Nepal News (27)

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी शून्य
नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणपछि चीनमा औपचारिक रुपमा नेपालका सरकार प्रमुखको भ्रमण हुन सकेको छैन । ..... प्रधानमन्त्री केपी ओलीलाई आगामी चैत्र ९ (मार्च २२) देखि चीनको हाइनानमा हुने बोआवो फोरममा सहभागी हुन चीनले निमन्त्रणा गर्नेछ । ..... नेपालले चीनसँग इन्धन सम्झौता, विप्पा सम्झौता, पारवहन सम्झौता लगायतका केही मुख्य विषय उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणको समयमै उठाएको थियो । उक्त विषयमा गम्भीर चासो व्यक्त नगरी यी विषयलाई दुईपक्षीय छलफल गर्ने र थप गृहकार्य गर्नपर्ने भन्दै पन्छाइएको छ । तर, तयारी गरे सबै विषयमा प्रधानमन्त्रीको भ्रमणमा सम्झौता हुन सक्छ । ..... भारतले नाकाबन्दी लगाउन्जेल चीन भन्दै कराउने सरकार र सरकारी संयन्त्र नाकाबन्दी खुल्नासाथ सेलाएको हुनसक्ने दूतावास अधिकारीहरु बताउछन् ।
‘भाडाका सैनिक’ बन्न नदेऊ
अहिले भारतले जे गर्न खोजेको हो, त्यो काम उसको पूर्वशासक बेलायतले पहिलेबाटै गर्दै आएको छ । बेलायतले रोयल गोर्खा राइफल्सका करिब एक हजार सिपाहीलाई ब्रुनाईको राजपरिवारको सुरक्षार्थ करिब तीन दशक अघिदेखि खटाउँदै आएको छ । सिंगापुर प्रहरीमा पनि उसले यसैगरी गोर्खा सैनिक पठाउने गर्छ । यसबापत उसले ती दुवै देशबाट ठूलो परिमाणमा रकम असुल्ने गर्छ । ...... अर्थात् बेलायतले नेपालका युवाहरूलाई आफ्नो सेनामा भर्ना गर्ने र तिनलाई अर्को मुलुकमा भाडामा पठाउने बिचौलियाको जस्तो भूमिका लामो समयदेखि गर्दै आएको छ । भारतले पनि त्यही सिको गर्दै ब्रुनाईसमक्ष गोर्खाली फौज ‘आपूर्ती’ गर्ने प्रस्ताव राखेको हो । ...... बेलायत र भारतको झन्डामुनि रहेर नेपाली नागरिकलाई भत्र्ती र प्रयोग हुन दिने प्रचलन राणाकालिन सन्धिले निर्देशित गरेको हो । अब त्यो त्रिपक्षीय सन्धिकै पुनरावलोकन गर्नुपर्ने बेला भइसकेको छ । एक्काइसौं शताब्दीमा पनि आफ्ना नागरिकलाई विदेशी फौजमा लड्न पठाइरहनु एउटा लोकतान्त्रिक राज्यका निम्ति कति उचित हो ? ..... भारत र बेलायतबाहेक पछिल्लो अवधिमा अमेरिका, फ्रान्सलगायतका मुलुकले पनि बिनासम्झौता नै नेपाली नागरिकलाई आफ्नो सेनामा भर्ना गर्ने र युद्धजन्य कार्यमा लगाउने गरेका छन् । वीर गोर्खालीको ऐतिहासिक विरासत पाएका नेपाली युवालाई खाडी क्षेत्रका कतिपय संकटग्रस्त मुलुकमा निजी क्षेत्रबाट सञ्चालित सुरक्षा एजेन्सीहरूले पनि सशस्त्र सेवामा लगाउने गरेका दृष्टान्त बेलाबखत सार्वजनिक हुन्छन् ।
मानार्थ महारथी, अपमानित सम्बन्ध
भारतीय उपराष्ट्रपतिले ब्रुनाई पुगेर द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरे । चीनसँग चिढिएको ब्रुनाई भारतसँग संयुक्त सैन्य अभ्यास तथा तालिम गर्न तम्सिँदा बेइजिङमा कम्पन पैदा भयो । लन्डन पनि तरंगित भयो, किनभने दिल्लीको प्रस्ताव ब्रुनाईको सुरक्षाका लागि भारतीय गोर्खा रेजिमेन्टका सिपाहीलाई पठाउने भन्ने थियो । ...... यसले लन्डनको अर्बौं आम्दानी गुम्न सक्थ्यो र ब्रुनाईमा तैनाथ बेलायती फौजलाई एसियाबाटै प्रतिस्थापित गराउन सक्थ्यो । नेपालीसँग जोडिए पनि यो विषयले सिंहदरबारलाई भने फिटिक्कै छोएन । ...... चीनले आफ्नो भनेका दक्षिण चीन सागरका टापुहरूमा ब्रुनाईसहित पाँच मुलुकको दाबी छ । भारत यो विवादको पात्र हैन, तर बेला–बेला मुछिन रुचाउँछ । एक महिना मात्रै भयो चीनले भारतलाई संकेत गर्दै ‘भित्री मुलुक’ को सुरक्षा सल्लाहलाई ‘बाहिरी मुलुक’ ले नउराल्न भनेको । ....... नेपाली युवालाई भारत र बेलायतका लागि लड्न पठाइराख्ने आधारहरू के हुन् ? ...... अहिले बेलायती सेनामा गोर्खा सैनिकका आधारभूत अधिकार र समानतामै प्रश्न उठेका छन् । यसको न्यायिक हल खोज्ने हाम्रो पहल के हो ? ...... गोर्खा भर्तीको अन्यायपूर्ण आधार सन् १८१६ को सुगौली सन्धिले तयार पारेको थियो । सन् १९२३ को नेपाल–बेलायत सन्धिले सुगौली सन्धि खारेज गरे पनि गोर्खा भर्ती जारी नै रहयो । सन् १९४७ को नेपाल–भारत–बेलायत त्रिपक्षीय सम्झौतामार्फत यसलाई झनै बलियो बनाइयो । .....

अझै बर्सेनि २८ हजार नेपाली युवाबाट दसैंमा च्याङ्ग्रा छानिएझैं दुई सय जना छानिन्छन् । केहीलाई सिंगापुर प्रहरीमा पुर्‍याइन्छ । केहीलाई महारानीको सेवा गर्ने कसम खुवाएर बेलायत लगिन्छ । केही अरूलाई ब्रुनाई पठाइन्छ ।

...... यसरी सन् १९८४ देखि रोयल गोर्खा राइफल्सका एक हजार सेना ब्रुनाईमा छन् । रुखो शब्दमा भन्ने हो भने बेलायती यो काम दलालीजस्तो देखिन्छ । ऊ बर्सेनि नेपालीलाई छानेर लैजान्छ, ब्रुनाईको रक्षार्थ काममा लगाउँछ र त्यहाँका सुल्तानबाट बर्सेनि करोडौं डलर असुल्छ । नेपाल आफैंले त न ब्रुनाईसँग, न त सिंगापुरसँग नै सम्झौता गरेको छ । ......

आज गोर्खा सेना भर्तीलाई नेपाल सरकारले दिने परिभाषा के हो ? के अझै पनि हामी अंग्रेजसँग हारेको युद्धको तिरो तिर्दै छौं ?

...... खाडी मुलुकमा श्रम गर्न जाने युवाका लागि त विभाग छन्, कूटनीतिक पहल हुन्छन् । तर गोर्खा भर्तीले वैदेशिक श्रम जति चासो पनि पाएको छैन । ..... बेलायती राजदूतले त सैन्य सहकार्यको नयाँ आधार तय गर्न नेपालसँग ‘स्टेट्स अफ फोर्सेस अग्रिमन्ट’ (सोफा) बारे छलफलको आहवान गरिसके । आत्मसम्मानसहितको नयाँ सम्बन्धबारे हाम्रो धारणा राख्न ढिलाइ किन ? ...... नेपाली नागरिकलाई सिंगापुर र ब्रुनाईमा भर्ती गराउने प्रक्रियाविरुद्ध २०६१ पुसमा सर्वोच्च अदालतमा एउटा मुद्दा दायर भएको थियो । त्यसमा गोर्खा भर्तीले नेपाली युवामाथि आर्थिक शोषण र नेपाललाई राजनीतिक हानी गरेको दाबी थियो । ..... हाम्रा युवालाई बेलायतले अरू देशको सुरक्षार्थ भाडामा लगाउँछ र तिरो उठाउँछ । ..... सन् १७९१/९२ को दोस्रो चीन–नेपाल युद्ध हारेको नेपाललाई फ्रान्सले हतियार कारखाना बनाउन सघायो । तर, १८१६ मा बेलायतले नेपालमाथि कुनै अमेरिकी वा युरोपेलीलाई काममा लगाउन नपाउने सर्त थोपर्‍यो । कारण थियो फ्रान्सेलीहरूलाई यहाँबाट हटाउनु । नेपाली सैन्य शासकलाई मानार्थ पद चीनले पनि दिन्थ्यो । प्रधानमन्त्री तथा मार्सल चन्द्रशमशेरलाई सन् १९०२ मा चिनियाँ बादशाहले ‘थोङ–लिन पिम्मा कोकाङ वाङ स्यान’ भनिने दर्ज्यानी दिएका थिए । ...... भारतसँग मानार्थ महारथी साट्ने यो चलन पनि सन् १९५० देखि थालियो । कम्मरको देब्रेतिर छडके तरवार भिर्दै मानार्थ दर्ज्यानी लिन सेनापतिहरू अझै एक–अर्काका मुलुक पुग्छन् । ...... भारतीय सेनाध्यक्षले काठमाडौं सैनिक मञ्चको वीर स्मारिकामा आदरले माल्यार्पण गर्छन् । तर, पनि नेपाल–भारत वा नेपाल–बेलायत सम्बन्ध सहरथीजस्तो हैन, साहु र आसामीजस्तो छ । यो सम्बन्धलाई पुन:परिभाषित गर्न पहिले हाम्रा सैन्य सम्बन्धलाई नै पुनरावलोकन गर्नु जरुरी छ । ..... सँगसँगै बेलायत र भारतले पनि यस्ता असमान सम्बन्धलाई सच्याउने आँट देखाउनुपर्छ ।


हङकङमा उपेन्द्रले भने, ‘सरकारविरुद्ध तपाईंहरु पनि उत्रनुस्’
मधेसी, आदिवासी जनजाति, थारु, दलित, महिला, मुश्लिम, सीमान्कृत र वर्षौदेखि उत्पीडनमा परेका समूदायलाई पहिचान र अधिकार नदिने सरकारको चक्रव्यूह तोड्न

अब हिमाल, पहाड र तराईबाट एक साथ आन्दोलनको आँधीबेहेरी उठाउनुपर्ने यादवको भनाइ छ ।



‘सबैलाई समेट्नुपर्ने चुनौती कांग्रेसको काँधमा छ’
पार्टीलाई नेतामुखी नभएर नीतिमुखी बनाउनुपर्ने, व्यक्तिमुखी नभई संस्थामुखी बनाउन नयाँ फड्को मार्ने काम गर्नुपर्छ । ..... संघर्षको अप्ठ्यारो समयमा म थिएँ । तर, त्यसको मूल्यांकन पार्टीभित्र भएन । .....

मैले पार्टीभित्र वैचारिक आन्दोलन सुरु गरिरहेको छु । यसलाई समेटेर नयाँ दिशा दिन कुनै समूहसँग एलायन्स भयो भने म महामन्त्रीका लागि चुनाव उठ्ने हो । नभए वैचारिक दृष्टिकोणलाई अघि बढाउन म सभापतिकै लागि चुनाव उठ्छु ।

मेरो विकल्प अरू धेरै छैन । अब म फेरि केन्द्रीय सदस्यका लागि चुनाव उठ्दिनँ । ...... यो संस्थापन र देउवा कांग्रेस भनेर विभाजन गर्न हुन्न भन्दै आएकाले मलाई संस्थापन पक्ष र देउवा पक्ष दुवै तर्फबाट माया गर्ने प्रशस्तै साथी छन् । ...... लोकतान्त्रिक पार्टीमा मत विभाजन हुन्छ । प्रतिस्पर्धा हुन्छ । त्यसलाई मैले अनौठो रूपमा लिएको छैन । प्रतिस्पर्धा र मत विभाजन भए पनि मन विभाजन हुन दिनु हुन्न । ...... सरकार गठन भयो । तर, मन्त्री छान्न संसदीय समितिमा छलफल भएन । पद्धति संसदीय समितिमा छलफल गर्ने हो । त्यसैले हामीले पद्धतिको निर्माण गर्नुपर्ने खाँचो छ । .....

पार्टी सञ्चालनको शैली अझै लोकतान्त्रिक हुन सकेको छैन । आन्तरिक लोकतन्त्रलाई सुदृढ र मजबुत बनाउने प्रक्रियामा हामी धेरै पछि छौं । पार्टीमा पारदर्शी, संस्थागत, विधिसंगत र नीतिमुखी प्रक्रियालाई अवलम्बन गर्नु आवश्यक छ ।

पराक्रम गर्ने, योग्य, सक्षम र जनप्रियभन्दा नेताको अनुहार हेर्ने र वरिपरि दौडिनेले मात्र अवसर पाउने भएपछि पार्टीमा निराशा र असन्तुष्टि बढ्छ । ...... पदाधिकारी र नेतृत्व भनेको महाधिवेशनबाट स्थापित भएर आएको व्यक्तित्व हुनुपर्छ । यो बाँकी उपसभापति, महामन्त्री, सहमहामन्त्रीको पनि निर्वाचन नै हुनुपर्छ भन्ने मेरो मान्यता हो । ...... केन्द्रीय समितिमा हरेक प्रदेशबाट दुई या तीन जना केन्द्रीय सदस्य छानिने गरी निर्वाचन गराउन सकिन्छ । ....

महाधिवेशन नीतिमुखी छैन । गाउँदेखिको निर्वाचन हेर्ने हो भने गाउँस्तरमा छलफल गर्ने भन्दा पनि सिधै निर्वाचन, प्रतिस्पर्धा मात्र भइरहेको छ । महाधिवेशन निर्वाचनमुखी भयो । नीतिमुखी महाधिवेशनको जरुरी छ ।

...... छलफल गर्ने, नीति बनाउने र त्यसै छाडिदिने गरेकाले यो पार्टी टकिङ क्लबजस्तो भयो भनेर मैले भनेको हुँ .....

अहिले पार्टीको स्थिति तार चुँडिएको टेलिफोनजस्तो भएको छ । नेता के भन्छन् कार्यकर्तालाई थाहा हुन्न । कार्यकर्ता के भन्छन् नेतालाई थाहा हुन्न ।

यति आधुनिक जमानामा पनि पार्टीभित्र कम्युनिकेसन नेटवर्क बनाउन सकिएको छैन । अहिले पनि हाम्रा रेकर्ड र डकुमेन्ट हेर्‍यौं भने मुन्सी पाराकै छन् । ..... कार्यशैली बूढो हो । .................. अन्तिम चाहना प्रमुख कार्यकारी प्रधानमन्त्री बन्ने नै हो । ..... तपाईंहरूमध्ये एकजना पार्टी सभापति र एकजना प्रधानमन्त्री बन्नुहोस् भनेर पौडेलजीलाई सुझाव दिएको थिएँ । यो भयो भने ६०/४० को भागबन्डाको अन्त्य हुन्छ । ..... मैले रामचन्द्रजी तपाईं प्रधानमन्त्री बन्नुहोस् र शेरबहादुरजी पार्टी सभापति बन्नुहुन्छ भनेँ । ...... देशभरमा हेर्दा शेरबहादुरजी नै बलियो हुनुहुन्छ .... पूर्वाञ्चल र मध्यमाञ्चलमा गिरिजाप्रसादको संगठन थियो । उत्तराधिकारीका रूपमा सुशील आउनुभयो । उहाँहरू बलियो भएका यी दुवै क्षेत्रमा समेत अहिले शेरबहादुरजी बलियो हुनुहुन्छ । .... रामचन्द्रजीको आफ्नो संगठन छैन .... पौडेलजी संगठन होइन । व्यक्तित्व हो । अहिले उताबाट (संस्थापन) पनि धेरै साथी शेरबहादुरजीको टिममा आउन खोजिरहनुभएको छ । त्यसका लागि व्यवस्थापन गर्नुपर्‍यो भने म महामन्त्रीमा उम्मेदवार नहुन पनि सक्छु । उपसभापति हुनका लागि पनि म तयार छु । .... अरू पार्टीहरू खासगरी कम्युनिस्ट विचारधारमा आधारित पार्टीहरू मूल रूपमा लोकतान्त्रिक पार्टी होइनन । यिनीहरू बाध्य भएर लोकतान्त्रिक प्रणालीमा आएका हुन् । .... राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र अहिंसा तथा शान्तिको एजेन्डाका आधारमा एकता हुन्छ । .... अमेरिकामा त ओबामाले राष्ट्रपतिमा जितेपछि आफ्नै प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई विदेशमन्त्री बनाए । त्यसो गर्न सकेमा पार्टी एकढिक्का हुन्छ ।
‘संस्थागत र योजनाबद्ध भ्रष्टाचार मुख्य चुनौती’
‘दिनहुँ रंगेहात भ्रष्टाचारको आरोपमा राष्ट्रसेवकहरू पक्राउ पर्दा पनि किन कर्मचारीमा भ्रष्ट मनोवृत्तिले घर गरिरहेको छ ? ...... ‘सामान्य प्रशासनिक निर्णयलाई पनि मन्त्रिपरिषदबाट निर्णय गराउने परिपाटीलाई निरुत्साहित गराउनुपर्ने आवश्यकता छ’

Comments