Thursday, February 18, 2016

Nepal News (33)

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीचको खटपट उत्कर्षमा
प्रधानमन्त्रीको पत्रकार सम्मेलनबारे उपप्रधानमन्त्री असन्तुष्ट
भारत भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल भारत गएको भनेर प्रधानमन्त्री कार्यालयले प्रचार गरेदेखि नै ओली र थापाबीच खटपट सुरु भएको थियो । थापाको चीन भ्रमण हुने समयमा पनि प्रधानमन्त्रीले कानुनमन्त्री अग्नि खरेललाई समावेश गराएर थापाप्रति अविश्वास दर्साएका थिए । अहिले फेरि त्यस्तै अवस्था देखिएको छ ।
पत्रकारलाई प्रधानमन्त्री ओलीका ८ जवाफ
'म तास खेल्दिनँ, के को कार्ड प्रयोग गर्ने ?', 'काँडा झिक्नेबित्तिकै दुखेको सन्चो हुन्छ ?'
साथीसँग सँगै सुतेपछि उसले खुट्टा बोकाउन सक्छ । किन खुट्टा बोकाएको भनेपछि, उसले निदाएको बेलामा परेछ भन्यो भने किन निदाएको भनेर प्रश्न गर्न मिल्छ ? ...... यो सरकार कुटनीति होइन, इमानदारितामा विश्वास गर्छ, मित्रतामा विश्वास गर्छ । ...... नेपालमा विद्युत उत्पादन गर्न थालेको १०५ वर्ष भयो । अहिले २ सय २८ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ । १०५ वर्षमा २२८ मेगावाट विद्युतमात्र उत्पादन भएको छ भन्दा अरुले के भन्लान् ? अरुले सुने भने लाज हुन्छ । अरुले नसुन्ने गरि भन्नु पर्‍यो । ..... हामीले संविधान संसोधन गरेपछि भारतीय पक्षबाट स्वागत भएको छ । भाषामा जे भने पनि त्यो स्वागत हो । तपाई शब्दमा नजानुहोस् । मान्छेले श्रीमतीलाई जे पनि भनेर बोलाउन सक्छ, भाषा मात्र फरक हो । परिवार, जहान वा अरु जे भने पनि त्यही हो । श्रीमान्लाई पनि घरका, परिवार, बाहुन पनि भनेर बोलाउन सक्छन् । जे भने पनि कुरा त्यही हो .....

भ्रमणपछि म नेपाल फर्किन्छु, भारत भारतमै रहन्छ ।

कांग्रेसको अनौपचारिक भेला बिथोल्न खोजेपछि कलैयामा तनाव
कांग्रेसको क्षत्रीय र जिल्ला अधिवेसन तोक्न बसेको बैठकलाई अवरुद्ध गर्ने उदेश्यले मोर्चाका सयौं कार्यकर्ताहरु होटेल अगाडि घेरा हाल्न पुगेपछि बैठकको सुरक्षार्थ खटिएका प्रहरीले हस्तक्षेप गर्दा मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि दुबै पक्षबीच तनाव भएको थियो ।
कार्यदल बैठक दिल्ली भ्रमणको भिसा लगाउन : श्रेष्ठ
‘कार्यदल बैठक राजनीतिक संयन्त्र बनाउन भन्दा पनि प्रधानमन्त्रीको दिल्ली भ्रमणको भिसा लगाउन आयोजना गरेजस्तो लाग्यो, खास मुद्दामा उहाँहरु गम्भीर देखिनुभएन,’ श्रेष्ठले भने, ‘संविधान निर्माण र संशोधन एकतर्फी गरेझैं संयन्त्र पनि एकतर्फी नै गर्नुभयो भने यसले समाधान हुँदैन ।’
कार्यदल निष्कर्षविहीन
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने कार्यविधिमा अझै पनि मोर्चाले आफ्नो अडान यथावत् राखेकाले कार्यदल स्तरमा सहमति हुन नसकेको बताए । मन्त्रिपरिषद्बाट यसबारे उपयुक्त निर्णय हुन सक्ने उनले संकेत गरे ।
दिल्ली कति दूर
संविधानप्रति असन्तुष्टि प्रकट गर्दै मधेस आन्दोलित हुँदा त्यसमा भारतीय धाप थियो भन्ने काठमाडौंको ठम्याइ छ । ...... उता दिल्लीलाई पनि प्रत्येक गाह्रोसाह्रोमा सहयोग गर्दासमेत काठमाडौंको एउटा मनोविज्ञान जहिले पनि आशंका नै गरिरहन्छ भन्ने छ । भारतमा त्यस्ता व्याख्या गर्नेहरूको बुझाइमा नेपाल एउटा अवास्तविक र काल्पनिक खतराको भावनाद्वारा प्रभावित राष्ट्रको रूपमा देखिँदैछ । .... यस्तो तर्क राख्नेहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा राखेको खुला अभिव्यक्ति र भूकम्पमा पुर्‍याएको द्रुत सहयोग हुँदाहुँदै पनि जहिले पनि संशय राखिराख्नु मुनासिव नभएको बताउँछन् । छिमेकी मित्रको सहयोगप्रति आभारभन्दा पनि कुनै निहुँ झिकेर भारतको विरोध गर्ने प्रयत्न हुँदै आएको उदाहरण दिन्छन् । ..... मधेसका नयाँ पुस्ता जो भारतबाट भावनात्मक लगावमा वैवाहिक सम्बन्धमा आउँदो ह्रास, रोजगारीका लागि तेस्रो मुलुक जाने संख्यामा वृद्धि तथा काठमाडौंको स्थायी सत्तासँग दिल्लीको मितेरी भएको ठानेर टाढिएको अवस्था थियो । तिनीहरू मधेस आन्दोलनप्रतिको भारतीय भूमिकालाई लिएर प्रस्टिए । .....

नेपाली मानसमा ‘एन्टी इन्डियन’ भनेको राष्ट्रवादी हुनु पनि हो । एउटै पात्रको सत्तामा हुँदा र सत्ताभन्दा बाहिर भारतलाई हेर्ने दृष्टिकोण फेरिइरहन्छ । यसरी फेरिनुको चुरो कारण ती पात्र विशेषको निजी महत्त्वाकांक्षा हो, नकि देश ।

..... कुनै बखत व्यक्तित्वको टकराव वा पञ्चायती अनुदारतन्त्र वा वामपन्थीहरूको अतिरञ्जित नाराबाजीलाई सम्बन्ध चिसिनुको कारण बताइन्थ्यो । तर लोकतान्त्रिक परिवेशमा पनि त्यो प्रश्न आफ्नै स्वरुपमा ज्युँदो छ । आखिर भारतले नेपालमा के खोजेको ? ..... जाडोको रातमा चिसोले कठ्यांग्रिएको छेपारो दिउँसो घाम लागेपछि गुँड बनाउने संकल्प गर्छ, घामको तातोमा आफ्ना संकल्प बिर्सेर किराफट्यांग्राको सिकारमा फेरि दिनभर रमाउने गर्छ । हो, त्यही पाराको छ, हाम्रो नेतृत्व । .... देशभित्र बलियो नभएको सरकार र देशलाई बलियो बनाउनतिर नलाग्ने प्रतिपक्ष राजनीति रहेसम्म भारतलाई हेर्ने दृष्टिमा न एकरुपता आउन सक्छ, नत दिल्लीले नै भाउ दिन सक्छ ।
कसरी खुल्यो विरगंज - रक्सौल नाका ।
विरगंज नाका सुचारु हुनु एक दिन अगावै महतोले विराटनगरमा विरगंज नाका मात्रै अवरुद्ध गरिरहनुको कुनै अर्थ नभएको भन्दै गनैृ भए सवै गरौ अन्यथा उक्त नाका पनि सुचारु गरिदिन माग गरेका थिए । त्यसको ठिक एक दिन अगाडी तमलोपा अध्यक्ष महन्थ ठाकुर विरगंज रक्सौल नाका मै पुगेर मोर्चा सग प्रमुख दलहरुले सहमती नगरुन्जेल समम नाका नखोल्ने वताएका थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि त्यही आश्यका अभिव्यक्तिहरु दिदै आएका थिए । तर विराटनगरमा २४ माघमा सदभावना अध्यक्ष महतोले सार्वजनिक रुपमा टिप्पणी गरे संगै २५ माघमा विरगंज नाका सुचारु हुन गयो । ...... काठमाडौ देखि मधेश सम्म फैलिएको एउटा कुरा के हो भन्ने यस पाली मधेश आन्दोलनमा भारतीइ धाप वलियो थियो । त्यस पछि प्रश्न आउछन, उसो भए किन भारतीइ प्रहरीहरु सादा पोशाकमा नाका सुचारु गराएका होलान ? जव कि मोर्चाले नेताहरु एक दुई दिन आफुहरुले मोर्चाको बैठक गरेर आन्दोलनको स्वरुप परिर्वतन गर्न सकने बताइरहेकै थिए । यसको जवाफ ठयाक्कै यही हो भनेर त अहिले नै भन्न सकिन्न तर २५ माघमा र त्यसको सेरोफोरोमा त्यसा घटेको घटनाहरु चाही महत्वपुर्ण देखिन्छ । जसले विना सहमती मोर्चा र त्यसमा धाप दिइरहेको भारतीय पक्ष उक्त नाका सुचारु गराउन पुगे । ........ विरगंज स्थित स्थानिय स्रोतहरु भन्छन, पछिल्लो समयमा उक्त नाका कै आडमा तस्करी यसरी मैलाएको थियो कि भारतीय सुरक्षकर्मीहरु अत्यद्यिक चिन्तामा थिए । भारतीय पक्ष थप चिन्तीत हुनुको प्रमुख कारण थियो कि तस्करी स्वयंम मधेशी पार्टीहरु आवद्ध नेताहरु द्धारा भइरहेको थियो । विरगंज रक्सौल स्थित भारतीय सुरक्षा स्रोत भन्छन, पछिल्ले समयमा त त्याहाका मधेशी नेताहरुमा तस्करी गर्नै कम्पीटिसन नै चल्न थालेको थियो । ...... तस्करी गर्ने कम्पीटिसन यसरी स्थानिय स्तरमा मौलायो र त्यो पनि मधेशी नेताहरु कै अगुवामा त्यसले अन्तोगत्वा भारतीय अधिकारीहरु विरक्तिएर उक्त नाका २५ माघमा खाली दिए । स्रोत भन्छन, २५ माघको विहान नहुदै फोरम नेपालको पर्सा जिल्ला सदस्य मदन यादवले १० ओटा नया टयाक्टर आफनो आडमा विरगंज भित्रियाए पश्चात भारतीइ सुरक्षाकर्मीहरु र त्याहाका स्थानिय व्यापारीहरु तमस्एिर मितेरी पुलमा रहेको टेण्टहरु चलाइ दिएका थिए । पर्सा जिल्लाका फोरम नेपाल सदस्य मदन यादव पर्सा फोरमका अध्यक्ष प्रदीप यादवका दाहिने मानिन्छ । ....... उनीहरु मधेश भन्सार चलाउनका लागी तिमीहरु याहा फेरी धर्ना दिन आएको भन्दै हप्काउदै त्याहावाट हकारेका थिए ..... स्थानिय दुवै तर्फका अधिकारीहरु फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवको पछिल्लो गतिविधीले हैरान रहेको बताउछन । ....... आन्दोलन लम्बिदैदै जादा दशै संगै सुरु भएको तस्करी विरगंज क्षेत्रमा सवै नेताहरुको सहभागीमा भए पनि प्रदीप यादवको गतिविधीले संगठित नै काम हुन थाल्यो .... दशै संगै तस्करी सुर भए लगतै यादवले दुई ओटा नया टयाक्ुर त्यही परियोजनका लागी किनेको र त्यही मार्फत समानहरु भित्राउन थाले । छठ पछि त तस्करी यसरी संगठित रुप लियो त्यही यादव थप दुई ओटा टक नै किनेको देखिन्छ । आन्द्योलन चलीरहदा नाकाका कारण तस्करी यसरी मौलायो कि यसले अपराधको समेत स्वरुप ग्रहण गर्न पुग्यो । केहि समय पहिला विरगंज नजिकैको एउटा गाउमा राती एक युवकको हत्यामा समेत यसरी तस्करी गर्नै गिरोह नै काम गरेको पाइएको देखिएको छ । ......... तस्करीमा उनको संग्लतना उनको यती सम्म देखिएको छ कि उनले दिनमा ७० लाख सम्म रुपैया बैडकहरुमा जम्मा गरेको पाइएको छ ।
सीमांकन विवाद मिलाउन संयन्त्र गठन गर्ने सहमति
सीमांकन विवाद मिलाउन गठन गरिने संयन्त्रको कार्यक्षेत्रमा तराई–मधेसमा दुई प्रदेश बनाइने मोर्चाको प्रस्तावप्रति भने तीन दल असहमत छन् ।

No comments: