Monday, February 08, 2016

Nepal News (20)



कांग्रेस सभापति सुशील कोइरालाको निधन
मोर्चा निर्णयको प्रधानमन्त्रीद्वारा स्वागत, बाँकी विवाद टुंग्याउन वार्ताको आह्‍वान
केपी ओलीले मधेसी मोर्चाले नाका अवरोध, आम हड्ताल र सरकारी कार्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम स्थगित गरेकोमा स्वागत गरेका छन् । उनले मोर्चाको निर्णय सकारात्मक भएको भन्दै अब बाँकी विवादहरु वार्ता र संवादबाट टुंग्याउन आग्रह गरेका छन् ।
मोर्चा विभाजनको संघारमा : सद्भावनाले भन्यो, मोर्चाको विज्ञप्ति ‘फर्जी स्टाइलको’
बैठक सकाएर राजेन्द्र महतोले आफ्नै घरमा पदाधिकारीको बैठक बोलाएका थिए । यता पदाधिकारीको बैठक चलिरहँदा मोर्चामा आवद्ध बाँकी तीन दलले भने मोर्चाको निर्णय भन्दै विज्ञप्ति सार्वजनिक गर्यो । सार्वजनिक विज्ञप्तिमा नाकाबन्दी आमअड्ताल, स्थगित गर्ने निर्णय गर्नुको साथै अब उप्रान्त आन्दोलनलाई क्षति पुग्ने कुनै प्रकारको निर्णय नगर्न निर्देशन दिएको छ । ...... उनले भने, ‘मोर्चाका तीन नेता खास गरि उपेन्द्र यादवले एकदम ‘घटिया’ काम गरे । साढे १० बजेसम्म ठाकुर निवासमा बैठक बस्दा त्यस्ता कुनै निर्णयको चर्चा गरिएन तर पछि फर्जी स्टाइलले उपेन्द्र यादवले आफ्नो ल्यापटमा ल्याएको विज्ञप्ति घर–घर गएर जवर्जस्ती विज्ञप्तिमा हस्ताक्षर गराएको समेत उनले दाबी गरे । ‘यसमा हाम्रो आपत्ति छ,’ सुमनले भने । ...... तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई विज्ञप्तिको बारेमा जिज्ञासा राख्दा उनले भने राजेन्द्र महतोले गल्ती गरेकाले माफी माग्नुपर्ने धारणा राखे । उनले भने, ‘महतोजीलाई हस्ताक्षरका लागि पटक पटक बोलाउँदा नआउने अनि के गर्ने ? उहाँका लागि कति पर्खिने ? त्यही भएर वहाँको हस्ताक्षर बिना नै विज्ञप्ति जारी गर्यौं ।’ ..... उनले नाकाबन्दी, आमहड्ताल फिर्ता नभएको तर स्थगित भएको बताए ।
मधेसी गठबन्धन मोर्चाविरुद्व खनियो, यस्तो छ गठबन्धन बैठकको निर्णय
मोर्चाको आज बसेको बैठकले विगत छ महिनादेखि जारी मोर्चाको आन्दोलन उसकौ अहंकार, संकीर्णता र अदूरदर्शिताको कारण विचलिन अवस्थामा पुगेको अरोप लगाएको छ ।
ठाकुर निवासमा मोर्चाको गोप्य बैठक, सार्वजनिक रुपमा माफी माग्न राजेन्द्र महतोलाई निर्देशन
संघीय समाजवादी फोरम नेपाल स्रोतबाट प्राप्त समाचार अनुसार महतोले विराटनगरमा दिएको गैर जिम्मेवार अभिव्यक्ति र उनको अप्रत्यक्ष सहयोगले वीरगन्ज नाका खुलेको मोर्चाले निष्कर्ष निकालेको छ । ...... महतोले विरगंज नाका खुल्नु पर्ने अभिव्यक्ति दिनु, त्यसको भोलिपल्टै नाका खुल्नु र लगत्तै प्रधानमन्त्री केपी शर्माओली र एमाओवादी अध्यक्ष प्रचण्डले महतोलाई बधाई दिएपछि उनीहरुको बीचमा प्रष्ट कनेक्सन देखिएको समेत मोर्चामा छलफल भएको थियो । ...... बैठकमा सहभागि एक नेताका अनुसार शुरुदेखि नै मधेश आन्दोलन महतोको कारण आन्दोलन कमजोर हुँदै आएको भनि अध्यक्ष यादवले कडा आलोचना गरेका थिए भने बैठकमा सहभागि महतोसँग चर्काचर्की नै परेको थियो । सो बीचमा यादवको आरोपलाई महतोले पनि प्रतिवाद गरेका थिए । उनले आन्दोलन कसको कारण र किन कमजोर भएको हो त्यसको बारेमा मधेशमा गएर सोध्न उपेन्द्रलाई आग्रह गरेका थिए । ‘ आन्दोलन गर्ने जिम्मेवारी लिने तर ठाउँमा नगएपछि कसरी हुन्छ आन्दोलन’ भनि प्रश्न गर्दै महतोले नाकाहरु खुल्ला भएपछि वीरगञ्ज मात्र किन बन्न गर्ने मात्र भनेको स्पष्ट पारेका थिए । .......

बैठकमा उनले विराटनगर र भैरहवा नाका किन कहिल्यै बन्द भएन भन्दै यादवलाई प्रश्न समेत गरेका थिए । विराटनगरको जिम्मेवारी उपेन्द्र यादव र भैरहवा नाकाको जिम्मेवारी महन्थ ठाकुरको थियो । तर वीरगन्ज नाकाको जीम्मेवारी भने महतोको थियो जुन केहि दिनअघि देखि मात्रै सुचारु भएको हो ।

........ यसैबीच महतोले आन्दोलनको समिक्षा हुनुपर्ने माग समेत बैठकमा राखेका थिए । उनले आन्दोलनमा कहाँ कसले कमजोरी गरे त्यो सबै कुरा बाहिर आउनुपर्ने भनेपछि फेरि अर्को बैठक बस्ने बताइएको छ ।
मोर्चाभित्र झन् खटपट
मोर्चा नेताहरुले नाका खोल्नुअघि भारतले आफूहरुसँग पर्याप्त समन्वय नगरेको, बरु दबाबको भाषा बोलेको गुनासो गरेका छन् ।

No comments: