Thursday, February 11, 2016

Nepal News (24)



घुँडा टेकाएर छाड्छौं : उपेन्द्र यादव
'मोर्चाले मलाई निर्देश गरेको भए मान्थे'
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीका नेताहरुको साथमा तराईमधेसमा दौडाहामा निस्केका छन् । ..... कार्यकर्ता, आन्दोलनका क्रममा ज्यान गुमाएका परिवार, घाइते लगायतकासित भेटघाटसँगै पार्टी प्रवेश गराउने सभा सम्बोधन गर्न व्यस्त देखिएका छन् ..... जनताको गुनासा, दुःख पीडालाई मध्यनजर गर्दै नाका धर्ना, बन्द हड्ताल मत्थर गरेका छौं, आन्दोलन स्थगित भएको होइन । आन्दोलन असफल भएको गलत प्रचार गरिएको छ । ..... मसाल जुलुस, लठी जुलुस, प्रदर्शनलगायतका कार्यक्रम तराई मधेसदेखि राजधानी र देशका विभिन्न् भागमा जारी रहन्छ । थप आन्दोलनको लागि शक्ति संचय गर्ने तयारीमा छौं । अब काठमाडौं केन्दि्रत निर्णायक आन्दोलन हुन्छ । आन्दोलनको मुख्य बटम लाइन सिमांकन सम्बोधनसँगै ११ बुँदे माग सम्बोधन नभएसम्म् यो भन्दापनि कडा आन्दोलन हुन्छ । ..... यस क्रममा भीषण लडाइ हुन सक्छन् । सरकारले फेरि पनि माग सम्बोधन गरेन भने नाकाबन्दी, बन्द हड्ताल सरकारी कार्यालय बन्दलगायतको पुनरावृत्ति हुनसक्छन् । आन्दोलन राष्ट्रिय रुपमा थप विस्तार गर्नेतिर लागेका छौं । हारेका होइनौ, काठमाडौंलाई हल्लाउने गरी आन्दोलनको तयारीमा लागेका छौं । आन्दोलनको मैदानमै छौं । ..... काठमाडौं केन्दि्रत आन्दोलन हुन्छ । हल्लाउने आधार तयार भइरहेको छ । पहिलाको सरकार र शासनमा रहेका नेता आन्दोलनको भावना र मर्म बुझ्ने शासक थिए ।....त्यसैले पहिलो र दोस्रो मधेस आन्दोलनमा २२ बुँदे र आठ बुँदे सम्झौता भएको थियो । तर अहिलेको शासक, सरकार र नेता मधेसी जनतालाई दुश्मन बुझेका छन् । नेपाली बुझेका छैनन् । ...... काठमाडौंमा आन्दोलन भएपछि सम्झौता र माग सम्बोधन गर्नै पर्छ । घुँडा टेकाएर छाड्छौं । तराई, पहाड, हिमालमा जिम्मेवारी बाँड्ने काम भइरहेको छ । ...... कालोबजारिया र त्यसको संरक्षण गर्ने सरकार मिलेर मुलुक डुबाउने खेल गरे । ..... निरंकुश राणा, राजालाई हटाउन जनतालाई दुःख भएकै इतिहास छ । परिवर्तनको आन्दोलनलाई तराजुमा नापिदैँन् । पञ्चायत र राणाकाल त्यसै ढलेको होइन् । अधिकार सुनिश्चितताको लागि दुःख स्वभाविक हो । ..... समानुपातिक समावेशी सूचीमा १५ वटा कलस्टर राखेर गुमराहमा पारिएको छ । ..... प्रदेश नदिइ जिल्लालाई तोकियो । संघीयता दिंदा जिल्ला दिइदैँन् । सरकारको नियत अझै ठीक छैन् ।


कोलकाता बन्दरगाहबाट ३ दिनदेखि नेपालतर्फ कन्टेनर ढुवानी ठप्प
एसोसिएसन आबद्ध व्यवसायीले सोमबारदेखि बन्दरगाहको मूल गेटमा टेन्ट गाडेर नेपालका लागि कन्टेनर तथा बल्क कार्गो मालसामान बोक्ने मालवाहक ट्रकलाई बन्दरगाहमै प्रवेश गर्न दिएका छैनन् । .... एसोसिएसनलाई कोलकाताका स्थानीय विधायक तथा तृणमूल कांग्रेस नेता जनाब फिरहाद हकिम बबीको समर्थनसमेत रहेकाले बन्दरगाह प्रशासन तथा त्यहाँस्थित प्रहरीको युनिटले समेत सहजै व्यवसायीले बन्दरगाहको प्रवेशद्वारबाट हटाउन सकेका छैनन् । अवरोधका कारण सडक मार्गबाट एउटा पनि कन्टेनर बाहिरिन पाएको छैन । ..... अवरोधले बन्दरगाहमा नेपालतर्फ आउने करिब १ हजार कन्टेनर थुप्रिएका छन् । नेपालले प्रयोग गर्ने भारतको उक्त एक मात्र बन्दरगाह हो । त्यहाँबाट मुलुकको मुख्य नाका वीरगन्ज, विराटनगर, भैरहवाका लागि दैनिक ठूलो संख्यामा मालवाहक तथा कन्टेनर बाहिरिने गरेका छन् । बन्दरगाहमा नेपालका लागि आउने कन्टेनरमध्ये करिब ६० प्रतिशत ढुवानी सडक मार्गबाट हुन्छ । .... कोलकातामा तेस्रो मुलुकबाट नेपालका लागि वार्षिक ४० हजार कन्टेनर आउने गरेका छन् ।


‘लोग्नेमान्छे सन्तान जन्माउन मात्रै’



संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विस्तार, अरु तीन दल थपिए
संसदमा रहेको विजय गच्छदार नेतृत्वको फोरम(लोकतान्त्रिक) बाहेकका मधेसी दलहरु मोर्चामा समेटिएका छन् । ..... संसदमा नरहेको र पार्टीको स्वरुप पनि नलिइसकेको भन्दै मोर्चाले तमरा अभियानलाई स्विकार गरेको छैन । ..... सबै दल सामेल गरेर महागठबन्धन बनाउने राजेन्द्र महतोको जोड र मोर्चा सहित ९ दलको संघीय गठबन्धनलाई नै विस्तार गर्ने उपेन्द्र यादवको प्रस्ताव विपरीत हाल रहेको मोर्चालाई नै विस्तार गर्ने सहमति जुटेको छ ।


नयाँ शक्तिको केन्द्रीय परिषद् तेस्रोपटक विस्तार, हिसिला पनि परिन्
विस्तार भएसँगै नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् २४५ सदस्यीय भएको छ ।
प्रधानमन्त्रीले भोलि बोलाए कार्यदललाई
प्रधामन्त्री केपीशर्मा ओलीले भोलि(शुक्रबार) प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरु सहितको गठित कार्यदललाई डाकेका छन् । माघ- ३ मा कार्यदल स्तरको वार्ता विथोलिएयता बैठक बस्न सकेको छैन । ..... कार्यदलमा कांग्रेसबाट महेश आचार्य, एमालेबाट भीम रावल र एमाओवादीबाट कृष्णबहादुर महरा छन् । त्यस्तै मोर्चामा आवद्ध चारदल तमलोपाबाट हृदयश त्रिपाठी, फोरम नेपालबाट राजेन्द्र श्रेष्ठ, सदभावनाबाट लक्ष्मणलाल कर्ण र तमसपाबाट रामनरेश राय छन् । ..... भोलि बिहान ९ बजे बालुवाटारबाट बोलावट आएको कर्णले बताए । .... माघ-१८ मा बसेको तीन दल र मोर्चाबीचको बैठकले कार्यदललाई ब्युँताउने र वार्ता टुटेकै बिन्दुबाट अगाडि बढाउने सहमति गरेका थिए । तर, त्यतिखेर उपचारका क्रममा दिल्लीमा रहेका कार्यदल सदस्य त्रिपाठी र पार्टी महाधिवेशनमा व्यस्त आचार्य काठमाडौंमा नरहेपछि बैठक बस्न सकेन । प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमण, वीरगन्ज नाका खुलेको र मोर्चा नयाँ शिराबाट आन्दोलनको तयारीमा जुटेको अवस्थामा फेरि कार्यदललाई गति दिन खेजिएको छ ।


वीरगन्ज खुलापछिको राजनीतिक कार्यदिशा
मधेस आन्दोलन नेपालको दक्षिणी भूगोलमा क्रियाशील भए पनि यो राज्यलाई समावेशी र जवाफदेही बनाउने आन्दोलन हो । त्यस अर्थमा यो राष्ट्रिय आन्दोलन हो । यस आन्दोलनले आत्मसात गरेका सामथ्र्यले लोकतन्त्रको सुन्दरतालाई अझ बढी निखार दिने काम गर्छ । ..... एउटा खास भूगोलका निश्चित बासिन्दाहरूबाट भएको आन्दोलनले ल्याउन खोजेको परिवर्तनको लाभ अन्य सबै नेपालबासीले पाउने थिए/भए । त्यसैले मधेस राष्ट्रिय आन्दोलनको सामथ्र्य र रिक्तताहरूबारे मन्थन गर्नुको राष्ट्रिय अर्थबोध छ । वीरगन्ज खुल्ला भएपछिको अवस्थामा यस दिशामा बहस केन्द्रित हुनुपर्छ । आन्दोलनले गर्दा के कस्ता क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय आयामहरू देखापर्‍यो ? कहाँ—कहाँ रिक्तताहरू भए ? को कहाँनेर चुके ......

राज्यसँगको सम्बन्ध बारेमा देखापरेको साझा पहिचान ‘मधेसी’ भुइँ सतहसम्म स्वीकार्य भयो । थारू, मुस्लिम, दलित, कोच, सन्थाल लगायतकाहरू एउटै समानान्तर रेखामा उभिए । मधेसी एउटा बृहत्तर पहिचान भएर देखापर्‍यो ।

..... मधेस तमाम उक्साहटका बाबजुद केन्द्रीय सत्तासँग जोडिन खोजिरहे । ..... यत्रो ठूलो आन्दोलन भएर पनि नत नयाँ संगठन र नयाँ नेतृत्व नै उदाउन सक्यो । नत ठूला भनिने दलहरूबाट नै चिनिएकाहरूले साविकझैं दलत्याग गरे । राज्यले आन्दोलनलाई थकाउन बनाउँदै गरेको रणनीतिको जवाफी रणनीति बनाउनेतिर सोचेनन् । ‘राजनीतिमा धन्धा र धन्धाको राजनीति’को विकृत प्रवृत्ति यसपटक पनि पन्छाउन सकेनन् । उही चरम गुटबन्दी, व्यक्तिवादी अहम्, एकअर्कालाई निषेधको प्रवृत्ति, देखावटी क्रान्तिकारी बन्ने महत्त्वाकांक्षा, भावी प्रदेशजन्य राजनीतिको लोभ, रेफ्रीको इसारामा कोभन्दा को बढी नाच्ने होडजस्ता प्रवृत्ति केन्द्रीय तहमा कायम रह्यो भने जिल्लागत तहका कार्यकर्ताहरू स्थापित नहुँदै आर्थिक आक्षेपहरूमा मुछिए । ..... असहयोगको आन्दोलनले चारित्रिक शुद्धताको अपेक्षा राख्छ । यही कारण हो कि आन्दोलनको मध्यान्तरसम्म जुन प्रकारले जनलगाव प्राप्त भयो, त्यसरी नै उत्तराद्र्धमा जनविरक्तता देखापर्‍यो ...... केन्द्रले आफ्नो राजनीतिक भूगोलको अपेक्षालाई सन्तुलन दिनसकेन भने त्यो भूराजनीतिको तुरूप बन्न सक्छ भन्ने अनुभव भयो । ..... आखिर सबैले खोजेको राज्य मजबुत होस् र त्यसमा आफ्नो मुहार देखियोस् भन्ने नै हो । यसपटक काठमाडौं आफैंमा राज्यको प्रतीक बनेर देखापर्‍यो र उसलाई गलाउन खोजिँदा जनसमर्थनले त्यसलाई थेग्यो । ......

मधेस आन्दोलनले काठमाडौं भर्सेजको नारा पायो । त्यसैले नाकाबन्दीमार्फत काठमाडौंलाई गलाउन खोजियो । तर संघर्षको यो रूपमा कालो अर्थतन्त्रलाई संस्थागत गरेर पनि काठमाडौंले मधेसलाई छक्याउँदै र थकाउँदै लग्यो ।

...... काठमाडौंले छिमेकी चीनप्रति विशेष रुझान देखाइराख्दा मधेस खुलेरै भारतको पक्षमा देखियो । यसले मधेस आन्दोलनले अन्तर्राष्ट्रिय आयाम पनि जोडिन पुग्यो । चीनले भारतसँग नेपालको बाटो भएर गर्ने व्यापार र नेपालमा गर्ने कारोबारका लागि मधेसप्रति वस्तुपरक दृष्टिकोण नराखी अगाडि बढ्न सकिँदैन भन्ने पनि देखियो । विभेद विरुद्धको संघर्ष जहाँ भए पनि त्यसको सफलता र असफलता विश्वभरिकै लागि पाठ हुन्छ । मधेसमा भएको मानवअधिकार हननको सवालले अन्तर्राष्ट्रिय चर्चा र रुचि भट्टायो । यसले गर्दा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि उल्लेख्य स्थान दियो । ..... असहयोग आन्दोलन लामो समयसम्म एउटै चालमा हिँडाउन सकिँदैन । त्यसमा मध्यान्तर चाहिन्छ । भुइँ सतहमा बदलिँदो मनोविज्ञानलाई परख गर्न सकिएन भने आफ्नो खुट्टा भास्सिएको भेउ नै पाइँदैन । यही वीरगन्ज हो, जहाँ प्रहरीले नाकामा हस्तक्षेप गर्न खोज्दा एकाबिहानै हजारौं मान्छे नाका घेर्न पुगे । पछिल्लो पटक दिउँसै अनुनय गर्दा पनि जनता आएनन् । आन्दोलनको साथसाथै वार्तागत निपुणता पनि चाहिन्छ । अरूकै बैसाखीमा म्याराथन दौड जित्न सकिँदैन । राज्यलाई दबाब दिन अन्तिम विकल्प नाकाधर्ना रोज्ने चलन अब हुनुहुँदैन । ..... सरकारी पक्षले पनि शान्तिपूर्ण आन्दोलनलाई थकाउने, गलाउने र दबाउन खोज्ने नीति अख्तियार गर्नु भएन । जनउभारलाई दमनले दबाउन सकिँदैन भन्ने मधेस आन्दोलनले सावित गर्‍यो ।

आन्दोलन अगुवाहरूकै कारणले विचल्लीमा पर्‍यो । त्यस अर्थमा यो अगुवाहरूको पराजय हो । राज्यले पनि जितेको छैन ।

.... मधेसलाई भरोसामा नलिएसम्म दिल्लीसँगको दोस्ती भरपर्दो हुनसक्दैन भन्ने हेक्का दिल्ली दौडाहामा जानलागेका प्रधानमन्त्री केपी ओलीले जति बुझ्नसके त्यति नै संविधान निर्माणोत्तरको राजनीतिक कार्यदिशा व्यवस्थित हुनसक्छ ।


कार्यदल स्तरमा पुन सहमती गर्ने कसरत । मधेशी मोर्चा विस्तार हुदै ।
मोर्चा उच्च स्रोतका अनुसार अघिल्लो शुक्रवार विरगंज रक्सौल नाका खुलाउनु पुर्व नै मोर्चा र सरकारी पक्ष विचको कार्यदल स्तरमा सहमती गर्नै अन्तिम कसरत चलीरहेको थियो । मोर्चा उच्च स्रोत भन्छन, तर दुर्भाग्यवस मोर्चाकै एक घटक सदभावना अध्यक्ष राजेन्द्र महतोले विरगंज नाका खोल्न सकिने वारे विराटनगरमा सार्वजनिक अभिव्यक्रि दिन पगे । मोर्चा उच्च स्रोत भन्छन, महतोले जानेर त्यो पक्कै बोलेको होईन भनेर हाम्रो पनि बुझाई छ, तर त्यसले कार्यदल स्तरमा विभिन्न दबाबका वावजुद हुन लागेको एउटा सहमती तुहियो र विना कुनै सहमती विरगंज नाका सुचारु हुने अवस्था आयो । ....... मोर्चा उच्च स्रोतका अनुसार महतो काठमाडौमा के भइरहेको छ भन्ने कुरावाट वेखवर थियो, र उहाले यती पनि ध्यान दिनु भएन कि एक दिन अगाडी मात्रै तमलोपा अध्यक्ष महन्थ ठाकुर किन विरगंज नाकामै पुगेर सहमती नभए सम्म नाका सुचारु नहने किन बोलेका थिए । स्रोतका अनुसार राजेन्द्र महतोले आन्दोलनमा गरेको भुमिकाको स्वयंम तमलोपा अध्यक्ष ठाकुर आफनो नेताहरु समकक्ष पटक पटक प्रसंशा गरेका थिए । तर उक्त घटना पश्चात ठाकुर पनि कुद्ध भए र यो सम्रग प्रक्रियामा मुछिएको भारतीय पक्ष पनि महतोको उक्त अभिव्यक्तिले चित दुखाउन पुगे । ...... गएको ६ महिना देखि आन्दोलनमा रहेको मधेशी मोर्चा र सरकारी कार्यदल विच सम्भवतह प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमण पुर्व नै एउटा सहमती बन्न सम्भावना रहेको नेताहरु बताउछन । जारी आन्दोलनको व्यवस्थापनमा भारतको समेत चासो रहेकाले कतिपय स्रोत भन्छन, प्रधानमन्त्री

