Monday, February 15, 2016

Nepal News (29)

सरकार माहौल बिगार्दै......जब जब निर्णायक वार्ता भन्थ्यो तब तब सरकारद्वारा मधेशमा क़त्लेआम र दमन हुन्थ्यो, र माहौल बिर्...

Posted by Upendra Mahato on Monday, February 15, 2016

अब फेरि चार महिना नाकाबन्दी गरेपनि आनन्दले सहिन्छहरेक पल्ट फुटबलमा भारतलाई जितिन्छ ।यो मन त मेरो नेपाली हो....

Posted by Prateek Pradhan on Monday, February 15, 2016

अध्यक्ष जी हिमालयन टेलिभिजनमा ......आज ८:०० बजे राती प्रसारण हुँदैछ मधेश आन्दोलन, मोर्चाको विस्तार, मधेश मुद्दाको समाध...

Posted by सदभावना पार्टी on Sunday, February 14, 2016

विराटनगरमा त कहिल्यै नाकाबन्दी भएन । उपेन्द्रजीको इमान्दारीमा प्रश्न गर्ने कि नगर्ने ? तमलोपाले रुपन्देही, कपिलवस्तु क्ष...

Posted by सदभावना पार्टी on Sunday, February 14, 2016

नाकाबन्दी सकियो, दर्जनौ आन्दोलनकारीको मरण र टिकापुर 'लिञ्चिङ्ग' ले अझै स्थब्द छ समाज । यस्तो नदोहोरिनको लागि कसरी भयो, कसले गर्यो, बुझ्नै पर्छ। बिर्सनु हुन्न। अनुसन्धान र जवाफदेही चाहिन्छ।

Posted by Kanak Mani Dixit on Sunday, February 14, 2016

सदभावना अध्यक्ष राजेन्द्र महतोले सत्तासाझेदार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी आन्दोलनरत...

Posted by सदभावना पार्टी on Monday, February 15, 2016


पहाडे मनोवृत्तिका ब्राह्मणलाई मानवीकरण गर्ने मौका हो मधेस आन्दोलन
तर झापामा म जहाँ जन्में, जतिखेर जन्में, त्यति बेलामा पहाडे समुदायको बाहुल्य भइसकेको थियो । राजवंशीहरु, सन्थालहरु धकेलिएर तल पुगिसकेका थिए त्यो बेला । ...... म जन्मेर हुर्किंदै गर्दा घरमा मलाई के भनिन्थ्यो भने कोशी नदी तरेर उत्तापट्टि पश्चिमतिरको भाग नेपालजस्तो लाग्दैन । ...... त्यही डे बसमा काठमाडौं घुम्न आउँदा कोशी नदीभन्दा पश्चिमपट्टि झ्यालबाट बाहिर हेर्न मन लाग्दैनथ्यो । म झ्याल बन्द गर्दथें । किनभने यो मेरो ठाउँजस्तै लाग्दैनथ्यो । ...... त्यो ठाउँ पनि नेपाल त नेपालै हो । तर त्यहाँ बस्ने मान्छे नेपाली होइनन् जस्तो मैले बुझेको थिएँ । अथवा मलाई त्यसरी नै बुझाइएको थियो । त्योसँग ‘आइडेन्टिफाइ’ गर्ने कुनै तत्व नभएकोले मैले झ्याल बन्द गरेर हेर्न नपरेजस्तै थियो । र, मलाई के लाग्दछ भने यसरी हेर्नु वा यसरी हेर्न वा यसरी हेर्न सिकाइनु अमानवीकृत गर्नु हो । मानव हुन नदिनु हो । अर्को मान्छेलाई होच्याएर हेर्न सिकाइनु अथवा अर्को मान्छेलाई मभन्दा कम आँकेर हेर्न सिकाउनु मलाई सम्पूर्ण मानव हुन नदिनु हो । ...... अहिलेको मधेस आन्दोलन खगेन्द्र दाइले भनेजस्तै हाम्रो लागि एउटा ठूलो मौका हो । पहाडमा जन्मेहुर्केको अथवा पहाडे मनोवृत्तिबाट हुर्केको, हामीजस्ता ब्राह्मणले आफूलाई बढी मानव बनाउने अथवा मानवीकरण गर्ने ठूलो मौका हो यो आन्दोलन । किनभने यो आन्दोलनले हामीलाई ‘अनलर्न’ गर्न सिकाउँछ । पुराना वा पूर्व धारणालाई भत्काएर नयाँ ढंगले सोच्न सिकाउँछ । दुःख र विडम्बना के हो भने यसरी सोच्ने हामीजस्ता व्यक्ति एकदम अल्पमतमा छौं । तर चाँडै त्यस्तो दिन आउने छ, जहाँ चाहिँ हामी पूर्ण मानव बन्ने छौं र धेरैले, बहुमतले त्यसरी सोच्ने छन् ।

No comments: