Sunday, February 21, 2016

Nepal News (46)

आन्दोलन तुहिएको छैन : अनिल झा (अन्तर्वार्ता)
हामी पराजित भएका होइनौं, अस्त्र निर्माणमा छौं : महतो(अन्तर्वार्ता)
मैले त काठमाडौं बसेर आन्दोलन गरेको होइन नि । म त जनताका बीचमा बसेर आन्दोलन गरेको हुँ नि । ..... मेचीदेखि महाकालीसम्म यो आन्दोलनमा कुन नेताले कतिको जिम्मेवारी पालना गरेका छन्, यो कुरा जनतालाई राम्ररी थाहा छ । क–कसले आन्दोलनप्रति गद्दारी गरे भन्ने कुरा जनतालाई थाहा छ । ..... आन्दोलन त जारी नै छ । स्वरूप मात्र फेरिएको हो । सबै नाका बन्द भएको भए स्वरूप फेर्नुपर्ने आवश्यकता नै थिएन । विराटनगर र भैरहवा नाकासमेत बन्द भएको भए स्वरूप परिवर्तन गर्नुपर्ने जरूरी नै हुने थिएन । जनताको माग पूरा भइसक्थ्यो । तर सबै नाका बन्द नभएको कारण हामीले स्वरूप परिवर्तन गर्नु प¥यो । .... शान्तिपूर्ण आन्दोलनबाट दबाब बनाएर माग पूरा गराउन कठिन नै हो । अन्तिम धक्का बाँकी नै छ । ...... आन्दोलन जारी नै छ त । आन्दोलन जारी रहेकै अवस्थामा बीचैमा उपलब्धि कसरी हुन्छ । आन्दोलनको उपलब्धि भनेको सम्पूर्ण मधेशमा चेतना जागृत भएको छ । .... नेपालमा रंगभेदको लडाईं भइरहेको छ । ..... नेपाल भारतबीच खुला सीमा छ । बेटीरोटीको सम्बन्ध छ । आन्दोलन असफल भयो र हिंसात्मक द्वन्द्वमा मधेश गयो भने खुला सीमाका कारण त्यसको असर मधेशमा मात्र होइन भारतमा पनि पर्छ । त्यसैले मधेश आन्दोलन सफल हुनु पर्छ । सबभन्दा ठूलो कुरा भारत नेपालमा शान्ति र स्थिरता चाहन्छ । यी कुराहरू नै हामीले भनेका हौं । उनीहरू सहमत पनि भएका छन् । उहाँहरूले सहयोग गर्छु भनेका छन् ।
A House For Mr. Biswas

मेरो स्मृतिमा सुशील कोइराला
सुवर्णजीबाहेक कांग्रेसका कुनै पार्टी सभापतिको राजधानीमा आफ्नै (निजी) निवास भएन, न त उहाँहरूका नाममा बैंकमा खाता वा अन्य चल–अचल सम्पत्ति नै । धेरै वर्ष सुखदु:खको साथीका रूपमा सहकार्य गरेको र उहाँका राजनीतिक सफलतामा सहयोग पुर्‍याएका कारणले मलाई थाहा छ, पार्टीको महामन्त्री वा उपसभापति हुँदा समेत सुशीलजीको खल्तीमा हजार–पाँच सयको नोट बिरलै हुने गथ्र्याे ।