ओली दिल्ली भ्रमणमा जानु पुर्व सहमती नगरे उहाको भ्रमणमा औपचारिकतामा मात्रै सिमित रहने सन्देश आइसकेको छ ।

....... मोर्चाको तर्फवाट कार्यदल सदस्य तथा तमलोपा नेता हसदेश त्रिपाठी र प्रधानमन्त्रीले यसका लागी खटाएका एक प्रतिनिधी विच गम्भिर गृहकार्य यस विचमा अघि वढेको छ ।

मोटामोटी रुपमा १० ओटामा एउटा ननपेपर गृहकार्य अगाडी समेत वढेको कतिपय भित्रियाहरु बताउछन । जसमा मोर्चाले अघि सारेको ११ बुदे मागलाई प्याकेजमा सम्बोधन गर्ने गरी बनाइएको छ ।

........ मोर्चाले पहिलो चरणमा संसदमा प्रतिनिधित्व गर्नेहरुलाइ मात्रै समेटिने निती लिएका कारण तीन ओटा पार्टीहरुलाई समाहित गरेर मोर्चाको विस्तार हुन लागेको छ
मधेशी मोर्चा भित्रको 'सकस'
गएको सोमवार मधेशी मोर्चाको बैठक पश्चात जारी गरिएको विज्ञप्तिमा आफनै एक घटक सदभावना अध्यक्ष राजेन्द्र महतो माथी गरिएको टिप्पणीले मधेशको वौद्धिक वृत देखि राजनिती वृत सम्म चर्चा पाएको छ । मोर्चा भित्र एक आपसमा प्रतिस्पर्धा रहे पनि

मोर्चाको तीन ओटा अध्यक्षले हस्ताक्षर नै गरेर यस किसिमको विज्ञिप्त निकाल्नेमा मधेशको आम बुद्धजीवीवृतमा कुनै विश्वास थिएन । तर मोर्चाले गर्यो ।

..... स्वयंम हस्ताक्षर गर्ने दलहरुकै नेताहरु अनौपचारिक तहमा संवाद गर्दा मोर्चाले गलत गरेको टिप्पणी गर्ने गर्छन । ..... मोर्चा भित्र रहेको दुई धारको संघर्षलाई यसले औपचारिक रुपमै लिपीवद्ध गरेका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विच धेरै अघि देखि नै राजनिती प्रतिस्पर्धाका कारण मोर्चा भित्र पनि यी दुईको टिकाटिप्पणीहरु कहिले काही एक अर्का संग वाझिने गरेका थिए ....... सदभावना पार्टी स्रोत भन्छन, मधेशमा हामी धुम्दा आम मधेशीले मधेशी एकतामा जोड दिएको हामीले पायौ, त्यही भएर हामी मोर्चा फुटाउने खेलमा लाग्दैनौ वरु वृहत मधेशी एकतामा सदभावनाले जोड दिदै आफनो कार्यक्रमहरु लिएर मधेशमा कामहरु गर्ने छन । .....

मोर्चाको उक्त निर्णय पश्चात तमलोपा अध्यक्ष महन्थ ठाकुरको समेत मधेशको बौद्धिकवृतमा व्यापक आलोचना भइरहेको छ । मधेशको बैद्धिकवृतमा मोर्चाले उक्त निर्णय सच्चाउनु पर्ने आवाज वलियो रुपमा सुन्न पाइन्छ ।

...... पहिलो मधेश विद्रोहले मधेश राजनिती वृत फेरिए पश्चात ०६४ मंसीरमा सदभावना अध्यक्ष राजेन्द्र महतोकै सक्रियतामा फोरम नेपाल संग मिलेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठन भएको थियो । त्यसको दुई महिना पश्चात माघ ०६४ मा भर्खरै गठन भएको महन्थ ठाकुर नेतृत्वको तमलोपा त्यसमा सामेर भए र दोस्रो मधेश आन्दोलनको घोषणा गरिएको थियो । ....... अन्तिम हप्ता देखि मधेशमा आन्दोलन सुरु भयो । फागुन १६ मा मोर्चाको शिर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोको हस्ताक्षरमा ८ वुदे सहमती सरकारी पक्ष संग भयो । .....

८ बुदे सहमती हुदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राती नेपाली सेनाको हेलिकप्टरवाट विरगंज ल्याइएको थियो । उनी काठमाडौ आउन मानिरहेका थिएन । तर भारतीय दबाबमा उनी अन्नतह सेनाको हेलिकप्टरवाट काठमाडौ छिरे र ८ बुदे सहमती भयो ।

........ पहिलो संविद्यानसभाको निर्वाचन पश्चात खुल्नमा आयो कि उपेन्द्र यादव तत्कालिन दरबारको इसारामा दोस्रो मधेश आन्दोलन अझै लम्बियोस भन्ने चाहन्थे र जसले अनिश्चताको घेरामा रहेको संविद्यानसभाको निर्वाचन हुन नसकोस । यो कुरा पछिल्लो चरणमा प्रकाशित भएको कयौन पुस्तकहरुमा उल्लेख गरिएको छ । रोचक त के भन्ने हालै मोर्चामा फोरम नेपालले राजेन्द्र महतो माथी ठिक त्यसतै खालको आरोप लगाएका छन । महतो माथी फोरम नेपालका नेताहरुले प्रमुख दलहरु संग मिलोमतो गरेको र राजा व्युताउन दरवार संग साटघाट गरेको भन्दै उनी प्रति आक्रोश पोखेका छन । ...... समयक्रमलाई नियाल्ने हो भन्ने त्यती वेलाको उपेन्द्र यादवको भुमिकामा अहिले राजेन्द्र महतो देखिएका छन भन्ने अहिलेको महतोको भुमिकामा त्यती वेला यादवको भुमिका धेरै हद सम्म मिल्ने गरेको पाइन्छ । त्यती वेला उपेन्द्र यादव काठमाडौ आउने पक्षमा देखिएका थिएनन भने पछिल्लो मधेश आन्दोलनको क्रममा महतो पनि त्यस्तै भुमिकामा देखिए । ..... तत्कालिन प्रधानसेनापति हटाउने प्रकरणमा प्रचण्ड नेतृत्वको सरकार फसे पछि ढल्न पुगे । त्यस पछि सुरु भयो नया सरकारको खेल । ८ बुदे सहमती पश्चात प्राय निस्क्रिय देखिएको मधेशी मोर्चा पुन राजनिती रुपमा सक्रिय मात्रै भएन कि तत्कालिन राजननितीको साचो नै बोक्न पुगे । माधव नेपाल नेतृत्वको सरकारको क्रममा मधेशी मोर्चा निर्णयक रहे । मधेशी पार्टीहरु भित्र खैल्लावैल्ला मच्चियो । ..... मोर्चाको बैठकका विजय गच्छदार र राजेन्द्र महतोको अनिच्छाका कारण ठाकुरले पटक पटक वोलाए पनि सफल हुन सकेन ।

अन्तोगत्वा सवै पार्टीहरु आ आफनो तालले दोस्रो निर्वाचनमा सहभागी भए । परिणमतह सवै पराजय भोगेर काठमाडौ छिरे ।

No comments: