Monday, February 15, 2016

Nepal News (28)



कसरी तुहियो मधेस आन्दोलन ?
आन्दोलनको तीनवटा मुख्य कुरा हुन्छ– एजेन्डा, संगठन र नेतृत्व । विगत ६० वर्षको इतिहास हेर्ने हो भने मधेस आन्दोलन चलेको नै एजेन्डाका कारणले हो । उसको एजेन्डा नै यति बलियो छ कि त्यहाँ नेतृत्व र संगठन कमजोर हुँदा पनि आन्दोलन उठ्दो रहेछ । .....

आन्दोलन यसरी लक्ष्यमा नपुगि तुहिनुमा मधेसी मोर्चाको नेतृत्वको सामूहिक असफलता मुख्य कारण हो । यो आन्दोलनको औपचारिक रुपमा जसले नेतृत्व लिएको थियो, उसको असफलताका कारण आन्दोलन हाललाई तुहियो । म हाललाई किन भनिरहेको छु भने यसको एजेन्डा पूरा भएको छैन । त्यसैले नयाँ नेतृत्व खोजेको छ । नयाँ नेतृत्व आउने सम्भावना छ ।

....... प्रधानमन्त्री निर्वाचनमा मधेसी मोर्चाले भोट हालेपछि नै मैले सार्वजनिक रुपमा यो आन्दोलन तुहिने भयो भनेको थिएा । ..... भन्न चाहिँ हामी संविधान निर्माण प्रक्रियामा सहभागी छैनौं, यो संविधान मान्दैनौं भन्ने तर संविधान सभा छोड्ने हिम्मत पनि नगर्ने ? यसबाट तीन दलले बुझ्यो यो मोर्चाको घुर्की हो । र, यो घुर्की संविधान नल्याइन्जेल मात्रै हो । यसैले यो मोर्चाको कमजोरी बन्यो । संविधानको प्रक्रिया बहिष्कार गरेर फेरि प्रधानमन्त्री निर्वाचनमा फर्किनु सबभन्दा ठूलो गल्ती थियो । अझै मोर्चाले भोट कसलाई दियो भने जुन पार्टी (नेपाली कांग्रेस) ले संविधान निर्माणलाई लिड गरेको थियो, जसको सरकारले मोर्चाका ४० कार्यकर्तालाई मारेको थियो । त्यो पनि बिना कुनै सहमति, बिना कुनै सम्झौता । ...... यसले प्रश्न उठायो– मधेसी मोर्चा कोसँग लडाई गरिरहेको छ, केका लागि लडिरहेको छ ? जसका विरुद्ध लडेको भनेको छ, भोट त उसैलाई हालेको छ । यसले के देखायो भने, हामीलाई चाहिँ आन्दोलनमा मर्‍यो भने पचास लाख दिन्छु भन्छ, तर आफू चाहिँ पचास हजारको जागिर जोगाउन संसद् जान्छ भने सन्देश गयो । .......

पहिलो संविधान सभामा मोर्चाको ८६ भोट थियो, सबै पार्टीको मधेसी अनुहारको संख्या २१० थियो । संविधानसभामा सामान्य बहुमतका लागि ३०१ चाहिन्थ्यो । दुई तिहाईको लागी ४०० संख्या चाहिन्थ्यो । यसपटक मधेसी दलको भोट पचास जतिमा घट्यो । सबै मधेसी दलका सांसदको पनि १ सय ८० जतिमा आयो ।

...... सप्तरिदेखि पूर्व र पर्सादेखि पश्चिममा पनि त आन्दोलन थियो । ...... मोर्चाका नेताहरुको ध्यान गएको निर्वाचनमा भएको क्षतिको परिपूर्ति गर्ने र आगामि निर्वाचनमा कसले कति सिट पाउने भन्नेमा केन्द्रित भएको देखियो । कांग्रेस, एमाले, माओवादीमा भएकालाई पनि सहभागी गराउने हो भने त उनीहरुले पनि जस खोज्छन् । शरद सिंह, जेपी गुप्तासँग सहकार्य गर्‍यो भने उनीहरुले पनि सेयर खोज्छन् । यसैले आगामि निर्वाचनमा सबै आफैंले मात्रै फाइदा लिउ भनेर मोर्चाले निशेधको राजनीति गर्‍यो । आन्दोलनलाई यो अवस्थामा पुर्‍याउनमा मोर्चाको यो रणनीतिक कमजोरीको ठूलो भूमिका म देख्छु । ...... आन्दोलन तुहिसकेपछि गठबन्धन बिस्तारको के अर्थ छ ? ......

१६ बुँदेले भारतसँगै मधेसी मोर्चालाई पनि बाहिर राख्यो । यसैले भारत र मोर्चा एकै ठाउँमा जस्तो देखियो । त्यो एउटा संयोग थियो । तर, जुन दिन तीन दलले भारतलाई विश्वासमा लियो, त्यसदिन मोर्चा एक्लै भयो । अहिले भएको त्यति हो ।

...... अन्तरिम संविधान जारी भएपछि मधेसमा भएको आन्दोलनलाई सम्बोधन गर्न भारतको मध्यस्थतामा २०६४ को फागुनमा ८ बुँदे सहमति भएको थियो । १६ बुँदे सहमतिले त्यसलाई पनि किनारा लगाइदियो । ...... मधेसका अघिल्ला आन्दोलनहरु राजमार्ग र सदरमुकाम केन्द्रित थिए । तर, यसपटकको आन्दोलन सहरबाट गाउँमा र उत्तरी राजमार्गबाट दक्षिणी सीमामा पुग्यो । नाकाबन्दीले आन्दोलनलाई मधेसी समाजमा गहिरोसम्म पुर्‍यायो । ...... मधेसमा पनि गाउँ गाउँमा आन्दोलन पुग्यो । ...... यो आन्दोलनमा असंख्य पहाडीहरुको समर्थन देखियो । मधेसमा कुनै पहाडीको घरमा आक्रमण भएन, काठमाडौंमा कुनै मधेसी माथि आक्रमण भएन । यो नै यसको सकारात्मक पक्ष रहयो । तर, आफ्नो कुरा राम्रोसँग बाहिर ल्याउन र ठीक ठाउँमा दबाब पार्न चाहिँ मधेसी मोर्चा चुकेको हो । ...... योपालीको आन्दोलनमा मोर्चाका नेताहरुका बीच तालमेल र इमान्दारीको अभाव चाहिँ देखियो । उहाँहरुलाई नाका बाँडफाट गर भनेर कसैले भनेको थिएन । उहाँहरुले आफैं बाँडफाट गर्नुभयो । ......

विराटनगरमा त कहिल्यै नाकाबन्दी भएन । उपेन्द्रजीको इमान्दारीमा प्रश्न गर्ने कि नगर्ने ? तमलोपाले रुपन्देही, कपिलवस्तु क्षेत्रमा चुनाव जितेको छ । उहाँहरुको भागमा पर्‍यो भैरहवा नाका । त्यो क्षेत्रका दुईजना प्रभावशाली नेता छन्– हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ल । उहाँहरु महन्थजीको प्रतिष्ठाको लागि पनि नाका बन्द गर्नुपथ्र्यो नि, किन नगरेको ?...महेन्द्र यादवजीको भागमा थियो काकरभिट्टा । उहाँ एक मिनेटका लागि पनि काकरभिट्टा जानुभयो ? नाका बाँडफाट गरिसकेपछि किन जानुभएन ? यसमा नेतृत्वको बेइमानी देखिएकै हो ।

...... केपी ओलीजीले प्रचण्डलाई कन्भिन्स गराएर उहाँको मधेसी मोर्चासँगको निकटतालाई तोडेर आफ्नो लाइनमा ल्याउनु भयो । ..... यो वर्ष नेपाली राजनीतिमा केपी ओलीले जे चाहनुभयो त्यो मात्रै पूरा भएको थियो । भारत, मोर्चा वा अरु नेताले चाहेको त केही पनि पूरा भएन । .....

यो सरकारले भारतलाई रिझाउने, सम्झौता गर्ने तर मधेसी मोर्चालाई नजरअन्दाज गर्दै मधेसमा दमन गर्ने नीति लियो । मधेससँग त डिल गर्नु नै परेन । राजेन्द्र महतोलाई एउटा फोन गरेको भरमा नाका खुल्यो ।

....... नेपालको आजको राजनीतिमा सबैभन्दा शक्तिशाली व्यक्ति केपी ओली, शक्तिशाली पार्टी नेपाली कांग्रेस भए पनि ट्याक्टिस जानेको नेता प्रचण्ड र सत्ता समीकरणको स्मार्ट खेलाडी कमल थापा हो । मंसीरको मध्यमा कमल थापाजीको भारत भ्रमण निकै सफल देखियो । उहाँले चार बुँदे ननपेपर एग्रीमेन्ट जुन गर्नुभयो, पछिल्लो समय नेपाली राजनीति त्यसैबाटोमा अगाडी बढ्यो र अन्तत: नाकाबन्दी पनि खुल्यो । यसरी भारतले पनि सामथ्र्यवानकै पक्ष लिएको देखियो । ..... म ४२–४३ वर्षको भएँ । मेरो स्कुले जीवन बहुदल र निर्दलको आन्दोलनमा बित्यो । स्कुलबाट लगिने पञ्चर्‍यालीमा गएर पञ्चायत जिन्दावाद भन्ने, कांग्रेसको र्‍यालीमा गएर बीपी कोइराला जिन्दावाद भन्ने । कलेज जीवनमा कांग्रेस र एमाले भन्दै रेलिङ तोडेर बित्यो । जब करिअर सुरु गर्ने बेला भयो, माओवादी जनयुद्ध सुरु भयो । नेपालीहरुको लास गनेर हाम्रो करिअर सुरुको बेला बित्यो । यति मानिस मर्‍यो, यति पुल भत्कियो गनेर बित्यो । ..... समस्या बाँकी छोड्नु भनेको चाहिँ झगडाको बाटो खुला राख्नु हो ।
शाहरुखको गाडीमा ढुंगामुढा, आमिरको कार्यक्रममा आगो लाग्यो
मोर्चाले नलिएपछि जनतान्त्रिकतिर लागे मात्रिका र जेपी
संयोजकद्धय गुप्ता र यादव गैरसंसदीय दल भएको भन्दै मोर्चामा लिन नसकिने भन्दै उनीहरुलाई पाखा लगाइएको थियो ।
प्रचण्डलाई महतोको चेतावनी, यो रवैया ठिक भएन
मधेशी मोर्चाले आन्दोलन स्वरुप परिवर्तन स्थगित गरेपनि मधेशका विभिन्न जिल्लामा प्रहरीले आन्दोलनकारीलाई धडपकड जारी राखेको भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गम्भिर आपत्ति जनाएको छ ..... महतोले प्रचण्डलाई आफूहरु आन्दोलनको स्वरुप परिवर्तन गरेर लचक बन्दासमेत सरकारको रवैया ठीक नभएको र यस्तै कार्यशैली जारी रहे आफूहरु पहिलेभन्दा पनि सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको ...... महतोका अनुसार महोत्तरी, धनुषा, बारामा आन्दोलनमा भएको विभिन्न घटनाको आधारमा धडपकड गरेर मुद्दा चलाउन काम भइरहेको छ ।
मधेसी मोर्चामा राजेन्द्र महतो शक्तिशाली, यस्ता छन् ५ कारण
मधेशमा पनि अरु नेताको भन्दा राजेन्द्र महतोको आलोचना कम भइरहेको छ । यसअघि मधेशवादी दलकै नेताहरुले पटक पटक नाकाबन्दी खोल्ने अभिव्यक्ति दिएपनि नाकाबन्दी खुलेका थिएन । तर, राजेन्द्र महतोले एकपटक मात्र त्यस्तो अभिव्यक्ति दिएपछि नाकाबन्दी खुलेपछि उनलाई मोर्चाका अन्य नेताभन्दा शक्तिशाली मानिएको छ । ...... राजेन्द्र महतोजीले दिएको अभिव्यक्ति प्रिमेच्योर भयो र दिनु हुँदैन थियो भन्ने कुरामा म पनि सहमत छु । तर के यति भन्दैमा महतोजीले मधेश आन्दोलनमा गरेको योगदान भुल्न मिल्छ ? के पुलिसको बुटले जोगबनी नाकामा खाएको कुटाइ बिर्सन मिल्छ ? के पुरै आन्दोलन भरी हरेक शहिदको घरमा गएको कुरा भुल्न मिल्छ ?
भारतका सफल गुप्तचर अधिकारी जो नेपाल मामिलामा असफल देखिए
उनी सुरक्षा सल्लाहकार बनेपछि उनका अगाडि गृहमन्त्री राजनाथ सिंह तथा विदेशमन्त्री सुष्मा स्वराज समेत फिक्का देखिए तर नेपाल मामिलामा भने उनको जादु चल्न सकेन । ..... डोभाल गुप्तचर क्षेत्रमा जानकार भए पनि विदेशी सम्बन्ध, कूटनीति र सैनिक अपरेशनमा खासै जानकार नरहेकाले असफलता भोग्नुपरेको जनाउँछन् । ...... डोभालका समर्थकहरु भने डोभालले कैयाँै जिम्मेवारी रहरले नभएर प्रधानमन्त्री मोदीले जिम्मेवारी दिएकाले सम्हाल्नुपरेको जनाउँछन् । डोभालका आलोचकहरु त उनी भाषामा समेत परिष्कृत नभएको आरोप लगाउँछन् ।



So I had not flown NAC for years - till the Nepal Lit Fest organisers got me a Delhi-KTM ticket a few weeks ago on the...
Posted by Prashant Jha on Saturday, February 13, 2016


संस्कारविपरीत कुरा गर्नेका बारेमा मोर्चाले सोच्नुपर्छ : वृषेशचन्द्र लाल
आन्दोलन निरन्तर जारी छ र आन्दोलनले आफ्ना मुद्दाहरुको सम्बोधन नहुञ्जेलसम्म विराम लिने छैन । ...... मधेशमा औपनिवेशिक मानसिकताले शासन गरेको छ । हामीले त्यसलाई तोड्न चाहन्छौं । आमहड्तालको कार्यक्रम र सीमानाका धर्नालाई नाकाबन्दी भनिए पनि वास्तवमा त्यो नाकाबन्दी होइन । हामीले सीमामा धर्ना गरेका हौं । सार्वजनिकस्थल, सदरमुकाम, राजमार्ग आदि ठाउँमा जाँदा राज्यले नृशंस भएर मधेशी आन्दोलनकारीहरुको दमन गर्यो । छाती, टाउको, मुख र पेटमा गोली हान्यो । गोली लागेकाहरुलाई फेरि पनि गोली हानेर मारियो । यसकिसिमले नृशंसताको प्रदर्शन भयो र यस अवस्थामा आन्दोलनकारीहरु बिस्तारै सीमातिर धकेलिदै गए र सीमामा धर्ना सुरु भयो र सीमामा धर्ना सुरु भएपछि अपेक्षाकृत सरकारी दमन पनि कम भएर आयो । ........ सरकार पूर्णतया तस्करमाथि निर्भर भयो । सरकारले नेपालको अर्थव्यवस्थाको मूलआधार नै तस्करीलाई बनाउन खोज्यो । जसले गर्दा सम्पूर्ण देशको अर्थ व्यवस्था चर्मरायो । त्यो तस्करीतन्त्रले पनि हुने आपूर्ति पनि मधेशमा गरिएन । मधेशलाई अलगै किसिमले दुखः दियो । ...... यस परिस्थितिमा मधेशको आर्थिक गतिविधिलाई सहज बनाउन र आन्दोलनकारीको शक्ति संचयका निम्ति पनि हामीले सीमामा धर्नालगायत आमहड्तालका कार्यक्रहरु फिर्ता लिने निर्णय गरयौं । अब यसबाट ती हामीलाई थप विषयका लागि गृहकार्य गर्न र कार्यक्रमहरुलाई कसरी अगाडि लग्नेबारे निश्चित गर्न समय प्राप्त भएको छ । अहिले हामीले हस्ताक्षर अभियान सुरु गरेका छौं र यस हस्ताक्षर अभियानलाई एउटा जनमतसंग्रहको रुप दिने प्रयासमा छौं । ........

मोर्चा बिल्कुल एकताबद्ध छ । एकबद्ध भएर अघि बढ्नेछ ।

...... सबै नेताहरुले पनि कार्यविभाजनको हिसाबले काम गरिरहेका छन् । कोही कार्यदलमा काम गरिरहनुभएको छ । कोही अन्तर्राष्ट्रिय वातावरण बनाइरहनुभएको छ । कोही आदिबासी र जनजातिहरुसँग सम्पर्क गरिरहनुभएको छ । कोही नेताहरु मधेशमा डुलीडुली सम्पूर्ण मधेशी साथीहरुलाई एकजुट बनाइररहनुभएको छ । ...... वीरगञ्जमा तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरु, सङ्घीय फोरमका कार्यकर्ताहरु, सद्भावना पार्टीका कार्यकर्ताहरु, तमसपाका कार्यकर्ताहरु संयुक्तरुपमा बस्ने गर्नुहुन्थ्यो । ...... मलाई लाग्छ, केही तत्वहरु जो मोर्चाका नेताहरुका बीच विवाद उत्पन्न होस् भन्ने चाहन्छन् उनीहरु यस्तो कुरा फिँजाउन सक्रिय छन् । कुनै नेताको प्रशंसा गर्ने र कुनै नेताको बदख्वाइँ गर्ने काममा लागिरहेका छन् । सामाजिक सञ्जालमा पनि केही त्यस्ता व्यक्तिहरु छन् । ...... मोर्चा थप सशक्त भएको छ । मोर्चामा थप तीनओटा दलहरु आबद्ध हुनु भनेको यसैको परिणाम र प्रमाण हो । ...... अहिले हाम्रो अर्जुनदृष्टि भनेकै आन्दोलनलाई मजबूत बनाउने हो । अर्को कुरा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा अहिले समावेश भएका दलहरु पहिले पनि मोर्चामै थिए । ...... प्रधानमन्त्री स्वयंले वालुवाटारमा कार्यदलको बैठक बोलाउनुभएको थियो । मैले जानेसम्म सकारात्मक ढंगबाट नै वार्ता अघि बढिरहेको छ । तर अहिलेसम्म राजनीतिक संयन्त्र र त्यो संयन्त्रको कार्यक्षेत्र र विधिका बारेमा टीओआरको निक्र्योल हुनसकेको छैन । त्यसको संवैधानिक ग्यारेन्टीको निक्र्योल भएको छैन । आगामी एक दुई दिनमा स्पष्ट हुन्छ कि वार्ता सकारात्मक दिशातिर जान्छ कि जाँदैन । गएन भने आन्दोलनको विकल्प छैन र मधेशीहरु पुनः सशक्त आन्दोलनमा उत्रिनेछन् । ..... बाँकी रहेका नागरिकता, सीमाङ्ककन र राष्ट्रियसभा तथा व्यवस्थापिका संसदमा पनि प्रतिनिधित्वको सबाल छन् । विश्वव्यापी लोकतान्त्रिक अभ्यासअनुसार एक व्यक्ति एक मतका आधारमा बढ्नुपर्छ भन्नेमा छलफल भइरहेको छ । यो देखिएको मात्र हो कि नागरिकता र सीमाङ्कनका बारेमा मात्र छलफल भइरहेको छ । अन्य बुँदामा पनि छलफल भइरहेको छ । एघारबुँदे मुद्दाको एकमुष्ठ सम्बोधन हुनुपर्छ भन्ने कुरामा मोर्चा दृढ छ । त्यो सम्बोधन नहुञ्जेलसम्म निष्कर्षमा पुग्न सकिँदैन । ...... थरुहट र अन्य पार्टीहरु हामीसँग संघीय गठबन्धनमा छन् । गठबन्धनमा मोर्चा एउटा घटकको रुपमा छ । त्यसकारण गठबन्धनमार्फत थरुहट समुदाय आदिबासी र जनजातिहरु यस आन्दोलनमा एकजुटता बनाइरहेका छन् । मोर्चाले थरुहटकेन्द्रित दलहरुसँग कुराकानी गरिरहेको छ ।

No comments: