प्रकारान्तरमा निस्किएको धुवाँ हो ।

....... हामी भारतीय गोर्खा पनि दार्जिलिङ–डुवर्स क्षेत्रमा आफ्नै राज्य चाहन्छौं । .... दार्जिलिङ मात्रै भारतमा यस्तो जिल्ला हो जसका ४ अन्तर्राष्ट्रिय सीमा (नेपाल, भुटान, चीन र बंगलादेश) छन् । भारतको उत्तरपूर्वी भेगलाई जोड्ने जिल्ला पनि हाम्रो मात्रै हो । ...... बितेको ४ महिनामा नेपाल–भारतबीच जेजस्तो घटना भयो, यो मैंले कहिल्यै सोचेको थिइनँ । ..... १९५० को आधारमा अहिले कुरा गरेर हुँदैन । धेरै कुरामा आकाश–जमिनको फरक आइसक्यो । १९५० हेरीकन अहिले चीनकै गतिविधि अर्कै भइसक्यो । त्यसबेला निजी क्षेत्र भन्ने थिएन, अहिले निजी क्षेत्र र पुँजीवादको कुरा उता बढेको छ । अबका दिनमा हामीले सय वर्षपछि नेपाल–भारत वा छिमेकमा चीनको भूमिकाबारे सोचेर नीति तय गर्नु जरुरी छ । ..... अहिले बाहिरी विश्वमा ‘स्मार्ट बोर्डर’ भन्ने नामांकन सुरु भइसकेको छ । ..... खुला सीमा भन्दैमा अब पनि कुनै आधिकारिक पहिचान पत्र र आधारसम्मत पहिचानबिनै आवतजावत गर्न दिने कुरामा सोच्न सकिन्छ । अथवा, निश्चित ट्रान्जिट–पोइन्ट तोकेर सिमाना ‘रेगुलेट’ गर्नुपर्ने पनि हुन सक्छ । यस्ता विज्ञानसम्मत दिशामा पनि अब सोच्नैपर्छ ।
विरासतको कुराले वाक्क लागिसक्यो : सुजाता
‘दुई उपसभापति, सात सहमहामन्त्री थप्न सकिन्छ’
‘डन ३’ बनाउँदै फरहान
मातृभाषाका निम्ति संविधान संशोधन गर्न माग
मुक्ति सेना र राणा सेनाका कमान्डरको अनाैठो मित्रता
इतिहासको त्यो एल्वम
रौतहट र सर्लाहीमा कांग्रेस अधिवेशन आज
दिल्लीका १ करोड जनतालाई ‘छैन’ पानी (फोटो)

No comments: