Friday, February 19, 2016

Nepal News (40)

संयन्त्रप्रति मोर्चाको आपत्ति
'एकतर्फी संख्याको दम्भ देखाउदै अपूरो संविधान जारी गरे, एकतर्फी रुपमा नै संविधान संशोधन समेत गरे पनि मधेस आन्दोलनको मागलाई सम्बोधन गरिएन,' मोर्चाआबद्ध सात दलले विज्ञप्तिमा लेखेका छन्, 'संघर्षलाई समाप्त पार्न षड्यन्त्रमूलक ढंगले मधेसको माग पूरा गर्न भन्दा पनि आफ्नो विदेश भ्रमणलाई उपलब्धिमूलक देखाउने मनसायका साथ संवाद नै बिथोल्ने गरी एकतर्फी सीमांकन गर्ने संयन्त्रले माग सम्बोधन गर्दैन । त्यसैले मोर्चा यसलाई अस्वीकार गर्छ ।' ..... यसैबीच थरुहट थारुवान संघर्ष समितिले पनि एकतर्फी संयन्त्र घोषणा आफूलाई मान्य नहुने भन्दै विरोध गरेको छ । समिति संयोजक धनीराम चौधरीले विज्ञप्ति जारी गर्दै संघीयताविरोधी मन्त्रीको संयोजकत्वमा संघीय प्रदेशको सीमांकन हेरफेर हुन नसक्ने आरोप लगाएका छन् ।
दिल्ली गएका ओलीलाई नयाँ शक्तिको छ बुँदे सुझाव
दुवै मुलुकबीच ऐतिहासिक, भाषिक, सांस्कृतिक र पारिवारिक सम्बन्धहरु भएकाले तिनको महत्वलाई आत्मसात गर्दै ती सम्बन्धलाई एक देशले अर्को देशमा रहेका खास समुदाय वा बासिन्दालाई निश्चित मुलका भनी पक्षपोषण वा पक्षपात नगर्ने अर्थमा मात्र लिईनुपर्छ भन्ने प्रष्ट गर्नुपर्ने नया शक्तिले मागसमेत गरेको छ ।
‘भारतका फरक—फरक निकायको फरक—फरक उद्देश्य’
खासगरी संविधान निर्माणपछि छिमेकी भारतले एक घनिष्ठ छिमेकसँग देखाएको ब्यवहार र निर्वाह गरेको भूमिकाका विषयमा बहस हुन जरुरी छ। ..... नेपाल भारतवेष्टित मुलुक नै हो। यद्यपि उत्तरतर्फ अर्को छिमेकी चीन पनि छ। तर पनि हाम्रो दैनिकीको धेरै हिस्सा भारतसँगको सम्बन्धले जोडेको छ। नेपाल र भारत बीचको सम्बन्ध निकै घनिष्ठ छ। तर भारतबाट फरक—फरक उद्देश्यमा फरक—फरक निकायले निर्वाह गर्ने भूमिकाबाट नेपाल बढी नै सहज हुनुपर्ने अवस्था सिर्जना भएको छ। हाम्रा अग्रज नेताहरूले भारतसँग कुरा गर्नेभन्दा

‘कुन भारत’

भन्ने गरेझैं नेपालमा भारतका विभिन्न निकायको खास–खाससँग खासै खाले सम्बन्ध छ। उनीहरूको लक्ष्य एउटै हुनसक्छ, तर पनि गरिने सम्पर्कको फरकपनाले हामीलाई झस्काएको छ। यो ‘क्रस प्रपोज’ (फरक–फरक उद्देश्य) मा हुने सम्पर्कले पनि सम्बन्धलाई अलमलमा पारेको छ। ..... भारतीय संस्थापन पक्षको भनाइ र गराइसँग राजनीतिक दलहरू, सरकारी कर्मचारी, विभिन्न एजेन्सीहरू, व्यक्तिगत रूपमा प्रभाव पार्ने नेताहरू, सञ्चारकर्मीहरूको पक्ष मेल खाँदैन। तर उनीहरू राष्ट्रियताको विषय भनौं या राष्ट्रिय स्वार्थमा एक हुन्छन्। ...... संविधान जारी भएपछि भारतले नेपाललाई निश्चित उद्देश्यका लागि नाकाबन्दी ‘डिफ्याक्टो ब्लकेड’ गरेकै हो। तर त्यो हामीले नखुलेसम्म भनेनौं। यदाकदा अनौपचारिक रूपमा रोष प्रकट भए होला, तर कूटनीतिक स्तरमा त्यो भनिएन। थाहा नभएर नभनिएको होइन। कतिपय विषयमा बाहिरभन्दा भित्र–भित्र काम गर्नुपर्ने हुन्छ, त्यही गरियो। तर

जेनेभामा मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रमाथि वार्षिक छलफलमा भारतीय कूटनीतिज्ञले आफ्नो कूटनीतिक मर्यादा र दायरा भुलेर अघि बढ्दा हामीले गतिलै जवाफ दिएका थियौं।

....... भारत बाहेक अन्य मुलुकहरूले संविधानको खुलेर प्रशंसा गरेका छन् भने भारत पनि त्यही स्थानमा पुगिसकेको छ। ....... भारतले संशोधन सहितको संविधानको स्वागत गरेको छ। आपूर्ति अवस्थामा भएको अवरोध हटेको छ। विभिन्न स्तरमा द्विपक्षीय बैठक बस्ने क्रम आरम्भ भएको छ। ........

आधुनिक नेपालको परराष्ट्र नीतिको इतिहासलाई नेपाल एकीकरणको विन्दुदेखि लिन सकिन्छ। त्यसबखत राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले दुई ढुङ्गा बीचको तरुलसँग गरेको नेपालको तुलना अहिलेको परिप्रेक्ष्यमा पनि त्यतिकै सान्दर्भिक छ। त्यसबखतदेखि हाम्रो भूराजनीतिक अवस्थामा परिवर्तन आएको छैन।

........ मुलुक एकीकरणको अवस्थामा अपनाएको रणनीति मुलुकको सीमा विस्तारमा आक्रामक थियो। त्यसपछि राणाहरूले अवलम्बन गरेको रणनीति उत्तर र दक्षिणतर्फका शक्तिशाली मुलुकहरूबाट देशलाई जोगाउने प्रकारको रक्षात्मक थियो। २००७ सालमा प्रजातन्त्र स्थापनापछिको रणनीति अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको पहिचान प्रबद्र्धन गर्ने बन्यो। यी सबै कालखण्डहरूमा परराष्ट्र नीतिको मूल ध्येय एउटै थियो। त्यो हो– मुलुकको राष्ट्रिय स्वार्थको रक्षा। यसरी गएको २०० वर्षमा नेपालको परराष्ट्र नीति लगभग उस्तै रहिआएको छ।
समावेशी राष्ट्रियता र मधेस आन्दोलन
केही दिनदेखि मधेसी दलहरूबीच आरोप—प्रत्यारोप चलिरहेको छ । भारतले मधेसी दलहरूलाई नेपालप्रति आफ्नो असन्तोष र दबाबको कूटनीति व्यक्त गर्न प्रयोग गर्‍यो भन्ने तर्क अब हरेक दिन स्पष्ट हुँदै गएको छ । ...... मधेसमा ५० जनाभन्दा बढी नेपालीले सहादत प्राप्त गरेका छन् । मधेसका नेपालीले राज्यव्यवस्थामा नेपालको अधिकारसम्पन्न नागरिकको तह सुनिश्चित गर्न ठूलो बलिदान गरेका छन् ।..... तर यो आफ्नो सफलताको यथार्थतालाई भुलेर भारतले साथ दियो या दिएन भनी गुनासो गर्नु या लालुप्रसाद यादवको दरबारमा आज्ञाकारी कार्यकर्ताजस्तो पेस हुनु आफैंमा विडम्बना र लज्जास्पदपूर्ण मात्र नभई नेपालको राष्ट्रिय हितमा आफ्नो उपलब्धिलाई मधेसका नेताहरूले आफैं न्युनीकरण गरेको देखिएको छ । ...... हाम्रोजस्तो जातीय समाजमा नागरिक र राजनीतिक अधिकारले स्वत: बिभिन्न समूहको शासनसत्तामा पहुँच सुनिश्चित गर्दैन भन्ने तथ्य आजसम्मको हाम्रै अनुभवले बताउँछ । यसको अर्थ केही पश्चिमी प्रजातन्त्रमा जस्तो अधिकारसम्पन्न नागरिकलाई हाम्रोजस्तो विविधताले भरिएको देशमा अधिकारसम्पन्न जातीय समूहको संरचनाभित्र पनि हेरिनुपर्छ ..... १९६० को नागरिक अभियानले अमेरिकामा काला जातिको राज्यव्यवस्थामा मात्र नभई सामाजिक संरचनाका बिभिन्न अङ्गमा सम्मानपूर्ण उपस्थितिको बाटो खोल्यो र यो प्रक्रिया अझै पनि जारी छ । बेलायतकै अनुभव हेर्ने हो भने पनि संसदीय व्यवस्था अन्तर्गत पुरै १९ सौं शताव्दी मतदानको अधिकारको संघर्षमा बित्यो र १९१८ सम्म आइपुग्दा पनि पुरुष र महिलाको राजनीतिक अधिकारमा अझै विभेद थियो । ......

हामीले जनजाति आन्दोलन तथा मधेस आन्दोलनलाई नयाँ नेपाली राष्ट्रियताको आधारस्तम्भका रूपमा सकारात्मक किसिमले हेर्न सक्नुपर्छ ।

....... यो प्रक्रिया ५० वर्ष अगाडि मैले अमेरिकामा देखेको थिएँ । त्यसबखत विश्वविद्यालयको हातामा अफ्रिकी मूलका कालो हुनुलाई गर्व गर्नुपर्छ, किनभने कालो सुन्दर छ भन्ने भाषण हुन्थ्यो । अमेरिकामा सदियांैदेखि काला र गोरा बीचको विभेद र असमानता विरुद्ध यो समानताको उद्घोष थियो । ..... झन्डै त्यही किसिमबाट मधेसी हुनुमा गर्व गर भनी काठमाडौंका भित्तामा ठाउँ—ठाउँमा लेखेको हामीले बारम्बार देखेका छौं । यो उद्घोष र यससँग जोडिएको जनसंघर्ष नेपालका मधेसी नेपालीको नागरिक, राजनीतिक र सामाजिक अधिकारको प्राप्तिमा ठूलो उपलब्धि मान्नुपर्छ ।


बल ओलीको कोर्टमा : मुनि
सशस्त्र युद्धमा जोडिएको माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन समन्वयकारी भूमिका निर्वाह गरेका उनी खरो विचारका स्पष्ट वक्ता हुन्। ..... मुनिले प्रधानमन्त्री ओलीले एकदमै सचेततापूर्वक पाइला चाल्ने बेला भएको औंल्याए। उनी परीक्षणकालमा रहेको उनको भनाइ छ। ..... हो, काठमाडौंलाई दबाब पुगोस् भनेर दिल्लीले उपयोग गरेको यो एउटा ‘टेक्निक’ थियो। अन्तरिम संविधान हुँदै दिल्ली र मधेसलाई जनाइएका प्रतिबद्धता यति चाँडै कसरी भुल्न सकिन्थ्यो? स्वयं गिरिजाबाबुले मधेसी दलहरूसँग जनाएको प्रतिबद्धता र गरेको सम्झौतालाई भुल्न सकिन्छ र? ...... मधेस मामला न भारतको विरोधमा उभिनुपर्ने राष्ट्रियताको मुद्दा थियो, न भारत–चीनलाई सन्तुलनमा राख्न सकिने कूटनीतिक मुद्दा नै। यो नेपालको विशुद्ध आन्तरिक मामिला हो ...... त्यति हतारमा, अनायासै संविधान पारित होला भनेरनयाँदिल्लीलाई पनि लागेको थिएन। ...... नयाँदिल्लीलाई त्यसबेला नराम्ररी ‘छलिएको’ अवस्था देखिन्थ्यो। ...... संयन्त्र बनेपछि पनि समस्या सम्बोधन नभएको अवस्थामा र तोकिएको तीन महिनापछि पनि समाधान नभेटिएमा नेपाल–भारत सम्बन्ध फेरि तनावग्रस्त बन्न सक्छ। यसकारण संयन्त्रको होइन, कुरा समस्या समाधानको हो। अब तोकिने तीन महिनाभित्रमा सीमांकन निर्धारणसहितको प्रतिबद्धता पूरा गर्ने प्रधानमन्त्री ओलीका ‘परीक्षणकाल’ जस्तै हो। अझ यो परीक्षण मात्रै होइन, थप प्रतिबद्धता हो। यसकारण, प्रम ओली मधेसी दलको चित्त बुझाइ रहने गरी संयन्त्र बनाएर समस्या समाधानमा अघि बढेमा सम्बन्ध साँच्चिकै सहज हुनेछ, होइन भने भन्न सकिन्न। एउटा यथार्थ के हो भने भारत काठमाडौंसँग मात्रै राम्रो सम्बन्धमा बस्न चाहँदैन, मधेससँग पनि सहज सम्बन्ध राख्न चाहन्छ। सीमावर्ती सुरक्षा सरोकार, शान्ति र विकासको साझा रणनीतिका आधारमा पनि यो यथार्थ स्थिति हो। ...... काठमाडौंमा अहिल्यै राष्ट्रिय सरकार निर्माणदेखि ओली सरकार हटाउनेसम्मका चर्चा सुरु भइसकेका रहेछन्। यथार्थ के हो भने, आफ्नो राजनीतिक भाग्य र भविष्यको कुरा दिल्ली आएर होइन, नेपालभित्रैका जटिल मामिलाको सम्बोधनपछि मात्रै सबै स्थिति स्पष्ट हुन सक्छ।
नाका खुलेपछि झन् समस्या
बिस्तारै नाकाहरू खुल्दै गएपछि यहाँ समस्या कम हुँदै गएको थियो। तर, वीरगन्ज नाका खुलेपछि फेरि नाकाबन्दी सुरु भएकै बेला जस्तो अभाव देखिएको छ। ..... यहाँबाट काठमाडौं लगायतका ठाउँमा जाने सार्वजनिक सवारी साधनमा इन्धनको ढुवानी भई नै रहेको छ।
घरेलु समस्या समाधान नगरी प्रधानमन्त्री भारत जानुको अाैचित्य छैन : यादव
‘तर

मधेसका समस्या जहाँका तही छन् यही अवस्थामा भारत भ्रमणको कुनै उपलब्धी र औचित्य हुन्छ जस्तो मलाई लाग्दैन् ।’

...... यादवले आफनो घर भित्रको समस्या लथालिङग पारेर छाडेर गएको खण्डमा भारतीय पक्षले प्रश्न उठाए प्रधानमन्त्री केपी ओलीले के जवाफ दिन्छन्? भनेर प्रश्न गर्दै भारत भ्रमण अघिनै घर भित्रको समस्या हल गर्न आग्रह गरे । .... यादवले आन्दोलन अहिलेपनि चलिरहेको दाबी गर्दै जितका लागि अन्तिम लडाइको तयारीको अवस्थामा आफूहरु रहेको बताए । ‘हामी फेरि अन्तिम लडाइका लागि आउँदै छौ,’ उनले भने, ‘त्यो लडाईले मधेसलाई न्याय दिलाउँछ ।’

No comments: