Wednesday, February 17, 2016

Nepal News (32)

तीन दल–मोर्चा कार्यदल बैठकमा मतभेद- कार्यविधिको भाषा कस्तो लेख्ने ?
पहिलो संविधानसभामा गठित राज्यपुनसंरचना समितिको प्रतिवेदनलाई आधार मानेर सीमांकन हेरफेर गर्ने वाक्यांशसमेत कार्यविधिमा राख्न मोर्चा नेताले माग गरेपछि कांग्रेस नेता आचार्यले प्रस्ताव गरे, ‘उसो भए तपाईंहरु मधेसमा दुई प्रदेश भन्ने अडान छाड्नुस् । संविधानसभाको समितिमा अनुमोदित प्रतिवेदनप्रति कांग्रेस सकारात्मक छ ।’ तर एमाले उपाध्यक्ष समेत रहेका रावलले राज्यपुनसंरचना समितिको प्रतिवेदन आफ्नो दललाई मान्य नहुने प्रष्टै राखिदिएपछि बैठक अघि बढ्न नसकेको स्रोतले बतायो । ...... संविधानसभाको उक्त समितिले दिएको प्रतिवेदन मान्नु भनेको घुमाउरो भाषामा मधेसमा दुई प्रदेश नै स्वीकार गर्नु हो । ...... तर एमालेले भने समितिबाट उक्त प्रतिवेदन बहुमतले पारित भए पनि संविधानसभाले अनुमोदन नगरेको हुँदा अब फेरि त्यसैमा फर्कन आफूहरु बाध्य नहुने बताएको छ । ..... एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित समितिमा प्रस्तावित संयन्त्रबारे विषय प्रवेश भए पनि सत्तारुढ दलहरुबीच नै मतान्तर भएको थियो । ‘संयन्त्रको कार्यविधिबारे हाम्रो बीचमा मतभेदहरु छन्, बैठकमा पनि त्यो देखियो’
संयन्त्र बनाउन आज वार्ता
आजको वार्तामा मोर्चाले राजनीतिक संयन्त्र गठन हुनु अगाडी तीनवटा पूर्व सर्त राख्ने रणनीति बनाएको छ । .....जसमा आन्दोलनको क्रममा मारिएकाहरुलाई तुरुन्तै सहिद घोषणा गरी परिवारलाई दश लाख क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार र क्षतिपुर्ती प्रभावकारी नभएकोमा सो हुनुपर्ने र संयन्त्रको कार्यविधिमा मधेसमा दुई प्रदेश हुने गरि सीमांकन हेरफेर गरिनुपर्ने सर्त हुनेछन् ।
फोरमका ४० नेताले पार्टी छाडे, रामसपा महासचिव र दुई सचिव निष्काशित
मधेशमा 'असहजता'
जनकपुर मिल्स एरीयाका राजु मंडलको हाथमा अघिल्लो हप्ताको सुरुमै विद्युत महसुलको ५३ हजारको विल परे पछि उनी तीन छक्क परे । जनकपुर बजारमा विद्युतीय रिक्सा चलाउने राजु गएको ३ फागुन अर्थात अघिल्लो सोमवार विहान यो संवाददाता संग भने, यो हप्ता भरीमा महसुल तिरिएनन भने सवैको व्याज सहित तिर्नु पर्ने हुन्छ । गएको ६ महिना देखि तराई मधेशमा मधेश आन्दोलन चलीरहदा सरकारी कार्यलयहरु सुचारु नभए राजु जस्तै अन्य सबै समै मधेशका बासिन्दाहरु सरकारी कार्यलय वाट हुने सवै कामहरु गर्न पाएनन । आन्द्योलन मधेशी मोर्चाले गएको साउन अन्तिम हप्ता अनिश्चिकालिन आमहडतालको घोषणा गर्दा अर्कौ पनि एउटा घोषण गरे, असहयोग आन्द्योलन, जस अन्र्तगत सरकारी तहमा तिर्नु पर्ने कुनै पनि कर, दस्तुुर र महसुल नतिर्न उनले आम मधेशीहरुमा अपिल गरे । मोर्चाले आम हडतालकै अन्र्तगत यस क्षेत्रका सवै जसो सरकारी कार्यलयहरु यस विचमा ठप्प थिए । तर एक हप्ता अगाडी मोर्चाले नाका केन्द्रित विरोध कार्यृक्रम सगै आमहडताल र सरकारी कायृलय वन्द लगायतका आन्दोलनको कार्यक्रम फिर्ता लिने निर्णय गरे । त्यस लगतै तराई मधेशका जिल्लाहरुमा सुचारु भएको सरकारी कार्यलयहरुले विगत ६ महिना देखि नै सवै कर, दस्तुर र महसुल लगायतका कामहरुको विल फटाफट असुल गर्ने अघि वढेको देखिन्छ । आम मधेशमा त्यसले ५ महिना देखिको आमहडताल लगायतको आन्दोलन विथोलिएको मनस्थितीहरु थप असहजतामा फसेको छ । ...... उनी भन्छन, होइन हाम्रा मोर्चाका नेताहरुले सरकारलाई कुनैकर, महसुल नतिरेर असहयोग आन्दोलन गर्नू पर्छ भनेर जनकपुरको वाहविद्यामै उफीउफ्री भाषण गरे अनि अहिले हामीलाई सरकारी कार्यलयले म्याद सहितको पुर्जी दिदा किन काठमाडौमा आवाज उठाउदैनन । ...... स्थानिय अगुवाहरु भन्छन, यो समस्या चौतर्फी भएकाले मोर्चाको केन्द्रिय तहवाट सरकार संग यसवारेमा कुरा गर्नु पर्ने हुन्छ । एक स्थानिय आन्दोलनकारी अगुवा भन्छन, आम मधेशीहरुको घर घरमा मोटरसाइकल छन, गएको ६ महिना देखि नत कसैले लाइसेन्स रिन्यु गराएका छन नत कुनै गडीहरुको कर नै तिरेका छन । अनि अहिले सरकारी कार्यलयहरु सुचारु भए लगतै कर देखि विद्युत सम्मको कार्यलयको विलले सम्पुर्ण मधेशी समाजमा एउटा नयां तरंग पैदा गरि दिएको छ । ....... गएको ६ महिना देखि आफनो मोटरसाइकल सहितका अन्य कुनै पनि सवारी साधनहरुको कर नतिर्न नपाएको मधेशीहरु अहिले ठाउ ठाउमा १ हजारको पुर्जी आतंकले हैरान मात्रै हौइन कि त्रासमा यात्रा गर्नु पर्नै अवस्था सिर्जना समेत भएको छ । ...... मंगलवार दिउसो बारा सदरमुकाम कलैयावाट विरगंज तमलोपा महामन्त्री जितेन्द्र सोनलका साथ आउन लाग्दा यो संवाददाता त्याहा पनि त्यसतै असहज वातावरणको सामना गर्नु पर्यो । कलैयावाट निस्कने वितिकै टाफिक प्रहरीको एउटा समुहले सवारी साधनहरुको कडा जेकचाज गरीरहेका थिए । झण्डै दर्जनौ युवाहरु आफना मोटरसाईकल त्यही प्रहरीको जिम्म लगाउदै १ हजारको पुर्जी हाथमा लिइरहेका थिए । हामी त्याहा तमलोपा महामन्त्री सोनलका साथ आउने वितिकै प्रहरी भन्दा पनि ती मधेशी युवाहरुले हाम्रो सवारुी साधनलाई घेर्न पुगे र नेता सोनललाई नेताजी हेर्नुस् न हामीलाई याहा यसते पो गरुीरहेको गुनासो गरे । त्यहा डयुटीमा खटेका प्रहरी अधिकारीहरुले अधिकाशको लाइसेन्स रिन्यु नभएकालेले यस्तो पुर्जी काटीरहेकोबताए । त्यस लगतै सोनलले वाराका प्रहरुी प्रमुख संग फोन संवाद गर्दा, प्रहरी प्रमुख सम्भावित दुर्घटना नबढोस भन्ने उदेश्यका साथ यसरी चेक जाच बढाएको बताए । पछि सोनलले आन्दोलनको चपेटामा रहेको मधेशमा उत्पन्न भएको केहि केहि व्यहवारिक कुराहरु प्रहरी प्रमुखलाई बताए पश्चात त्याहा तत्काल त्यो चेकजाच हटाइयो । ....... शनिवार जनकपुर आन्दोलनको केन्द्र मानिने त्याहाको जनकचौकमा पनि प्रहरुीले मोटरसाइकल सहितको अन्य सवारी साधनहरुमा काटिरहेको पुर्जीले त्याहा आतंकको वातावरण सिर्जना गरिएको थियो । गएको ६ महिना देखि कुनै काम सरकारी स्तरवाट नभएको तराई मधेशमा यसरी पिडित हनेहरुले मध्ेशी मोर्चाका नेताहरु काहा छन भनेर प्रश्न तेर्साउन गर्छन । ....... जनकपुर क्षेत्रमा आन्दोलनको मोर्चामा अग्रपंक्ति रुपमा देखिने युवा अभियानी सरोज मिश्रा भन्छन, पछिल्लो समयमा कर, लाइसेन्सर रिन्यू, विजुली महसुल, विद्यालयको पि लगायतका समस्याले मधेशमा एउटा आतंकको वातावरण सिर्जना भएको छ । मिश्रा भन्छन, यसमा मोर्चाको शिर्ष तहवाट हुनु पर्नै पहलहरु अहिले सम्म देखिएका छैन, जसका कारण स्थानिय मधेशी आन्दोलनका अगुवाहरु समस्यामा परेका छन । जनकपुर सहित तराई मधेशका अन्य सवै जिल्लाहरुमा मोर्चाका स्थानिय नेताहरुले विद्युत महसुल, कर लगायतको समबन्धमा विभिन्न दबाब मुलुक कार्यक्रमहरु गर्दै आएका छन । पछिल्ले समयमा जनकपुरमा भएको केहि विरोध स्वरुप विद्यसत कार्यलय जनकपुरले एक विना फाइन महसुल तिर्ने एक हप्ता समयलाई तीन हप्तामा तन्काएको छ । तर अन्य सवै क्षेत्रमा जस्ताको त्यसतै छ । मंगलवार स्थानिय प्रशासन मार्फत प्रधानमन्त्री कार्यलय यस वारेमा सिरहावाट ज्ञापन पत्र पठाएका तमलोपाका केन्द्रिय सदस्य तथा युवा नेता सुरेश मंडल भन्छन,

यसलाई चाडो सम्बोधन नगरिए यसकै लागी पनि एउटा आन्दोलन गर्नु पर्नै अवस्था सिर्जना हुन थालेको छ ।

.......... विरगंज सहित तराई मधेशका जिल्लाहरुमा आम नागरिकको एउटा अर्को गम्भिर चासोको पनि विषय शिक्षण सस्थाको शुल्कहरु संग जोडिएको छ । निजी शिक्षण संस्थाहरुको मासिक शुल्कले समेत मधेशमा अहिले त्रासको वाताव।ण सिर्जना गरिएको स्थानियहरु बताउछन । विरगंजका एक शिक्षकले मंगलवार सुनाउदै थिए, हेर्नुस उच्च माध्यमिक तहको फर्म भर्ने अन्तिम दिन थियो, विद्यालयहरुले कर लगाएर विद्यार्थीहरु संग यही वाहानामा सबै पैसा असुल गरीरहेका छन । जनकपुरमा स्थानिय आन्दोलनहरुको दबाबमा गएको ६ महिना मध्ये आधाको मात्रै फिस तिर्ने वातावरण निर्माण भए पनि मधेशका अन्य ठाउहरुमा त्यसतो देखिएका छैन । ......... आम मधेशीहरु यस सन्दर्भमा आन्दोलनरत मोर्चाले केन्द्रिय तहमा ठोस कदम चाल्नु पर्ने बताउछन ।
संयन्त्र गठन गर्न प्रधानमन्त्रीलाई किन हतारो ? राजेन्द्र महतोको पाँच शर्त
आन्दोलनको क्रममा सहिद भएको परिवारहरूलाई राहत दिनुपर्ने, घाइतेहरूलाई पूर्ण उपचार, अहिलेसम्म घाइतेहरुका लागि उपचारमा भएको खर्चको भुक्तानी दिनुपर्ने, पछिलो समय आन्दोलनको क्रममा भएको घटनालाई आधार बनाएर प्रहरी प्रशासन द्धारा झुठा मुद्दा लगाएर धरपकड गर्ने जस्ता काम तत्काल रोक्नु पर्ने, र आन्दोलनको क्रममा झुठा मुद्दा लगाएर मुद्दा चलाएका आन्दोलनकारीहरूको मुद्दा तत्काल फिर्ता गर्नु पर्ने ..... राजनीतिक संयन्त्रको बारेमा भारतले निकै चासो लिएको छ । ..... भारतको सल्लाहमा नाकाबन्दीलगायत अन्य आन्दोलनका कार्यक्रम स्थगित गरेका मधेशवादी दलसँग कुनै सहमति नै नगरिकन भारत भ्रमण भयो भने यसले राम्रो सन्देश नजाने भएपछि भारतले मधेशवादी दलको सहमतिमा उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर मात्र भ्रमणमा आउन भनेको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्र बनाउन हतार गरेका हुन् । ...... कार्यविधिमा नै मधेशमा दुई प्रदेश हुने, तीन महिनाभित्र टुगों नलागे त्यसपछि संयन्त्रले के गर्ने, संयन्त्रले ल्याउने प्रतिवेदन कति महिनामा कार्यान्वयनमा ल्याउने, सविधान संशोधन कहिले हुने लगायतका शर्त मधेशी मोर्चाले कार्यविधिमा राख्न चाहेका थिए तर तीन दलका नेताहरुले सबै कुरा कार्यविधिमा नै उल्लेख गरेपछि राजनीतिक संयन्त्रको के काम हुने प्रश्न त्यतिबेला गरेका थिए । यी र यस्तै कुरामा मतविभाजन भएपछि तीन दल र मधेशी मोर्चाबीच कुरा विग्रेपछि वार्ता प्रकृया अवरुद्ध भएको थियो । र, अहिले प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गर्नुपर्ने भएकाले संयन्त्र गठन गर्न जुरर्मुराएका छन् ।
संयन्त्र बनाउने कुरा नमिलेपछि कर्णले भने, ‘प्रमलाई भ्रमणमा जाने भिसा दिन सकिन्न’
बैठकमा एमालेका नेता एवं रक्षा मन्त्री भिम रावलले हिमाल, पहाड र तराई शब्द राख्नुपर्ने प्रस्ताव राखेपछि सो प्रस्तावलाई अस्वीकार गर्दै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले ‘आन्दोलन तराई मधेशमा भएको छ कि हिमाल पहाडमा ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । ...... नेपाली काँग्रेसका नेता महेश आचार्यले बन्न लागेको राजनीतिक संयन्त्रले तीन महिनाभित्रमा आफ्नो काम सकाउने र प्रतिवेदन प्राप्त भएको दिनदेखि एकहप्ताभित्रमा संविधान संशोधन प्रकृया शुर गर्ने प्रस्ताव राखेका थिए । ..... उनले भने, ‘कसैलाई कतै भ्रमणमा जानुछ भन्दैमा हतार हतारमा संयन्त्र गठन गरेर हुँदैन । यत्रो मधेश आन्दोलन भयो, ६० जनाभन्दा बढीले सहादत दिए तर आज जेपाए त्यही सहमति गर्नमा मोर्चा तयार हुँदैन ।’ उनले तराई मधेशको मागलाई आधार मानेर संयन्त्र तथा त्यसको कार्यविधि बनाउनुपर्ने उल्लेख गर्दै दुई प्रदेश आफूहरुको बटमलाइन रहेको र त्यसको आधारमा संयन्त्र बनाउनुपर्ने बताए ।
सीमाङ्कन समस्या समाधान हुनुपर्छ : अध्यक्ष महतो
राजेन्द्र महतोले जसरी भए पनि डेढ महिनाभित्रै सीमाङ्कनको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । ..... उनले अहिलेकै कार्यदलले काम गरे परिणाममुखी नतिजा दिनसक्ने बताए । उनले घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति जस्ता माग पूरा नगरी निर्माण गर्ने संयन्त्रले कुनै अर्थ नराख्ने पनि बताए ।


मधेसी मोर्चाको नवलपरासी सदरमुकाममा लाठी जुलुस
तराई मधेश लोकतान्त्रीक पार्टीको कार्यालयबाट निस्ककोे मोर्चाको लाठी जुलुस परासी बजारका बिभिन्न भाग परिक्रमा गरी बुद्ध चौकमा पुगेर सभामा परीणत भएको थियो । .....कोण सभामा बोल्नेहरुले मधेश आन्दोलन मथ्थर नभएको बताउदै मोर्चा अहिले शक्ति संचयमा लागेको बताएका थिए । ...... सरकारले आफना ११ बुंदे माग पुरा गर्ने संकल्प गरेमा आन्दोलन गर्ने रहर कसैलाई नभएको तमलोपाका बरीष्ठ उपाध्यक्ष हृदयस त्रिपाठीले बताए ।
उपेन्द्रमाथि आरोप लगाउँदै समाजवादी फोरमबाट २४ केन्द्रीय नेता बाहिरिए
“अध्यक्ष उपेन्द्र यादवले फरक विचार राख्नेलाई सहन नसकेका र पार्टीले एकताका नाममा समानुपातिक समावेशीकरणको सिद्धान्तलाई छोडेकाले ‘सङ्घीय नवविचार समूह’ गठन गरेका छौँ”– नेता अन्सारीले आरोप लगाए । .... पार्टी परित्याग गरी समूहमा प्रवेश गर्नेमा केन्द्रीय सदस्य एवम् ताम्सालिङ समिति इञ्चार्ज वीरबहादुर लामा, शेर्पा प्रदेशका अध्यक्ष नोर्साङ शेर्पा, केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज राजकुमार यादव, केन्द्रीय सदस्य रामेश्वरप्रसाद यादव, नवीन्द्रकुमार लामा, उपेन्द्र साह, शम्भु चौधरी, मेम्बर लोलगायत २४ जना केन्द्रीय नेता छन् । ..... साथै, सिन्धुपाल्चोक जिल्ला समितिका कावा अध्यक्ष टेकबहादुर जोशीलगायत १८ जना नेताले पनि एक वक्तव्य निकाली पार्टी परित्यागसँगै समूहमा प्रवेश गरेको घोषणा गरे । समूहले फागुन २९ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला गरी पार्टीलाई पूर्णताः दिने बताइएको छ ।

No comments: