Nepal News (45)



गगन थापाको घोषणापत्र : अब पनि निर्णायक ठाउँमा पुगिएन भने थाकिन्छ
कांग्रेसको अहिलेसम्मको ‘ट्रयाक रेकर्ड’ हेर्यौं भने यसले हरेक आन्दोलनको सफलतापूर्वक नेतृत्व गरेको छ, तर आन्दोलनपछिको कालखण्डमा कहिल्यै व्यवस्थापन गर्नसकेको छैन । ..... अहिलेसम्म चाहिँ हामी सहायक भूमिकामा थियौं । अह्राएको काम गर्ने, यस्तो हुनुपर्छ भन्ने सुझाव दिने, साक्षी बस्ने र कतिपयका कुरामा चित्त दुख्दादुख्दै पनि सँगै जाने हाम्रो भूमिका रह्यो । अबको अवधिमा हामी मुख्य नेतृत्वमा गएर कांग्रेसलाई ऐतिहासिक दायित्व निर्वाह गर्ने क्षमता र कौशल भएको पार्टी बनाउन चाहन्छौं । ...... नेपाली कांग्रेसमा विभाजन असर अहिलेसम्म पनि छ । त्यसैले हामीले नचाहँदा–नचाहँदै पनि कुनचाहिँ पार्टीमा थियौं भन्ने पृष्ठभूमि जोडिएर आउँछ । त्यसकै आधारमा पार्टीभित्र समूह छ गाउँदेखि माथिसम्म । हामीले कामना गरे पनि यस्तो समूह भत्केको छैन । ...... पार्टी विभाजन भएर एकता हुँदा दुइटा पार्टीको संघजस्तो बनेको छ कांग्रेस । प्रत्येक कुरामा भागवण्डा गर्नुपर्ने स्थिति छ निर्णय होस् भूमिकामा । यसबाट साथीहरू आजित भएको देखिन्छ । ..... ०४६ आन्दोलनको पुस्ता, जसले ०६२/६३ को आन्दोलनमा काम गर्यौं, यो पुस्ता नेपाली राजनीतिको पछिल्लो डिस्कोर्समा सहभागी भएर आएको छ । दलित, जनजाति, महिला, समावेशी, अधिकार र पहिचानको डिस्कोर्समा भिजेर, सिकेर र खेलेर आएको छ । त्यसैले हामीमा एउटै खालको सोचाइ छ । त्यस्ता प्रतिनिधि अहिले ५० प्रतिशतको हाराहारीमा छन् । यो पुस्ता हिजोको परिवर्तनमा गौरव गर्ने भन्दा पनि भोलिको परिवर्तन चाँडो होस् भन्ने आकांक्षा बोकेर बसेको छ । यसरी आएका युवा साथीले हामीलाई मुख्य नेतृत्वमा देख्न चाहेको अनुभूति छ मसँग । ..... देशका कुनै पनि ठाउँमा नेपाली कांग्रेसलाई प्रस्तुत गर्नुपर्दा हामी रुचाइने, तर पार्टीमा छनोट गर्दाचाहिँ हुँदैन भन्न मिल्छजस्तो मलाई लाग्दैन । मेरै कुरा गर्ने हो भने चुनावताका धेरै नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेसको कुरा राख्न गइदिनुपर्यो भनेर भन्नुभयो । झण्डै दुई दर्जन निर्वाचन क्षेत्रमा म आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम छोडेर पुगेँ । त्यसबेला हामी उपयुक्त पात्र भयौं भने कांग्रेसको जिम्मेवारी लिने बेलामा चाहिँ तिमीहरू योग्य भइसकेकै छैनौ भन्ने कुरा त कसरी आउला र ? ...... मेरै सन्दर्भमा भन्ने हो भने मैले २६ बर्ष भइसकेछ कांग्रेसमा काम गरेको । त्यसैले हामीले कांग्रेसको परम्परामै आधारित रहेर पहिलो पंक्ति अभिभावक बन्ने, दोस्रो पंक्तिले पार्टीको नेतृत्व लिने र तेस्रो तथा चौथो पंक्ति कार्यकारी स्थानमा बसेर काम गर्नुपर्छ भनेका हौं । ...... नेपालजस्तो देशले अर्को १५/२० बर्षसम्म लगातार ८, ९ वा १० प्रतिशत आर्थिक वृद्धि हासिल नगर्ने हो भने संविधानमा जे जे लेखेपनि अर्को नेपाल बन्ने कुरा असम्भव छ । ....... हामीले हिजो नेपाली समाजमा विविधता छ भन्ने मान्नुलाई नै राष्ट्रियता मान्यौं । तर अहिले विविधता मान्नेमात्रै विषय होइन, यसलाई राजनीतिक ‘स्पेस’ दिनुपर्छ । यो विविधताले राजनीतिक पहिचान पायो भनेमात्रै राष्ट्रिय एकता मजबुत हुन्छ । ..... जातपात, धर्म वा भाषाको कुरा नगरौं, सबै नेपाली एक हौं, यस्तो कुरा गर्दा राष्ट्रियता कमजोर हुन्छ भनेर अब हुँदैन । अब त अझै कुरा गरौं, गहिरोसँग कुरा गरौं, समानुभूति राखौं, एकअर्कालाई स्थान दिऔं भनेरमात्रै अगाडि जान सकिन्छ । त्यसरी एकअर्कालाई सम्मान गर्दै ‘स्पेस’ दिँदा जुन एकताको भावना आउँछ, त्यसैको जगमा नेपालले राष्ट्रिय लक्ष्य लिनुपर्छ । ...... क्रियाशील वा साधारण सदस्यता खारेज गर्नुपर्छ । सदस्यता पूरै खुल्ला हुनुपर्छ । जोकोहीले पनि यो पार्टी मनपर्यो भनेपछि अनलाइन फर्म भरेको भरमा सदस्यता पाउनुपर्छ । ...... हामी बाहिर त नेपाली कांग्रेसलाई ‘मासबेस्ड’ पार्टी भन्छौं । तर मेरो विचारमा यो अहिले ‘मासबेस्ड’ पार्टी होइन, नेकपा एमाले र माओवादीजस्तै ‘क्याडर बेस्ड’ पार्टी हो । ....... कांग्रेसको मतदाता त निर्णयमा कहिल्यै सहभागी नै हुन पाउँदैन, शुभेच्छुक र शुभचिन्तकको त कुरै छाडौं । केन्द्रिय समितिमा पनि आठ–दस जना नेताले अधिकार लिएर निर्णय गर्ने गरिन्छ । ..... केन्द्रले सीमित मान्छेलाई सदस्यता दिन्छ नियन्त्रित ढंगले । तिनैले नेता छान्छन् । सदस्यमाथि नै केन्द्रको नियन्त्रण हुन्छ भने नेतृत्वमा को छानिने भन्ने कुरामा पनि स्वतः उसको नियन्त्रण हुन्छ नै । यी आधारले यो विशुद्ध ‘क्याडर बेस्ड’ पार्टी हो । ..... हाम्रो भनाइचाहिँ यो ‘मास बेस्ड’ पार्टी हुनुपर्छ । ‘क्याडर बेस्ड’ हुनु यो पार्टीको विचार र परम्परासँग मेल खाने कुरा होइन । त्यसको लागि सुरुवातमा सदस्यता दिने प्रणाली पूरै फेर्नुपर्छ । ..... अर्कोचाहिँ तल्ला समितिमा अधिकार दिनुपर्छ । त्यस्ता समिति पनि आम सदस्यले प्रत्यक्ष रूपमा चुन्न पाउनुपर्छ । .......

विश्वविद्यालयको राजनीतिमा थुप्रै साथी १०–१५ बर्षदेखि बिषय परिवर्तन गरेर पढिरहनुभएको छ ।

मेरो प्रश्न रहन्थ्यो तपाईहरूको योजनाचाहिँ के हो ? १५ बर्ष बसेर सभापति हुनुहोला, त्यसपछि के गर्नुहुन्छ ? जसको आफ्नै जीवनको बारेमा योजना छैन, त्यसैले देशकै योजना बनाउने राजनीति के गर्न सक्छ ? ......... सरकारमा गएर आफ्नो कार्यकर्ताको संरक्षण गर्ने । किनभने कार्यकर्ताको संरक्षण गरेमात्रै अर्कोपटक चुनाव जिताइदिन्छन् । अनि किन जित्ने भन्दा सरकारमा जान । सरकारमा किन जाने भन्दा कार्यकर्ताको संरक्षण गर्न । ...... वास्तवमै ‘मास बेस्ड’ र ‘लिबरल डेमोक्रेटिक पार्टी’ बनाउन चाहन्छौं । जसमा जनताको नियन्त्रण रहोस् भन्ने चाहन्छौं । त्यसो गर्नका लागि पनि हामी पार्टीको नेतृत्वमा जान चाहिरहेका छौं । ...... मैले २०८८ सम्ममात्रै सक्रिय राजनीतिमा रहन्छु भनेको हुँ । ..... आजको दिनमा शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई पार्टी सभापति बनाउने बारेमा, रामचन्द्र पौडेलले प्रकाशमान सिंह वा अजुननरसिंह केसी, रामशरण महत वा कृष्ण सिटौलालाई बनाउने विषयमा कहिल्यै सोचेको देखिँदैन ।

म भइनँ भने त बर्बाद हुन्छ भन्ने मानसिकता छ ।

...... हाम्रोमा भित्र्याउने नीति छ, तर बाहिरिने नीति छैन । त्यसरी आधुनिक संस्था चल्दैन । अमेरिकामा दुईपटक राष्ट्रपति भएपछि सकिन्छ । बेलायतमा संसदीय दलको नेता जो छ, त्यसको नेतृत्वमा पार्टी चुनाव लड्छ, पार्टी चुनावमा हार्यो भने छोडिहाल्छ । पार्टीभित्रको आन्तरिक चुनावमा हारे पनि छोडिदिन्छ । हाम्रोमा त्यो अभ्यास छैन ।

हामी जो जहाँ हारेपनि बसेको बस्यै गर्छौं ।

....... नेकपा एमालेले ७० बर्षलाई बाहिरिने उमेर मानेको छ । त्यस्तो कांग्रेसले पनि गर्नुपर्छ ..... दुई पटकभन्दा बढी पार्टी सभापति बन्न नपाइने नियम हामीले बनायौं । त्यो राम्रो भयो । ...... कतिपय ठाउँमा समूह बनाएर गर्नुपथ्र्यो, एक्लै गर्न सकिन्छ भन्ने गलत विष्लेषणले सफल भइएन । मन पवित्र छ, आँट छ भने भइहाल्छ नि भन्ने मनोविज्ञान थियो । सडकमा त्यो हुँदोरहेछ, मन पवित्र थियो, आँट थियो, एक्लै निस्केपनि मानिहरूले साथ दिए । म अहिले पनि सम्झन्छु, राजाविरुद्धको आन्दोलनमा पार्टीका एकसे एक स्थापित नेताहरूले भन्नुभएको थियो कि तिमीहरूको राजनीतिक लाइन बडो गलत छ । तर हामी त्यही लाइनमा हामी हिँडेको हिँड्यै गर्यौं । पछि देश नै त्यही लाइनमा आयो । तर

संसद र पार्टीको जब्बर संरचनामा बसेर काम गर्दा चलाकीपूर्वक, समूह बनाएर गर्नुपर्नेरहेछ । त्यो जानिएको थिएन, सिकियो ।

......... कतिपय सन्दर्भमा चाहिँ सम्झौता नै गरेको त होइन, तर पार्टीको परम्पराको नाममा ममात्र कति एक्लो विद्रोही जस्तो हुने ? मेरो परिचय नै त्यस्तो हुन लागिसक्यो भनेर हात उठाएको र थाकेको पनि हो । तर कतिपय सन्दर्भमा बाहिरबाट आशा त रह्यो, जो अहिले पनि छ । तर मैले पाएको स्थान नितान्त कार्यकारी रहेन । जस्तो पछिल्लो समयमा मलाई के लाग्यो भने एकपटकमात्रै सरकारको कुनै एउटा मन्त्रालय सम्हाल्न पाएको भए मेरो आफ्नै पनि परीक्षा हुन्थ्यो । शायद मलाई विश्वास गर्नेहरूलाई यति योग्यता राख्छु है भन्ने कुरा प्रमाणित गर्न सक्थेँ हुँला । तर त्यस्तो स्थान पाइएन । ...... अब पनि हामी पार्टीको निर्णायक ठाउँमा पुगेनौं र याचकको रूपमामात्रै रहिर्यौं भने हामी पनि थाक्छौं । हामीलाई भरोसा गर्ने मानिस पनि थाक्छन् । धैर्यताको पनि सीमा हुन्छ । दश–बाह्र बर्ष हेरिसके । अब त धैर्यता कमजोर हुन लागिसक्यो । ...... अब गरेको हो, यो परिणाम आयो, यो आएन भन्न सक्ने ‘पोजिसन’ चाहियो । हामीले यो कुरा कुनै लहड वा कसैको उचालेको भरमा गरेको पनि होइन । देशभरबाट आएका साथीहरूको सोच, धारणा र सपनाकै आधारमा भनेका हौं । त्यसैले हाम्रो इच्छा वास्तविकताभन्दा धेरै परको होइन । यसको वस्तुगत र अंकगणितीय पनि छ ।
प्रधानमन्त्रीको भारत भ्रमण : ओलीले ‘बदमासी’ गरे कि प्रचण्ड ‘झुठ’ बोले ?
भारत सरकारले यो भ्रमणलाई राजकीय सम्मान दिएको कारण पनि दुवै देशको राजनीतिक सम्बन्ध अझै उचाइमा पुगेको छ
टिम मिलाउँदै पौडेल र देउवा
पौडेलले शशांक, शेखर र सजाता कोइरालालाई समान धारणा बनाएर एकजना सर्वसम्मत हुन आग्रह गर्दै आएका छन् । तर, उनीहरुले आफूसहित रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापालाई पनि एडजस्ट गरेर अघि बढ्नुपर्ने सझाव दिएका छन् ।

Comments