Friday, February 12, 2016

Nepal News (25)

सगुनले नयाँ भर्सन ल्याउँदै
सन २०१४ को जुलाईमा सगुनको १.० भर्सन सुरु गरिएको थियो । २.० भर्सनको प्रधानमन्त्री केपीशर्मा ओलीले गएको नोभेम्वरमा शुभारम्भ गरेका थिए । सगुनको प्रयोगकर्ता २ लाख ५० हजार बढी पुगेको दावी छ । अमेरिकामा केन्द्रीय कार्यालय रहेको सगुनले भारत र नेपालमा कार्यालय स्थापना गरेको छ ।


फेरि मिल्यो मधेसी मोर्चा
सीमांकन टुंग्याउन संयन्त्रकै बाटो
सहमतिका लागि मोर्चा कार्यदल ब्युँताइयो
कार्यदल सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यका अनुसार आइतबारभित्र संयन्त्र विवाद टुंग्याउने प्रयत्न भइरहेको छ । 'दुवै पक्षबीच खुलेर कुराकानी भएको छ,' बालुवाटार बैठकपछि आचार्यले भने, 'बढीमा एक-दुई दिनभित्रमा ठोस परिणाम आउने गरी हामी संवादमा जुटेका छौं ।' प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले आइतबारभित्र सहमति खोज्ने गरी छलफल भएको जनाए । ...... उच्च स्रोतका अनुसार ओलीले भारतीय पक्षसँग प्रस्ताव नै राखेका थिए, 'भारतले नाकाबन्दी खुलाइदेओस्, मधेसी मोचर्ासँग संयन्त्रको बारेमा समझदारी जुटाउने काम मेरो ।' ..... ओलीले भारतीय पक्षसँग उक्त आश्वासन दिएपछि उनको दिल्ली भ्रमणको तिथिमिति तय भएको स्रोतले बतायो । सोहीअनुरूप वीरगन्ज-रक्सौल नाका भारतीय पक्षले माघ २२ गते एकतर्फी रूपमा खुलायो । आफूसँग समन्वय नगरी भारतले एकलौटी रूपमा नाका खुलाएको भन्दै क्रुद्ध मोर्चा नेताहरूले अन्ततः माघ २५ गते नाकाबन्दी फिर्ताको औपचारिक घोषणा गरेका थिए । यसरी आन्दोलनबाट बिना निष्कर्ष घर फर्केको मोर्चासँग ओलीले आफ्नै पहलमा संवाद प्रक्रिया ब्युँताएका हुन् ..... मोर्चाले संवैधानिक वैधता दिलाउने भरपर्दो ग्यारेन्टी खोजिरहेको छ । यसका लागि संयन्त्रलाई संविधानको अनुसूची नम्बर १० मा राखिनुपर्ने पुरानै अडान बैठकमा मोर्चा प्रतिनिधिले दोहोर्‍याए । तीन दलले भने संसदबाट अनुमोदन गरे पुग्ने भन्दै संयन्त्रलाई संसद मातहत राख्न चाहेका हुन् । .... ठाकुरले भने, 'जनताको चाहना बुझेरै हामीले आन्दोलन स्थगित गरेका हौं, अब मधेसमा दुई प्रदेश हुने गरी सीमांकन हेरफेर गर्ने जिम्मेवारी राजनीतिक संयन्त्रले लिनेछ ।' ..... ठाकुरले यसो भने पनि बालुवाटार बैठकमा

तीन दलले अझै पनि 'मधेसमा दुई प्रदेश हुने गरी' भन्ने वाक्यांश लेख्न मञ्जुरी दिएका छैनन् । उनीहरूको भनाइमा 'संघीय प्रदेशको सीमांकन पुनरावलोकन तथा परिमार्जन गर्ने गरी राजनीतिक संयन्त्र गठन गरिनेछ' वाक्यांश प्रस्ताव गरिएको छ ।

ओलीको भारत भ्रमणअगावै प्रस्तावित संयन्त्रलाई संसद बैठकबाट अनुमोदन गरिने बैठक स्रोतले जानकारी दिएको छ ।


मधेशी मोर्चामा तीन थप पार्टीहरु थपिए ।
सुशीलको अन्त्येष्टि नहुँदै बालुवाटारले माग्यो गाडी
कोइरालाको पार्थिव शरीरमा दागबत्ती दिन नपाउँदै बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निजी सचिवालयले गाडी फिर्ता मागेको हो । .... कोइराला चढ्ने बा.६च १०३० नम्बरको प्राडो गाडी फिर्ता गर्न प्रधानमन्त्रीको निजी सचिवालयले ताकेता गरेको थियो । सचिवालयमा कार्यरत नायब सुब्बा दयानिधि दवाडीले कोइराला बस्दै आएको महाराजगन्जस्थित डा. शशांक कोइरालाको घरको ल्यान्डलाइन नं ०१–४०१६२४० मा टेलिफोन गरी तत्काल गाडी फिर्ता गर्न भनेका थिए । .... बालुवाटारबाट बिहीबार बिहान पनि सोही टेलिफोनमा दुईपटक फोन गरी गाडी फिर्ता गर्न ताकेता गरिएपछि कोइराला चढ्ने गाडी प्रधानमन्त्री कार्यालय पुर्‍याइएको छ । सुशीलका आफन्त मृदुला कोइरालाले गाडी फिर्ता पठाइएको बताइन् ।


कोइरालाको मृत्युबारे प्रश्नमाथि प्रश्न
सुशील कोइराला प्रधानमन्त्री हुादा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला पनि उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउासो कार्यकर्ताले निधारको घाउ के हो ? बाथरुममा लडेको सत्य हो कि होइन ? पूर्वप्रधानमन्त्रीजस्ता मान्छेलाई किन अस्पताल लगिएन भन्नेजस्ता प्रश्नहरू सोधिरहेका थिए । मृदुलासाग यी प्रश्नको जवाफ थिएन, बरु उनी थप आक्रोशित भइरहेकी थिइन् । ‘हाम्रो डाक्टर, डाक्टरभन्दा पोलिटिसियन बढी भयो । सुरुमै प्रस्ट बोल्नुको सट्टा अलमल्याउने कुरा बोले, त्यसपछि पटकपटक कुरा फेरे । त्यसैले झन् अलमल भएको छ,’ उनी भन्दै थिइन् । ...... सुशील दाइको टाउकोमा चोट लागेको भनेर टिप्पणी भएको छ । तर, त्यस्तो चोट केही पनि थिएन । आर्यघाटमा नुहाइदिादा चन्दन पखालिएको थियो, तर घाउ भेटिएन । त्यसैले चोट लागेको थियो भन्ने आधार छैन । सोमबार राति उहाँ कतै पनि लड्नुभएको छैन । ....... उहाालाई ठुल्ठूला रोगबाट बचाइयो, तर रुघाखोकी बिग्रिएर र निमोनियाले निधन भयो । ..... कडा रोगहरू निको पारेको अवस्थामा रुघाखोकी बिग्रिएर त्यो पनि अस्पताल नै लान नपाएर मृत्यु हुँदा मलाई पनि नराम्रो लागेको छ ।

No comments: